काठमाडौं ।

निजी क्षेत्रको विमान कम्पनी श्री एयरलाइन्सले अन्तराष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ ।

अन्तराष्ट्रिय उडान सञ्चालन गर्न श्री एयरलाइन्सले सरकारसँग अनुमति माग गरेको श्री एयरलाइन्सका करपोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि विद्यमान एयरलाइन्स सञ्चालनसम्बन्धी मापदण्डलाई समयानुकुल बनाउन एक सुझाव समिति गठन गरेको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले प्राप्त सुझावको आधारमा आगामी दिनमा नेपाली तथा विदेशी एयरलान्सहरुलाई उडान अनुमती दिने वा नदिने भन्ने विषय तय हुने पनि बताउनुभयो ।

श्री एयरलाइन्सले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भरिरहेको छ भने उसँग अहिले ७० सिटे एउटा र ५० सिटे २ वटा गरी ३ वटा जेट विमान रहेका छन् ।

एयरलाइन्सले अन्तराष्ट्रिय उडान अनुमति पाएपछि मात्रै अन्य विमान र उडान क्षेत्र थप्ने योजना बनाएको श्री एयरलाइन्सले जनाएको छ ।

श्री एयरलाइन्सका करपोरेट प्रबन्धक अनिल मानन्धरले सरकारले नेपाली एयरलाइन्स सञ्चालनसम्बन्धी मापदण्डलाई समयानुकुल बनाइ नेपाली विमान कम्पनीहरुलाई पनि अन्तराष्ट्रिय अनुमति दिन सके नेपाली विमान कम्पनीहरुको प्रर्वद्धन गर्न मद्धत पुग्ने बताउनुभयो ।

19.12¡ÆC