प्रथम ब्यूटी क्वीन नेपाल जापान २०१८ हुँदै, आवेदन खुल्यो

पुस १४, २०७४ मा प्रकाशित | 1583 views

ज्याक खडका-टोकियो ।

जापानमा सामाजिक कार्यमा सक्रिय रहदै आएको नेपाली महिलाहरुको समूह “म नेपाली ग्रुप जापान” द्वारा आगामी फेब्रुअरीमा “ब्यूटी क्वीन नेपाल जापान २०१८” प्रतियोगिताको आयोजना भएको छ ।

ग्रुपले सम्पूर्ण जानकारी सहितको पोस्टर प्रकाशित गर्दै २२ तारिख देखि ब्यूटी क्वीन कार्यक्रमको लागि अन्लाईन आवेदन खुल्ला गरी तयारीमा जुटेको हो ।

जापानमा रहेका दिदी वहिनीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी भूमिकाको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको प्रयोगबारे मार्ग निर्देशन दिंदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई आयोजना गर्न लागिएको ग्रुपकी महासचिव सरु लम्सालले बताईन ।

ग्रुपले आयोजना गर्न लागको ब्यूटी क्वीनमा विवाहित तथा अविवाहित दुबै समुहका महिलाहरुले भाग लिन पाउनेछन् भने यस प्रतियोगितामा भाग लिनको लागि १८ देखि ३० बर्ष सम्मको उमेर समूह हुनु पर्ने उल्लेख गरिएको छ । प्रतियोगीलेले २ हजार जापानी येन तिरेर ब्यूटी क्वीनमा भाग लिन सकिने आयोजकले जनाएको छ ।

ब्यूटी क्वीनको अडिसन ११ फेब्रुअरी टोकियोमा हुनेछ भने तालिम १२ फेब्रुअरी देखि १८ फेब्रुअरी सम्म हुने छ ।

अडिसन राउण्डबाट छानिएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ मेकअप, फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धि पनि प्रशिक्षण दिइने छ । मिडिया सम्वन्धी जानकारी, हस्पिट्यालिटी सम्वन्धि जानकारी प्रदान पनि गराइने जनाएको छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा तालिम प्रदान गरिने छ ।

जसमा नेपालमा रहेर विगत १५ वर्ष देखि निरन्तर रुपमा सौन्दर्य प्रतियोगिताहरुको साथै विभिन्न संचार संस्थामा आवद्व तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा विभिन्न सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गरि सकेको वरिष्ठ कोरियो ग्राफर रोजिन शाक्यले तालिम प्रदान गर्नु हुने छ भने नेपालमा रहेर विगत १० वर्षदेखि सफल रुपमा सौन्दर्य प्रतियोगिता गर्दै आएको सिजन मिडियाको सहयोग रहेको ग्रुपकी अध्यक्ष स्मृति आचार्यले बताईन ।

यस कार्यक्रमको अन्तिम प्रतियोगिता फेब्रुअरी १९ मा टोकियोको नाकानो जेरो हलमा हुनेछ भने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन जापानमा रहेको सनराइज प्रोडक्सनले गर्दै छ ।

प्रतियोगिताका विजेताले “ब्यूटी क्वीन नेपाल जापान २०१८” को उपाधी सहित विभिन्न उपहारहरु पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले पनि विभिन्न उपहारहरु प्राप्त गर्ने छन यस बाहेक अन्य विभिन्न १३ विधामा पनि विजेता छनौट गरिने छ ।

जापानमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलाई सफल पार्नको लागि जापानबासी सम्पूर्ण दिदी बहीनीहरुलाई म नेपाली ग्रुप जापान सहभागिताका लागि अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web