Nepal has gone down one step to the 171st position in the latest FIFA rankings. Nepal was ranked the 170th position in the recent last rankings.

Among the South Asian countries where Nepal falls into the fourth position, India tops the rankings securing the 105th position. Likewise, Afghanistan comes second in the 148th position followed by Maldives in the 155th position.

Similarly, Bhutan has got the 187th position followed by Bangladesh in the 197th position. Sri Lanka has attained the 200th position and Pakistan the 201st position.

Germany is in the first position followed by Brazil, Portugal, Argentina, Belgium, Spain, Poland, Switzerland, France and Chile in the second, third, fourth, fifth, sixth, seventh, eighth, ninth and 10th positions respectively.

हामबर्ग ।

तमु समाज हामबर्ग, जर्मनीले तमु ल्होसार भव्यताका साथ मनाउने भएको छ ।

सन् २००२ मा तमुहरुको आस्थाको केन्द्रको रुपमा स्थापना गरिएको तमु समाज हामबर्गले हरेक वर्ष झै यसपाली पनी ‘तमु ल्होसार’ मनाउन लागेको आयोजक सुन्दर गुरुङले जानकारी दिए ।

विदेशी भूमिमा नेपाली कला संस्कृति र मौलिक चाडलाई जोगाइ राख्ने उद्देश्यका साथ विगत १५ बर्ष देखि प्रत्येक बर्ष नेपाली समुदायलाई समेटेर कार्यक्रम गर्दै आएको उनको भनाई छ ।

यहि डिसेम्बर २४ तारिखका दिन मनाउन लागेको यस चाडमा नेपाली कला संस्कृती झल्कने विभिन्न प्रस्तुती तथा डिजे सुन्दर गुरुङबाट सामुहिक नृत्य लगायतका कार्यक्रम रहने अध्यक्ष लाल बहादुर गुरुङले बताए ।

कार्यक्रममा जर्मनीस्थित नेपाली राजदुत रमेश प्रसाद खनाल, एनआरएनए प्रतिनिधीहरु, गायक गायिका, कलाकार, पत्रकार तथा नेपाली समुदायको उपस्थिती रहने छ ।

साँझ ८ बजेबाट Schlenzig Str 11, 21107 Hamburg मा डिनर सहित शुरु हुने कार्यक्रममा प्रतिब्यक्ति २० य’रो, परिवारको ३५ र विद्यार्थीहरुका लागि १५ य’रोको टिकट तोकिएको आयोजकले जनाएको छ ।

प्रत्येक वर्ष १२ वर्षमा युग परिवर्तन हुने र यस्ता परिवर्तन हुने वर्षलाई १२ वटा जीवजन्तुलाई प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा रहेको छ ।

यो पर्वमा मान्यजनहरुको आशिवार्द लिने र शुभकामना आदानप्रदान गरिने, राम्रो लगाउने, मीठो खाने प्रचलन रहेको छ ।

पर्वत ।
लामो समयदेखि जिर्ण रहेको पोखरा–बागलुङ राजमार्ग बल्ल सुधार गर्न थालिएको छ । धवलागिरीका विभिन्न जिल्ला प्रवेशको यो राजमार्ग बिग्रेर लामो समयदेखि अस्तव्यस्त थियो । वर्षाैदेखि टालटुलको भरमा चल्दै आएको राजमार्ग यो पटक बल्ल वृहत रुपमा सुधार गर्न थालिएको छ ।
सडक विभाग अन्तर्गतको मध्यपहाडी आयोजनाले राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भारलाई गति दिएको छ । आयोजनाको पश्चिम खण्डका प्रमुख सुर्यबहादुर भाटका अनुसार राजमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न थालिएको छ । चारवटा प्याकेज बनाएर राजमार्ग मर्मतसम्भार सहित बिस्तार गर्न थालिएको भाटले बताए ।
भाटका अनुसार तीनवर्ष पोखरा–बागलुङ (७२ किलोमिटर) खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । ‘पोखरा–बागलुङ राजमार्ग साँघुरो हुदाँ तथा ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो । पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म ६ किलोमिटर पहिलो र त्यसपछि घट्टेखोलासम्मको खण्ड दोश्रो भागमा पर्नेछ । घट्टेखोलादेखि नयाँपुलसम्मको करिब २५ किलोमिटरलाई तेश्रो खण्डमा र नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड (२४ किमि) लाई अर्काे खण्डमा बाँडेर मर्मतसम्भार र बिस्तार गर्न थालिएको छ ।
उनका अनुसार जिरो किलोमिटरदेखि याम्दीसम्म ६ लेनको सडक तयार हुनेछ । केही खण्ड पुरा भईसकेको छ । त्यसपछि फेँदीसम्म पनि ६ लेनको सडक बन्नेछ । फेँदीदेखि घट्टेखोलासम्म ९ मिटर फराकिलो सडक बन्ने उनले बताए । ‘आगामि ३ वर्ष्भित्र पोखरा–बागलुङ सडकले नयाँ स्वरुप पाउनेछ भाटले बताए । उनका अनुसार यो राजमार्ग बिस्तार र स्तरोन्नती गर्न करिब ३ अर्ब ३२ करोड रुपैयाँ लागत पर्नेछ ।
मर्मतसम्भार चलिरहेको सडकमा यतिबेला काँडेदेखि नयाँपुलसम्मको सबै खण्ड अस्तव्यस्त भएको छ । मर्मतसम्भारले निर्माण सामाग्री बाटोमा थुपारिँदा कतिपय खण्डमा एकतर्फी मात्र सवारी गुड्न सक्छन । बिस्तारको क्रमसँगै सवारीको दोहोरो आउजाउ हुँदा काममा बाधा परेको छ । राजमार्गको काँडेदेखी नयाँपुलसम्मको करिब १२ किलोमिटर मार्ग सबैभन्दा बढी क्षतविक्षत भएको थियो । सडकमा ठुला–ठुला खाल्डा परेका थिए भने कतिपय ठाउँमा कालोपत्रे समेत उप्किएकोमा अहिले पुरै भत्काएर मर्मतसम्भार गर्न थालिएको छ । अन्यन्तै नाजुक बनिसकेको सडकमा जुनसुकै बेला ठुलो दुर्घटना हुने खतरा बढेको थियो । सडकमा परेका खाल्डामा वर्षायाममा पानी जम्ने हुँदा झनै जोखिम थियो । पटके मर्मतमा वर्षेनी लाखौं रकम खर्च भएपनि त्यसले प्रतिफल लिन सकेको थिएन । पोखरा–बागलुङ राजमार्ग करिब तीनदशक अघि चीन सरकारको सहयोगमा बनेको हो । चीनले उक्त राजमार्गलाई आव २०५०/५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

The UN General Assembly has decisively backed a resolution effectively calling on the US to withdraw its recognition of Jerusalem as the capital of Israel.

The text says that any decisions regarding the status of the city are "null and void" and must be cancelled.

The non-binding resolution was approved by 128 states, with 35 abstaining and nine others voting against.

It came after US President Donald Trump threatened to cut financial aid to those who backed the resolution.

Following the vote, state department spokesperson said the US was exploring "various options" and no decisions had yet been made.

कालिकोट ।

कालिकोट जिल्लामा गत मंसिर १० को संघ तथा प्रदेससभा निर्वाचनका लगाी भर्ना गरिएका म्यादी प्रहरी र जिल्ला प्रहरी कार्यालय बिच भएको बिवादलाई लिएर भएको घटनामा एक जना म्यादी प्रहरीको प्रहरीकै गोलि लागेर ज्यान गएको छ ।

ज्यान जानेमा कालिकोट जिल्ला शान्नीतिर्बेणी गाउँपालिका तिकुवा निवासि हरि ऐडिका छोरा अन्दाजी १९ बर्षका बिबेक ऐडिको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बावतको अन्तिम किस्तामा कार्यालयले तिन हजार रुपैया कटौति गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए ।

दिउसो १ बजे देखि नाराबाजीमा उत्रेका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरी गेटमापुग्दा आन्दोलन कारि म्यादी प्रहरी र प्रहरी बिच दोहोरो झडप भएको थियो ।

झडपका क्रममा प्रहरीकार्यालय माथि म्यादी प्रहरीले ढंगामुडा गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ अस्रुग्यास प्रहार गरेको छ ।

प्रहरीको गोलि टाउकोमा लागेर म्यादी प्रहरी बिबेक ऐडिको ज्यान गएको छ । जिल्ला प्रहरी गेट अगाडी नै गोलि लागेर ढलेका बिबेकलाई आदा घण्टा सम्म कसैले पनि उठाउने सहास गरेन ।

उनको पत्रकार नागरिकसमाजका अगुवार उद्योग बाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल पुर्याइएको थियो । उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका डाक्टर सुभास शर्माले बताएका छन ।

मृत्यु पछि भडकीएको आन्दोलनले कालिकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरोपैन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरेर आगजनी गरेर ध्वस्त गरेका छन ।

जिप्रका माथि अन्दाधुन्द ढुंगाबुढा पहार गरेपछि जबाफि कार्वाहीमा प्रहरीले बाध्य भएर गोलि चलाएको कालिकोटका प्रहरी प्रमुख डिएस्पि सुभास चन्द बोहोराले दाबी गरेका छन ।

बोहराले म्यादीको पैसा भने जिप्रकाले नकाटेको जिकिर गर्नुभयो । तर सबै म्यादी प्रहरीले आफुहरुको तीन हजार रुपैयाँ प्रहरी कार्यालयले काटेको बताएका छन । झडपमा एक दर्जन प्रहरी पनि घाईते भएका छन ।

तुलसीपुर ।
तुलसीपुरमा एकजनाले आफ्नै श्रमतीलाई खुर्पा प्रहार गरि गम्भीर घाईते बनाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १५ धम्कापुर निवासी ३८ बर्षीय खुमराज डाँगीले आफ्नै श्रीमती ३३ बर्षीया शारदा डाँगीलाई खुर्पा प्रहार गरि गम्भीर घाइते बनाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो
घर नजिकै खोलामा लुगा धुन गएको समयमा शुक्रवार दिउँसो सवा एक बजेतिर खुमराजले श्रीमतीलाई पछाडि वाट लुकेर घाँटीमा खुर्पाले प्रहार गरेका थिए । घाईते डाँगीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । यसैबीच श्रीमतीलाई खुर्पा प्रहार गर्ने खुमराजलाई प्रहरीले पक्राउ गरेका डिएसपी सापकोटाले जानकारी दिनुभयो ।

काठमाडौं ।

निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सातवटै प्रदेशमा दलहरुले प्राप्त गरेको सिट संख्या आज सार्वजनिक गरेको छ ।

आयोगले आज सार्वजनिक गरको सिटका आधारमा समानुपातिकतर्फको कुल २ सय २० सिटमध्ये नेकमा एमाले ७५, नेपाली काँग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १२, राष्ट्रिय प्रजातन्त्र पार्टी ३, विवेकशिल साझा पार्टी ३, नयाँ शक्ति पार्टी नेपाल १, राष्ट्रिय जनमोर्चा २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १, नेपाल संघीय समाजवादी पार्टी १, नेपाल मजदुर किसान पार्टी १ र राष्ट्रि प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले १ सिट प्रप्त गरेका छन ।

प्रदेश नम्बर १ मा नेकमा एमाले १५ नेपाली काँग्रेस १३, नेकपा माओवादी केन्द्र ५, संघीय समाजवादी फोरम २, राष्ट्रिय प्रजातन्त्र पार्टी १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्रप्त गरेको छ ।

प्रदेश नम्बर २ मा नेकमा एमाले ७, नेपाली काँग्रेस ११, नेकपा माओवादी केन्द्र ५, संघीय समाजवादी फोरम ९, राष्ट्रिय प्रजातन्त्र पार्टी १०, नेपाल संघीय समाजवादी पार्टीले १ सिट प्रप्त गरेको छ ।

प्रदेश नम्बर ३ मा नेकमा एमाले १६ नेपाली काँग्रेस १४, नेकपा माओवादी केन्द्र ८, विवेकशिल साझा पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीकले १ सिट प्राप्त गरेको छ ।

यसै गरी प्रदेश नम्बर ४ मा नेकमा एमाले १०, नेपाली काँग्रेस ९, नेकपा माओवादी केन्द्र ३, नयाँ शक्ति पार्टी १, राष्ट्रिय जनमोर्चाले १ सिट प्रप्त गरेको छ ।

प्रदेश नम्बर ५ मा नेकमा एमाले १३, नेपाली काँग्रेस १२, नेकपा माओवादी केन्द्र ६, संघीय समाजवादी फोरम २, राष्ट्रिय जनाता पार्टी नेपाल १, राष्ट्रिय जनमोर्चाले १ सिट प्राप्त गरेको छ ।

प्रदेश नम्बर ६ मा नेकमा एमाले ६ नेपाली काँग्रेस ५, नेकपा माओवादी केन्द्र ४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १, सिट प्रप्त गरेको छ ।

यस्तै प्रदेश नम्बर ७ मा नेकमा एमाले ८ नेपाली काँग्रेस ८, नेकपा माओवादी केन्द्र ४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट प्राप्त गरेको छ ।

समानुपातिकतर्फ प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २२० स्थानका लागि मतदान भएको थियो ।

सुनसरी ।
सुनसरी सदरमुकाम इनरुवामा तीन महिना यता अनियमित रुपमा पानी आउदा खानेपानीको अभाव भएको छ । खानेपानीको अभाव भएपछि स्थानीयहरु शुद्ध खानेपानी पिउनबाट समेत बन्चित भएको हो ।
इनरुवा खानेपानी उपभोक्ता संस्था समितिको लापर्वाहीका कारणले खानेपानीको अभाव भएका स्थानीयहरुले बताएका छन् । यहाँ कहिलेकाही पानी आउने गरेको भएपनि नियमित रुपमा खानेपानी नआउँदा स्थानीयहरु शुद्ध पानी पिउनबाट बन्चित भएका उपभोक्ता सिर्जना निरौलाले गुनासो गर्नुभयो ।
पानी धारामा नआए पनि बिल महिना महिनामा आएको आयै भएपछि उपभोक्ताहरु आक्रोसित बनेका अर्का उपभोक्ता विरेन्द्र मेहताले गुनासो गर्नुभयो । खानेपानी उपभोक्ता संस्था समिति इनरुवाले विना सूचना पानी नियमित प्रवाह नगर्दा उपभोक्ताहरुले पानीको हाहाकारको महसुस गर्न थालेका छन् ।
पानी प्रवाह नगरे पछि उपभोक्ताहरु पानीबाट बञ्चित भएको र पानी महसुल तिर्नुपर्ने बाध्यतामा रहेको बताएका छन् । संस्थाका पदाधिकारीहरुले आफूखुसी गर्न थालेका उपभोक्ताहरुले गुनासो गरेका छन् । पानी नआए पछि उपभोक्ताहरुले हाते कलको पानी खान बाध्य भएको उपभोक्ता सर्मिला देवको गुनासो रहेको छ ।
खानेपानीको हाहाकारको विषयमा उपभोक्ता कुरा बाहिर आएपछि मात्रै संस्थाले बोरिगंको खरावीका कारणले पानीको समस्या देखिएको प्रतिकृया दिएको छ ।
सुनसरी ।
सुनसरीको विभिन्न स्थानमा गरि वार्षिक रुपमा अढाई अर्ब रुपियाँको तरकारी उत्पादन भइरहेको छ । मौसम र हावापानीले समेत साथ दिएकाले वार्षिक अढाई अर्ब रुपियाँको तरकारी उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।
जिल्लामा वार्षिक रुपमा अरबौको तरकारीको उत्पादन र खरिद बिक्रि हुने गरेको समेत कार्यालयले जनाएको छ ।
जिल्लामा तरकारी उत्पादन पकेट क्षेत्र रहेकाले तरकारी उत्पादन बढे अनुसार आम्दानी समेत बढेको किसानहरुले बताएका छन् । जिल्लामा २ हजार १ सय हेक्टर क्षेत्रफलमा व्यसायिम रुपमा २७ हजार ३ सय मेट्रिकटन तरकारी उत्पादन हुदै आएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।
जिल्लामा संकलन केन्द्र तथा कृषि उपज बजारमा लिएको तथ्याकं अनुसार मात्रै वार्षिक २ अर्ब ९ करोड रुपियाँ बराबरको तरकारी खरिद बिक्री हुने गरेको कार्यालयको तथ्याकं रहेको छ ।
यँहा तरकारी मसला सहित गरेर ३३ हजार १ सय ५६ मेट्रिकटन तरकारीको कारोबार भइरहेको कार्यालयको वार्षिक तथ्याकंले देखाएको कार्यालय प्रमुख राजकान्त झाले जानकारी दिनुभयो । उता कृषिको फरक प्रसंगमा कृषि बजेटको कार्यान्वयन फितलो देखिएको उपभोक्ता अजित झाको भनाई रहेको छ ।
सुनसरीको विभिन्न स्थानीय तहमा कृषिको बजेट विनियोजन गरेको भएपनि त्यसको कार्यान्वयन फितलो देखिएको छ । जिल्लाको १२ वटै स्थानीय तहमा क्षमता अनुसार कृषिको बजेट विनियोजन गरेको भएपनि त्यसको व्यवहारिक कार्यान्वयन र लाभ जनताले महसुस गर्न नपाएको बताइएको छ ।
जिल्लाको इटहरी उपमहानगरपालिकामा १ करोड २४ लाख ९५ हजार, धरान उपमहानगरपालिकामा ७१ लाख १५ हजार, इनरुवामा ६८ लाख ९५ हजार, दुहवीमा ६६ लाख २२ हजार, बराहामा २ करोड २८ लाख ७२ हजार, रामधुनीमा ९९ लाख १५ हजार बजेट कृषि क्षेत्रमा विनियोजन भएको तथ्याकं रहेपनि त्यसको व्यवहारिक कार्यान्वयन सन्तोषजनक अवस्थामा नरहेको पाइएको छ । त्यसगरी कोशी गाँउपालिकामा १ करोड ३६ लाख ७५ हजार, गढी गाँउपालिकामा ७५ लाख २ हजार, देवानगन्जमा ७१ लाख १६ हजार, बर्जूमा १ करोड ७८ हजार, भोक्राहामा ७ हजार २ सय २० र हरीनगरामा ६६ लाख २२ हजार बजेट कृषि क्षेत्रमा विनियोजन गरेको सरकारी तथ्याकं रहेको छ । कतिपय ठाँउमा यसको कार्यान्वयन नहुँदा कृषकहरु मारमा परेका छन् ।

सिरहा ।

सिरहाको जिल्ला मालपोत कार्यालयमा बम विस्फोट हुँदा तीन जना घाईते भएका छन् ।

विस्फोटमा परी सिरहा नगरपालिका १२ वस्ने राजकुमार पासवान, रोशन कुमार पासमान र लेखापढि व्यवसायी गर्दै आएका पवन पासवान गम्भिर घाईते भएको छन् ।

सिरहाको सदरमुकाममा रहेको मालपोत कार्यालयमा प्रसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

घटनामा परि घाईते भएका तीन जनाको सदरमुकाममा रहेको अस्पतालमा उपचार भईरहेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

धनकुटा ।

धनकुटामा यो वर्ष वर्खे धान उत्पादनमा ५ प्रतिशतले वृद्धि भएको छ ।

जिल्ला कृषि बिकास कार्यालयका अनुसार गत बर्ष २७ हजार २० मेट्रिक टन धान उत्पादन भएको धनकुटामा यो वर्ष २८ हजार ४ सय मेिट्रक टन धान उत्पादन भएको छ ।

हाल धनकुटामा ७ हजार ८ सय २० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुने कार्यालयको तथ्यांक छ ।

उदयपुर ।

नेपाल वार एशोसियसन इकाई उदयपुरको १४ औँ अधिवेशन तथा २३ औँ बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जनताको न्यायमा पहुँच पुर्याउन अदालतले न्याय सेवा प्रणालीको रफ्तारलाई अगाडी बढाएको बताए ।

उनले जिल्ला अदालतको कामकारवाहीमा केहि ढिलाई भएको स्वीकार्दै जनतालाई छिटो, छरितो र सहजरुपले न्याय दिलाउन आफु प्रतिवद्ध रहेको बताए ।

न्यायलयलाई जनताका विचमा भरपर्दो र विश्वसनिय बनाउन आफु लागि पर्ने भन्दै उनले दु्रत न्यायसँगै विश्वसनियता कायम राख्ने बताए ।

कार्यक्रममा प्रहरी प्रमुख एसपी नवराज भट्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, वरिष्ठ अधिवक्ताद्धय मोहनबहादुर कार्की, सुकराम श्रेष्ठ, पुर्वअध्यक्षहरु कृष्ण बस्नेत, वह्रमदेव चौधरी, मुरारी खड्का, श्यामानन्द चौधरी लगायतले बोलेका थिए ।

साधारणसभाले मौजुदा रहेको कार्यसमितिले गरेका कामकारवाही, प्रगतिका बारेमा समिक्षा गर्दै भावि योजनासमेत पारित गर्ने सचिब निरबहादुर राईले जानकारी दिए ।

सभामा जिल्ला सचिब राईले कार्यप्रगतिविवरण प्रस्तुत गरेका थिए । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।