क्षयरोगको अत्याधुनिक उपचार गर्न राष्ट्रिय क्षयरोग केन्द्रमा छोटो उपचार विधि

काठमाडौं ।
राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगको अत्याधुनिक उपचार विधि ‘छोटो अवधि उपचार विधि’ 'एसटिआर' शुभारम्भ गरेको छ ।

एसटिआर उपचार विधिमा क्षयरोगीलाई दुई चरणमा विभाजन गरी नौ महिनासम्म उपचार गरिने केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले जानकारी दिनुभयो ।

केन्द्रले ९ महिने छोटो अवधि उपचार विधि हाललाई मुलुकका काठमाडौँ, विराटनगर, बुटवल र नेपालगञ्जबाट शुरु गर्न लागेको छ ।

विद्यासुन्दरले बढाएको बिवाद रोकियो-अब मल्लकालिन शैलिमै बन्ने भो रानीपोखरी

काठमाडौं ।

महानगरपालिकाका मेयर विद्यासन्दर शाक्यका कारण विवादका रूपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्ल कालीन शैली, स्वरुप अनुसार नै निर्माण गरिने भएको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले रानीपोखरी मल्लकालीन स्वरुप र शैली अनुरुप नै निर्माण गर्ने निणर्य गरेको हो ।

मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गी बीच निर्माणको विषयलाई लिएर विवाद भएपछि आज बसेको बैठकले पोखरी पुनः निर्माणका लागि अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

काँग्रेसले भनेजस्तो राष्ट्रियसभा नबनेसम्म नयाँ सरकार बन्न नदिन सर्वोच्चमा रिट

काठमाडौं ।
राष्ट्रियसभा गठन नभई सरकार गठन लगायतका काम कारबाही नगर्न–नगराउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोगको कार्यालय लगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले आज दायर गरेको निवेदनमा राष्ट्रिय सभा गठन नगरी सरकार गठन, प्रधानमन्त्री तथा प्रदेश प्रमुख नियुक्ति लगायतका काम कारबाही नगर्न–नगराउन माग गरिएको छ ।

त्यस्तै अधिवक्ता न्यौपानेले नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, नेपाली काँग्रेस र राष्ट्रपतिको कार्यालयलाई समेत विपक्षी बनाएको छ ।

निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश तत्काल जारी गर्नुपर्ने, निर्वाचन आयोगले अध्यादेश पारित नभएसम्म समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्न नुहने, अध्यादेश पारित नगरी प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अगाडि बढाउन नुहने, राष्ट्रियसभाको निर्वाचन परिणाम प्रकाशन नभएसम्म प्रतिनिधिसभाको गठन नै हुन नसक्ने भएकाले राष्ट्रपतिले २४ घण्टाभित्र अध्यादेश जारी गर्न अन्तरिम आदेश माग समेत गरिएको छ ।

कैलाली र कञ्चनपुरका सिमा स्तम्भको अध्ययन सुरु

महेन्द्रनगर ।
पश्चिम तराइका कैलाली र कञ्चनपुर जिल्लामा रहेका सीमा स्तम्भहरुको स्थलगत अध्ययन सुरु गरिएको छ ।

नेपाल—भारतको संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्ला स्थित जंगे पिलर र सहायक पिलरको पछिल्लो अवस्थाकाबारे बुझनका लागी बिहिबारबाट स्थलगत अध्ययन शुरु गरेको हो ।

नेपालका तर्फबाट ४ नम्बर सीमा नापी टोली प्रमुख सुदर्शन सिंह धामी र भारतको तर्फवाट देहरादुन नापी कार्यालयका प्रमुख आरसिंह भट्टको सयुक्त टोलीले सिमा स्तम्भको अध्ययन शुरु गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताउनुभयो ।

कैलालीमा ५३ वटा मुख्य सीमा स्तम्भ र २ सय २९ सहायक स्तम्भ गरी २ सय ८२ वटा सिमा स्तम्भ रहेका छन् ।

लोपोन्मुख समुदायको लागि १२ हजार घर हस्तान्तरण

काठमाडौं ।
आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित, सीमान्तकृत जाति र समुदायलाई आवासको व्यवस्था गर्न सरकारले हालसम्म १२ हजार १ सय ९९ घर निर्माण गरेको छ ।
शहरी विकास मन्त्रालयले पत्रकार सम्मेलन मार्फत् विपन्न तथा लोपोन्मुख समुदायको लागि आर्थिक वर्ष २०६६–६७ देखि हालसम्म १२ हजार १ सय ९९ आवास निर्माण गरेको जानकारी दिनुभयो ।
आर्थिक रुपले विपन्न नागरिकलाई आवासमा विशेष अवसर तथा लाभ उपलब्ध गराई ती नागरिकको सशक्तीकरण र विकासको लागि काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेक ७२ जिल्लामा जनता आवास कार्यक्रम मार्फत् करिब ४६ हजार आवास निर्माण भइरहेको शहरी विकास मन्त्रालयका प्रवक्ता शम्भु केसीले जानकारी दिनुभयो ।

पुनःनिर्माणको नाममा प्राधिकरण फेरी दाता सम्मेलन डाग्दै

काठमाडौं ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि आगामी असार मसान्त भित्र अन्तराष्ट्रिय दाता सम्मेलनको आयोजना गर्ने भएको छ ।
भूकम्प पछिको पुनःनिर्माणका लागि अर्को वर्ष करिब रु साँढे ३ खर्ब आवश्यक हुने भएकाले प्राधिकरणले दाता सम्मेलन गर्न लागेको रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिनुभयो ।
प्रमुख कार्यकारी अधिकृत भुसालले भूकम्पबाट करिब रु ७ खर्बको नोक्सानी भए पनि पुनःनिर्माणका लागि झण्डै रु ९ खर्ब चाहिने प्राधिकरणको प्रक्षेपण रहेको बताउँदै दाता सम्मेलनको आयोजनाका लागि आफूहरु आन्तरिक गृहकार्यमा जुटिरहेको बताउनुभयो ।

दबाव छल्न केन्द्रिय समितिको साटो देउवाले कार्यसम्पादन समितिको बैठक डाके

काठमाडौं ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न निर्वाचनपछि पहिलोपटक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रिय सभा गठन सम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल हुने जानकारी दिनुभयो ।

निर्वाचनमा काँग्रेसको स्थिति कमजोर भएपछि समीक्षाका लागि पार्टीका नेताहरूले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेपछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरुको दबाव टार्न केन्द्रिय समितिको साटो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web