रौतहट । शीतलहरका कारण रौतहटमा १९ जनाले ज्यान गुमाएका छन्। शीतलहरले १९ जनाको मृत्यु भएको प्रहरीले बताए पनि जिल्ला अस्पताल गौरले भने शीतलहरको कारण ज्यान गुमाउनेको तथ्यांक आफूसँग नभएको जनाएको छ। पोस्टमार्टमका आधारमा अहिलेसम्म चिसैका कारण ज्यान गएको भन्न नमिल्ने जिल्ला अस्पताल गौरका प्रमुख कृष्णा साहले बताए। तर प्रहरीले गरेको मुचुल्काका आधारमा सो संख्यामा मृत्यु भएको प्रमुख साहले बताए।

आइतबार मात्रै दुई जनाको चिसोका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आइतबार गढीमाई नगरपालिका–३ गम्हरिया मुसहरटोल बस्ने ७२ वर्षीय असर्फी बैठा र दुर्गाभगवती गाउँपालिका–३ मत्सरीटोल बस्ने ७० वर्षीय गुगली राउत मेस्तरको अत्यधिक चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, शनिबार गढीमाई नगरपालिका–२ समनपुर बस्ने स्थानीय समनपुर बजारमा मागेर गुजारा चलाउँदै आएका ६० वर्षीय विश्वनाथ पासवान र कटहरिया नगरपालिका–६ दुधिहवा भारटोलमा बस्दै आएकी माधवनारायण नगरपालिका–७ लौकाहाकी ६५ वर्षीया धुपलीदेवी साहको घरमै सुतिरहेको अवस्थामा चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामबहादुर दानीले जानकारी दिए।

यस्तै, कटहरिया नगरपालिका–५ कटहरियाटोल बस्ने ६५ वर्षीय शेख इन्द्रिसको घरमा सुतिरहेको अवस्थामा चिसोका कारण शुक्रबार मृत्यु भएको थियो। हालसम्म परोहा नगरपालिका र गढीमाई नगरपालिकामा चार–चार जना, माधवनारायण नगरपालिकामा तीन जना र दुर्गा भगवती गाउँपालिकामा दुई जनाको शीतलहरका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी गौर, बौधीमाई, कटहरिया, राजदेवी र गुजरा नगरपालिकामा एक–एक जनाको मृत्यु भएको छ भने यमुना गाउँपालिकामा पनि एक जना गरी १९ जनाको चिसोले मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार यमुनामाई गाउँपालिका–१ जेठरैयास्थित पाकिजा इँट्टा उद्योगमा काम गर्ने सर्लाही घर भएका ५५ वर्षीय नेक महमद, परोहा–९ रामपुरखाप बस्ने ६५ वर्षीया मरठियादेवी राउतको अत्यधिक चिसोका कारण मृत्यु भएको छ।

प्रहरीका अनुसार चिसोले ज्यान गुमाउनेमा परोहा नगरपालिका–९ रामपुरखाप बस्ने ७० वर्षीय नसुरुल्ला खातुन, परोहा नगरपालिका–२ बस्ने ४५ वर्षीय शेख समिम, गुजरा नगरपालिका–७ बस्ने ४३ वर्षीय फूलकुमारी पासवान छन्। त्यसैगरी, राजदेवी नगरपालिका–९ बस्ने ७० वर्षीय अलकप्रसाद सिंह, दुर्गा भगवती गाउँपालिका–५ बस्ने ६० वर्षीया सकलीदेवी पासवानको चिसोका कारण मृत्यु भएको छ। यसैगरी, परोहा नगरपालिका–९ बस्ने ६० वर्षीय रामलगनप्रसाद पटेल, गढीमाई नगरपालिका–७ बस्ने ६५ वर्षीय भिक्षु ठाकुर हजाम, गौर नगरपालिका–५ बस्ने ६० वर्षीया सियादेवी ठाकुर, माधवनारायण नगरपालिका–४ बस्ने १ वर्षीया बालिका रेखाकुमारी यादव, गढीमाई नगरपालिका–६ बस्ने ७४ वर्षीय रामवृष साह र बौधीमाई नगरपालिका–१ बस्ने ५६ वर्षीय रामचन्द्रप्रसाद साहको शीतलहरका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बाक्लो हुस्सुसँगै चलिरहेको शीतलहरका कारण रौतहटको जनजीवन झन कष्टकर बन्दै गएको छ। सवारी आवागमनमा समेत समस्या देखिएको छ। कलाकार सीताराम कट्टेल धुमुर्स, रिक्सा चालक केदार तिमलसिना, रेडक्रस, सेनालगायतले शीतलहरपीडित परिवारलाई न्यानो कपडा वितरण गर्दै आएका छन्।

२५ सयभन्दा बढी कम्बल वितरण

रौतहटको चन्द्रपुरस्थ्ति सन्तपुरमा नमुना बस्ती निर्माणको क्रममा रहेको हास्य कलाकार धुर्मुस तराई मधेसका शीतलहरपीडितलाइ न्यानो कपडा बाँड्न व्यस्त छन्। धुर्मसले चन्द्रपुर नपाको डुमरियामा रहेका सय परिवारलाई कम्बल वितरण गरेका छन्। केही दिनअघि गरुडामा रहेको वंशीराम अनाथालयमा उनले १५ थान कम्बल सहयोग गरेका थिए। एक साता अघिदेखि पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका दलित बस्तीहरूमा २ हजार ५ सयभन्दा बढी कम्बल वितरण गरेको उनले जानकारी दिए। राजधानी दैनिकमा समाचार छ।

काठमाडौं । माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो ।

यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा मेला लाग्नुका साथै माघ स्नान गर्ने भक्तजनको भीड पनि लाग्ने गर्दछ ।

यस्तै थारु समुदायमा माघी महोत्सवको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ । माघिको अवसरमा काठमण्डौंमा बस्ने थारुहरुले आज टुँडिखेलमा सामुहिक कार्यक्रम गर्दैछन् । यस्तै मगर समदायले पनि आज माघे सकराति मनाउँदैछन् ।

काठमाडौं । चार महिनादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम ठप्प छ । गत २ असोजमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकिएको हो । विस्तार भइरहेका सडक दायाँबायाँका बासिन्दाले मुआब्जा नदिएसम्म काम गर्न नदिने बताएका छन् ।

सर्वोच्चले फैसला गरेको करिब चार महिना बित्दा पनि फैसलाको पूर्णपाठ तयार भएको छैन । जसले गर्दा सडक विस्तार आयोजनाले काम अघि बढाउन सकेको छैन । महान्यायाधिवक्ता कार्यालयले पनि के गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन ।

विस्तारित सडक दायाँबायाँका स्थानीय बासिन्दाले सामूहिक रूपमै मुआब्जाको माग चर्काउँदै लगेका छन् । ‘मुआब्जा पाइएपछि मात्रै भत्काउन दिने भनेर विस्तारको काम ठप्प पारिएको छ,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीले भने । केही सडकमा भने काम अघि नबढाउने अदालतकै अन्तरिम आदेश रहेको उनले बताए ।

उपत्यकामा १० सडक र तीनवटा पुल विस्तार

काठमाडौं उपत्यकामा अहिले १० सडक र तीनवटा पुल विस्तारको काम भइरहेको छ । तीमध्ये एउटा सडकमा मात्र सडक विस्तारको काम भइरहेको छ । इमाडोल सिद्धिपुर–गोदावरी खोला–लुभु–लामाटार सडकमा मात्र काम भइरहेको केसीले बताए । अरनिको राजमार्गमा पर्ने धोबीखोला पुलमा काम भइरहेको छ ।

के छ सर्वोच्चको फैसलामा ?

मुआब्जा नपाई घर भत्काउन नपाउने तथा जग्गा अधिग्रहण गर्न नपाउने भन्दै सानु श्रेष्ठलगायत ४७ जनाले ९ माघ ०७३ मा सडक विस्तार कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । गत २ असोजमा न्यायाधीशहरू केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको इजलासले सो रिटको पक्षमा फैसला दिएको थियो । सर्वोच्चबाट फैसलाको पूर्णपाठ प्राप्त गर्न प्रयास गरे पनि व्यस्तताका कारण ढिलाइ भइरहेको जवाफ पाएको महान्यायाधिवक्ता कार्यालयकी सहन्यायाधिवक्ता रमादेवी पराजुलीले बताइन् । ‘पूर्णपाठको सम्बन्धमा सरकारी कार्यालयदेखि स्थानीय नागरिकले समेत चासो राखिरहेका छन्,’ उनले भनिन्, ‘तर, ढिलाइ भइरहेको छ ।’

ढिलाइका अन्य कारण

अदालतको फैसला र अन्तरिम आदेशबाहेक अन्य कारणले पनि सडक विस्तार रोकिएको छ । विद्युत् र टेलिफोनका पोल समयमा स्थानान्तर नहुनु, सडक विस्तार क्षेत्रभित्र परेका रूख कटानमा ढिलाइ हुनु, घर भत्काउने विषयमा पुरानो नापी र नयाँ नापीको विवाद निकाली घर भत्काउन नदिनु, खानेपानी र ढल ‘लिकेज’ भई सतहमा बग्नुलाई पनि सडक विस्तारको बाधक मानिएको छ ।

डेढ वर्षसम्म म्याद बढाउने तयारी

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ठेक्काको म्याद सकिएका कम्पनीलाई औचित्य र ढिलाइ हुनुको विभिन्न अवस्था हेरेर डेढ वर्षसम्मको म्याद थप गर्ने जानकारी दिएको छ । अधिकांश कम्पनीको आफ्नै बेवास्ताका कारणले भन्दा पनि अन्य समस्याका कारण भौतिक प्रगति हुन नसकेकाले म्याद थपिने आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले बताए ।

विस्तार भइरहेका सडकको प्रगति अवस्था

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक

चार खण्डमा विभाजन गरिएको यस सडकमा १२ वटा निर्माण कम्पनीले ०७२ देखि काम गरिरहेका छन् । पहिलो तीन खण्डको काम सम्पन्न हुनुपर्ने म्याद सकिसकेको छ । तर, अहिलेसम्मको प्रगति ३५ देखि ४० प्रतिशत मात्र छ । अन्तिम एक खण्डमा भने यही पुसमा काम सम्पन्न गर्ने म्याद सकिँदै छ । प्रगति ५० प्रतिशत छ । सडकको कुल लम्बाइ १२ दशमलव ४८० किलोमिटर हो ।

चाबहिल–जोरपाटी–बागमती–साँखु

चाबहिलदेखि साँखुसम्मको यस सडकलाई पाँच खण्डमा विभाजन गरी १२ वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । चार खण्डमा ०७२ र एउटामा चालू आर्थिक वर्षदेखि काम हो । अहिलेसम्म प्रत्येक खण्डमा न्यूनतम ५ र अधिकतम ४० प्रतिशत भौतिक प्रगति छ । साढे १२ किलोमिटर लम्बाइको यस सडकको केही खण्डको निर्माण अवधि सम्पन्न हुँदै छ भने केहीको ०७५ सम्ममा सम्पन्न गर्ने गरी दायित्व तोकिएको छ ,आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सौल।
दक्षिण कोरियामा झुण्डिएर एक नेपालीको मृत्यू भएको छ ।

महोत्तरी बर्दिबास स्थाई घर भएका मगर थगरका एक नेपाली आज बिहान झुण्डिएको अवस्थामा फेला परेको एनआरएन कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरूगंले नयाँ दैनिकीलाई बताईन् ।

अध्यक्ष गुरूंगका अनुसार अहिले उनको शव पुछन अस्पतालमा रहेको छ।

साथै त्यहाँ कार्यरत नेपालीहरूलाई पनि प्रहरीले सोधुछको लागी प्रहरी चौकीमा लगेको छ।

उनि कोरिया आएको ७ महिना मात्र भएको भएको बताएको छ। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

दोभासेको रूपमा मुक्त गुरूंगले सहयोग गरिरहेको बताईएको छ।

स्रोतका अनुसार उनको हिजो नेपाल जाने उडान तालिका रहेको थियो। उनि २५ बर्षका थिए।

काठमाडौं । सरकार प्रदेशको अस्थायी मुकाम नभनी राजधानीका लागि सम्भावित स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने गृहकार्यमा जुटेको छ । सातवटै प्रदेश प्रमुखको कार्यालय राजधानीमा तोक्ने तयारीबाट पछि हटेर सरकार नयाँ विकल्पमा जुटेको हो । सरकारले उच्च अदालत रहेका स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने तयारी गरेको छ । यसअघि सर्वदलीय बैठकमा एमाले र माओवादी केन्द्रले अस्थायी मुकाम तोक्नेबारे सुझाब नदिएपछि सरकारले तत्काल अस्थायी मुकाम नतोकी सबै प्रदेशको सम्पर्क कार्यालय राजधानीमा तोक्ने तयारी गरेको थियो । त्यस्तो तयारीको आलोचना भएपछि सरकार नयाँ विकल्पमा प्रवेश गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार उच्च अदालत भएका ठाउँमा प्रदेशको अस्थायी कार्यालय तोक्नेबारे कानुनविद् र मन्त्रीहरूसँग परामर्श गरेका छन् । सो विकल्पमा एमाले र माओवादीको पनि सहमति जुटाउने प्रयास भइरहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव केशवराज जोशीले पनि उच्च अदालत तोकिएकै स्थानमा प्रदेशको कार्य सञ्चालनका लागि कार्यालय खोल्ने विकल्पमा छलफल केन्द्रित भएको बताए । ‘सरकारले यसअघि नै सातवटै प्रदेशमा उच्च अदालत तोकिसकेको छ । अब प्रदेश प्रमुखको कार्यालय पनि त्यहीँ तोक्नुपर्छ,’ जोशीले भने, ‘अब सातवटै प्रदेशमा कार्य सञ्चालनका लागि कार्यालय खुल्न सक्छन् ।’

दलहरूबीच सहमति नजुटेको, विभिन्न जिल्लामा प्रदेश राजधानीको माग गर्दै प्रदर्शन हुन थालेपछि सरकारले अस्थायी मुकाम नतोकी कार्यालय मात्र तोक्ने नीति लिएको हो । ‘दलीय सहमतिमै होस् भनेरै प्रधानमन्त्रीले सर्वदलीय छलफल डाकेर प्रयास गर्नुभएको हो । तर, जिम्मेवार दलले जिम्मेवार निर्णय दिएनन्, उल्टै विवादित बनाउने काम गरे,’ कानुनमन्त्री यज्ञबहादुर थापाले भने, ‘प्रदेशको राजधानी स्थायी होस् कि अस्थायी, यो सरकारले तोक्न सक्दैन । संविधानको धारा ८८ उपधारा २ अनुसार प्रदेश सभाको दुईतिहाइले केन्द्र तोक्ने हो । कार्य सञ्चालनका लागि सरकारले बीचको बाटो लिँदै छ ।’

माओवादी र मधेसी दलसँग परामर्श

उच्च अदालत रहेका स्थानमा प्रदेशको कार्यालय खोल्ने विकल्पमा सोमबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र मधेसी दलका नेताहरूसँग परामर्श गरेका थिए । देउवाले माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन र मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् ।

प्रदेश प्रमुखको पनि गृहकार्य हुँदै

सरकारले प्रदेशको अस्थायी कार्यालयको विकल्पसँगै सम्भावित प्रदेश प्रमुखबारे पनि गृहकार्य तीव्र पारेको छ । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सरकारले प्रदेश प्रमुखका लागि बौद्धिक व्यक्तित्व, सामाजिक रूपमा नैतिकवान्, राजनीतिक पार्टीको सदस्य नभएका व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने मापदण्ड तयार पारेर नामलाई अन्तिम रूप दिने प्रयत्न गरिरहेको छ ।

सो जिम्मेवारीमा सरकारका पूर्वमुख्यसचिव, पूर्वन्यायाधीश, विश्वविद्यालयका पूर्वउपकुलपति, सामाजिक जीवनमा ख्याति कमाएका व्यक्तिमध्येबाट नियुक्त गर्ने तयारी गरेको सचिवालयले जनाएको छ । प्रदेश प्रमुख नियुक्त गर्नेसम्बन्धी गृहकार्यमा प्रधानमन्त्री देउवा, उनको सचिवालय, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मुख्यसचिव सहभागी छन् ।

‘प्रधानमन्त्री छलफलमै हुनुहुन्छ । बिहीबारसम्म मन्त्रिपरिषद् बैठक बस्छ र सातवटै प्रदेशको प्रमुख र प्रदेशको अस्थायी कार्यालय तोक्छ,’ कानुनमन्त्री यज्ञबहादुर थापाले भने, ‘वाम गठबन्धनका दलले प्रमुख र कार्य सञ्चालनका लागि कार्यालय तोक्ने विषयमा गैरजिम्मेवारीपन देखाएपछि केही समय लागेको हो । तर, अब नगरी नहुने भएपछि प्रमुख र कार्य सञ्चालनका लागि कार्यालय अब बस्ने मन्त्रिपरिषद् बैठकले तोक्छ ।’

फेरि छलफल गर्ने ‘मुड’मा प्रधानमन्त्री

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले प्रधानमन्त्रीले फेरि दलीय छलफल गर्न सक्ने बताए । ‘एमालेले पहिले शपथ नै खाँदैनौँ भन्यो, पछि सरकारको काम हो भनेर पन्छियो । प्रदेश प्रमुख र प्रदेश कार्यालयबारे प्रधानमन्त्रीको फेरि एकसरो वाम गठबन्धनसँग छलफल गर्ने सोच देखिन्छ,’ खाणले भने ।

पूर्वसचिवलाई प्रदेश प्रमुख नबनाउने

सरकारले पूर्वसचिवहरूलाई प्रदेश प्रमुखमा नियुक्ति गर्न सक्ने मापदण्ड परिवर्तन गरेको छ । आन्तरिक गृहकार्य भइरहेका वेला पूर्वसचिवहरूले आफूलाई प्रदेश प्रमुखमा नियुक्ति गर्न दबाब बढाएपछि सरकारले पूर्वसचिवलाई हटाएको हो । वाणिज्यमन्त्री मीन विश्वकर्माले पूर्वप्रशासकका तर्फबाट पूर्व मुख्यसचिवहरू प्रदेश प्रमुख बन्न सक्ने मापदण्ड बनाएको जानकारी दिए । प्रधानमन्त्री देउवाकै निर्देशनमा अवकाश पाएका सचिवहरूलाई प्रदेश प्रमुख बनाउन सकिने मापदण्ड हटाइएको हो ।

यी हुन्, प्रदेश प्रमुखको चर्चामा रहेकाहरू

– विमल कोइराला

– तीर्थमान शाक्य

– भोजराज घिमिरे

– दामोदर गौतम

पूर्वन्यायाधीश

– रामनगिना सिंह

पूर्वप्रशासक तथा पूर्वमन्त्रीद्वय

– विद्याधर मल्लिक

– शंकर कोइराला

पूर्वउपकुलपति

– केदारभक्त माथेमा

– कमलकृष्ण जोशी

महिलातर्फबाट

– डा किरण रेग्मी, पूर्वसचिव

–अनुराधा कोइराला

– उषा नेपाल

अन्य

– पुष्कर बज्राचार्य (अर्थशास्त्र प्रोफेसर, त्रिवि)

– जगदीश पोखरेल (राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष)

–पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल

– पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ

– शिवचन्द्र श्रेष्ठ (पूर्वमहालेखा नियन्त्रक)

प्रदेश प्रमुख बन्न लबिङ गर्ने पूर्वसचिवहरू

–शान्ताबहादुर श्रेष्ठ

– विश्वप्रकाश पण्डित

– धरणीधर खतिवडा

यी पनि चर्चामा

–डा रामप्रकाश यादव, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य

– डा रामअवतार यादव, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति

– सुरेन्द्र महतो, वरिष्ठ अधिवक्ता

– रुक्मांगद कटवाल, पूर्वप्रधानसेनापति

माओवादी र मधेसी दलसँग परामर्श

उच्च अदालत रहेका स्थानमा प्रदेशको कार्यालय खोल्ने विकल्पमा सोमबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र मधेसी दलका नेताहरूसँग परामर्श गरेका थिए । देउवाले माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन र मधेसकेन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् ।

पूर्वसचिवलाई प्रदेश प्रमुख नबनाउने

सरकारले पूर्वसचिवहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सक्ने मापदण्ड परिवर्तन गरेको छ । आन्तरिक गृहकार्य भइरहेका वेला पूर्वसचिवहरूले आफूलाई प्रदेश प्रमुखमा नियुक्त गर्न दबाब बढाएपछि सरकारले पूर्वसचिवलाई हटाएको हो ।

वाणिज्यमन्त्री मीन विश्वकर्माले पूर्वप्रशासकका तर्फबाट पूर्वमुख्यसचिवहरू प्रदेश प्रमुख बन्न सक्ने मापदण्ड बनाएको जानकारी दिए । प्रधानमन्त्री देउवाकै निर्देशनमा अवकाश पाएका सचिवहरूलाई प्रदेश प्रमुख बनाउन सकिने मापदण्ड हटाइएको हो । (नयाँ पत्रिका दैनिक)

काठमाडौंं । डाक्टर गोविन्द केसीले सर्वोच्च अदालत विरुद्धको अनसन सुरु गरेका छन्। त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएपछि उक्त आदेशविरुद्ध डा.केसी १४औं पटकको अनसन सुरु गरेका हुन्।

डिन नियुक्त सम्बन्धनको खेल भएको भन्दै डा.केसीसँगै पुरै चिकित्सा क्षेत्र आन्दोलित भएपछि तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष एवं त्रिवि कूलपति खिलराज रेग्मीले शर्मालाई २०७० माग ८ गते बर्खास्त गर्न निर्देशन दिएका थिए। त्यसविरुद्ध शर्माले सर्वोच्चमा फागुन १ गते रिट हालेपछि उनलार्इ कानुनविपरित बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्च अदालतले आइतबार पुनर्बहाली गर्न आदेश दिएको हो। शर्माको पदावधि सकिनु चार दिनअघि प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलाशले पुनर्बहाली गरेपछि केसी प्रधानन्यायाधीश विरुद्ध नै अनसनमा उत्रेका हुन्।

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबारे आपसी गृहकार्य जारी रहे पनि दुवै पार्टीका अधिकांश नेता कसरी र कहिले एकता हुन्छ भन्नेमा स्पष्ट भइसकेका छैनन्। एकता प्रक्रियामा कुनै समस्या नरहेको र चाँडै एकता हुनेमा ढुक्क देखिएका ती नेताले पार्टीका अध्यक्षबीच यसबारे ठोस सहमतिको प्रतीक्षामा छन्।

दुई पार्टीका अन्य नेताहरु एकता प्रक्रियामा सामेल भए पनि उहाँहरु यसको भित्री पक्षबारे प्रतिक्रिया दिन अग्रसर नदेखिनुले दुई अध्यक्षको वार्ता र सहमति नै निर्णायक हुने देखिन्छ। एमालेको यही पुस १३ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार गठन र पार्टी एकतालाई तीव्रता दिने निर्णय गरेको थियो भने केन्द्रको यही पुस १८ गतेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको विषय जनअनुमोदित भइसकेकाले यसलाई द्रुत गतिमा अघि बढाउने निर्णय लिएको थियो।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चाँडै हुने वार्ताले एकता प्रक्रियालाई निर्णायक बनाउने देखिएको छ । केही दिनयता एमाले अध्यक्ष ओली सामान्य अस्वस्थ हुनुभएका कारण दाहालसँग भेटवार्ता हुन सकेको थिएन।

आज हुने भनिएको भेटवार्ता मौसमको खराबीका कारण केन्द्रका अध्यक्ष दाहालको चितवनबाट काठमाडौँ उडान नभएपछि स्थगन भएको छ । पार्टी एकता महाधिवेशनअघि एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र केन्द्रका अध्यक्ष दाहाल पार्टी अध्यक्ष हुने वा दुवै अध्यक्षको संयुक्त नेतृत्वमा पार्टी सञ्चालन हुने भन्ने विषयमा ठोस निर्णयको नभएकाले अन्य प्रक्रिया अघि नबढेको नेताहरुले जनाएका छन् । राष्ट्रियसभाको निर्वाचनपछि मात्र नयाँ सरकार बन्ने भएकाले पनि पार्टी एकताका लागि नेतामा हतारो नदेखिएको देखिन्छ।

एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले दुई अध्यक्ष निरन्तर सम्पर्कमा रहनुभएको र प्रत्यक्ष वार्तापछि एकता संयोजन समितिको बैठकबाट एकता प्रक्रियाले गति लिने बताउनुभयो । कहिले हुन्छ त एकता भन्ने प्रश्नमा नेता नेम्वाङ भन्छन्, “ढुक्क हुनुस् यसले चाँडै मूर्तरुप लिनेछ।”

केन्द्रका नेता गिरिराजमणि पोखरेलले आफूहरुको एकतालाई जनताले अनुमोदन गरिसकेकाले कुनै नेताले एकता गर्दिनभन्दा पनि सुख नपाउने दाबी गरे। उनले गठबन्धन टुट्ने कुनै सम्भावना नरहेको बताए।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापा पनि दुई पार्टीबीच अनौपचारिकरुपमा छलफल जारी रहेको तर कसरी एकता प्रक्रिया अघि बढाउने भन्नेमा ठोस निष्कर्ष नआइसकेको बताउछन्। उनले भने, “हाल क्रियाशील पार्टी एकता संयोजन समितिलाई नै निरन्तरता दिई त्यसलाई नै सबै विषय मिलाउन जिम्मा दिने कि भन्ने पनि विकल्प आएको छ।”

थापाले बाहिर चर्चामा आएजस्तो आफूहरुबीच विवाद नरहेको र एकता नहुने हो कि भन्ने आशङ्का गर्नु नपर्ने दाबी गरे।

एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले शीर्ष तहमा छलफल चलिरहे पनि सांगठनिक स्वरुप र खाकाबारे स्पष्ट भइनसकेको जानकारी दिए।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअघि पार्टी एकताको घोषणासहित गठबन्धनमा सामेल यी दुई दलले सरकार गठन र एकताको कार्यलाई सँगसँगै अघि बढाउने जनाउँदै आए पनि यसबीचमा भएको प्रगति बाहिर आएको छैन। दुवै दलका नेताले गठबन्धन नटुट्ने, पार्टी एकता चाँडै हुने र स्थिरता तथा समृद्धिको यात्रा भने नरोकिने अभिव्यक्ति पटक पटक दिँदै आएका छन्।

सम्मानजनक र भावनात्मक पक्षलाई आत्मसात् गरी एकताको प्रक्रियामा जुटेका यी दलले एमालेको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले आत्मसात् गरेको ‘एक्काइसौँ शताब्दीको जनवाद’को सैद्धान्तिक विचारबीचको मिलनमा पनि समस्या नभएको औँल्याउँदै आएका छन्।

मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र आर्थिक समृद्धिको मार्गप्रशस्त गर्न एउटै कम्युनिष्ट पार्टी बनाउन अन्य साना वामपन्थी शक्तिलाई पनि समेट्न एमाले र केन्द्रले कसरत गरिरहेका छन्।

राजनीतिक, सांगठनिक तथा तत्कालीन कार्ययोजना बनाएर एकता महाधिवेशनमार्फत हाल बाँकी रहेका विषय हल गर्ने तयारी दुवै पार्टीले गरे पनि दुई अध्यक्षसँगको वार्तापछि मात्रै यी विषयले मूर्तरुप लिनेछन्।

निर्वाचनपूर्व गत असोज १७ मा दुई पार्टीबीच भएको चुनावी तालमेल र पार्टी एकताको घोषणादेखि नै एकता प्रक्रिया शुरु भएको नेताहरूले जनाउँदै आएका छन्।

काठमाडौं । राष्ट्रिय सभा सदस्य चुन्न सबभन्दा बढी मतदाता प्रदेश २ मा छन् भने सबभन्दा कम मतदाता प्रदेश ६ मा । यी दुई प्रदेशको मतदाता संख्या दोब्बर बढीले फरक छ । तर, दुवै प्रदेशबाट राष्ट्रिय सभा सदस्य भने समान संख्यामा चुनिनेछन् । कान्तिपुर लेख्छ- राष्ट्रिय सभा निर्वाचन अध्यादेशले एक जना प्रदेशसभा सदस्यको मतभार ४८ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ निर्धारण गरेको छ ।

सबभन्दा बढी मतदाता रहेको प्रदेश २ का सबै मतदाताको मतभार १० हजार ३२ हुने भएको छ । उक्त प्रदेशमा प्रदेशसभा सदस्यको संख्या १ सय ७ तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको कुल संख्या २ सय ७२ छ । स्थानीय तहको संख्या १ सय ३६ रहेकाले स्थानीय तहबाट मतदाता संख्या त्यसको दोब्बर रहनेछ । उक्त प्रदेशको कुल मतदाता संख्या ३ सय ७९ हो, जुन अन्य सबै प्रदेशभन्दा बढी हो ।

त्यसपछि प्रदेश १ मा मतदाता धेरै छन् । तर मतभारको तुलना गर्ने हो भने प्रदेश २ पछाडि प्रदेश ३ छ ।

प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका २ सय ७४ गरी ३ सय ६७ मतदाता छन् । उक्त प्रदेशमा स्थानीय तह १ सय ३७ छन् । सबै मतदाताको मतभार ९ हजार ३ सय ९६ हुन आउँछ ।

प्रदेश नम्बर ३ मा स्थानीय तहको संख्या १ सय १९ रहेकाले स्थानीय तहबाट २ सय ३८ जना र प्रदेशसभा सदस्य १ सय १० गरी

३ सय ४८ जना कुल मतदाता छन् । यस प्रदेशका मतदाताको मतभार ९ हजार ५ सय ६४ हुनेछ ।

मतदाताको संख्या र मतभारमा प्रदेश ४ भने चौथो स्थानमा छ । त्यहाँ प्रदेशसभा सदस्य ६० र स्थानीय तहका १ सय ७० गरी कुल मतदाताको संख्या २ सय ३० छन् । उक्त प्रदेशमा स्थानीय तहको संख्या ८५ छ । सबै मतदाताको मतभार भने ७ हजार २ सय ३६ पुग्छ ।

प्रदेश ५ मा सबै मतदाताको मतभार ५ हजार ९ सय ४० पुग्छ । त्यहाँ प्रदेशसभा सदस्यको संख्या ६० तथा स्थानीय तहबाट २ सय १८ गरी कुल ३ सय ५ मतदाता छन् । उक्त प्रदेशमा स्थानीय तहको संख्या १ सय ९ छ ।

प्रदेश ६ मा अन्य सबै प्रदेशभन्दा कम मतदाता छन् । त्यहाँ प्रदेशसभा सदस्य ४० र स्थानीय तहका १ सय ५८ गरी कुल १ सय ९८ मतदाता मात्रै छन् । ती मतदाताको मतभार ४ हजार ७ सय ६४ हो । उक्त प्रदेशमा स्थानीय तहको संख्या ७९ छ ।

कुल मतदाता २ सय २९ रहेको प्रदेशसभा ७ मा मतदाताको मतभार ५ हजार ७ सय ८ हुन आउँछ । उक्त प्रदेशमा प्रदेशसभा सदस्यको संख्या ५३ र स्थानीय तहबाट मतदाता हुने संख्या १ सय ७६ छन् । त्यहाँ स्थानीय तहको संख्या ८८ छ ।

जनवरी २,

ब्रेमेन, जर्मनी ।

जर्मनी निवासी नेपाली समुदायले ब्रेमेन सहरमा अग्रेंजी नयाँ बर्ष सन् २०१८ लाई भव्य रुपमा स्वागत गरेका छन । सन् २०१७ लाई बिदाई गर्दै २०१८ को विश्वभर स्वागत भैरहँदा नेपाली समुदाय पनी नयाँ बर्षको कार्यक्रममा झुम्यो ।पछिल्लो समय नेपालमा समेत विदेशी संस्कृति अंगाल्ने क्रममा केही बर्ष यता अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ बर्षको रौनक निकै बढ्दै जाँदा विदेशमा रहेका नेपालीका लागि झनै रौनक नथपिने कुरै भएन । नेपाल परिवार नामक संस्थाको प्रायोजन तथा अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखा र इजी ब्याण्डको संयुक्त आयोजनामा भएको कार्यक्रममा एक सय भन्दा बढि नेपालीहरु सहभागि भएका थिए । डिसेम्बर ३१ तारिख साँझबाट सुरु भएको कार्यक्रम भोलिपल्ट बिहानसम्म चलेको थियो ।

नेपाली खानाको परिकारसँगै सुरु कार्यक्रममा इजी ब्याण्ड, स्थानीय कलाकार र ब्रेमेनस्थित याकोव विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको भव्य प्रस्तुती रह्यो। पुकार भट्टराई, अनन्त भट्टराई लगायतको विद्यार्थीको समुहले लार्इभ म्युजिक सहितको प्रस्तुती दिएर सुरुमा भिडलाई तताएको थियो । त्यसलगत्तै सोही विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी समिता श्रेष्ठले महिला हिंसा विरुद्धको विषयमा अंग्रेजी कविता वाचन गरेकी थिइन् ।

इजी ब्याण्डका तर्फबाट ध्रुब शाक्य, रबी श्रेष्ठ लण्डनदेखि आएका खगेन लिम्बु, कलाकार लक्ष्मण जोशी, दिनेश केसी, मिलन राई लगायतले विभिन्न सांगितिक प्रस्तुती दिएका थिए । नेदरल्याण्डबाट आएकी गायिका विमला श्रेष्ठ, ब्रेमेन निवासी पार्वती गुरुगं लगायत स्थानीय कलाकारको कर्णप्रीय स्वरमा सांगितिक कोशेली प्रस्तुत गरेसँगै भिड संगितमय भएको थियो । अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखाकी सदस्य एबं कलाकार सगुन हुमागाईंले नृत्य गरेसँगै उपस्थित भिड सँगै नृत्यमा झुम्न पुग्यो ।

रातको १२ बजेसँगै आतिसबाजी गरेर नयाँ बर्षलाई स्वागत गरिएको थियो । त्यसलगत्तै डिजे सुन्दर गुरुङले भिडलाई विभिन्न म्यूजीकमा नचाएका थिए । भावनी मगरले संचालन गरेकी उक्त मनोरञ्जनात्मक भेटघाट कार्यक्रममा एनआरएनए जर्मनीका उपाध्यक्ष मिलन पन्त, कृष्ण देवकोटा, नेपाल परिवारकी कोषाध्यक्ष शर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । जर्मनीमा बस्दैआएका नेपालीहरुबीच आपसी सद्भाव र सामिप्यता बढाउन यस्ता प्रकारका भेटघाट कार्यक्रमले सहयोग पुग्ने आयोजक तथा अन्तराष्ट्रिय कलाकार मंच जर्मनीका अध्यक्ष बेल गुरुङको भनाई थियो ।

काठमाडौं ।लामो यात्रा गरेर काठमाडौं आएका यात्रु र चालकलाई लक्षित गरेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बसपार्कमा निःशुल्क परामर्श तथा स्वास्थ्य सेवा शुरु गरेको छ। अस्पतालले पाँचौँ वार्षिकोत्सवका अवसरमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सहकार्य गरेर आजदेखि उक्त स्वास्थ्य सेवा केन्द्र शुरु गरेको हो।

सेवा केन्द्र शुरुवात्सँगै बिरामीले प्राथमिकस्तरको स्वास्थ्यसेवा नयाँ बसपार्कबाट निःशुल्क पाउने भएका छन्। उक्त सेवा शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ वसपार्कलाई नमूना बसपार्क बनाउनका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिले ग्राण्डी अस्पतालसँग मिलेर राम्रो कामको शुरुवात् गरेको बताए।

'ल्होत्से बहुउद्देश्यीय प्रालिसँग महानगरपालिकाले नयाँ वर्षपार्कलाई अत्याधुनिक बसपार्क बनाउने भनेर सम्झौता गरेको थियो, त्यो कुरा विस्तारै पूरा हुँदै गएको छ' उनले भने, 'प्रत्येक वडामा एक–एकवटा स्वास्थ्य क्लिनिक भए पनि यो सेवाले थप सहयोग पुग्ने छ।'

काठमाडौं । मानव तस्करले दक्षिण अफ्रिकालाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन् । दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्कर गरेको अभियोगमा एक पक्राउ परेपछि यो तथ्य खुलेको हो । कलंकीस्थित क्यारियर हब इजुकेसन कन्सल्टेन्सीका सञ्चालक ३५ वर्षीय चित्रप्रसाद ढुंगेल मानव तस्करीको अभियोगमा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंको चन्द्रगिरि–१ बाट पक्राउ गरेको हो ।

दक्षिण अफ्रिकाबाट भागेर नेपाल फर्किएका तीनजना पीडितले उजुरी दिएपछि सिआइबीले ढुंगेललाई पक्राउ गरेको हो । सिआइबी प्रमुख डिआइजी पुस्कर कार्कीले ढुंगेल मानव तस्करको अभियोगमा पक्राउ परेको बताए । ‘दक्षिण अफ्रिकाबाट भागेर नेपाल आएका तीनजना पीडितले उजुरी दिएका आधारमा उनलाई पक्राउ गरेका हौँ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ,’ उनले भने ।

थुप्रै युवा दक्षिण अफ्रिका पुगेको आशंका

प्रहरीका अनुसार ढुंगेलले कन्सल्टेन्सीमार्फत अन्य युवालाई पनि दक्षिण अफ्रिका पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पीडितहरूले दिएका बयानका आधारमा दक्षिण अफ्रिकामा अरू पनि थुप्रै नेपाली दुःख पाएका अवस्थामा छन् । सबै ढुंगेलमार्फत पुगेको बयानबाट खुलेको छ,’ सिआइबीका प्रवक्ता एसपी श्रेष्ठले भने । दक्षिण अफ्रिकामा नेपाली कामदारका निम्ति श्रम स्वीकृति छैन । यद्यपि आकर्षक रोजगार पाइने लोभमा परी नेपाली युवा भारतको विभिन्न नाका हुँदै दक्षिण अफ्रिका पुग्ने गरेका छन् । ‘दक्षिण अफ्रिकामा नेपाली कामदारका लागि श्रम स्वीकृति लिइएको छैन । तर, पनि थुप्रै नेपाली युवा त्यहाँ गएको भेटिएको छ । तस्कारको प्रलोभनमा परी त्यहाँ पुगेको देखिन्छ,’ श्रेष्ठले भने ।

दक्षिण अफ्रिका जान सात लाख

प्रहरीका अनुसार पीडितहरू भारतको दिल्ली हुँदै रोजगारका क्रममा दक्षिण अफ्रिका पुगेका थिए । उनीहरूले कन्सल्टेन्सीलाई प्रतिव्यक्ति सात लाख बुझाएका थिए । हवाईजहाजमार्फत दक्षिण अफ्रिका पुगेका उनीहरूलाई विनापारिश्रमिक काममा लगाइएको थियो । पारिश्रमिक माग गर्दा कम्पनी मालिकले उल्टै मानसिक तथा शारीरिक यातना दिने गरेपछि तीन युवा भागेर नेपाल फर्केका थिए । पानीजहाजमार्फत भारत हुँदै नेपाल आएका उनीहरू तत्काल कन्सल्टेन्सी सञ्चालक ढुंगेलकहाँ पुगे । तर, ढुंगेलले उल्टै ज्यान मार्ने धम्की दिएपछि पीडितहरूले सिआइबीमा उजुरी दिएका थिए । सिआइबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले शारीरिक र मानसिक यातनापछि रोजगारीका लागि गएकाहरू नेपाल फर्किएको बताए । नयाँपत्रिका दैनिकमा समाचार छ ।

काठमाडौं । बचतको ब्याजदर नबढाउन बैंकहरुले ‘भद्र सहमति’ गरेका छन् । तरलता अभाव भएको भन्दै केही दिनयता तीव्र रुपले निक्षेपको ब्याजदर बढाइरहेका बेला बैंकहरुले १२ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका हुन् । मंगलबार बसेको बैंकर्स संघको बैठकमा यस्तो सहभागी भएको एक बैंकरले बताए । बैंकहरुबीचको उक्त सहमति नयाँ भने होइन । बैंकहरुले विगतमा पनि पटक पटक यस्ता सहमति गर्दै तोड्दै आएका छन् ।

केही दिनयता बैंकहरुले अस्वस्थ रुपमा ब्याजदर बढाउन थालेकाले त्यसो नगर्ने विषयमा आइतबार छलफल भएको संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । करिब २ साताअघि साढे ९ प्रतिशतसम्म रहेको मुद्दती निक्षेप आइतबारसम्म १३ प्रतिशत माथि पुगिसकेको छ । यही प्रबृत्तिमा ब्याजदर बढ्दै गएमा ऋणको ब्याजदर झनै महँगो हुने भएकाले लगानी निरुत्साहित हुने विज्ञहरु बताउँछन् । कानितपुर दैनिकमा समाचार छ ।