कालिकोट तनावग्रस्त-गोली लागेको आधाघण्टापछि म्यादी प्रहरीको शव उठयो, प्रहरी बिट ध्वस्त

पुस ७, २०७४ मा प्रकाशित | 1472 views

कालिकोट ।

कालिकोट जिल्लामा गत मंसिर १० को संघ तथा प्रदेससभा निर्वाचनका लगाी भर्ना गरिएका म्यादी प्रहरी र जिल्ला प्रहरी कार्यालय बिच भएको बिवादलाई लिएर भएको घटनामा एक जना म्यादी प्रहरीको प्रहरीकै गोलि लागेर ज्यान गएको छ ।

ज्यान जानेमा कालिकोट जिल्ला शान्नीतिर्बेणी गाउँपालिका तिकुवा निवासि हरि ऐडिका छोरा अन्दाजी १९ बर्षका बिबेक ऐडिको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बावतको अन्तिम किस्तामा कार्यालयले तिन हजार रुपैया कटौति गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए ।

दिउसो १ बजे देखि नाराबाजीमा उत्रेका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरी गेटमापुग्दा आन्दोलन कारि म्यादी प्रहरी र प्रहरी बिच दोहोरो झडप भएको थियो ।

झडपका क्रममा प्रहरीकार्यालय माथि म्यादी प्रहरीले ढंगामुडा गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ अस्रुग्यास  प्रहार गरेको छ ।

प्रहरीको गोलि टाउकोमा लागेर म्यादी प्रहरी बिबेक ऐडिको ज्यान गएको छ । जिल्ला प्रहरी गेट अगाडी नै गोलि लागेर ढलेका बिबेकलाई आदा घण्टा सम्म कसैले पनि उठाउने सहास गरेन ।

उनको पत्रकार नागरिकसमाजका अगुवार उद्योग बाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल पुर्याइएको थियो । उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका डाक्टर सुभास शर्माले बताएका छन ।

मृत्यु पछि भडकीएको आन्दोलनले कालिकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरोपैन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरेर आगजनी गरेर ध्वस्त गरेका छन ।

जिप्रका माथि अन्दाधुन्द ढुंगाबुढा पहार गरेपछि जबाफि कार्वाहीमा प्रहरीले बाध्य भएर गोलि चलाएको कालिकोटका प्रहरी प्रमुख डिएस्पि सुभास चन्द बोहोराले दाबी गरेका छन ।

बोहराले म्यादीको पैसा भने जिप्रकाले नकाटेको जिकिर गर्नुभयो । तर सबै म्यादी प्रहरीले आफुहरुको तीन हजार रुपैयाँ प्रहरी कार्यालयले काटेको बताएका छन । झडपमा एक दर्जन प्रहरी पनि घाईते भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web