दाङ । प्रहरीले बिहीबार बिहान बैठकस्थल घेरा हालेर पक्राउ गरेका नेत्रविक्रम चन्द समूहका नेताहरुबाट बरामद हतियार तथा विस्फोटक पदार्थ शुक्रबार सार्वजनिक गरेको छ ।
दाङको राजपुरमा बिहिबार राती बैकठस्थल घेरा हाली प्रहरीले पक्राउ गरेका चन्द समूहका नेताहरुबाट बरामद गरेका सामग्रीहरु ।

पक्राउ परेका नेताहरुलाई भने सार्वजनिक गरेको छैन । पक्राउ परेका नेताहरुविरुद्व संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।

राजपुर गाउँपालिका ४ मुङग्रेठास्थित ज्ञानेन्द्रविक्रम रानाको घरमा बैठक बसिरेकेको बेला बिहीबार बिहान १ बजे बैठकस्थल नियन्त्रणमा लिई प्रहरीले २१ नेताहरु पक्राउ गरेको थियो । उनीहरुको साथबाट मेड इन यूएसए लेखिएका दुई पेस्तोल, चार कटुवा पेस्तोल, थ्रिनटथ्री राइफलको ५ राउण्ड गोली, एक सुतली बम र ३ लाख ८४ हजार ५ सय ३० रुपयाँ नगद् बरामद् भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।

यसैगरी २४ मोबाइल सेट, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनीतिक प्रस्ताव, नेपाल कम्युनिष्ट पार्टीको परिपत्र, प्रेस विज्ञप्ती, आर्थिक सहयोगका लागि लेखिएका चिठ्ठी ३० थान, नेकपाको छाप एक, विभिन्न राजनीतिक दर्शनका १३ किताब, १६ डायरी र २१ झोलाहरु भेटिएको उनले बताए । यस्तै दिपराज सेपाईलीको नाममा रहेको ग्लोबल आईएम्ई बैंकको २ थान चेक तथा तिलकबहादुर गुरुङ र दिपराज सेर्पाइलीको संयुक्त नाममा रहेको ग्लोबल आईएम्ई बैंकको २ थान चेक पनि बरामद् भएको शाहले जानकारी दिए ।

मंसिरमा हुन थालेको उपनिर्वाचनलाई लक्षित गरी चन्द समूहले जंगलको बस्तीमा बैठक आयोजना गरेको प्रहरीको बुझाइ छ । नेताहरु त्यस क्षेत्रमा गएको सूचना पाएपछि जिल्ला प्रहरी घोराही, इलाका प्रहरी कार्यालय गढवा र वडा प्रहरी कार्यालय लमहीको टोली परिचालन भएको थियो ।

बैठक बसेर दुईवटा घरमा सुतिरहेको अवस्थामा प्रहरीले घर घेरा हालेर उनीहरुलाई पक्राउ गरेको थियो । सेन्ट्री बसेका र अर्को एक घरमा रहेका नेताहरु भागेको प्रहरीले जनाएको छ ।

बैठकस्थल पुग्न गढवा बजारबाट राजपुरको मतियानी खोलासम्म करिब ६ किलोमिटर गाडीमा यात्रा गर्नुपर्छ । त्यसपछि सडक नभएकाले तीन घण्टा पैदल यात्रा गरेर घटनास्थल पुगेको प्रहरीले जनाएको छ । बैठकस्थल गढवाबाट करिब १५ किलोमिटर रहेको छ ।

20.49¡ÆC