राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

पुस ६, २०७४ मा प्रकाशित | 3135 views

सप्तरी ।

मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।

मैथिली समुदायलाई एकताको सूत्रमा बाँधी उनीहरूको अधिकार प्रवद्र्धन गर्ने लक्ष्यका साथ आगामी ७ गते शुरु हुने सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा नेपाल र भारतका मैथिल समुदायका विद्वान र विदुषीको सहभागिता छ ।

दहेज मुक्त मिथिला अभियानका संयोजक प्रवीन नारायण चौधरीका अनुसार सम्मेलनको उद्घाटनअघि मैथिली पहिरनमा दुवै देशका मैथिली अभियन्ता र विद्वान सहितको सहभागितामा शोभायात्रा निकाल्ने कार्यक्रम छ ।

सम्मेलनको प्रथम दिन अन्तर्राष्ट्रिय महिला कवयित्री सम्मेलन र दोस्रो दिन विचार गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा घोषणापत्र जारी हुने सम्मेलन आयोजक समितिले जनाएको छ ।

सम्मेलनमा भाषाविद्, कलाकार, समाजसेवीलाई सम्मान गरिनेछ ।

भारतका मैथिली भाषाका अभियन्ता शिक्षाविद् डा. वैद्यनाथ चौधरीको विशेष पहलमा सो सम्मेलन हुन गइरहेको दहेज मुक्त मिथिला अभियानका संयोजक चौधरीले पत्रकारलाई आज राजविराजमा बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web