काठमाडौ । लोक सेवा आयोगले सरकारका विभिन्न निकायका लागि एक हजार ९६ जना शाखा अधिकृतको माग गर्दै आज विज्ञापन आव्हान गरेको छ । आयोगको नियमित कार्यतालिका अनुसार आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवातर्फ गरी यति ठूलो संख्यामा विज्ञापन गरिएको हो । आयोगका अनुसार विभिन्न सेवा समूह गरी सात सय ६८ खुल्ला र बढुवा तर्फ तीन सय २८ गरी एक हजार १०९६ जना रहेको छ ।

नेपाल प्रशासन सेवा, लेखा परीक्षण सेवा र परराष्ट्र सेवाको संचालन गर्ने निकायबाट रिक्त दरवन्दी पदपूर्तिका लागि माग भईआए अनुसार मन्त्रालयले स्थायी पदपूर्तिका लागि आयोगको कार्यालयमा पठाएपछि विज्ञापन हुने निश्चित भएको हो। सामान्य प्रशासन, राजश्व, लेखा र लेखा परीक्षणमा करीब सात सय र कानूनतर्फ तीन सय गरी एक हजारको संख्यामा शाखा अधिकृत तहको विज्ञापन आव्हान गरिएको छ ।

मंसीर अन्तिम बुधबार राजपत्रांकित तृतीय श्रेणी अप्राविधिकको विज्ञापन हुने आयोगको पूर्व निर्धारित कार्यतालिका अनुसार सामान्य प्रशासन मन्त्रालय तयारी अवस्थामा नै रहेपनि नवनियुक्त मन्त्री ह्रदयेश त्रिपाठीले ‘विज्ञापन पठाउनु पर्ने कारण के रु’ भन्दै कर्मचारी प्रशासनमा प्रश्न गरेपछि कर्मचारीहरु अन्योलमा परेका थिए । मन्त्री त्रिपाठीको अनावश्यक चासोले नियमित काममा अनावश्यक अलमल भएको थाहा भएको छ ।

मन्त्रीको चासोले निर्धारित काम समयमा हुननसक्ने देखिएपछि सचिव यादवप्रसाद कोईरालाले नियमित प्रशासनिक कार्य भएको र विज्ञापन रोक्दा समग्र प्रक्रिया नै बिथोलिने भनी कुरा बुझाएपछि प्रक्रिया अघि बढेको बुझिएको छ ।

17.98¡ÆC