काठमाडौं ।

वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक यही शुक्रबार बस्ने भएको छ ।

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले मतदाता र कार्यकर्ताबाट समेत पार्टी एकताको विषय अनुमोदन भइसकेकाले आफूहरुलाई थप अघि बढ्न कुनै समस्या नभएको स्पष्ट गर्नुभयो ।

समितिमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेता हुनुहुन्छ ।

20.12¡ÆC