बारामा सिकारुले विद्यालय परिसरमा जिप चलाउँदा ठक्करले १ विद्यार्थीको मृत्यु, ४ घाइते

पुस १४, २०७४ मा प्रकाशित | 2277 views

बीरगञ्ज ।

बाराको मटिअर्वामा सिकारुले विद्यालय परिसर भित्र चलाएको जिपले ठक्कर दिँदा  १ विद्यार्थीको मृत्यु भएको छ भने ४ जना विद्यार्थी घाइते भएका छन् ।

बाराको मटिअर्वामा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयको परिसर भित्रको चौरमा स्थानिय दिनेश साहले जिप सिक्ने क्रममा चलाएको जिपको ठक्करबाट आज विद्यालयमा पढन आएका १० बर्षिय सुरज साहको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

व्ज्ण्ढम्घठण्ड नम्बरको भारतिय बोलेरो जिपले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । साथै जिपको ठक्करबाट विद्यालय परिसर भित्रै १३ बर्षिय प्रदीप साह, १४ वर्षिय अर्जुन साह, ४ वर्षिय संगिता कुमारी र ३ वर्षिय नन्दनी कुमारी साह घाइते भएका छन् ।

घाइतेहरुको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने जिपका सिकारु चालक दिनेश साह र जिपका मालिक कलैया उपमहानगरपालिका ६ का मोहन गुप्ता लाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय वाराका प्रवक्ता भुनेश्वर साहले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web