काठमाडौं ।

निजी क्षेत्रको विमान कम्पनी श्री एयरलाइन्सले अन्तराष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ ।

अन्तराष्ट्रिय उडान सञ्चालन गर्न श्री एयरलाइन्सले सरकारसँग अनुमति माग गरेको श्री एयरलाइन्सका करपोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि विद्यमान एयरलाइन्स सञ्चालनसम्बन्धी मापदण्डलाई समयानुकुल बनाउन एक सुझाव समिति गठन गरेको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले प्राप्त सुझावको आधारमा आगामी दिनमा नेपाली तथा विदेशी एयरलान्सहरुलाई उडान अनुमती दिने वा नदिने भन्ने विषय तय हुने पनि बताउनुभयो ।

श्री एयरलाइन्सले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भरिरहेको छ भने उसँग अहिले ७० सिटे एउटा र ५० सिटे २ वटा गरी ३ वटा जेट विमान रहेका छन् ।

एयरलाइन्सले अन्तराष्ट्रिय उडान अनुमति पाएपछि मात्रै अन्य विमान र उडान क्षेत्र थप्ने योजना बनाएको श्री एयरलाइन्सले जनाएको छ ।

श्री एयरलाइन्सका करपोरेट प्रबन्धक अनिल मानन्धरले सरकारले नेपाली एयरलाइन्स सञ्चालनसम्बन्धी मापदण्डलाई समयानुकुल बनाइ नेपाली विमान कम्पनीहरुलाई पनि अन्तराष्ट्रिय अनुमति दिन सके नेपाली विमान कम्पनीहरुको प्रर्वद्धन गर्न मद्धत पुग्ने बताउनुभयो ।

सप्तरी ।

मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।

मैथिली समुदायलाई एकताको सूत्रमा बाँधी उनीहरूको अधिकार प्रवद्र्धन गर्ने लक्ष्यका साथ आगामी ७ गते शुरु हुने सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा नेपाल र भारतका मैथिल समुदायका विद्वान र विदुषीको सहभागिता छ ।

दहेज मुक्त मिथिला अभियानका संयोजक प्रवीन नारायण चौधरीका अनुसार सम्मेलनको उद्घाटनअघि मैथिली पहिरनमा दुवै देशका मैथिली अभियन्ता र विद्वान सहितको सहभागितामा शोभायात्रा निकाल्ने कार्यक्रम छ ।

सम्मेलनको प्रथम दिन अन्तर्राष्ट्रिय महिला कवयित्री सम्मेलन र दोस्रो दिन विचार गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा घोषणापत्र जारी हुने सम्मेलन आयोजक समितिले जनाएको छ ।
सम्मेलनमा भाषाविद्, कलाकार, समाजसेवीलाई सम्मान गरिनेछ ।

भारतका मैथिली भाषाका अभियन्ता शिक्षाविद् डा. वैद्यनाथ चौधरीको विशेष पहलमा सो सम्मेलन हुन गइरहेको दहेज मुक्त मिथिला अभियानका संयोजक चौधरीले पत्रकारलाई आज राजविराजमा बताउनुभयो ।

काठमाडौं ।

सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ ।

सामान्य प्रशासन मन्त्रालयले ७ प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका ७ मन्त्रालयका लागि करिब २ हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो ।

सातवटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने कर्मचारीको विवरण तयार पारिएको र प्रदेश प्रमुख नियुक्त हुनासाथ कर्मचारी खटाउन सकिने प्रवक्ता न्यौपानेले बताउनुभयो ।

अहिले प्रदेश सरकार सञ्चालनका लागि अस्थायी व्यवस्थापन गरी कर्मचारीको विवरण तयार पारिएको र पछि कर्मचारी समायोजन भएपछि स्थायी रुपमा नै ती प्रदेशका मन्त्रालयमा कर्मचारी पठाइनेछ ।

उहाँका अनुसार सचिवदेखि श्रेणीविहीन कर्मचारीसम्मको विवरण तयार पारिएको हो ।
प्रदेश मन्त्रिपरिषद्मा सचिव र मन्त्रालयमा सहसचिव हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

प्रवक्ता न्यौपानेले सेवा सञ्चालन गर्ने मन्त्रालयले कामको विवरण उपलब्ध गराएपछि सो बमोजिम ती कर्मचारीलाई पठाइने बताउनुभयो ।

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ ।
परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ ।
परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

काठमाडौं ।

महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई रु १० लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई आज कोटेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङद्वयले यही पुस १ गते शनिबार भक्तपुरका नौसाद अलिलाई ‘हामीसँग भएको सुन तपाईं राख्नुहोस्, हामीलाई तपाईंसँग भएको पैसा दिनुहोस्’ भनी सुनजस्तो पहेँलो धातुको ढिक्का दिई रकम ठगेका थिए ।

बिदुर ।

दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले नियन्त्रणमा लिएको छ ।

सिआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

अदालतमा उहाँ विरुद्धको मानब वगेचबिखनको मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा निर्वा्चित हुनुभएको थियो ।

काठमाडौं ।

दक्षिण एशियाली राष्ट्रबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा महिलालाई पठाउँदा उनीहरुको सुरक्षा र अधिकारमा संवेदनशील हुन आवश्यक रहेकोमा जोड दिएका छन् ।

अन्तर्रा्ष्ट्रिय आप्रवास संगठन 'आइएमओ', स्विस सहयोग नियोग 'एसडिसी' र युएन ओमनले काठमाडौमा आयोजना गरेको ‘वैदेशिक रोजगारीमा लैङ्गिक संवेदनशीलताबारे बहुसरोकार परामर्श’ कार्यक्रमका सहभागीले खाडी राष्ट्रमा जाने महिला कामदारको सुरक्षाका लागि स्पष्ट मापदण्ड बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा आइएमओ, अमेरिकाका वरिष्ठ अधिकृत युको हमादा र आइएमओका परामर्शदाता मारी जोसे तायहले कार्यपत्र प्रस्तुत गर्दै विशेषगरी खाडीमा घरेलु कामदारका रुपमा जाने महिला कामदारले विभिन्न समस्या भोग्नुपरेको बताउँदै सोसमाधानका लागि गन्तव्य मुलुक र कामदार पठाउने मुलुकले लैङ्गिक संवेदनशीलता अनुगमन संयन्त्रको विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

काठमाडौं ।

वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक यही शुक्रबार बस्ने भएको छ ।

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले मतदाता र कार्यकर्ताबाट समेत पार्टी एकताको विषय अनुमोदन भइसकेकाले आफूहरुलाई थप अघि बढ्न कुनै समस्या नभएको स्पष्ट गर्नुभयो ।

समितिमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेता हुनुहुन्छ ।

The Office of the Controller of Examinations is to run this year’s Secondary School Examinations from March 22, 2018.

According to examinations controller, Ambika Prasad Regmi, a meeting of the Examination Operation Committee held today took the decision in this regard.

The exam will be run from 8:00 am to 11:00 am.

The National Planning Commission has kept Nepal's multidimensional poverty index (MPI) at 28.5 per cent.

According to a report about the Nepal's first national multidimensional poverty index (MPI) unveiled by the National Planning Commission today, Nepal's poverty has been reduced by 50 per cent in a period from 2006 to 2014 AD.

The report is based on three topics including malnutrition, minimum education, electricity facility, drinking water and sufficient sanitation conditions measured through three dimensions – health, education and livelihood.

The report shows that the multidimensional poverty index rate is higher in the Province 6 and Province 2 where 50 per cent people are living in poverty. They have no access to basic facilities like cooking fuel, sanitation, electricity, education and health. This figure is 30 per cent in the Province 5 and 15 per cent in the Province 3, 1 and 4.

According to the report, 41.6 per cent children are in multidimensional poverty.

Following the unveiling of the report, NPC vice chair Dr Swarnim Wagle said the multidimensional poverty index is the first ever method applied in the country to study about poverty from its roots and it will be helpful in mobilisation of sources for development.

Oxford Poverty and Human Development Initiative Director Dr Sabina Alikare applauded Nepal's significant and encouraging achievement in the area of poverty reduction.

Nepali Congress leader Prakashman Singh has said the party si eagerly waiting the moment to hand over the government leadership through a due process.

In his address to a program organized this morning in Baneshwor, Singh said the President should not withhold the ordinance related to the National Assembly election. He said that Nepali Congress is not greedy for the power, but wants to leave the government through proper procedure.

Meanwhile, Sister organizations of Nepali Congress (NC) have advised the party to hold a strategic meet in all seven provinces to review the results the party achieved in the recent elections to the House of Representatives and State Assemblies.

A meeting of the party's sister organisations held at Baneshwor today called on the party leadership to take up the matter seriously and hold in-depth discussions about it within the party.

Talking to journalist, Nepal Students' Union president, Nainsingh Mahar, underlined the need of holding discussions about the issue of party defeat through the ward committee level. Leaders from the wards unit committee to central level should self criticize regarding the poll results came in faour of the party.

The meeting also expressed gratitude to the incumbent government headed by the party for being able to complete the twin elections successfully.

Nepal Women Association chair Uma Regmi said the party should summon the Mahasamiti meeting to review the poll results.

Nepal Press Union President Badri Sigdel insisted on the need of working thorough a new vision and plan to strengthen the party from the village to central level.

The meeting also called on the President to authenticate the ordinate related to the National Assembly election presented by the government as soon as possible.