बट्टार । सहकारीको रुपमा स्थापना भएर लघुवित्त एंव बीमा कम्पनी सरह सेवा दिदै आएको गोसाईकुण्ड सहकारी सँस्था लिमिटेडको अठारौ साधारणसभा तथा सातौ अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । विदुर नगरपालिका वडा नं. २ बट्टारमा कार्यालय रहेको सहकारीको आज सम्पन्न साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सहकारीको सेवालाई अझ बृहत्त बनाएर आबद्ध शेयर सदस्यको आर्थिक अबस्था बलियो बनाउनेमा जोड दिएको छ ।

साधारण सभामा वर्तमान अध्यक्ष भुवलनलाल राजभण्डारीले पेश गरेको बार्षिक प्रतिवेदन अनुसार सहकारीले नुवाकोटभर छरिएका शेयर दुई हजार १५६ शेयर सदस्य मार्फत एक करोड ६९ लाख रुपैयाँ शेयर पुँजी संकलन गरेको उल्लेख गरिएको छ । सहकारीले सम्पन्न आर्थिक वर्षसम्ममा १० करोड १९ लाख रुपैयाँ बचत गरेको छ भने १० करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेर सहकारीको आर्थिक अबस्थालाई मजबुद बनाएको छ । सहकारीले रेमिटेन्स, निर्धन उत्धान कार्यक्रम, स्वरोजगार कर्जा लगानी, सदस्यता राहत लगायतका कार्यक्रम मार्फत आबद्ध भएका सदस्यको जिविकोपार्जनमा प्रत्यक्ष सहयोग पु-याएर उनीहरुको आर्थिक अबस्थालाई बलियो बनाउदै अघि बढेको उल्लेख गरिएको छ ।

सहकारीको कोषाध्यक्ष दिपकराज सिलवालको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक धुव्रप्रसाद अर्यालले पेश गरेको लेखा समितिको प्रवेदनलाई साधारण सभाले सर्वसम्मत रुपमा पास गर्दै सहकारीको अहिलेको भूमिका प्रशंसनीय रहेकाले यसलाई आगामी दिनमा अझ प्रभावकारी रुपमा अघिबढाउन जोड दिइएको छ ।

सहकारीले चालु आर्थिक वर्षदेखि नै आबद्ध हुने सदस्यता विस्तार गर्ने, कर्जा र लगानीलाई उत्पादनमूलक क्षेत्रमा प्रथामिकता दिने, महिलाको नेतृत्व तथा घरेलुउद्यममा लगानी बढाउनको लागी प्रथामिकतामा राख्न निर्णय गरेको व्यवस्थापक हरिबंश ढकालले जानकारी दिनुभएको छ ।

सहकारीले उत्कृष्ट बचतकर्तामा राधा श्रेष्ठ, ऋणीमा रितादेवी तामाङ–राईलाई सम्मान गरेको छ । यसैगरी, समूहतर्फ पहिलो भएको दक्षिणकाली निर्धन उत्थान समूह, दोश्रो भएको शिवशक्ति निर्धन उत्थान समूह र तेश्रो भएको जालपादेवी निर्धन उत्थान समूह ‘क’लाई प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको छ ।

सहकारीको आजै भएको अधिवेशनले अहिले उपाध्यक्ष रहनुभएका इन्द्रबहादुर पण्डितको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । सहकारीको उपाध्यक्षमा मणिकलाल श्रेष्ठ, सचिवमा रामकृष्ण राजभण्डारी र कोषाध्यक्षमा दिपकराज सिलवाल चयन हुनुभएको छ । सदस्यहरुमा राजेन्द्र प्याकुरेल, लक्ष्मी प्रधान, रामकृष्ण रिमाल, सुन्तली श्रेष्ठ र गंगालाल श्रेष्ठ रहनुभएको छ । यसैगरी, लेखासमितिको संयोजकमा धुव्रप्रसाद अर्याल र सदस्यहरुमा होमनाथ घिमिरे र सबिना खड्का रहनुभएको छ । ऋण उपसमितिको सदस्यमा गोपिनी केसी र जुना कुमारी डंगोललाई सर्वसम्मत चयन गरिएको छ ।

सहकारीको साधारणसभाको अवसरमा विदुर नगरपालिको प्रमुख सञ्जु पण्डित सहित जिल्लाको विभिन्न सहकारी सँस्थाको प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि एंव वित्तिय क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

17.09¡ÆC