उदयपुरमा कृषक महासंघको समिक्षा सम्पन्न

पुस ७, २०७४ मा प्रकाशित | 2697 views

उदयपुर ।
केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक महासंघ नेपालले पुर्वका तीन जिल्लामा सञ्चालन गरेको नागरिक समाज सवलिकरण परियोजनाको बार्षिक समिक्षा शुक्रबार सम्पन्न भएको छ ।
कृषि क्षेत्रमा देखिएका समस्या, चुनौती, अवसरका बारेमा वहस पैरवीको माध्यमबाट महासंघले राज्यको नीति निर्माणमा नै सघाउ पुर्याउने उदेश्यले विगत ४ बर्षदेखि यो परियोजना सञ्चालन गर्दै आएको छ ।
महासंघले परियोजनामार्फत कृषि क्षेत्रमा बनेका राम्रा नीति नियमहरु कार्यान्वयन तहमा दवाव दिने, नीति भएर पनि कृषकको अनुकुलमा नभएकालाई संशोधनमा दवाव दिने र आबश्यकता भएर पनि बन्न नसकेका केहि बुँदालाई नीतिमा समेटन दवाव दिने लक्ष्य लिएको केन्द्रिय महासचिव नवराज बस्नेतले जानकारी दिए ।
उनले भने, कृषि सम्बन्धी थुप्रै नीति बनेका छन्, कुनै काम लाग्ने छन्, कुनै कृषककै हितमा छैन्, तिनीहरु सबैको पुर्नरविचार गरी राम्रालाई कार्यान्वयन, नराम्रालाई शंसोधन गर्नु पर्ने देखिएकाले कृषक जागरण अभियान सुरु गरिएको हो ।
कतिपय कृषकका हितमा बनेका नीति नियमपनि वास्तविक कृषकसँग नपुगेको, विपन्न वर्गमा कृषि कार्यक्रम नपुगेकाले यो कार्यक्रम सञ्चालन गर्नु परेको उनको भनाई छ । यसकासाथै कृषकलाई दिईने सेवासुबिधाका बारेमा अतिविपन्न परिवारलाई जानकारी नहुँदा पनि कृषकहरुको जीवनयापन उठन नसकेकाले तल्लो स्तरका कृषकलाई अधिकारमा पहँुच पुर्याउने परियोजनाको लक्ष्य रहेको परियोजनाका उदयपुर कार्यक्रम संयोजक देवि थापामगरले बताए ।
महासंघले कृषक समुहमार्फत नागरिकलाई सवलीकरण बनाउन चेतनामुलक कार्यक्रम र जीवनयापनमा सहज बनाउन सहयोग गर्दै आएको उनको भनाई छ । परियोजना उदयपुर, ओखलढुंगा र सिरहा जिल्लामा सञ्चालित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web