काठमाडौ । कराँते फाइटमा अनु अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छिन्। अधिकारीले फाइनलमा श्रीलंकाका डन टुउलुलाई ८-० हराउँदै नकआउट पारिदिइन्।

५० केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी अनुले सेमिफाइनलमा समेत बंगलादेशका खेलाडीलाई ८ – ० ले नकआउट गरिन्। सोमबार कराँतेमा ९ स्वर्णको लागि भएको प्रतिष्पर्धा मध्ये ७ वटामा नेपालले स्वर्ण जितेको छ भने दुई वटा रजत जितेको छ। नेपालले कुमिते (फाइट) मा ५ र कातामा ३ स्वर्ण जितेको हो।

१३ औं दक्षिण एसियाली खेलकुदमा कराँतेको उत्कृष्ट प्रदर्शनले नेपाललाई अङ्क तालिकामा शीर्ष स्थानमा राखेको छ। नेपालका लागि मण्डेकाजी श्रेष्ठले व्यक्तिगत कातामा १३औं सागकै लागि पहिलो स्वर्ण दिलाए।

17.12¡ÆC