भूकम्पमा घर नभत्केपनि राहत लिएका लाभग्राहीले रकम फिर्ता गरे

पुस १४, २०७४ मा प्रकाशित | 1505 views

मकवानपुर ।

निजी आवास निर्माणका लागि अनुदान पाउने सूचिमा नाम समावेश भएका तर घर बनाउन आवश्यक नठान्ने लाभग्राहीले पहिलो किस्तावापत लिएको ५० हजार रुपैयाँ फिर्ता गर्न थालेका छन् । यसै हप्ता मकवानपुरका दुई जना लाभग्राहीले रकम फिर्ता गरेका हुन् ।

यसरी पहिलो किस्तावापत लिएको रकम सरकारी खातामै फिर्ता गर्ने लाभग्राहीमा इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ का रामशरण भुलुन र हेटौंडा नगरपालिका वडा नम्बर ८ का तुला बहादुर लामा हुनुहुन्छ । उहाँहरुले लाभग्राहीमा सूचीमा नाम समावेश गरी पहिलो किस्ता लिए पनि घर बनाउन आवश्यक नभएको भन्दै रकम फिर्ता गरी लाभग्राहीबाट नाम हटाउन आग्रह गर्नु भएको थियो ।

पुस १३ गते बिहीबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले भुलुन र लामाले रकम फिर्ता गरेकोमा धन्यवाद दिंदै उहाँहरुको नाम लाभग्राहीबाट हटाउन निर्णय गरेको छ । कार्यकारी समितिले विगतमा आवश्यक नपर्दा पनि लाभग्राही सूचीमा नाम राखेका व्यक्तिहरुलाई रकम फिर्ता गर्न अनुरोध पनि गरेको छ ।

लाभग्राही सूचीमा परेता पनि घर बनाउन आवश्यक नठान्ने लाभग्राहीले नेपाल सरकारको १५०१२ राजश्व शीर्षकमा रकम फिर्ता गरी लाभग्राहीबाट नाम हटाउन सक्ने प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताउनुभयो । घर बनाउन आवश्यक नपर्ने लाभग्राहीले यसरी नाम हटाइ रकम फिर्ता गरे वास्तविक भूकम्पपीडितलाई राहत पुग्ने भूसालको विश्वास छ ।

प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिहरुले लाभग्राहीमा सूचीमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर आफ्नो नाम लाभग्राही सूचीबाट हटाउन यसअघि नै सूचना प्रकाशित गरी अनुरोध गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web