मन्त्रिपरिषद्का निर्णय अख्तियारले छानबिन गर्न किन नपाउने ?

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्का निर्णय किन छानबिन गर्न नपाउने भन्दै सरकारसँग प्रश्न गरेको छ । नीतिगत निर्णयका नाममा भ्रष्टाचार मौलाएपछि आयोगले मन्त्रिपरिषद्का कस्ता निर्णय नीतिगत र कस्ता निर्णय प्रशासनिक हुन् छुट्याइदिन माग गरेको हो । पछिल्लो समय नीतिगतका नाममा सरकारले विवादित र निश्चित व्यक्ति तथा समूहलाई फाइदा पुग्ने गरी निर्णय गर्दै आएको सन्दर्भमा आयोगले नेपाल सरकारलाई ८१ बुँदे सुझाब पेस गर्दै  नीतिगत निर्णयको स्पष्टता खोजेको हो । आयोगले मुलुकमा नीतिगत भ्रष्टाचारको प्रवृत्ति अधिक रहेको औँल्याएको छ । तर, मन्त्रिपरिषद्का नीतिगत निर्णयमाथि आयोगले छानबिन गर्न नपाउने कानुनी व्यवस्था छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०५८ को दफा ४ को आयोगको अधिकार क्षेत्रमा ‘मन्त्रिपरिषद् वा त्यसको कुनै समितिले सामूहिक रूपमा गरेको कुनै नीतिगत निर्णयका सम्बन्धमा आयोगले अनुसन्धान र तककिकात तथा त्यससम्बन्धी कुनै कारबाही नगर्ने’ व्यवस्था छ । तर, हालसम्म पनि मन्त्रिपरिषद्को नीतिगत निर्णयको स्पष्ट परिभाषा छैन । जसका कारण मन्त्रिपरिषद्का कुनै पनि निर्णयमाथि आयोग प्रवेश गर्न सकेको छैन ।

भ्रष्टाचारमा छानबिन नहुने भएपछि स्वार्थपूर्ण र विवादित निर्णय मन्त्रिपरिषद्बाट निर्णय गराउने प्रवृत्ति बढेको छ । यसप्रति आयोगले लामो समयदेखि चासो व्यक्त गर्दै आएको छ । ‘मन्त्रालयबाट निर्णय गर्नुपर्ने सार्वजनिक खरिदसम्बन्धी विषयलाई समेत निर्णयका लागि मन्त्रिपरिषद्मा पु-याउने प्रवृत्ति पाइएको छ,’ आयोगले भनेको छ, ‘यस्तो प्रवृत्ति नियन्त्रणका लागि मन्त्रिपरिषद्मा पेस गरिने नीतिगत निर्णयको स्पष्ट परिभाषा र व्याख्या एवं नीतिगत र प्रशासनिक निर्णयको सीमा निर्धारण गरी नीतिगत निर्णयसम्बन्धी कार्यविधि तर्जुमा गर्नुपर्छ ।’

आयोगले नयाँ संविधानसँगै गुमेको अनुचित कार्यमाथि छानबिनको अधिकारको माग सरकारसमक्ष गरेको छ । नयाँ संविधानसँग गुमेको यो अधिकारका लागि आयोगले माग गर्दै आएको हो । ‘अनुचित कार्य र भ्रष्टाचार एकअर्कामा अन्योन्याश्रित रूपमा सम्बन्धित रहेको तथा भ्रष्टाचारको विषयमा अनुसन्धान गर्दै जाँदा अनुचित कार्य देखिनसक्ने र अनुचित कार्यको अनुसन्धान गर्दै जाँदा भ्रष्टाचार देखिनसक्ने स्थितिमा यी दुवै विषयलाई पृथक रूपमा हेर्न मिल्दैन,’ आयोगले भनेको छ ।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको मर्मअनुरूप स्वार्थको द्वन्द्व नियन्त्रणसम्बन्धी कानुन निर्माण गर्न सरकारले सरकारसँग माग गरेको छ । सार्वजनिक पदधारण गरेका पदाधिकारी र कर्मचारीले नियुक्त भएको र आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था भ्रष्टाचार निवारण ऐनमा छ । पदाधिकारी र कर्मचारीले यस्तो विवरण पेस गरे पनि त्यो यथार्थपरक नभएको र औपचारिकतामा मात्रै सीमित भएको भन्दै आयोगले यस्तो परिपाटीमा सुधार ल्याउन सरकारलाई सुझाब दिएको छ ।

भ्रष्टाचारबाट आर्जन गरी विदेशमा लुकाएको सम्पत्ति फिर्ता गर्ने व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई सुझाब दिएको छ । पारस्परिक कानुनी सहायता ऐन तथा सुपुर्दगी ऐन कार्यान्वयनमा रहे पनि यसका लागि सम्बद्ध मुलुकसँग द्विपक्षीय सम्झौता आवश्यक रहेको ठहर अख्तियारको छ ।

सम्पत्ति शुद्धीकरण विभाग आयोगमातहत ल्याउन माग :

आयोगले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आफूमातहत ल्याउनुपर्ने माग गरेको छ । ‘निजी, सहकारी तथा स्वदेशी÷विदेशी गैरसरकारी संस्थाहरूमा हुने घुसखोरी र रकम हिनामिनालगायतका भ्रष्टाचारजन्य कार्यसँग सार्वजनिक पदाधिकारीसमेत जोडिने सम्भावना हुन्छ,’ आयोगले भनेको छ, ‘तसर्थ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आयोगमातहत रहने व्यवस्था गर्नुपर्छ ।’

सम्पत्ति शुद्धीकरण विभाग यसअघि अर्थ मन्त्रालयअन्तर्गत रहेकामा ०७४ फागुनको मन्त्रिपरिषद् निर्णयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत ल्याएको थियो ।निजी तथा सहकारी क्षेत्रको भ्रष्टाचारको परिणाम सम्बोधन गर्न आयोगको क्षमता सुदृढ गरी ती विषय आयोगले हेर्ने कानुनी व्यवस्था गर्न अख्तियारले सरकारलाई सुझाब दिएको छ । भ्रष्टाचार नियन्त्रणका लागि सरकारी, गैरसरकारी र निजी सबै क्षेत्रमा सदाचार प्रणालीको विकास गर्न राष्ट्रिय सदाचार नीति तयार गरी लागू गर्न आयोगले सुझाब दिएको छ । सदाचार नीतिको मस्यौदा यसअघि नै तयार भइसके पनि लामो समय बितिसक्दा पनि जारी हुन सकेको छैन ।

आर्थिक वर्षको अन्त्यमा रकमान्तर गर्ने, निकासा दिने र हतारमा ठूलो रकम भुक्तानी दिने कार्यले भ्रष्टाचार र अनियमिततालाई बढावा दिएको भन्दै यसको नियन्त्रणको आवश्यकता पनि आयोगले औँल्याएको छ । रकमान्तर, निकासा र भुक्तानीको सीमा र मापदण्ड पुनरावलोकन गरी सुधारका लागि आयोगले सरकारलाई सुझाब दिएको छ ।

सरकारी कर्मचारीको तलब न्यून रहेको भन्दै त्यसमा पुनरावलोकनका लागि पनि आयोगले सरकारलाई सुझाब दिएको छ । न्यून तलबका कारण कर्मचारीहरू भ्रष्टाचारतर्फ प्रेरित भएको भन्दै तलव पुनरावलोकनका लागि आयोगले सुझाब दिएको हो । ‘कर्मचारीको तलब पुनरावलोकनका सम्बन्धमा बृहत् अध्ययन गरी समयसापेक्ष तलब निर्धारण गरी बर्सेनि बजेटमा कर्मचारीको तलब यतिउति वृद्धि भयो भनिरहनु नपर्ने गरी स्वतः कर्मचारीको तलब वृद्धि हुने प्रणालीको विकास गर्नुपर्ने देखिन्छ,’ आयोगले भनेको छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि नेपाल सरकारलाई ८१, प्रदेश सरकारलाई १९ र स्थानीय तहलाई २० वटा सुझाब दिइएको आयोगले बताएको छ ।

हालसम्मकै सर्वाधिक मुद्दा दायर

आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष ०७५÷७६ को वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन बुझाएका हुन् । आयोगले गत वर्ष सबैभन्दा धेरै मुद्दा दायर भएको दाबी गरेको छ । गत वर्ष ०७५/७६ मा तीन सय ५१ मुद्दा विशेष अदालतमा दायर भएको तथ्यांक छ । त्यसमा आठ सय ९४ जनालाई प्रतिवादी कायम गरिएको छ ।

अदालतमा दायर भएकामध्ये घुस (रिसवत)मा एक सय ४७, नक्कली शैक्षिक प्रमाणपत्रमा ८८, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीमा ३९, गैरकानुनी लाभ÷हानिमा ३३, राजस्व हिनामिनामा १०, गैरकानुनी सम्पत्ति आर्जनमा १२ र विविधतर्फ २२ वटा मुद्दा अदालतमा दर्ता गरिएको आयोगले बताएको छ । आयोग स्थापना भएदेखि हालसम्म दुई हजार चार सय ३७ मुद्दा अदालतमा दर्ता भएका छन् । आयोगको २९ वर्षे इतिहासको हिसाब गर्दा औसतमा प्रतिवर्ष ८४ मुद्दा दायर भएका छन् । गत वर्ष औसतको चार गुणाभन्दा बढी मुद्दा अदालतमा दायर भएको दाबी आयोगको छ ।

अदालतले उल्ट्याएका ८३ फैसलामाथि पुनरावेदन

आयोगले विभिन्न समयमा विशेष अदालतमा दायर गरेका मुद्दामध्ये गत आर्थिक वर्षमा दुई सय चारवटाको फैसला भएको छ । फैसला भएका अधिकांश मुद्दामा आफूलाई सफलता मिलेको आयोगको दाबी छ । यस्तो सफलता ८८ प्रतिशत रहेको आयोगको तथ्यांक छ । विशेष अदालतका ८३ फैसलाउपर आयोग गत वर्ष सर्वोच्च अदालतमा पुनरावेदनमा गएको छ ।

१३७ फाइल तामेलीमा

गत आर्थिक वर्ष एक सय ३० पटक बैठक बसी आयोगले सात सय ५९ वटा निर्णय गरेको थियो । यस्ता बैठकबाट आयोगले भ्रष्टाचारजन्य कार्यमाथि छानबिन र अनुसन्धान गरी अदालतमा मुद्दा दायर गर्ने, विशेषबाट असफल भएका मुद्दाको पुनरावेदन गर्ने, सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि सुझाब लेखी पठाउने तथा तथ्य र प्रमाणविहीन उजुरी तामेलीमा राख्नेलगायतका निर्णय गर्छ । गत वर्ष आयोगले ६ सय ५३ फाइलमाथि आयोगले विस्तृत अनुसन्धान गरेको थियो । त्यसमध्येबाट आयोगले एक सय ३७ वटा फाइल तामेलीमा राख्ने निर्णय गरेको छ ।

अष्ट्रेलियामा मनाईयो अन्तर्राष्ट्रिय नेपाली दिवश

अष्ट्रेलिया ।  नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाएका छन्।

घना नेपालीको बसोबास भएको सिड्नीको ओबन पार्कमा आयोजित कार्यक्रममा सहभागीहरूले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर बलियो सुदृढ देशका साथै विश्वमानचित्रमा नेपालीलाई स्थापित गरेको बताए। सहभागीहरूले नेपालमा बढ्दै गएको ध्रुविकरण प्रति चिन्ता व्यक्त गर्दै जात, धर्म, राजनीतिक आस्था भन्दा पनि माथि उठेर नेपाली पहिचानमा गर्व गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।

एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान कै कारण नेपाली पहिचान स्थापित भएको बताए। पोखरा समाजका सचिव समित केसीले पृथ्वीनारायण शाहलाई अहिलेको समय र राजनीतिक परिस्थितीको आधारमा हेर्न नहुने बताए। अग्रज समाजसेवी कंचन पोखरेलले आफ्ना बच्चाहरूले हामी नेपाली कसरी बनियो भनेर सोध्ने गरेको र बच्चाहरूको यसखालको सोधाईको जवाफ दिन पनि अभिभावकहरूले नेपालको ईतिहास र नेपाली राष्ट्रिय धरोहरका बारेमा जानकार रहनुपर्ने बताए।

एनआरएन अष्ट्रेलियाका पूर्व प्रवक्ता तथा लेखा, वित्त तथा बैकिङ व्यवसायी डिला खरेलले नेपाली राष्ट्रियता र ईतिहासलाई विश्वभर छरिएका नेपालीहरूले गर्वका रूपमा लिएर दोश्रो पुस्तामा समेत हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। त्यसका लागी अन्तर्राष्ट्रिय नेपाली दिवश एउटा कडीका रूपमा स्थापित हुनुपर्ने उनले बताए।

अन्तराष्ट्रिय राजनीति, रणनीति र नेपालको अवस्थितीका कारण वर्तमानमा नयाँ न्यारेटिभ स्थापनाका लागी भएका चलखेलले हाम्रो आफ्नै ईतिहास र पहिचानमा शंका र प्रश्न उठ्ने, नेपाली जातिको ईतिहास र एकतालाई नै भताभुंग पार्ने अवस्था आईसकेको अन्तर्राष्ट्रिय नेपाली दिवश आयोजक समितीका संयोजक मदनमणि अधिकारीले बताए। अधिकारीले भने, ‘देशको संगिन घडीमा विश्वभर छरिएका नेपालीहरू सचेत र एक हुनुपर्छ भन्ने सन्देशका साथ नेपाली आत्मगौरव र आत्मबोधको चेत खोल्न पनि पृथ्वीनारायण शाहको स्मरण जरूरी छ।‘

नेपालीपेजडटकमले आयोजना गरेको कार्यक्रममा अष्ट्रेलियामा क्रियाशिल बहुसंख्यक नेपाली सामुदायिक संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता थियो। पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेर सुरू भएको कार्यक्रममा एनआरएनए अष्ट्रेलिया महिला संयोजक सन्ध्या शाह, झापाली समाजका अध्यक्ष उमेश पोखरेल, लुमिया नेपाली समाजका अध्यक्ष प्रकाश हुमागाईं, समाजसेवीहरू दिनेश जोशी, प्रेम सापकोटा, बुद्दि डल्लाकोटी, पूर्णनाथ घिमिरे, डिल्ली ढकाल, दिनेश पोखरेल, विनर्स सर्कलका रोशन खतिवडा, दिपक पौडेल, सुरज ओली लगायतले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै विश्वभर फैलिएका नेपालीहरूले अन्तर्राष्ट्रिय नेपाली दिवश मार्फत नेपाली हुनुको आत्मबोध गर्नुपर्नेमा जोड दिएका थिए।

अजयराज सुमार्गीको हेलो नेपालसहित तीन कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय बदर

काठमाडौं । फ्रिक्वेन्सी दस्तुरबापत तिर्नुपर्ने रकम समयमै नतिरेपछि नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय सरकारले बदर गरेकाे छ।

नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपालसहित समयमै शुल्क नदिएएको भन्दै स्मार्ट टेलिकम र वेब सर्फर कम्युनिकेसनको लाइसेन्स खारेज निर्णय सरकारले बदर गरेको हो ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले निश्चीत समयमा दिनुपर्ने भनेर तोकेको रकम समयमा नै तिर्न नसकेपछि लाइसेन्स खारेज गर्नको लागि मन्त्रिपरिषदमा पठाएको थियो ।

सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको निर्णय सुनाउँदै तीन कम्पनीको लाइसेन्स खारेजीको निर्णय बदर गर्दै कम्पनीहरुलाई किस्ताबन्दीमा शुल्क बुझाउनेगरी व्यवस्था मिलाउन प्राधिकरणलाई लेखी पठाउने निर्णय गरिएको जानकारी दिए।

सरकारको निर्णयअनुसार यी तीन कम्पनीले पाँच किस्तामा बाँकी रकम बुझाउनुपर्ने छ। पहिलो किस्ता आउने असार मसान्तभित्र र बाँकी चार किस्ता चार वर्षभित्र बुझाउनुपर्ने छ।

गत साउनमा प्राधिकरणको बोर्डले स्मार्ट सेल लगायत अन्य कम्पनीहरुलाई ३ महिनाभित्र बाँकी रकम तिर्नुपर्ने नत्र स्वतः लाईसेन्स खारेज हुनेगरी समय दिएको थियो । तर, तोकिएको समयमा उक्त रकम तिर्न नसकेपछि यी कम्पनीहरु स्वतः लाइसेन्स खारेजीमा गएका थिए ।

प्राधिकरणको तथ्याक अनुसार सरकारलाई स्मार्ट टेलिकमको भदौसम्म २ अर्ब ३२ करोड बक्यौता छ । हेलो नेपालले पनि ८२ करोड रुपैयाँभन्दा बढी तिरेको छैन । वेबसर्फरले तीन करोड ९० लाख बक्यौता तिर्न बाँकी छ ।

दूरसंचार ऐन २०५३ अनुसार तोकिएको अवधिमा बक्यौता बुझाउन नसके स्वत लाइसेन्स खारेज हुने व्यवस्था छ ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई फ्रिक्वेन्सी दस्तुरबापत तिर्नुपर्ने रकम समयमै नतिरेपछि हेल्लो नेपाल ब्राण्डमा दूरसञ्चार सेवा दिँदै आएको नेपाल स्याटेलाइट कम्पनीको लाइसेन्स खारेज गरेको थियो ।

प्राधिकरणले लाइसेन्स खारेज गरेपछि उसले नेपाल सरकारसमक्ष पुनरावेदन दिएको थियो। मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पुर्‍याउने सर्तमा नेपाल स्याटेलाइटले २०६४ फागुन ५ मा अनुमति पत्र पाएको थियो ।

जागृत ज्वालादेवीका विद्यार्थीलाई न्यानो कपडा

विदुर । सूर्यगढी गाउँपालिकाको वडा नं. ३ मा रहेको जागृत ज्वालादेवी आधारभूत बिद्यालयका विद्यार्थीलाई न्यानो पोषाक वितरण गरिएको छ । विद्यालय पोषाक सहित न्यानो सुइटर तरुण दल  नुवाकोटका जिल्ला सदस्य रुक्मिणी सेढाईले शुक्रबार उपलब्ध राउनुभएको हो । विद्यार्थीलाई विद्यालय पोषाक प्रदान गर्दै गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले सामुदायिक विद्यालयको लागी सरकारी तथा समाजसेवीबाट भइरहेको सहयोग अन्तरगत विद्यालयको व्यबस्थापन सुधार एंव विद्यार्थीको शिक्षाको गुणस्तरिता बृद्धि भने प्रभावकारी रुपमा गराउन चुनौती रहेको गुनासो गर्नुभएको छ ।

उहाँले विद्यालयको सुधारको लागी गाउँपालिकाले आवश्यकता र माग भएका स्थानमा भौतिक संरचना निर्माणको लागी सहजिकरण, शिक्षक दरबन्दी, पाठ्यपुस्तक, विद्यालय पोषाक, दिवाखाजा, विभिन्न चरणमा परीक्षा सञ्चालन लगायतमा कुनै कमी हुन नदिएपनि शिक्षाको सुधार भने देखिने गरेर नभएको भन्दै व्यवस्थापन पक्ष र अभिभावकलाई अझै बढी लगनशील भएर सुधारमा लाग्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सूर्यगढी गाउँपालिका वडा नं .३ का वडाध्यक्ष ऋषिबहादुर पौडेलले समाज परिवर्तन, रोजगारी, विकासका मापदण्ड शिक्षा भएकाले बालबलिकालाई नियमति विद्यालय पठाउन र उनीहरुको शिक्षा प्रति चासो राख्नको लागी आग्रह गर्नुभएको छ ।

समाजसेवी तथा राजनीतिज्ञ रुक्मिणी सेढाईले व्यक्तिगत खर्चमा उपलब्ध गराएको विद्यालय पोषाक सहितको न्यानो कपडा सिम्ले स्थित ज्वालादेवी आधारभूत विद्यालयमा अध्ययनरत करीब ६० जना विद्यार्थी सबैलाई प्रदान गरिएको व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सचिव राम्जी पौडेल, नेकपा जिल्ला कमिटी सदस्य जीतबहादुर घले, तरुण दल क्षेत्रीय अध्यक्षहरु यदुमान लामा र शरण घले लगायतको सहभागिता रहेको थियो ।

बञ्चरेडाँडामा फोहर फाल्न नदिने स्थानीयबासीको चेतावनी

विदुर । नुवाकोटको बञ्चरे डाँडाका स्थानीयहरुले माग पुरा नभएसम्म फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । शहरी विकास मन्त्री रामवीर मानन्धर सहितको बन्चरेडाँडाको अनुगमनमा गएको टोलीसँग स्थानीयहरुले फोहर फाल्नको लागी आफूहरु विस्थापित हुने अबस्था आएको भन्दै माग पूरा नभएसम्मको लागी फोहर फाल्न नदिने घुर्की लगाएका छन् । विसं २०६१ सालमा गरिएको सम्झौता अनुसार दुई वर्षको लागि भएपनि १४ वर्षसम्म फोहर फालिएको र आफुहरुसँग गरिएको सम्झौता पुरा नभएको स्थानीयबासीले शहरी विकास मन्त्रीलाई गुनासो राखेका छन् । स्थानीय आशिष ढुंगानाले जनताको हितमा काम नगरेसम्म फोहोर फाल्न नदिने बताउनुभएको छ । उहाँको व्यवस्थित तरिकाले फोहोर फाल्न र जनतालाई प्रत्यक्ष असर पर्ने कुराको व्यवस्थापन गर्न पनि आग्रह गर्नुभएको छ ।

स्थानीयले फोहोर फाल्ने ठाउँसम्म पक्कि सडक हुने तर एक किलोमिटर भित्र पर्ने गाउँको सडक  बनाउन चासो नदिएको भन्दै आक्रोस पोखेका छन् । स्थानीयबासीले फोहोर फालेसगैँ गाउँमा राम्रो विद्यालय, स्वास्थ्य सेवा, रोजगारीको सिर्जना, फोहोरलाई औषधी छर्केर मात्र विसर्जन गरिने लगायतमा दिएको आश्वास सबै अधुरो रहेको स्थानीयबासीको गुनासो रहेको छ ।

स्थानीयहरुको गुनासो सुनेपछि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्थानीयले राखेका मागहरु पुरा गर्न प्रतिवद्धता जनाउदै केही समय पर्खन आग्रह गर्नुभएको छ । उहाँले बञ्चरेडाँडामा रहेको अबस्था निकै दुःखत रहेको त्यसको बारेमा आफू बल्ल जानकार रहेकाले अब समस्यालाई क्रमशः समाधान गर्न तप्परता देखाउने आश्वासनन दिनुभएको छ ।

राउतवेशीमा आयोजित आँखा जाँच शिविरमा करीब चार सयको परीक्षण

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिकाको वडा नं. ३ राउतवेशीमा आयोजना गरिएको निःशुल्क आँखा जाँच तथा परीक्षणमा करीब चारसय जनालाई सेवा प्रवाह गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र तिलगंगा आँखा प्रतिष्ठान गौशालाको सयुक्त सहकार्यमा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटले राउतवेशी स्वास्थ्य चौकीमा शुक्रबार आयोजना गरेको शिविरमा ४० जना र कौकेश्वरी माविमा रहेका साढे तीनयस विद्यार्थी गरेर करीब चारसय जनाको आँखा जाँच गरिएको केन्द्रका प्रमुख शंकर अधिकारीले जानकारी दिनुभएको छ । उहाँको अनुसार शिविरमा जाँच गर्न आएका मध्ये तीन जनामा मोतियाबिन्दु लागेको पाइएको छ । मोतियाबिन्दु देखिएका बिरामीको लागी यही पुस २५ र २६ गते बट्टारमा आयोजना गरिएको निःशुल्क शल्यक्रिया सेवामा सम्पर्क राख्नको लागी सिफारिस गरिएको वडाध्यक्ष धुव्रकर केसीले जानकारी दिनुभएको छ ।

यसअघि वडा नं. ४ बेतिनीमा आयोजना गरिएको आँखा जाँच शिविरमा २४३ जनाको आँखाको जाँच गर्ने क्रममा १५ जनामा मोतियाबिन्दु लागेको पाइएको थियो भने वडा नं. २ गाउँखर्कमा आयोजना गरिएको शिविरमा २३४ जनाको जाँच गर्ने आठ जनामा मोतियाबिन्दु लागेको पाइएको थियो । जिल्ला सामुदायिक आँखा केन्द्र मार्फत अभियानकै रुपमा सञ्चालन भइरहेको निःशुल्क आँखा जाँच एंव परीक्षण अन्तरगत अब भोलि आइतबार दुप्चेश्वर गाउँपालिकाको वडा नं १ को घ्याङफेदी स्वास्थ चौकीमा शिविर सञ्चालन गर्न लागिएको वडाध्यक्ष सुनबहादुर तामाङले जानकारी दिनुभएको छ ।

बैंक तथा वित्तीय संस्थालाई गैरव्यवसायिक कर्जा प्रवाहमा कडाइ

काठमाडौ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत तथा गैरव्यवसायिक कर्जामा कडाई कडाइ गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा, तथा हायर पर्चेज कर्जालगायतका किस्तामा आधारित कर्जा प्रवाहमा कडाइ गरेको हो ।

राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै बैंक वित्तीय संस्थाले ऋणीको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत सीमामा कायम गरेर मात्र गैर व्यवसायिक व्यक्तिगत कर्जा प्रदान गर्न भनेको हो । त्यस्ता प्रकृतिका कर्जा दिँदा बैंक तथा वित्तीय संस्थाले ऋणीको आय स्रोत खुल्ने प्रमाणित कागजात संलग्न हुनुपर्ने व्यवस्था गरेको छ ।

त्यसका साथै ऋणीले पेश गरेको आम्दानीको स्रोतमा कर चुक्ता र दाखिला गरेको र वा अद्यावधिक कर चुक्ता प्रमाणपत्रको आधारमा मात्र ऋणीको वार्षिक कुल आय गणना गर्नुपर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत कर्जा ऋणीको आयको अधिकतम सीमा भन्दा बढी हुने गरी कर्जा प्रवाह गरेमा सो कर्जालाई सुक्ष्म निगरानी अन्तर्गत वर्गीकरण गर्नुपर्ने व्यवस्थासमेत गरेको छ । बैंक तथा वित्तीय संस्थाले अनुत्पादन तथा व्यक्तिगत प्रकृतिको कर्जामा धेरै जोड दिइ नाफामा केन्द्रित भएपनि नेपाल राष्ट्र बैंकले यस्ता कर्जा प्रवाहमा कडाइ गरेको हो ।

राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाका लागि थप एक वर्ष समय थपिदिएको हो । बैंक तथा वित्तीय संस्थाले भने आगामी असार मसान्तभित्र कृषिमा १० प्रतिशत र कृषि बाहेक तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ ।

राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ती प्रक्रियामा संलग्न भइ २०७७ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको कर्जा २०७८ असार मसान्तसम्म तोकिएको सिमामा कर्जा प्रवाह गरेको हुने व्यवस्था कायम गरेको हो ।

केन्द्रीय बैंकले तोकेको क्षेत्रमा प्राथमिकता प्राप्त क्षेत्रको कर्जा सीमा नपु-याएमा वाणिज्य बैंकहरुका हकमा हर्जना रकम गणना गर्दा प्राथमिकता प्राप्त क्षेत्रमा तोएिको २५ प्रतिशत नपुगे हर्जना गणना गर्ने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

साथै राष्ट्र बैंकले कृषि क्षेत्रमा १० प्रतिशत कर्जा प्रवाह नभएको खण्डमा नपुग रकममा हर्जना गणना गर्ने तथा कृषिबाहेक तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा १५ प्रतिशत कर्जा प्रवाह नभएको खण्डमा नपुग रकममा हर्जना गणना गर्ने व्यवस्था गरेको छ ।

उपयुक्त तीनवटै हर्जनामध्ये जुन बढी हुन्छ सोही अनुसार जरिवाना लगाउने समेत व्यवस्था निर्देशनले गरेको छ । हर्जना लगाउँदा त्यस्तो नपुग रकमको त्रैमासिक रुपमा हुन आउने व्याज रकम निर्धारण गरी सोही बरावरको रकम हर्जना कायम गर्ने तथा प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गरिने कर्जा गणना गर्दा ६ महिना अघिको कुल बाँकी कर्जा सापटीको आधारमा प्रत्येक त्रैयमासमा गणना गर्ने व्यवस्थासमेत गरेको छ । राष्ट्र बैंकका अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गरिने कर्जाको मासिक विवरण महिना समाप्त भएको १५ दिनभित्र र त्रैमासिक विवरण त्रैमासिक अवधि समाप्त भएको एक महिनाभित्र नियमन र सुपरीवेक्षण विभागमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पति शुद्धिकरण निवारण सम्बन्धी व्यवस्था अनुसार संस्थागत तथा क्षेत्रगत जोखिम मूल्याङ्कन सम्बन्धी प्रतिवेदन यहि महिनाभित्र बुझाउन पनि निर्देशन दिएको छ ।

यसैगरी, सम्पत्ति शुद्धिकरण निवारण ऐनको उद्देश्य र राष्ट्र बैंकको निर्देशन बमोजिम सूचक संस्थाले जोखिमको आधारमा प्रणालीगत व्यवस्थासहित ‘गोएएमएल’ को माध्यमबाट वित्तीय इकाइमा रिर्पोटिङ गरे नगरेको तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा जारी भएका निर्देशनहरु आवश्यक निरीक्षण र सुपरीवेक्षण गरिने समेत राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आगामी माघ १ गतेबाट अनिवार्य रुपमा विद्युतीय माध्यम ‘गोएएमएल’बाट मात्र प्रतिवेदन पेश गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ भने ‘ख’ तथा ‘ग’ वर्गका वित्तीय संस्थाहरुलाई समेत पुस महिनाभित्र ‘गोएएमएल’मा रजिष्ट्रेशन हुन भनेको छ ।

फोन नं. अब वेभपेजमै हेर्न पाइने

विदुर । नेपाल टेलिकमले वेबसाइटबाट नै आवश्यकता बमोजिमको टेलिफोन नम्बर थाहा पाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यसअघि थाहा नभएका टेलिफोन नम्बरहरु १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अबदेखि कम्पनीको वेबसाइटबाटै पनि हेर्न सकिने भएको व्यबस्था मिलाइएको छ ।

नेपाल टेलिकमले वेब पेजमार्फत नै ल्याण्डलाइन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याएको हो । त्यसका लागि कम्पनीको वेबसाइटमा गएर  त्यहाँ दिइएको टेलिफोन नं.मा आफूलाई चाहिएको व्यक्ति तथा संस्थाको नम्बर खोज्न सकिने कम्पनीले जनाएको छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नाम सहित ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिने टोलिकमले जनाएको छ । यस्तै, संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिने कम्पनीले व्यवस्था मिलाइएको छ । यसअघि ल्याण्लाइन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित प्रणाली सञ्चालनमा रहेको थियो ।

टेलिकमले पछिल्लो समयमा इन्टरनेट प्रयोगकर्ताहरुको संख्यामा वृद्धि हुदै गएको भन्दै ग्राहकलाई वैकल्पिक माध्यमबाट चौबिसै घण्टा सेवा उपलब्ध गराउन अनलाईन सेवालाई प्रथामिकतामा राखेर सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रदेस नं. ३ को लागी सवारी चालक अनुमतिपत्र वितरण सुरु

हेटौडा । काठमामाडौं उपत्यकाबाहिर पहिलो पटक प्रदेश सरकारले हेटौंडाबाट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । प्रदेश–३ अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले शनिबार प्रयोगात्मक परीक्षा लिई सवारी चालक अनुमतिपत्र वितरण गरेको हो ।

हेटौंडा कार्यालयले सेवा सुरु गरेसँगै सवारी चालक अनुमतिपत्रको लागि वीरगञ्ज वा काठमाडौं धाउनुपर्ने बाध्यता टरेको छ । अनलाइन फाराम संकलन गरी बिहीबार लिखित परीक्षा लिएको यातायात व्यवस्था सेवा कार्यालय हेटौैंडाले शनिबार प्रयोगात्मक परीक्षा लिई अनुमतिपत्र वितरण गरेको हो ।

मंसिर ३० गतेदेखि अनलाइन फाराम संकलन सुरु गरेको कार्यालयले बिहीबार पाँचसय २० जनाको लिखित परीक्षा लिएको थियो । जसमध्ये प्रदेश सरकारअन्तर्गत हेटौंडामा स्थापना भएको कार्यालयले गत वर्षको माघ महिनादेखि सवारीको नवीकरण, दर्ता, रुट इजाजत, पटके सेवा, सवारी अनुमतिपत्र नवीकरण सुरु गरेको थियो । नयाँ सवारी चालक अनुमतिपत्र वितरणको लागि भने आवश्यक प्रक्रिया पूरा गर्दा केही ढिलाई भएको यातायात व्यवस्था सेवा कायालय हेटौंडाका प्रमुख पोषण थापाले जानकारी दिए । लिखित परीक्षा एवम् प्रयोगात्मक परीक्षाको लागि आफ्नै संरचना निर्माण भइनसकेकाले तत्काललाई निजी क्षेत्रसँग ट्रायल सेन्टर भाडामा लिएर नयाँ सवारी अनुमतिपत्र वितरणको काम सुरु गरिएको थापाले बताए ।

प्रदेश ३ सरकारमातहत आएका काठमाडौं उपत्यकामा रहेका ८ वटा यातायात व्यवस्था सेवा कार्यालयले पूर्ववत रुपमै सवारी अनुमतिपत्र वितरणलाई निरन्तरता दिइरहे पनि उपत्यकाबाहिरको कार्यालयबाट भने पहिलो पटक हेटौंडाबाट सवारी अनुमतिपत्र वितरण सुरु गरिएको हो । प्रदेश ३ अन्तर्गत रहेको चितवन सेवा कार्यालयले भने अझै अनुमतिपत्र वितरणको काम सुरु गर्न सकेको छैन ।

रसुवा तथा तातोपानी नाकामा भौतिक पूर्वाधारमा माग

काठमाडौ । नेपाल–चीन उद्योग वाणिज्य संघले लार्चामा सुक्खा बन्दरगाह सञ्चालनमा आएको र सडक मार्गबाट छिटो सुरक्षित रूपमा सामान नेपाल आइपुग्ने हुँदा धेरै आयातकर्ताहरू त्यसतर्फ आकर्षित भइरहेको एवं रसुवा तथा तातोपानी नाकामा भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताएको छ ।

नेपाल–चीन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरूले नेपालका लागि चिनियाँ राजदूत होउ यांगजीसँग भेटघाटमा संघले नेपालमा स्थायी सरकार रहेको र लगानी मैत्री वातावरण बन्दै गइरहेको हुँदा चिनियाँ लगानीकर्ताहरूलाई नेपालका विविध संभावित क्षेत्रमा ठूलो लगानी ल्याउन पहल गर्न आग्रह पनि गरेको छ ।

साथै चीनमा हुने व्यापार मेलाहरूमा संघको सहकार्यमा व्यापारीहरूले नेपाली उत्पादन प्रदर्शन गरिरहेको र यस कार्यमा दूतावासबाट समेत सहयोगका लागि आग्रह गर्दै संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले दुई देशबीचको सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गरे ।

प्रतिउत्तरमा नेपालका लागि चिनियाँ राजदूत होउ यांगजीले दुई देशबीच विद्यमान आपसी विश्वास र मित्रता महत्वपूर्ण रहेको कुरा बताउँदै चिनियाँ उत्पादनहरू सस्तो तथा गुणस्तरयुक्त भएको कारण विश्वमा नै ठूलो निर्यातमूलक राष्ट्र भएको कुरा बताइन् । साथै दुई देशबीचको व्यापार वृद्धिमा नेपालतर्फको साँगुरो सडक नै बाधकको रूपमा देखा परेको हुँदा दुवै राष्ट्र नेपालको सडक निमार्ण तथा विस्तारमा लागि परेको कुरा पनि बताइन् ।

नेपालमा विमानस्थालहरूको निर्माण तीव्र गतिमा भइरकेको र हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालको प्रोजेक्ट पूर्ण गरी हस्तान्तरण गरिसकेको स्मरण गर्दै उनले अबका दिनहरूमा दुई देशबीच भएका विविध सम्झौताहरूको कार्यान्वयनमा जोड दिने जानकारी दिइन् ।

साथै नेपाल चीन उद्योग वाणिज्य संघ एक अग्रणी संस्था भएको र दुई देशबीचको आर्थिक, व्यापारिक, सांस्कृतिक, पिपल टु पिपल सम्बन्ध आदि प्रवद्र्धनमा गर्दै आएको कार्य सराहनीय रहेको र भविष्यमा समेत राजदूतावासले दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक क्रियाकलापहरूमा सहकार्य गर्ने कुरा पनि बताइन् ।

संघले उक्त अवसरमा आफना गतिविधिहरू तथा दुई देशबीच विद्यमान व्यापारिक संभावना र समस्याहरूबारे जानकारी दिँदै संघको विभिन्न सव काउन्सिल तथा संगठनहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान–प्रदान, व्यापारिक मेला, एस्पो, सेमिनारमा सहभागिता आदिमा सहकार्य गरी अघि बढिरहेको जानकारी गराएको थियो ।

हालै चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबाट दुई देशबीचको आर्थिक, लगानी तथा पर्यटनमा वृद्धि हुने बताउँदै उनले नेपाल चीनबीच नयाँ हवाई गन्तव्य विस्तार भएको र संघाई जस्तो ठूलो सहरहरूमा समेत सो सेवा विस्तार गर्नुपर्ने जसबाट नेपाल भ्रमण वर्ष–२०२० सफल हुने पनि संघले जनाएको छ ।

पुस १० गते लाग्ने सूर्यग्रहण निकै दुलर्भ

काठमाडौ । पुस १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ। दुई घन्टा ४९ मिनेट लामो ग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर  ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ।

खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। 'मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिन्छ' भट्टराईले भने।

यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ।

भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ।

रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ। यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ।

ग्रहण लाग्दा रिङ अफ फायर भने प्राय:जसो बीचको समयमा देखिने सोसाइटीले जनाएको छ।

खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ।

चिसोबाट बालबालिका र जेष्ठनागरिकलाई यसरी बचाउनुहोस्

काठमाडौ ।  उपत्यकामा हिउँदे पानी परेसँगै अत्यधिक चिसो बढेकोे छ । चिसो बढेसँगै यसबाट प्रत्यक्ष असर बालबालिका र ज्येष्ठ नागरिकलाई पर्ने हुनाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

ज्येष्ठ नागरिक तथा बालबालिकाहरू जाडो मौसममा बढी पीडित हुने भएकाले उनीहरूलाई जाडोबाट बचाउन चिकित्सकले सुझाव दिएका हुन् । अत्यधिक चिसोले ज्येष्ठ नागरिक र बालबालिकामा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मिया लगायतका रोग लाग्ने भएकाले उनीहरूलाई चिसो मौसममा जोगाउनुपर्ने चिकित्सकको भनाइ छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योतिरत्न धाख्वाले पहिलेजस्तै गरी बालबालिकालाई चिसो मौसममा छाड्न नहुने बताउनुभयो । उहाँले अत्यधिक चिसोले गर्दा बालबालिकालाई निमोनिया, श्वासप्रश्वास, हाइपोथर्मिया लगायतका रोगले आक्रमण गर्ने हुनाले सतर्क रहन आग्रह गर्नुभयो । बालरोग विशेषज्ञ डा. धाख्वाले बालबालिकालाई बाक्ला कपडा लगाइदिनुपर्ने बताउनुभयो । उहाँले उपत्यकामा भन्दा तराईमा जाडोसँगै शीतलहरसमेत पर्ने भन्दै तराईमा बसोबास गर्नेले जाडो तथा शीतलहरबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने बताउनुभयो ।

डा. धाख्वाले जाडो मौसमसँगै सामान्य मानिसलाई समेत विभिन्न रोगले सताउने भएकाले मानिसमा तापक्रममा आएको कमीले रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी असर गर्ने बताउनुभयो । उहाँले बढी चिसोका कारण हाइपोथर्मिया भएर मानिसको मृत्यु हुनसक्ने भन्दै जाडो मौसमका रोगबाट बच्न बाक्लो कपडा लगाउनुका साथै न्यानो ठाउँमा बस्ने, हिटर ताप्ने, आगो ताप्ने गर्नुपर्छ भन्नुभयो ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा परोपकार स्त्री तथा प्रसूति अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमले सुत्केरी महिला पनि जाडोको उच्च जोखिममा रहेको जानकारी दिनुभयो । उहाँले सुत्केरीसँगै उनीहरूका भर्खर जन्मिएका सन्तान पनि जाडोको जोखिममा रहेकाले सधैँ न्यानोमा राख्न सल्लाह दिनुभयो ।

उहाँले नवजात शिशु तथा आमाहरूको चिसोका कारण हुने हाइपोथर्मियाबाट मृत्युसमेत हुने गरेको जानकारी दिँदै चिसोबाट बच्नुपर्ने बताउनुभयो । उहाँले जाडोमा बालबालिकामा दम, निमोनिया, रुघाखोकी, ज्वरो, टन्सिल, डायरिया, भाइरल ज्वरो, पिनास, ब्रोनक्राइटिसलगायतका रोग लाग्ने बताउनुभयो । भर्खर जन्मेका शिशुमा निमोनिया, ब्रोनक्राइटिसलगायतका समस्या हुने भन्दै उहाँले बालबालिकालाई चिसोमा जथाभावी खेल्न नदिने, न्यानो कपडा लगाइदिनुपर्ने बताउनुभयो ।

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छा भन्नुहुन्छ, “चिसोबाट बालबालिका सबैभन्दा बढी जोखिममा हुन्छन् । चिसोबाट बच्न शारीरिक व्यायाम गर्ने, बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोमा नराख्ने, बाक्लो लुगा लगाइदिने, मादक पदार्थ सेवन नगर्ने, प्रशस्त पानी पिउने, बच्चालाई मोटरसाइकलमा नचढाउने, तातो खानेकुरा खानुपर्छ । ’’ उहाँले चिसो मौसममा निमोनिया, ज्वरो, घ्यारघ्यारजस्ता समस्या लिएर बालबालिका अस्पताल आउने गरेको बताउनुभयो ।

बाल अस्पतालमा मात्र होइन आयुर्वेदिक औषधालयमा समेत त्यत्तिकै मात्रामा बालबालिका चिसो मौसमका कारण लाग्ने रोग लिएर जाने गर्छन् । बैरेनी आयुर्वेद औषधालय धादिडका प्रमुख कविराज नारायण पौडेलले आयुर्वेद औषधालयमा दैनिक पाँच बालबालिका निमोनिया, रुघा, ज्वरो, खोकीको समस्या लिएर आउने गरेको जानकारी दिनुभयो । उहाँले ती बालबालिकालाई कस्तुरीभूषण, मिर्गमलाम, कफप्लेटजस्ता औषधि दिने गरेको बताउनुभयो । ती औषधिले एलोपेथिक जस्तो असर नगर्ने उहाँको भनाइ छ । उहाँले चिसो मौसममा निमोनिया, श्वासप्रश्वास, दम, रुघाखोकी, ग्यास्ट्रिक लगायतका रोगले सताउने हुनाले न्यानो ठाउँमा मात्र बस्न सुझाव दिनुभयो ।

कान्ति बाल अस्पतालका निर्देशक डा. बिच्छाले वयस्कहरूलाई चिसो मौसममा सामान्य रुघाखोकीले मात्र सताउने हुँदा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

तर ज्येष्ठ नागरिक तथा बालबालिकालाई भने चिसो मौसममा लाग्ने रोगले बढी सताउँछ । उहाँले जाडो मौसममा गाउँघरतिर आगो बालेर बस्नाले पनि रोगहरू निम्त्याउने बताउनुभयो । कविराज पौडेलले चिसो मौसममा लाग्ने रोगबाट बच्न घरेलु उपायहरू पनि अपनाउन सकिने बताउनुभयो । उहाँका अनुसार चिसो मौसममा न्यानो लुगा लगाउने, तातो खाना खाने, बच्चालाई न्यानो ठाउँमा राख्ने गर्नाले रोग लाग्नबाट बचाउन सकिन्छ । उहाँले चिसोले निमोनिया, रुघाखोकी, दम, श्वासप्रश्वास, ग्यास्ट्रिक लगायतका रोग निम्त्याउने भन्दै धुवाँधुलोबाट बच्न सक्नुपर्ने बत(ाउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web