उदयपुर ।
केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक महासंघ नेपालले पुर्वका तीन जिल्लामा सञ्चालन गरेको नागरिक समाज सवलिकरण परियोजनाको बार्षिक समिक्षा शुक्रबार सम्पन्न भएको छ ।
कृषि क्षेत्रमा देखिएका समस्या, चुनौती, अवसरका बारेमा वहस पैरवीको माध्यमबाट महासंघले राज्यको नीति निर्माणमा नै सघाउ पुर्याउने उदेश्यले विगत ४ बर्षदेखि यो परियोजना सञ्चालन गर्दै आएको छ ।
महासंघले परियोजनामार्फत कृषि क्षेत्रमा बनेका राम्रा नीति नियमहरु कार्यान्वयन तहमा दवाव दिने, नीति भएर पनि कृषकको अनुकुलमा नभएकालाई संशोधनमा दवाव दिने र आबश्यकता भएर पनि बन्न नसकेका केहि बुँदालाई नीतिमा समेटन दवाव दिने लक्ष्य लिएको केन्द्रिय महासचिव नवराज बस्नेतले जानकारी दिए ।
उनले भने, कृषि सम्बन्धी थुप्रै नीति बनेका छन्, कुनै काम लाग्ने छन्, कुनै कृषककै हितमा छैन्, तिनीहरु सबैको पुर्नरविचार गरी राम्रालाई कार्यान्वयन, नराम्रालाई शंसोधन गर्नु पर्ने देखिएकाले कृषक जागरण अभियान सुरु गरिएको हो ।
कतिपय कृषकका हितमा बनेका नीति नियमपनि वास्तविक कृषकसँग नपुगेको, विपन्न वर्गमा कृषि कार्यक्रम नपुगेकाले यो कार्यक्रम सञ्चालन गर्नु परेको उनको भनाई छ । यसकासाथै कृषकलाई दिईने सेवासुबिधाका बारेमा अतिविपन्न परिवारलाई जानकारी नहुँदा पनि कृषकहरुको जीवनयापन उठन नसकेकाले तल्लो स्तरका कृषकलाई अधिकारमा पहँुच पुर्याउने परियोजनाको लक्ष्य रहेको परियोजनाका उदयपुर कार्यक्रम संयोजक देवि थापामगरले बताए ।
महासंघले कृषक समुहमार्फत नागरिकलाई सवलीकरण बनाउन चेतनामुलक कार्यक्रम र जीवनयापनमा सहज बनाउन सहयोग गर्दै आएको उनको भनाई छ । परियोजना उदयपुर, ओखलढुंगा र सिरहा जिल्लामा सञ्चालित छ ।
उच्च अदालतले मुद्दा फर्छयौट गर्न नसक्दा चाप बढयो
बीरगंज ।
उच्च अदालत वीरगञ्जले लक्ष्यअनुसार मुद्दा फर्छ्यौट गर्न नसक्दा मुद्दाको चाप बढेको छ ।
वीरगञ्ज चिनी कारखानाको परिसरमा अस्थायी इजलास सञ्चालनमा आएदेखि हालसम्म ६ सय वटा मुद्दा फछ्र्यौट भएको छ ।
पुनरावेदन अदालत हेटौंडाबाट जिम्मेवारी सरेर आएका २१ सय ६५ र नयाँ दर्ता भएका ७ सय ५९ वटा गरी २ हजार ९ सय २४ मुद्दा मध्ये विभिन्न प्रकृत्तिका ६ सय वटा मुद्दा फछ्र्यौट गरेको हो ।
अदालतले वार्षिक मुद्दा मध्ये ६८ प्रतिशत मात्रै फछ्र्यौट गर्ने लक्ष्य राखेको भए पनि ३० प्रतिशत मात्र मुद्दा फछ्र्यौट भएको छ ।
अदालतमा आउने विभिन्न वाधा व्यवधानका कारण लक्ष्य अनुसारको मुद्दा फर्छ्यौट गर्न नसकिएको कार्यालयका अधिकारी बताउँछन् । अदालतको मंसिरसम्मको तथ्यांक अनुसार अझै पनि ९ महिनादेखि २ वर्ष नाघेका २३२४ वटा मुद्दा फछ्र्यौट गर्न बाँकी छ । अदालतका सूचना अधिकारी केशव कौशिकका अनुसार २ वर्ष नाघेका २३६ वटा मुद्दाहरु विचाराधीन छन् ।
१८ महिनादेखि २ वर्ष भित्रका २५० मुद्दा फछ्यौट हुन बाँकी छन् भने १ वर्षदेखि १८ महिनाभित्रका ३६३ वटा मुद्दा थन्किइरहेका छन् ।
त्यसैगरी ९ महिनादेखि १ वर्ष भित्रका ६५० मुद्दा विचारधीन छन् भने ९ महिना भित्रका ८२५ मुद्दा फर्छ्यौट हुन बाँकी छ ।
राज्य पुनर्संरचनापछि स्थापना भएको अदालतले पुनरावेदन अदालतबाट जिम्मेवारी सरेर आएका पर्सा, बारा र रौतहटका व्यक्तिवादी र सरकारवादी मुद्दाका साथै बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृक्ष्य र निषेधाज्ञा लगायतका आदेश दिँदै आएको छ ।
सुपर ग्याँस उद्योगमा आगलागीमा परि घाइते नेपालको उपचारको क्रममा मृत्यु
बीरगंज ।
वीरगञ्जको सुखचैना स्थित सुपर ग्यास उद्योगमा बुधबार विहान भएको आगलागी परी थप एक जनाको आज उपचारको क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
उद्योगमा लागेको आगो निभाउन जाँदा घाइते भएका वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक सञ्जिव नेपालको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाललाई उपचारकोलागि ट्रमा सेन्टरबाट रेफर गरेर बर्न सेन्टर कीर्तिपुरमा लगिएको थियो । उपचारको क्रममा नेपालको त्यहीँ मृत्यु भएको वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले बताउनुभयो ।
वीरगञ्जको सुपर ग्यास उद्योग आगलागी नियन्त्रणमा संलग्न वीरगंज वारुण यन्त्रमा कार्यरत सर्लाहीका यादव अधिकारी, तनहुँका मधुसुदन मिश्रको बुधबार घटनास्थलमै निधन भएको थियो । अर्का घाइते अरुण महतोको गम्भिर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ ।
जनकपुरमा विद्यालय स्तरीय छात्रा कवड्डी प्रतियोगिता

जनकपुरधाम ।

जनकपुरधामको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयमा विद्यालय स्तरीय छात्रा कवड्डी प्रतियोगिता आज सम्पन्न भएको छ ।

लाईफ नेपालले विद्यालयहरुमा सञ्चालन गरेको लैङ्गिक हिंसा न्युनिकण कार्यक्रम अन्तर्गत आयोजना गरिएको सो प्रतियोगितामा कन्या माध्यमिक विद्यालयका छात्रा खेलाडीहरुले संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयलाई २४ का विरुद्ध ३५ अंकले पराजित गरेका थिए ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा जनकपु उपमहानगरपालिकाका पूर्व नगप्रमुख बजरंग प्रसाद साहले खेलको उद्घाटन गर्नु भएको थियो ।

विजयी भएका कन्या माध्यमिक विद्यालयका खेलाडीहरुलाई मेडल तथा शिल्ड प्रदान गरेका थिए ।

धनुषा जिल्लाका ५० वटा सामुदायिक विद्यालयहरुमा लैङ्गिक हिंसा कमगर्नका लागि वाल क्लव मार्फत विभिन्न प्रकारका अतिरिक्त क्रिया कलाप गर्ने काम गरिरहेका छन् ।

जनकपुरका म्यादी प्रहरी शुक्रवार देखि विदा

जनकपुरधाम ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा शान्ति सुरक्षा प्रदान गर्नका लागि खटिएका म्यादी प्रहरीहरु पुस ७ गते देखि विदा भएका छन् । सफलता पूर्वक चुनाव सम्पन्न गर्नमा योगदान दिएको भन्दै सवै म्यादी प्रहरीहरुलाई प्रमाणपत्र पनि दिएको छ ।

धनुषा जिल्लामा प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि ३ हजार ५ सयको संख्यामा म्यादी प्रहरी भर्ना गरिएको थियो । उनीहरुलाई सरकारले दुई महिनाको तलव भत्ता प्रदान गरेका थिए । देश भरिमा गरेर ९० हजारको संख्यामा म्यादी प्रहरी भर्ना गरिएको थियो ।

धनुषा जिल्लामा भर्ना भएका म्यादी प्रहरीहरुले निर्वाचन पछि पनि शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा खटिएका थिए ।

उनीहरुले जनकपुरको ट्रापिक व्यवस्थापनमा पनि सहयोग गरेका थिए । म्यादी प्रहरीहरुको म्याद समाप्त भएपछि प्रहरीको काम फेरि पनि बढेको छ । यस अघि नेपाल प्रहरीलाई निक्कै मदत मिलेका थिए ।

चुनावमा खटेका कतिपय म्यादी प्रहरीहरुले प्रमाणपत्र बुझेर विदेशमा गए त्यसकै आधामा सुरक्षा गार्डमा पनि काम गर्न पाउने भएकाले दंग परेका छन् ।

दुई महिनाको तालिम जस्तै नै भएका कारणले उनीहरुले यसै प्रमाणपत्रको अधारमा खाडी मुलुकहरुमा सुरक्षा गार्डको जागिर पाउने भएका कारणले कतिपय हुने खाने घरका युवाहले पनि म्यादी प्रहरीमा भर्ना भएका थिए ।

वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन

काठमाडौं ।

वरिष्ठ संगीतकार चन्द्रराज शर्माको ७८ बर्षको उमेरमा आज निधन भएको छ ।

केहि समय देखी अशक्त रहनु भएका शर्माको उपचारको क्रममा महाराजगन्ज स्थित शिक्षण अस्पतालमा निधन भएको हो ।

मुनामदन, गौरी जस्ता काब्यहरुमा गीती लय भर्नूका साथै नारायण गोपाल, तारा देवी, भक्तराज आचार्य जस्ता प्रसिद्ध गायक गायिकाहरुका स्वरका लागी संगीत भर्नु भएका शर्मा नेपाली सुुगम संगीत तर्फका विख्यात संगीतकार हुनुहुन्छ ।

वरिष्ठ संगीतकार शर्माको निधनमा रेडियो नेपालले शोक प्रकट गर्दे उहाँप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

कुलमान घिसिङले भने-‘लोडसेडिङ हुँदैन’

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्या बाहेक कुनै पनि अवस्थामा विद्युतभार कटौती नहुने स्पष्ट पारेको छ ।

विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युतभार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले विद्युत भार कटौती नहुने प्रष्ट पारेको हो ।

हाल औद्योगिक ग्राहकलाई दैनिक ३ घण्टा बाहेक अन्य ग्राहकलाई घोषित–अघोषित रुपमा कुनै प्रकारको विद्युतभार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

प्राविधिक समस्याका कारण कहीँ कतै केही समय विद्युत् आपूर्तिमा अवरोध आएको भए पनि विद्यतभार कटौती नहुने निर्देशक घिसिङले बताउनुभयो ।

प्रधानन्यायाधीश भन्छन-‘कानून कार्यान्वयन गर्नेले आचारसंहिता पालना गर्नुपर्छ’
काठमाडौं ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले कानून कार्यान्वयन गर्ने निकायले कार्य सम्पादन गर्दा आचार संहिता पालना गर्नुपर्ने बताउनुभएको छ ।
महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायधीश पराजुलीले पक्राउ परेका व्यक्तिलाई अनुसन्धानको प्रारम्भिक चरणमै सार्वजनिक गर्नु अचारसंहिताविपरीत हुने बताउनुभयो ।
प्रधानन्यायाधीश पराजुलीले संसद्बाट जारी भएको मुलुकी अपराध ९संहिता० ऐन र फौजदारी कार्यविधि ९संहिता० ऐनले अपराधको दण्ड सजाँयको व्यवस्थापनमा नवीनतम् अवधारणा ल्याएको बताउनुभयो ।
कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सरकारलाई कानूनी सल्लाह दिन तथा सरकारका हकहितका मुद्दामा महान्यायाधिवक्ताको कार्यालयको ठूलो महत्व रहेको बताउनुभयो ।
बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनीमा उपराष्ट्रपतिले भने-‘निर्वाचनले आर्थिक समृद्धिको बाटो खोल्यो’

बुटवल ।

उपराष्ट्रपति नन्द बहादुर पुनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आम नेपाली जनताको सहभागिताले नेपालमा राजनीतिक संक्रमणको अन्त्य गरी आर्थिक समृद्धिको बाटो खोलेको बताउनुभएको छ ।

रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको आयोजनामा आजदेखि बुटवलमा शुरु भएको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उहाँले स्थानिय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले नयाँ युगको प्रारम्भ गरेको पनि बताउनु भयो ।

कार्यक्रममा एमालेका उपमहासचिव विष्णु पौडेलले निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गरेपछि नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढने बताउनुभयो ।

इतिहासले वाम गठबन्धनलाई ठूलो अवसर दिएको छ -प्रचण्ड

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जनताले वाम गठबन्धनलाई स्पष्ट रुपमा अनुमोदन गरेको बताउनुभएको छ ।

नेपाल देशभक्त गणतान्त्रिक मोर्चाले आयोजना गरेको कार्यक्रममा उहाँले वाम गठबन्धन जनअनुमोदित भएकाले अब जनताको पक्षमा नै काम गर्ने जिम्मेवारी आएको बताउनुभयो ।

इतिहासले आफू र आफ्नो पार्टी तथा पछिल्लो दिनमा वाम गठबन्धनलाई ठूलो अवसर दिएको चर्चा गर्दै उहाँले त्यसलाई सम्मान गरेर राष्ट्र निर्माणमा लाग्ने दृढता व्यक्त गर्नुभयो ।

एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाई मात्रै प्राप्त हुने बताउनुहुदै अध्यक्ष प्रचण्डले त्यो अवसर आफुले प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

नरेन्द्र मोदीले ओलीलाई फोन गरेर बधाई दिंदै भारत भ्रमणमा बोलाए

भक्तपुर ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरि हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकोमा बधाई दिएका छन ।

बिहिबार अपरान्ह अध्यक्ष ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले नेपालमा तीनवटै निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त समेत गरेको एमाले सचिव प्रदीप ज्ञवालीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीलाई वधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गरेको बिज्ञप्तीमा उल्लेख छ ।

उनले नयाँ सरकार गठन लगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको बताएका थिए ।

अध्यक्ष ओलीले मोदीलाई बधाइ तथा शुभकामनाका लागि धन्यवाद दिदै आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताएका थिए । यसका लागि छिमेकीहरुसँग सुसम्बन्ध कायम गरिने अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले गुजरात लगायत प्रान्तहरुमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि मोदीलाई वधाइ दिएका थिए ।

तुलसीपुरमा ९ जुवाडे पक्राउ, २ लाख नगद सहित तरवार समेत बरामद
तुलसीपुर ।
दाङको तुलसीपुरले हतियारले सहित जुवा खेल्ने गिरोह पक्राउ परेको छ । इप्रका तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित भीआइपी टोलको जुवा घरमा छापा मार्दा हतियार समेत भेटिएको छ । जुवा खेलिरहेको सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले उनिहरुको साथबाट पैसा,तास र कौडासँगै तरवार समेत बरामद गरेको छ । जुवाको खालबाट तुलसीपुरका व्यापारीहरु सोमबहादुर केसी,सरोज केसी,टेकबहादुर विक,ऋषिराज केसी,समिर शाह,संजय थापा,धनबहादुर राना,अनवर अन्सार,कमल बस्नेत पक्राउ परेको इप्रका प्रमुख डीएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । प्रहरीले उनिहरुको साथबाट एक लाख ९३ हजार ६ सय ४० रुपैंया समेत बरामद गरेको छ । तुलसीपुरमा जुवाडेको साथबाट तरवार बरामद भएको यो पहिलो घटना हो । पक्राउ परेकालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
29.12¡ÆC