<p>काठमाडौं ।</p><p>महानगरपालिकाका मेयर विद्यासन्दर शाक्यका कारण विवादका रूपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्ल कालीन शैली, स्वरुप अनुसार नै निर्माण गरिने भएको छ ।</p><p>महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले रानीपोखरी मल्लकालीन स्वरुप र शैली अनुरुप नै निर्माण गर्ने निणर्य गरेको हो ।</p><p>मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गी बीच निर्माणको विषयलाई लिएर विवाद भएपछि आज बसेको बैठकले पोखरी पुनः निर्माणका लागि अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।
</p>
17.12¡ÆC