दबाव छल्न केन्द्रिय समितिको साटो देउवाले कार्यसम्पादन समितिको बैठक डाके

पुस १४, २०७४ मा प्रकाशित | 983 views

काठमाडौं ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न निर्वाचनपछि पहिलोपटक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रिय सभा गठन सम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल हुने जानकारी दिनुभयो ।

निर्वाचनमा काँग्रेसको स्थिति कमजोर भएपछि समीक्षाका लागि पार्टीका नेताहरूले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेपछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरुको दबाव टार्न केन्द्रिय समितिको साटो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web