CPN (UML) Chairman KP Sharma Oli has said that the ordinance on formation of the National Assembly recommended by the government to the President cannot not be issued because it is against the constitution.

Addressing a programme organized by the Left Alliance in the capital city today, UML Chairman Oli said that the ordinance cannot be issued as the current government has put the provision of single transferrable vote system bypassing parliamentary committee's decision to form the national assembly through majority voting.

Oli said the ordinance cannot be the means for any particular political party for power misuse.
He also said that it is false to say new government cannot be formed without national assembly.

Expressing displeasure to the statement by the government spokesperson, Chairman Oli urged concerned all not to drag the President into controversy.
He also asked all not to harbour doubts on unification of left parties and political stability and prosperity.

He said "Socialism-oriented new party will be formed with the unification of the UML and Maoist Centre. And It is not the swallowing of one party by another.

President congratulates government, parties on completion of elections

President Bidya Devi Bhandari has congratulated the government, political parties and constitutional bodies on the completion of the elections to the House of Representatives and State Assemblies. She said the elections are a milestone for the enforcement of the constitution of the federal democratic republic of Nepal.

During her meeting with the top leadership of the the left alliance held at the Office of President Shital Niwas today, the President expressed the hope that the elections will further contribute to the institutional development of federal democratic republic.

On the occasion, the Head-of-the-State said she is hopeful that political parties will work with consensus, for socio-economic progress of the people.

Talking to media following the meeting, CPN (MC) leader Narayankaji Shrestha said the President expressed the hope that political parties will move ahead on the outstanding issues including the National Assembly on the basis of consensus, cooperation and unity.

Fire in gas plant tamed

Two people have died and many injured in a fire that broke out at the Super Gas Plant based in Patelnagar in Birgunj this morning.

Speaking in a press conference organized at the office of the LP Gas Industries Association, Association President Gokul Bhandari said the fire started at 6 in the morning at was doused 8 hours later. He said details of further losses are still awaited as collection of details of the damage caused by the fire is underway.

He said the fire started from a spark while a driver a tried to start his vehicle.

Bhandari further added that the Indian vehicles and the gas bullets operating in the gas industry are estimated to be 20 years old and the incident happened for this very reason.

The Association has formed a five-member investigation committee under the coordination of Shiva Kumar Ghimire to probe into the cause of the fire at the Super Gas Industry and submit a report on this to the Association.

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता कति ? यस्तो छ प्रस्तावित वरीयता क्रम

काठमाडौं । सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन । गृह मन्त्रालयले नयाँ वरीयता क्रमको मस्यौदा तयार भइसकेको जनाउँदै अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्ने जानकारी दिएको छ । नयाँ पत्रिकाले खबर छापेको छ ।

यस्तो छ, प्रस्तावित वरीयता क्रम

१. राष्ट्रपति

२. उपराष्ट्रपति

३. प्रधानमन्त्री

४. प्रधानन्यायाधीश

५. सभामुख, प्रदेश प्रमुख

६. पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, मुख्यमन्त्री

७. मन्त्री, व्यवस्थापिका–संसद्का विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, व्यवस्थापिका–संसद्का उपसभामुख, संविधानसभाका उपाध्यक्ष र पूर्वसभामुख

८. राज्यमन्त्री, व्यवस्थापिका–संसद्का विभिन्न समितिका सभापति, अध्यक्ष, प्रदेशमन्त्री

९. राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञा प्रतिष्ठानका कुलपति

१०. सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य

११. सहायकमन्त्री

१२. संविधानसभा र व्यवस्थापिका–संसद्का सदस्य

१३. संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संसद् सचिवालयका महासचिव, प्रदेश सांसद

१४. उच्च अदालतका मुख्य न्यायाधीश, राष्ट्रिय योजना आयोगका सदस्य, संवैधानिक निकायका पदाधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका उपकुलपति

१५. नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपाली राजदूत, सर्वोच्च अदालतका रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, उच्च अदालतका न्यायाधीश

१६. रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक राष्ट्रिय अनुसन्धान विभाग, नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक

१७. उपरथी, अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक

१८. जिल्ला समन्वय समितिका निर्वाचित सभापति, महानगरपालिका प्रमुख

१९. नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, जिल्ला न्यायाधीश, राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी, उपमहानगरपालिकाका प्रमुख, नगरपालिका प्रमुख

२०. नेपालस्थित विदेशी कन्सुलर जनरल, नेपालस्थित अन्य अन्तरसरकारी संस्थाका प्रमुख

२१. सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक

२२. महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक

२३. नेपाल सरकारका उपसचिव, निर्देशक, राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारी

२४ प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक

२५. सेनानी, प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत, गाउँपालिका अध्यक्ष

२६. सहसेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणीका कर्मचारी

२७. उपसेनानी, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत

२८. सहायक सेनानी

जाँदाजाँदै आसेपासेलाई ठूलो परिमाणमा रकम बाँड्ने देउवाको तयारी

काठमाडौं । सरकारले मापदण्डबिनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्दै ५ सय २ जनालाई झन्डै ८ करोड रुपैयाँ वितरण गर्न प्रक्रिया अघि बढाएको छ । वाम गठबन्धन नयाँ सरकार गठनको संघारमा पुगेकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यति ठूलो परिमाणमा रकम बाँड्ने तयारी गरेको हो ।

गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाको निर्देशनमा गृह मन्त्रालयले आर्थिक सहायता दिन तयार पारेको प्रस्ताव मंगलबार मन्त्रिपरिषद्मा पुगेको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले रकम वितरणको निर्णय गर्नेछ । गृहले ५० हजारदेखि ५ लाख रुपैयाँ दिन प्रस्ताव गरेको छ । यसअघि ६ कात्तिकमा सरकारले ३ सय १० कार्यकर्तालाई एकै दिन ४ करोड ५८ लाख, ६ असोजमा ८ सय ८७ जनालाई १० करोड, साउन९भदौमा ४ करोड ७६ लाख वितरण गरेको थियो, आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

ग्यास उद्योगमा भीषण आगलागी, दुईको मृत्यु, दमकल जल्यो

काठमाडौं । वीरगञ्ज उपमहानगरापलिका– २४ स्थित पटेल नगरमा रहेको सुपर ग्यास उद्योगमा बिहान सवा ६ बजेतिर भीषण आगलागी भएको छ । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने खुलेको छैन ।

पर्साको गण्डकमा रहेको सुपर ग्यास कम्पनीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।आगो नियन्त्रणका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा यसका कर्मचारी सविन नेपाल घाइते भएका छन् ।आगलागीको कारण खुलेको छैन । आगलागी फैलँदै गएपछि नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । ग्यास राखेको ट्यांकीमा लिक हुँदा आगलागि भएको अनुमान गरिएको छ । आगो नियन्त्रणमा लिन बारा, पर्साका बारुणयन्त्र ल्याइएको छ । यस्तै आगो नियन्त्रणमा आउन नसकेपछि भारतबाट समेत बारुण यन्त्र ल्याइएको बताइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो,नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले मंगलबार राती १२ बजेपछि लागू हुने गरि इन्धनको भाउ बढाएको हो।नयाँ मूल्य अनुसार अब पट्रोलको मूल्य प्रतिलिटर १ सय १, डिजेल ७८ र मट्टितेल ७८ रुपैयाँ पुगेको छ। निगमका अनुसार नयाँ मूल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ६७ पैसा र मटितेलमा १५ रुपैयाँ २७ पैसा र डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा पनि बढाउनु परेको जनाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक एक रुपैयाँ मूल्य बढाएको हो । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत् राखेको छ ।

अझै बनेन मैसराको हात्तीले भत्काएको टहरा

पप्पु गुरुङ्ग । जंगली हात्तीले घर भत्काए पछि माहाकालीमा नगरपालिका बडवाल टोलका ७५ वर्षिय मैसरा बुढा अझै सम्म आफन्तको शरणमा दिन बिताउदै आएका छन् । माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलका बृद्ध मैसरा बुढाको भदौं २३ गते राती हात्तीले घर भत्काईदिएपछि उनि आफ्नो नातिनी लक्ष्मी खत्रीको शरणमा दिनहरु बिताईरहेका छन् । रातीको समयमा भारतिय जंगलबाट बस्ती भित्रिएको हात्तीको बथानले मैसराको कच्ची घर भत्काउनुको साथै उनको खेतवारीको अन्नपात नष्ट गरेपछि उनि बिगतका ४ महिना देखि आफन्तकै शरणमा रात काट्न बाध्य भएका छन् ।

आर्थिक अवस्था निकै दैनिय रहेको उनको हात्तीले ओत लाग्ने घर र खाने अन्न नष्ट गरिदिए पछि मैसरा बुढा थप समस्यामा परेका छन् । ओत लाग्ने टहरा बनाउन पैसा नभएको कारण आफन्तको घरमा रात बिताउदै आएको मैसराले बताएका छन् । ‘हात्तीले घर भत्काई दिएपछि नातिनीको घरमा बास बस्दै आएको छु’ मैसरा बुढाले भने– ‘कसैले सहयोग गर्लान भनेको कसैले सहयोग गरेनन्’ । उनको श्रीमानलाई २०७२ सालमा हात्तीले ज्यान लिएपछि उनि खेतमा बाली हुर्कन थालेपछि हात्तीकै त्रासमा रात बिताउने गरेको बताउछन् । आफन्तको घरमा सुत्दा पनि उनि आ“खा हेरेरै रात बिताउने गरेको मैसराले दुखेशो पोखिन् । ‘कती बेला हो, राती हात्ती आएर मार्ला भन्ने डर छ्’ मैसराले भनिन् । आफन्तको शरणमा बस्दै आएका मैसरालाई कसै दाताले आएर सहयोग गर्ला र घर बनाउला भन्ने आश चाही छ् ।

‘घर बनाउनको लागी सबै थोक किन्नु पर्ने भएको छ्’ । शरिरमा भएको कपडा बाहेक सबै थोक हात्तीले नष्ट गरेपछि बृद्ध मैसरालाई आगामी दिन कसरी गुजारा चलाउने भन्ने ठुलै पिरलो छ् । उनलाई ओत लाग्न र मुखमा मा“ड हाल्नको ठुलै पिर परेको छ् । ‘सबै आउछन् आश्वासन दिएर मात्रै जान्छन् । कसैले एक मेरो समस्या बुझ्दैनन्’ । मैसराले थपिन् । चुनावको बेला सबैले सहयोग गर्छु भने तर चुनाव सकिएपछि कोही पनि फर्केर नआएको उनको भनाई रहेको छ् । स्थानियबासी तथा शिक्षिका आशा रानाले हात्तीले घर भत्काएका बृद्ध महिला मैसराको आर्थिक अवस्था निकै दैनिय रहेको बताए । ‘भदौ देखि अझै सम्म उनि आफन्तको घरमा आश्रय लिदै उनि आएका छन्’ स्थानियबासी तथा शिक्षिका आशा रानाले भने ।

बिगत लामो समय सम्म जंगली हात्तीले बस्तीमा आतंक मच्चाउन थालेपछि बडवाल टोलका स्थानियहरुको जनजिवन कष्टकर बन्दै गएको । उनिहरु भन्छन्– ‘सरकारले अझै सम्म हात्ती पिडितहरुका लागी सामान्य बिषयमा पनि सम्बोधन गरेन्’ । भारत जंगलबाट गा“उ भित्रिने हात्तीको बडवाल टोलमा खेतवारीको हरियो हुन थालेपछि भित्रिने गर्दछ् । माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले हात्तीले घर भत्काएका मैसरा बुढाको लागी माहाकाली नगरपालिका कार्यालयबाट रु. ७ हजार रकम छुट्याईसकेको बताएका छन् । ‘निर्वाचनको आचार संहिताको कारण रकम दिन ढिलाई भएको हो’

जापानमा गुल्मीका टेकराज अर्यालको असामयिक निधन

ज्याक खडका-टोकियो ।

बैदेशिक रोजगारीका क्रममा जापानमा कुकका रुपमा कार्यरत नेपाल गुल्मीका टेकराज अर्यालको असामयिक निधन भएको छ ।

जापान गुन्मा केनको तोमिओका सी स्थित एक रेस्टुरेन्टमा कार्यरत नेपाल गुल्मी झुर्म हालको मणिग्राम ४ का टेकराज अर्यालको निधन भएको हो ।

आइतबार अकस्मात हृदयघात भइ अस्पताल लगेपनि अर्यालको बाटैमा निधन भएको चिकित्सकले बताएका थिए ।

मृतक अर्यालको आउने २० तारिख बुधवारको दिन बिहान ९:३० बजे काबुरा सोम तोमिओकासि कामिकुरो एमिवामा दाहसंस्कार गरिने भएको छ ।

सो अवसरमा सम्भव भएका सबैमा उपस्थितिको लागि नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि शेरचनले आग्रह समेत गरेका छन ।

स्थान:-post 370-2345 kabura showm

Tomioka shi kamikuro iwa 318

Tel.027-462-1893

नेपालमा कम्युनिष्टको बहुमतपछि चिनियाँ राष्ट्रपति नेपाल आउने तयारी

काठमार्डौ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ ।

राष्ट्रपति सी नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । यसपटक भने उनले नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेको माओवादीका एक नेताले जानकारी दिए । सीको नेपाल भ्रमण तयारी राष्ट्रपति कार्यालयले सुरु गरिसकेको स्रोतको भनाइ छ ।

राष्ट्रपति सी २०१६ सेप्टेम्बरमा नेपाल भ्रमणमा आउन चाहेका थिए । दक्षिण एसियाका श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान र भारतलगायत अधिकांश देशको भ्रमण गरिसके पनि उनी नेपाल भ्रमणमा आएका छैनन् ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बेला राष्ट्रपति सीको भ्रमण तयारी भए पनि त्यसबेला नेपालमा सरकार परिवर्तनलगायत राजनीतिक अस्थिरताका कारण भ्रमण स्थगन भएको थियो । अहिले नेपालमा निर्वाचनमार्फत स्थिर सरकार निर्माण हुने क्रममा रहेको र अझ त्यसमा पनि वामपन्थीहरूले सरकार गठन गर्ने भएपछि सीको भ्रमण तयारी सुरु भएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको कात्तिकमा सम्पन्न सम्मेलनले सीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव चयन गरेपछि उनी अहिले चीनमा माओपछिकै शक्तिशाली नेताका रूपमा चिनिएका छन् । उनको भ्रमणक्रममा केरुङ९रसुवागढी९काठमाडौं रेलमार्ग विस्तार गर्ने, तेल पाइपलाइन जोड्नेलगायत महत्वपूर्ण सम्झौताको तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । त्यस्तै, नेपालले चीनलाई उपहारस्वरूप दिने भनेको दुईवटा गैंडा पनि सोही बेला हस्तान्तरण गर्ने तयारी छ ।

एमाले र माओवादीको वाम गठबन्धनको बहुमतबाट स्थिर सरकार बनाउने र विकासलाई प्रोत्साहित गर्ने बाटो खुलेपछि चीनले आफ्ना राष्ट्रपतिको भ्रमण गराउन गृहकार्य थालेको हो । नेपालमा वाम गठबन्धनको जितलाई अन्तर्राष्ट्रिय मिडियाले समेत छिमेकी चीनसँग निकटस्थको विजयका रूपमा व्याख्या गरिरहेको सन्दर्भमा भ्रमण तयारी भएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बैदेशिक रोजगारका फरार ठग पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु २७ लाख ४५ हजार ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ को फैसलाबाट दुई वर्ष कैद र रु दुई लाख जरिवना ठहर भएपछि फरार भएका लमजुङका हरिबहादुर पाण्डेलाई आज बाँसबारीबाट पक्राउ गरेको हो ।

रवि लामिछानेको पहलमा सप्तरी तिलाठी कोइलाडीका मुसहर समुदायका लागि आवास बन्दै

सप्तरी ।

सिधाकुरा जनतासँग कार्यक्रम सञ्चालक लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेको पहलमा सप्तरी तिलाठी कोइलाडीका मुसहर समुदायका लागि सुविधासम्पन्न आवास बन्ने भएको छ ।

सोमबार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका मुसहर समुदायका लागि निर्माण हुने सुबिधा सम्पन्न भवनको एक समारोह बिच शिलान्यास गरेका छन ।

न्युज २४ च्यानल प्रालिद्वारा तिलाठी कोइलाडी–४ स्थित १० कठा जग्गामा मुसहर समुदायका लागि करिब ४२ वटा सुबिधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।

दुई कोठा, एक भान्सा र शौचालयसहित एउटा भवन ४ धुर जमिनमा निर्माण गरिने बताइएको छ ।

करिब तीन लाख ५० हजार रुपैयाँको लागतमा एउटा भवन निर्माण गर्न लागिएको सो च्यानलद्धारा जानकारी दिइएको छ । शिलान्यास कार्यक्रममा लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँगका सञ्चालक रवि लामिछानेको पनि उपस्थिति रहेको थियो ।

19.12¡ÆC