काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नु असंवैधानिक नभए पनि राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेशप्रति नेकपा एमाले असहमत रहेको बताउनु भएको छ ।

नेपाल पर्वतारोहण संघको २७ औं वार्षिक साधारण सभाको आज काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले अध्यादेशमा प्रस्तावित एकल संक्रमणीय मत प्रणाली अहिले पूर्ण रुपमा लागू हुन नसक्ने भएकाले आफूहरुको असहमति रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले अब एमालेले बहुमतको सरकार बनाउने र मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण, सामाजिक सद्भाव, राष्ट्रिय एकता, शान्ति र स्थायित्वका माध्यमबाट लोकतन्त्रलाई सुदृढ एवं संस्थागत गर्ने उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकारले गरेको कमि कम्जोरीलाई सच्याएर अघि बढ्ने एवं भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई समान रुपमा पारस्परिक लाभको नीतिका आधारमा अघि बढइने प्रष्ट गनुभयो ।
अध्यक्ष ओलीले नेपालमा जस्तो भौगोलिक विविधता र प्राकृतिक सौन्दर्य अन्त कतै नभएकोले जैविक र बनस्पतीय विविधताको सही उपयोगका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले तीनै तहको निर्वाचन सम्पन्न भई मुलुक नयाँ युगमा प्रवेश गरेकाले अव छोटो समयमै मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउनु पर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पर्वतारोहणको क्षेत्रलाई थप व्यवस्थित गरी पर्यटन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पर्वतीय क्षेत्र पर्यटन गन्तव्य मात्र नभइ मुलुकको पहिचान र प्रेरणाको श्रोत समेत भएकोले यसको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल पर्वतारोहण सँघका अध्यक्ष शन्तवीर लामाले पर्यटनलाई उद्योगको रुपमा विकास गर्न आवश्यक सहयोगका लागि आग्रह गर्नुभयो ।
त्यस अवसरमा एमाले अध्यक्ष ओलीले गत वर्ष सबै भन्दा बढी राजस्व उठाउने आरोही संस्था र पर्यटनको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्नुभयो ।

खोटाङ ।
ब्रिटिस सेनामा कार्यरत अभिभाबकले खोटाङको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ ओख्रेस्थित महेन्द्रोद्धय माबिलाई एक लाख सहयोग गर्नुभएको छ । हाल बेलायती सेनाको मेजर पदमा कार्यरत डाँडागाउँका ध्यानप्रसाद राईले बिद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि एक लाख सहयोग सहयोग गर्नुभएको हो ।
बिहिबार बिद्यालयमा आयोजित कार्यक्रममा मेजर राईले पुस्तकालय एबं भौतिक कामका लागि विद्यालयका प्रधानाध्यपक केशवकुमार खड्कालाई रकम हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ । राईले बेलायती सेनामै काम गरेका बाबु शहरमान राई सहित विद्यालयमा आएर रकम प्रदान गर्नु भएको थियो ।
खोटाङ ।
सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि खोटाङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका १२ महिनादेखि २३ महिना पुगेका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नु भएको हो ।
१२ महिनासम्मका ४ हजार १२० जना र १२ महिनादेखि २३ महिनाको ४ हजार १८६ बालबच्चाले सबै किसिमका खोपको मात्रा पूरा गरेको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो । खोटाङ ३१ औं पूर्ण खोप सुनिश्चितता जिल्ला बनेको छ । २०७१ साल चैत्र १८ गते तत्कालिन गाविस डाँडागाउँबाट सुरु गरिएको पूर्ण खोप सुनिश्चितता अभियान गत असार २६ गते रुपाकोट मझुवागढी नगरपालिकाका ५ वडालाई पूर्ण खोप सुनिश्चितता घोषणासँगै टुंगिएको थियो ।
पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमकैबीचमा १५ वटा वडा रहेको रुपाकोट मझुवागढी नगरपालिकाका १२ स्वास्थ्यचौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाकाक्रममा सहयोग पु¥याउने संघसंस्था तथा पत्रकारलाई सम्मान गरिएको छ ।
धनगढी ।
आठौं अन्तर्रा्ष्ट्रिय कराँते प्रतियोगितामा नेपाल ९४ पदक सहित पहिलो भएको छ । धनगढीमा सकिएको प्रतियोगितामा १ सय ६८ मध्ये नेपालले २३ स्वर्ण, २३ रजत र ४८ कास्य गरि ९४ पदक जितेको हो ।
दोस्रो स्थानमा रहेको भारतले ९ स्वर्ण सहित ५१ पदक प्राप्त ग¥यो । तेस्रो स्थानमा रहेको भुटानले ६ स्वर्ण सहित ९ पदक जित्यो भने श्रीलङकाले २ स्वर्ण सहित ७, बंलादेशले १ स्वर्ण सहित ५ पदक र पाकिस्तानले १ स्वर्ण सहित २ पदक जित्यो ।
सुदूरपश्चिमाञ्चल गोजुरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगीताको कुमुतोविधातर्फ भने नेपालका विभागीय र क्षेत्रीय टिमले वर्चश्व जमाएका छन् । कुमुतोमा सशस्त्र प्रहरीको एपिएफ पहिलो, सुदूरपश्चिमाञ्चल दोश्रो र पश्चिमाञ्चल तेश्रो भए ।
पहिलो भएको एपिएफले ५१ हजार, दोश्रो भएको सुदूरपश्चिमाञ्चलले ३१ हजार र तेश्रो भएको पश्चिमाञ्चलले २१ हजार पुरस्कार पाएका छन् ।
प्रतियोगिताका लागि नेपालसहित ६ देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
भैरहवा ग्लार्डिटर्स र विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग उपाधिका लागि शनीबार प्रतिसपर्धा गर्ने छन ् । भैरहवाले ललितपुरलाई हराउँदै फाइनलमा पुगेको हो भने विराटनगरले पहिलो प्ले अफमा भैरहवालाई नै हराउँदै फाइनलमा पुगेको हो । यी दूइको फेरी भिडन्त उपाधिका लागि शनिबार हुनेछ ।

मकवानपुर ।

निजी आवास निर्माणका लागि अनुदान पाउने सूचिमा नाम समावेश भएका तर घर बनाउन आवश्यक नठान्ने लाभग्राहीले पहिलो किस्तावापत लिएको ५० हजार रुपैयाँ फिर्ता गर्न थालेका छन् । यसै हप्ता मकवानपुरका दुई जना लाभग्राहीले रकम फिर्ता गरेका हुन् ।

यसरी पहिलो किस्तावापत लिएको रकम सरकारी खातामै फिर्ता गर्ने लाभग्राहीमा इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ का रामशरण भुलुन र हेटौंडा नगरपालिका वडा नम्बर ८ का तुला बहादुर लामा हुनुहुन्छ । उहाँहरुले लाभग्राहीमा सूचीमा नाम समावेश गरी पहिलो किस्ता लिए पनि घर बनाउन आवश्यक नभएको भन्दै रकम फिर्ता गरी लाभग्राहीबाट नाम हटाउन आग्रह गर्नु भएको थियो ।

पुस १३ गते बिहीबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले भुलुन र लामाले रकम फिर्ता गरेकोमा धन्यवाद दिंदै उहाँहरुको नाम लाभग्राहीबाट हटाउन निर्णय गरेको छ । कार्यकारी समितिले विगतमा आवश्यक नपर्दा पनि लाभग्राही सूचीमा नाम राखेका व्यक्तिहरुलाई रकम फिर्ता गर्न अनुरोध पनि गरेको छ ।

लाभग्राही सूचीमा परेता पनि घर बनाउन आवश्यक नठान्ने लाभग्राहीले नेपाल सरकारको १५०१२ राजश्व शीर्षकमा रकम फिर्ता गरी लाभग्राहीबाट नाम हटाउन सक्ने प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताउनुभयो । घर बनाउन आवश्यक नपर्ने लाभग्राहीले यसरी नाम हटाइ रकम फिर्ता गरे वास्तविक भूकम्पपीडितलाई राहत पुग्ने भूसालको विश्वास छ ।

प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिहरुले लाभग्राहीमा सूचीमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर आफ्नो नाम लाभग्राही सूचीबाट हटाउन यसअघि नै सूचना प्रकाशित गरी अनुरोध गरिसकेको छ ।

वीरगञ्ज ।

वीरगंज पथलैया औद्योगिक करिडोरमा रहेका सिमेन्ट उद्योगको क्लिंकर बोकेर बाटोमा अड्किएका रेल्वे रयाकहरु रक्सौल रेल्वे स्टेसनमा आउन थालेका छन् ।

सिर्सिया सुक्खा बन्दरगाहको सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सले बाटोमा रोकिएका चार रेल्वे ¥याक रक्सौल आइपुगेका छन भने अन्य ९ रेल्वे ¥याक समेत आउने क्रममा रहेको जनाएको छ ।

नेपालका लागि आयात गरिने क्लिंकरले रक्सौल रेल्वे स्टेसनको यार्डमा प्रदूषण फैलिएको भन्दै स्थानीयले विरोध गरेपछि भारतीय रेल्वेले डिसेम्बर २२ तारेखमा वीरगन्जस्थित सुक्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने एकपक्षीय निर्णय गरेको थियो ।

स्थानीयको विरोधपछि २५ डिसेम्बरदेखि रक्सौल रेल्वे स्टेसनमा क्लिंकर लोड–अनलोड बन्द भएको थियो ।

अवरोधका कारण भारतको मध्यप्रदेश, राजस्थान, उडिसालगायतका राज्यका विभिन्न क्लिंकर उद्योगबाट क्लिंकर बोकेर रक्सौलका लागि हिँडेका रेल्वे ¥याकहरू बाटोमै अड्किएका थिए ।

हिमालयन टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरीले हालसम्म ४ वटा ¥याक आइपुगेको बताउदै बाकि रेलवे ¥याकहरु ३-४ दिनभित्र आइसक्ने बताउनुभयो ।

विरगञ्ज ।

पर्सा जिल्लामा एक वर्षमा २९ वटा मानव अधिकार उलंघनका घटना भएको सार्वजनिक गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले वीरगञ्जमा आज आयोजना गरेको वाषिर्क पूर्व समीक्षा गोष्ठीमा २९ वटा मानव अधिकार उलंघनका घटना पर्सामा घटेको सार्वजनिक गरिएको हो ।

मानवअधिकार वर्ष पुस्तक २०१८ को वार्षिक समिक्षा गोष्ठीमा इन्सेकका पर्सा प्रतिनिधि केसी लामिछानेले पर्सा जिल्लामा सन् २०१७ मा विभिन्न प्रकृतिका मानवअधिकार उलंघनका २९ घटना भएको जानकारी दिनुभयो ।

पर्सामा एक वर्षमा ६ वटा हत्याका घटना भएका छन् जसमा ४ जना महिला छन् । अधिकाशं महिलाहरुको हत्या परिवारका सदस्यहरुबाटै भएको देखिएको छ ।

त्यसैगरी १६ वर्ष मुनीका ४ जना किशोरी र बालिकालाई बलात्कारको प्रयास भएको छ भने १६ वर्ष भन्दा माथिका ६ जना युवती र महिलालाई बलात्कारको प्रयास भएको छ । जसमध्ये २ वटा घटनाका प्रतिवादीहरु अझै फरार रहेका छन् ।

त्यस्तै एक वर्षमै १६ वर्ष भन्दा मुनीका ३ जना किशोरी र बालिकाको तथा ५ जना १६ वर्ष भन्दा माथिका युवती तथा महिला बलात्कृत भएका छन् ।

१६ वर्ष भन्दा मुनिका किशोरी तथा बालिकालाई बलात्कार गर्ने एक प्रतिवादी फरार रहेको इन्सेक प्रतिवेदनमा उल्लेख छ । इन्सेकले सन् २०१७ को हाल सम्म मानव बेचविखनका २, कथित बोक्सी आरोपका २ र बाल विवाहका १ वटा मुद्धा दर्ता भएको जनाएको छ ।

पर्सामा बोक्सी आरोपमा प्रताडित हुने एक जना महिला अधिकारकै क्षेत्रमा क्रियाशिल महिला समेत रहेको तथ्यांकमा उल्लेख गरिएको छ । पर्सा जिल्लामा कथित बोक्सीको आरोपमा अधिकारकर्मीलाई नै शारीरिक र मानसिक यातना दिने काम भएको समेत जनाइएको छ ।

बीरगञ्ज ।

बाराको मटिअर्वामा सिकारुले विद्यालय परिसर भित्र चलाएको जिपले ठक्कर दिँदा १ विद्यार्थीको मृत्यु भएको छ भने ४ जना विद्यार्थी घाइते भएका छन् ।

बाराको मटिअर्वामा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयको परिसर भित्रको चौरमा स्थानिय दिनेश साहले जिप सिक्ने क्रममा चलाएको जिपको ठक्करबाट आज विद्यालयमा पढन आएका १० बर्षिय सुरज साहको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

व्ज्ण्ढम्घठण्ड नम्बरको भारतिय बोलेरो जिपले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । साथै जिपको ठक्करबाट विद्यालय परिसर भित्रै १३ बर्षिय प्रदीप साह, १४ वर्षिय अर्जुन साह, ४ वर्षिय संगिता कुमारी र ३ वर्षिय नन्दनी कुमारी साह घाइते भएका छन् ।

घाइतेहरुको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने जिपका सिकारु चालक दिनेश साह र जिपका मालिक कलैया उपमहानगरपालिका ६ का मोहन गुप्ता लाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय वाराका प्रवक्ता भुनेश्वर साहले बताउनु भयो ।

जनकपुरधाम ।

सर्वोच्च अदालतका पूर्व न्यायाधिश गिरीशचन्द्रलालको संयोजकत्वमा गठन गरिएको आयोगले सरकार समक्ष बुझाएको तेश्रोको मधेश आन्दोलन प्रतिवेदन सार्वजनिक गर्नका लागि माग गर्दै आज जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

नेपाल सरकारले नै गठन गरेको सो प्रतिवेदन तत्काल सार्वजनिक गरेर पिडितलाई न्याय दिनका लागि माग गर्दै मधेश आन्दोलनका पिडितहरुको सञ्जालले जनकपुरधामको रामानन्द चौकवाट जुलुस प्रदर्शन गरेका छन् ।

मधेश आन्दोलनमा परेर पिडित भएकाहरुको सहभागितामा भएको सो जुलुस अस्पताल रोड, जानकी चौध, सुनचादी बजार भएर जनक चौकमा आएर सम्पन्न भएका थिए । आन्दोलनको क्रममा अहिले पनि विभिन्न मुद्दा खेपीरहेका युवाहरुको पनि सहभागिता रहेको थियो ।

जनक चौकमा आयोजना गरिएको कोण सभामा बोल्दै मधेश आन्दोलनका पिडित रहेका सरोज मिश्रले सरकारले नै गठन गरेको आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गरेर क्षतिपूर्ती, परिपूरण तथा न्याय दिनका माग गरेका थिए ।

यस अघि पनि शहिद परिवारले पनि विज्ञप्ति जारी गरेर मधेश आन्दोलनको क्रममा भएको घटनाहरुको बारेमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्नका लागि पनि माग गर्नु भयो ।

जनकपुरधाम ।

धनुषा जिल्लाको हंसपुर नगरपालिकाको पहिलो नगरपरिषद वैठक आज सम्पन्न भएको छ । हंसपुर नगरपालिकाकाले आर्थिक वर्र्ष २०७४–७५ का लागि ३३ करोड १४ लाख २९ हजार ३ सय ६२ रुपैयाको आय व्यय बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाका उपमेयर रेणु झाले सो बजेट प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत गरिएको बजेटमा पूँजीगत तर्फ २२ करोड ५८ लाख ९२ हजार ३ सय ६२ रुपैया तथा शशर्त अनुदान तर्फ १४ करोड ५५ लाख ३७ हजार रहेको छ ।

हंसपुर नगरपालिकाले प्रस्तुत गरेको पूजीगत खर्चलाई आर्थिक, सामाजिक, वातावरण, विपत व्यवस्थापन, संस्थागत विकास, सेवा र सशासन तर्फ केन्द्रीत गरेको छ ।

हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैत यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएका थिए ।

कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रिता झा, सहितका वक्ताहरुले धनुषा जिल्लामा रहेका १८ वटा स्थानीय तहमध्ये पहिलो परिषद वैठक गरेर हंसपुर नगरपालिकाले राम्रो कामकाज गरेकोमा सराहना गरेका थिए ।

जनकपुरधाम ।

धनुषा जिल्लाको हंसपुर नगरपालिकाको पहिलो नगरपरिषद वैठक आज सम्पन्न भएको छ । हंसपुर नगरपालिकाकाले आर्थिक वर्र्ष २०७४–७५ का लागि ३३ करोड १४ लाख २९ हजार ३ सय ६२ रुपैयाको आय व्यय बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाका उपमेयर रेणु झाले सो बजेट प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत गरिएको बजेटमा पूँजीगत तर्फ २२ करोड ५८ लाख ९२ हजार ३ सय ६२ रुपैया तथा शशर्त अनुदान तर्फ १४ करोड ५५ लाख ३७ हजार रहेको छ ।

हंसपुर नगरपालिकाले प्रस्तुत गरेको पूजीगत खर्चलाई आर्थिक, सामाजिक, वातावरण, विपत व्यवस्थापन, संस्थागत विकास, सेवा र सशासन तर्फ केन्द्रीत गरेको छ ।

हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैत यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएका थिए ।

कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रिता झा, सहितका वक्ताहरुले धनुषा जिल्लामा रहेका १८ वटा स्थानीय तहमध्ये पहिलो परिषद वैठक गरेर हंसपुर नगरपालिकाले राम्रो कामकाज गरेकोमा सराहना गरेका थिए ।

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विवादमा परेको राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङसँगको भेटे लगतै राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

काँग्रेस र एमालेबिच एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्एिको थियो ।

कांग्रेस नेतृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेको थियो ।

तर, नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले त्यसको विरोध गर्यो ।

अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन ।

तर, एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार अध्यादेश जारी भएको छ ।