काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विवादमा परेको राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङसँगको भेटे लगतै राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

काँग्रेस र एमालेबिच एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्एिको थियो ।

कांग्रेस नेतृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेको थियो ।

तर, नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले त्यसको विरोध गर्यो ।

अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन ।

तर, एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार अध्यादेश जारी भएको छ ।

बैंगलोर ।

भारतमा जारी अन्तराष्टिय आमन्त्रित आईटिएफ च्याम्पियनशिपमा नेपालले पहिलो दिन पाँच स्वर्णपदक जितेको छ ।

नेपालको लागि निशान्त लामीछानेले १० वर्षमुनीका खेलाडी समुहमा नेपाललाई स्वर्णपदक दिलाएका हुन ।

यसैगरि आशिष थापा र शान्तकुमार रानामगरले १३ बर्षमुनीको कलर बेल्ट प्याटन तर्फ भारतीय खेलाडीहरुलाई उनिहरुकै मैदानमा पराजित गर्दै स्वर्णपदक जित्न सफल भएका हुन ।

नेपाललाई स्वर्णपदक दिलाउने क्रममा बिबिका बस्नेतले १५ बर्षमुनिको खेलाडी समुह अन्र्तगत कलर बेल्ट प्याटनमा भारतकै खेलाडीलाई लगातार सेमिफाइनल र फाइनलमा पराजित गर्दै स्वर्णपदक उचालिन ।

बिबिकाले १५ बर्ष उमेर समुहकै ४०-५० केजी तौल समुहमा क्वाटर फाइनलमा भारतीय खेलाडीलाई पराजित गर्दै वाई पाएर फाइनलमा भारतीय खेलाडीलाई नै हराउँदै नेपालको लागि पाचौं तथा व्यक्तिगत तर्फ दोस्रो स्वर्ण पदक हात पार्न सफल भएकी छिन ।

सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गीले विदेशी लगानी भन्दै बेलायतबाट आफैंले नेपालको आफ्नै कम्पनीले पाउने गरी रकम पठाएको खुलेको छ ।

उनले यहाँ ल्याएको र ल्याउन लागेको करिब २२ अर्ब ‘अवैध’ रहेको सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको छानबिन प्रतिवेदनमा उल्लेख भएसँगै यो नयाँ तथ्य खुलेको हो ।

सुमार्गी आफैंले बैंक अफ साइप्रस, बेलायतबाट नेपालमा रहेकोआफ्नो कम्पनी मुक्तिश्री सिमेन्टमा समेत कानुनी प्रावधानविपरीत रकम पठाएको विवरण भेटिएको छ । ‘जोधार इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अजेयराज सुमार्गी पराजुलीलेसन् २०१३ अप्रिल ८ मा २४ लाख ३० हजार ८ सय अमेरिकी डलर 'करिब २५ करोड रुपैयाँ' मुक्तिश्री सिमेन्टमा पठाएको देखिन आएको हुँदा उक्त विषय थप शंकाको घेरामा रहेको,’ उक्त प्रतिवेदनमा उल्लेख छ ।

प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० स्वीकृत गर्ने निकायहरू– उद्योग विभाग, औद्योगिक प्रवद्र्धन बोर्ड र लगानी बोर्डमध्ये कुनैबाट पनि स्वीकृति नलिई उनी आफैंले उक्त रकम जम्मा गरेका हुन् । यी निकायले अनुमति दिए पनि नेपालमा लगानी गर्न स्वीकृति पाएका विदेशी व्यक्ति तथा कम्पनीले नै यहाँ बैंक खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ, तर सुमार्गीले नेपालमा विदेशी लगानी भन्दै स्रोत नखुलेको रकम बेलायतस्थित बैंक अफ साइप्रसबाट आफंैले जम्मा गरेका हुन् ।

‘सुमार्गीले नेपालमा अवैध ढंगले आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट विदेश पुर्याउने र त्यहाँबाट आफंैले विदेशी लगानी भन्दै नेपाल पठाउने गरेको देखिन्छ । यो प्रक्रिया नै सम्पत्ति शुद्धीकरण अर्थात् कालो धनलाई सेतो बनाउने प्रयास हो,’ अध्ययनमा संलग्न एक अधिकारीले भने ।

प्रारम्भिक अध्ययनअनुसार उनले यसैगरी ११ करोड ८३ लाख ९६ हजार ३ सय ८७ अमेरिकी डलर ९हालको मूल्यमा करिब १२ अर्ब रुपैयाँ० भित्र्याइसकेका छन् । त्यसमध्ये साढे ८ अर्बभन्दा बढी रकम बैंकबाट निकालेर प्रयोगसमेत गरिसकेका छन् भने नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको बाँकी ३ अर्बचाहिँ नेपाल राष्ट्र बैंकले रोक्का गरिदिएको छ । सुमार्गीले थप ११ अर्ब ल्याउन उद्योग विभागमा निवेदन दिएका छन् ।

अनुमति नै नलिई रकम आउने क्रम जारी रहेपछि स्रोतमाथि शंका गर्दै राष्ट्र बैंकका तत्कालीन गभर्नर युवराज खतिवडाले उक्त रकमको आवश्यक कागजात पेस गर्न भन्दै बैंकमै रोकिदिएका थिए । त्यसपछि सुमार्गी प्रकरणबारे छानबिन गर्न सरकार बाध्य भएको थियो । छानबिन प्रतिवेदनले सुमार्गीले चार वर्षयता विदेशबाट ल्याएको र पुनस् ल्याउन लागेको रकम ‘अवैध’ रहेको ठहर गरेको छ ।

उक्त प्रतिवेदनलाई अनुमोदन गर्ने, विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्ने र थप अध्ययनका लागि सरोकारवाला अन्य सरकारी निकायलाई जिम्मेवारी दिई मुद्दा प्रक्रिया अघि बढाउने विषयमा भने सम्पत्ति शुद्धीकरण विभागले आलटाल गरिरहेको छ । उक्त विभागमा कैयौं शंकास्पद फाइल पठाइए पनि निर्णय हुन नसकेको पूर्वगभर्नर खतिवडाले प्रतिक्रिया दिए ।

‘राष्ट्र बैंक वित्तीय जानकारी एकाइले करिब ६ सयवटा शंकास्पद सम्पत्ति शुद्धीकरणका फाइल विभागमा पठाएको छ तर छानबिन भएर कारबाही भएको देखिँदैन,’ खतिवडाले भने, ‘चाहे जोसुकै होस्, सम्पत्ति शुद्धीकरणको आशंकामा फाइल उठेको छ भने छानबिन गरी निर्णय गरिदिनुपर्छ ।’ दोषी वा निर्दोष जे भए पनि छानबिन गरेर टुंगो लगाइदिनुपर्ने उनको धारणा छ । ‘यसरी निर्णयमा नपुग्दा अन्तर्राष्ट्रियस्तरमा हामीमाथि प्रश्न उठ्न सक्छ र त्यसले देशकै साखमा समस्या आउन सक्छ,’ उनले भने ।

सुमार्गीका नाममा कम्तीमा ४१ पटक ट्याक्स हेवन ९करका लागि अनुकूल स्थान० मानिने ब्रिटिस भर्जिन आइल्यान्ड्स, साइप्रस, बेलारुस, इजिप्टलगायत मुलुकबाट रकम जम्मा भएको देखिएको छ । प्रतिवेदनअनुसार उक्त रकम २०६२र६३ पछि खोलिएका सुमार्गीका १२ कम्पनी, उनकी श्रीमती सम्झना अर्याल, भाइ अरुण, बहिनी अनिता, बहिनीज्वाइँ राजनप्रसाद सुवेदी, छोरा अभिमतराज, आमा विश्वकान्ति कलावती, भाइबुहारी अंकिता, जेठीसासू शिशु अर्याल र कृष्णप्रसाद शर्मालगायतका नाममा आएको देखिन्छ ।

विदेशी विनिमय ऐन, २०१९ अनुसार विदेशबाट कुनै लगानीकर्ताले रकम भित्र्याउँदा डलर खाता खोल्नुपर्ने हुन्छ । सुमार्गीले कुनै पनि कम्पनी तथा आफन्तका नाममा डलर खाता खोलेका छैनन् । ‘रकम पठाउने उल्लिखित कम्पनी दर्ताको प्रमाणपत्र, वित्तीय विवरणलगायत कागजातसमेत नपाइएकाले तिनको वास्तविक लगानी स्वयम् सुमार्गी नै हुने सम्भावना देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसकारण सुमार्गीले अवैध तरिकाले नेपालमा आर्जन गरेको रकम विदेश लग्ने र विदेशी लगानी भन्दै नेपाल भित्र्याई सम्पत्ति शुद्धीकरण गर्न खोजेको देखिन्छ ।’ विदेशी विनिमय ऐनको दफा १० अनुसार राष्ट्र बैंकसँग पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था भए पनि उनले पालना गरेका छैनन् । सुमार्गीबारे तीन वर्षअघि अध्ययन सुरु भए पनि त्यसले गति लिएको थिएन ।

सम्पत्ति शुद्धीकरण विभागका नयाँ महानिर्देशक जीवनप्रकाश सिटौला आएपछि प्रारम्भिक अध्ययनका लागि टोली गठन भए पनि तीव्र राजनीतिक दबाबका कारण प्रारम्भिक अध्ययन मात्रै हुन सकेको छ ।

यस किसिमका शंकास्पद आर्थिक कारोबारमाथि आँखा चिम्लिँदा मुलुकको अन्तर्राष्ट्रिय साखमै धक्का पुग्ने जोखिम विज्ञहरू औंल्याउँछन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी हेर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ० र एसिया प्रशान्त क्षेत्र समूह ९एपीजी० हुन् । एपीजीको बैठक आगामी साउनमा नेपालमै हुँदै छ ।

‘उक्त बैठकमा सदस्य राष्ट्रहरूलेसम्पत्ति शुद्धीकरण सम्बन्धमा गरिरहेको गतिविधिबारे जानकारी गराउने काम हुन्छ,’ एक जानकार अधिकारीले भने, ‘विस्तृत अनुसन्धान, मुद्दा दायर र त्यसको फैसलाबारे जानकारी गराउँदा कमजोर देखिए नेपालको साख गुम्न सक्छ ।’ उनका अनुसार कमजोर देखिए अन्तर्राष्ट्रियस्तरमा मुलुकलाईट्याक्स हेवन ९करका लागि अनुकूल स्थान०, गैरकानुनी क्रियाकलाप गरी धन आर्जन गर्ने मुलुक भनेर चिनिन्छ ।

यसअघि एफटीएफको अनुगमनका क्रममा नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनै नबनाएको, संरचना खडा नगरेको भेटिएपछि कालोसूचीमा राख्ने तयारी गरिएको थियो । यसबाट जोगिन २०६४ सालमा सम्पत्ति शुद्धीकरण निवारण ऐन लागू भई विभाग स्थापना गरिएको हो । तर त्यसपछि नयाँ प्रावधान थप्नुपर्ने र अनुसन्धानमा रहेका मुद्दा टुंग्याउनुपर्ने काम भने भएको छैन ।

‘एफएटीएफले पुनस् अनुगमनगर्दा समस्या भेटिए नेपाललाईकालोसूचीमा राख्न सक्छ,’ ती अधिकारीलेभने, ‘सुमार्गीको मनी लन्डरिङसम्बन्धीकेस यस मामिलामा एउटा निर्णायक मामिला बन्न सक्छ ।’

बाहिरिए सुमार्गी

शंकास्पद आर्थिक कारोबारमा संलग्न व्यापारी अजेयराजसुमार्गी बिहीबार अपराह्न त्रिभुवन विमानस्थलबाट दुबई हुँदै विदेशतर्फलागेका छन् । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार छानबिन अगाडि बढाउनासाथ उनी पक्राउ पर्ने सम्भावना थियो ।

फ्लाई दुबईको साढे ३ बजेको उडानमार्फत सुमार्गीले देश छाडेको विमानस्थल अध्यागमन रेकर्डमा उल्लेख छ ।

‘मनी लन्डरिङको केस भएकाले उनलाई विदेशबाटै पक्रेर ल्याउन पनि समस्या छैन,’ छानबिनमा संलग्न अधिकारीले भने, ‘तर उनी आफूलाई जोगाउन राजनीतिक लबिइङ गर्दै छन् ।’ अजेयविरुद्ध कारबाही अगाडि नबढाइदिन जिकिर गर्दै उनका भाइ अरुणराज बिहीबार साँझ एक प्रभावशाली मन्त्रीकहाँ समेत पुगेको कृष्ण आचार्यले कान्तिपुरमा खवर लेखेका छन ।

ज्याक खडका-टोकियो ।

जापानमा सामाजिक कार्यमा सक्रिय रहदै आएको नेपाली महिलाहरुको समूह “म नेपाली ग्रुप जापान” द्वारा आगामी फेब्रुअरीमा “ब्यूटी क्वीन नेपाल जापान २०१८” प्रतियोगिताको आयोजना भएको छ ।

ग्रुपले सम्पूर्ण जानकारी सहितको पोस्टर प्रकाशित गर्दै २२ तारिख देखि ब्यूटी क्वीन कार्यक्रमको लागि अन्लाईन आवेदन खुल्ला गरी तयारीमा जुटेको हो ।

जापानमा रहेका दिदी वहिनीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी भूमिकाको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको प्रयोगबारे मार्ग निर्देशन दिंदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई आयोजना गर्न लागिएको ग्रुपकी महासचिव सरु लम्सालले बताईन ।

ग्रुपले आयोजना गर्न लागको ब्यूटी क्वीनमा विवाहित तथा अविवाहित दुबै समुहका महिलाहरुले भाग लिन पाउनेछन् भने यस प्रतियोगितामा भाग लिनको लागि १८ देखि ३० बर्ष सम्मको उमेर समूह हुनु पर्ने उल्लेख गरिएको छ । प्रतियोगीलेले २ हजार जापानी येन तिरेर ब्यूटी क्वीनमा भाग लिन सकिने आयोजकले जनाएको छ ।

ब्यूटी क्वीनको अडिसन ११ फेब्रुअरी टोकियोमा हुनेछ भने तालिम १२ फेब्रुअरी देखि १८ फेब्रुअरी सम्म हुने छ ।

अडिसन राउण्डबाट छानिएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ मेकअप, फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धि पनि प्रशिक्षण दिइने छ । मिडिया सम्वन्धी जानकारी, हस्पिट्यालिटी सम्वन्धि जानकारी प्रदान पनि गराइने जनाएको छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा तालिम प्रदान गरिने छ ।

जसमा नेपालमा रहेर विगत १५ वर्ष देखि निरन्तर रुपमा सौन्दर्य प्रतियोगिताहरुको साथै विभिन्न संचार संस्थामा आवद्व तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा विभिन्न सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गरि सकेको वरिष्ठ कोरियो ग्राफर रोजिन शाक्यले तालिम प्रदान गर्नु हुने छ भने नेपालमा रहेर विगत १० वर्षदेखि सफल रुपमा सौन्दर्य प्रतियोगिता गर्दै आएको सिजन मिडियाको सहयोग रहेको ग्रुपकी अध्यक्ष स्मृति आचार्यले बताईन ।

यस कार्यक्रमको अन्तिम प्रतियोगिता फेब्रुअरी १९ मा टोकियोको नाकानो जेरो हलमा हुनेछ भने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन जापानमा रहेको सनराइज प्रोडक्सनले गर्दै छ ।

प्रतियोगिताका विजेताले “ब्यूटी क्वीन नेपाल जापान २०१८” को उपाधी सहित विभिन्न उपहारहरु पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले पनि विभिन्न उपहारहरु प्राप्त गर्ने छन यस बाहेक अन्य विभिन्न १३ विधामा पनि विजेता छनौट गरिने छ ।

जापानमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलाई सफल पार्नको लागि जापानबासी सम्पूर्ण दिदी बहीनीहरुलाई म नेपाली ग्रुप जापान सहभागिताका लागि अनुरोध समेत गरेको छ ।

धरान ।
धरान उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा डिजिटल सफ्टवेयर मार्फत जन्मदर्ता गरेर सुनसरीको धरानमा अभिलेखिकरण गर्ने काम सुरु भएको छ । प्रविधिको विकाससँगै अब नवजात शिशुको जन्म दर्ताका लागि अभिभावकहरुले उपमहानगरपालिकाको कार्यालय सम्मै धाउन नपर्ने भएको छ । पछिल्लो समयमा अधिकांश गर्भवतीले अस्पतालमै बच्चा जन्माउने भएकाले प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागले शिशु जन्मनासाथ आमा, बाबु र ठेगाना समेत तोकेर यकिन समय सहितको जन्म दर्ता गर्न सुरु गरेको धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारी सुवेदीले बताउनुभयो । संघीय मामिला तथा स्थानीय विकास केन्द्रीय पञ्जिकरण विभाग, काठमाडौंको अभियान अन्तर्गत अस्पतालमा जन्मेको बच्चाको जन्मदर्ता गर्ने काम पहिलोपटक प्रदेश नंं १ को धरानबाट शुरुवात गरेको सुवेदीले बताउनुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले डिजिटल सफ्टवेयरको माध्यमबाट दर्ता गरिएका अभिलेख धरान उपमहानगरपालिकाको पञ्जिकरण शाखामा समेत स्वतस् रेकर्ड रहने भएकोले पनि यो प्रविधि प्रभावकारी हुने बताउनुभयो ।

काभ्रे ।

स्कुले किशोरीलाई पक्राउगरि यातनापछि जिउँदै गाडेर हत्या गर्ने नेपाली सेनाका तात्कालिन तीन अधिकारीले जन्मकैदको सजाय पाएका छन ।

काभ्रे जिल्ला अदालतले मैना सुनुवार हत्याकाण्डमा दोषी ठहर गर्दै तात्कालिन नेकपा माओवादीसंगको युद्धकालमा गरिएको गैरन्यायिक हत्याको मुद्दामा सैनिक अधिकारीलाई अदालतबाट सजाय गरिएको संभवत यो पहिलो पटक हो ।

जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम जन्मकैद हुने फैसला गरेको हो ।

जन्मकैद फैसला भएपनि ५ बर्ष कैद गर्नु ‘मनासिब’ हुने भन्दै सर्वोच्च अदालतलाई राय लेखेर पठाएको जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । चालक रहेका तत्कालिन सेनानी निरञ्जन बस्नेतलाई भने ‘आदेश मात्रै पालना गरेको’ भन्दै अदालतले सफाइ दिएको छ ।

खरेलथोकस्थित भगवती माविमा कक्षा ९ मा अध्ययनरत मैना सुनुवारलाई सेनाको गस्तीले पक्राउ गरेर ल्याएको ४ दिनपछि ०६० फागुन ५ गते सेनाको तालिम केन्द्रमा यातना दिएर हत्या गरेपछि ब्यारेकभित्रकै खोल्सामा गाडेको थियो ।

राष्ट्रिय र अन्तराष्ट्रिय मानव अधिकारकर्मीहरुको लामो दबाबमा २ बर्ष ८ महिनापछि उत्खनन् गर्दा व्यारेकभित्रै उनको कंकाल भेटिएको थियो । १५ बर्षीय सुनुवारको हत्याको आरोपमा विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत काठमाडौ ३३ घर भएका महासेनानी खत्री, काठमाडौ ३ घर भएका सहसेनानी अधिकारी, रुपन्देही ३ घर भएका सहसेनानी अमित पुन र दोलखा मकैबारी गाविस ९ घर भएका सेनानी निरञ्जन बस्नेतलाई विपक्षी बनाइ ०६४ माघ ७ मा अभियोग दर्ता भएको थियो ।

०७० असोज १ गतेदेखि मुद्दा २ बर्षका लागि मुल्तवीमा थियो । सुनुवारकी आमा देवीले मुद्दा जगाउन निवेदन दिएपछि जिल्ला अदालत काभ्रेमा २ बर्षको लागि मुल्तवी रहेको सशस्त्र द्वन्दकालीन मुद्दा फेरी जागेको हो । नेपाली सेनाले भने सैनिक अदालतमार्फत फैसला भएर कार्वाही गरिसकेको बताउादै आएको छ ।

प्रहरीले पनि सेना विरुद्धको जाहेरी दर्ता गर्न अस्विकार गर्दै आएपनि सर्वोच्च अदालतको आदेशपछि दर्ता गरेको थियो । मैनाकी आमा देवीले ढिलै भएपनि न्यायको ढोका खुलेको प्रतिकृया दिनुभयो ।

‘दर्ता नै गर्न नमानेको मुद्दामा फैसला हुनु राम्रो हो,’ देवीले भन्नुभयो, ‘अव फैसला कार्यान्वयन हुनुपर्यो, पीडकलाई तत्काल हिरासतमा लिएर कार्वाही थाल्नुपर्यो ।’
४ जनाका विरुद्ध किटानी जाहेरी दिएकी उनले निरञ्जन बस्नेतले उन्मुक्ति पाएको भन्दै यसको लागि पुन न्यायको ढोका ढकढक्याउने बताउनुभयो ।

सरकारले त्रिदेशीय ह्विल चियर क्रिकेट शृंखलाको उपाधि जित्ने नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। सरकारको निर्णयबाट आफूहरु उत्साही भएको नेपाल ह्िवलचेयर क्रिकेट संघले जनाएको छ।
‘ह्िवलचेयरमा बसेर क्रिकेट खेल्नु नै साहसिक काम हो। त्यसमा पनि देशलाई उपाधि नै दिलाउनु त अझ प्रशंसाको विषय हो’, प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘उहाँहरुले देशलाई दिनु भएको खुसी र देखाउनु भएको साहसको प्रशंसा गर्दै थप हौसला बढाउन सरकारले जनही एक लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो।’