क्लिंकर बोकेर बाटोमा रोकिएका रेल्वे रयाक रक्सौल आउन थाले

पुस १४, २०७४ मा प्रकाशित | 1259 views

वीरगञ्ज ।

वीरगंज पथलैया औद्योगिक करिडोरमा रहेका सिमेन्ट उद्योगको क्लिंकर बोकेर बाटोमा अड्किएका रेल्वे रयाकहरु रक्सौल रेल्वे स्टेसनमा आउन थालेका छन् ।

सिर्सिया सुक्खा बन्दरगाहको  सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सले बाटोमा रोकिएका चार रेल्वे ‍¥याक रक्सौल आइपुगेका छन भने अन्य ९ रेल्वे ¥याक समेत आउने क्रममा रहेको जनाएको छ ।

नेपालका लागि आयात गरिने क्लिंकरले रक्सौल रेल्वे स्टेसनको यार्डमा प्रदूषण फैलिएको भन्दै स्थानीयले विरोध गरेपछि भारतीय रेल्वेले डिसेम्बर २२ तारेखमा वीरगन्जस्थित सुक्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने एकपक्षीय निर्णय गरेको थियो ।

स्थानीयको विरोधपछि २५ डिसेम्बरदेखि रक्सौल रेल्वे स्टेसनमा क्लिंकर लोड–अनलोड बन्द भएको थियो ।

अवरोधका कारण भारतको मध्यप्रदेश, राजस्थान, उडिसालगायतका राज्यका विभिन्न क्लिंकर उद्योगबाट क्लिंकर बोकेर रक्सौलका लागि हिँडेका रेल्वे ¥याकहरू बाटोमै अड्किएका थिए ।

हिमालयन टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरीले हालसम्म ४ वटा ¥याक आइपुगेको बताउदै बाकि रेलवे ¥याकहरु  ३-४ दिनभित्र आइसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web