काठमाडौं । पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले-माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् ।

दुवै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल चलिरहेको थाहा भएको छ । एकतापछिको आफ्नो भूमिकाका विषयमा नेताका आआफ्नै इच्छा अभिव्यक्त हुन थालेका छन् ।

आसन्न वाम सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली बन्ने करिब सहमति भए पनि पार्टी एकतापछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव नेपाललगायत नेताको व्यवस्थापनका विषयमा गठबन्धनले ठोस निर्णय लिइसकेको छैन ।

दुवै पार्टीका अध्यक्ष कार्यकारी भूमिकामा रहने बताइए पनि अहिलेसम्म त्यस्तो मोडालिटीको ठोस खाका तयार भने भइसकेको छैन । समान कार्यकारी भूमिकामा रहने ‘भद्र सहमति’ सहित पार्टी एकताको घोषणा गरिएको छ तर त्यस्तो भूमिकाको व्यवस्थापन मिलाउन नेताबीच गृहकार्य जारी छ । बुधबार र शुक्रबार ओली–दाहालबीचको एक्लाएक्लै छलफल त्यसैमा केन्द्रित देखिन्छ ।

सम्मानजनक एकताका लागि नेतृत्वको पदीय व्यवस्थापनको प्रश्नलाई दोस्रो पुस्ताका नेताहरूले दबाब रूपमा उठाएका कारण पनि गठबन्धनका दुवै अध्यक्ष थप दबाबमा छन् ।

कसको चाहना के ?

ओली-दाहालका अतिरिक्त पूर्वप्रधानमन्त्री भइसकेका झलनाथ खनाल र माधव नेपाल एमालेका वरिष्ठ नेता हुन् । दोस्रो वरीयतामा रहेका तर प्रभावशाली नेताहरूको व्यवस्थापनमा पनि उत्तिकै चुनौती देखिन्छ । एमालेभित्र वामदेव गौतम र सुवास नेम्बाङ तथा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासम्मको पदीय व्यवस्थापन पार्टी एकतापछिको चुनौती बन्दै छ ।

पार्टी एकता गर्दा कम्तीमा यी आठ जना नेताको पदीय व्यवस्थापन पहिले नै मिलाउनुपर्ने आवश्यकता देखिएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए । त्यसपछिका अन्य नेताको पदीय मिलान भने एकतापछि नै गर्न सकिने गरी छलफल चलिरहेको पौडेलले आइतबार केही सञ्चारकर्मीसँग छलफलका क्रममा खुलाए ।

दोस्रो तहका नेतासम्मको ‘पोजिसन’ एकतापूर्व नै किटान खोज्दा एकता भाँडिनसक्नेतर्फ ओली(दाहाल दुवै सचेत देखिएका छन् । त्यसो हुँदा केही शीर्ष नेताको पदीय व्यवस्थापनको मोटो खाका मिलाएर अन्यलाई भने एकतापछिको सिस्टममा पाइपलाइनमा राखेर व्यवस्थापन गर्दै जाने योजनामा दाहाल(ओली छन् ।

नयाँ सरकारको प्रधानमन्त्रीमा ओली निर्विकल्प छन् । माओवादी अध्यक्षले समेत अबको सरकार ओलीकै नेतृत्वमा बन्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । तर, ओलीको चाहना प्रधानमन्त्रीको अतिरिक्त पार्टी अध्यक्ष र संसदीय दलको नेतासम्म पनि देखिएको छ । उनीनिकट ईश्वर पोखरेल, शंकर पोखरेललगायत नेताले प्रधानमन्त्रीदेखि पार्टी अध्यक्षसम्म ओली नै बन्ने बताइरहेका छन् । ओली यस विषयमा बोलेका छैनन् । दाहालसँगको एक्लाएक्लै भेटमा पनि ओलीले मुख खोलिनसकेको स्रोतको दाबी छ ।

माओवादीले प्रधानमन्त्री र एकीकृत पार्टी नेतृत्वको विषय बाँडफाँट गर्नुपर्ने चाहना राखेको छ । संगठनात्मक घनत्व एमालेको बढी भएका कारण यी दुई पदमध्ये पहिलो रोजाइको पद एमालेले लिने र छाडिएको पदमा माओवादीले लिने गरी ओली(दाहालको पदीय व्यवस्थापन हुने अपेक्षा माओवादीले लिएको छ ।

तर, पार्टी एकतापछि अध्यक्ष पद माओवादीलाई छाड्नुपरेमा भने राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा एमालेले आफ्नो दाबी गर्न खोजेको छ । माओवादी अध्यक्ष दाहाल कार्यकारी भूमिकामै रहन चाहने भएकाले उनलाई सहअध्यक्षमा राख्न र मनाउन नसकिने एमालेले बुझेको छ ।

ओली(दाहालको पदीय व्यवस्थापनसँगै पूर्वप्रधानमन्त्री खनाल र नेपालको पदीय व्यवस्थापनमा पनि गठबन्धनलाई चुनौती छ । खनालले मिडियामार्फत राष्ट्रपति बन्ने चाहना राख्न थालेका छन् ।

ओलीको चाहना आफ्नो पक्षमा नरहेको बुझेका खनालले माओवादी नेताहरूले अलिक प्रेसर आफ्नो पक्षमा बढाइदिए बन्न सकिने ठानेका छन् । उनले राष्ट्रपतिमा प्रस्तावित गरिए स्विकार्ने सार्वजनिक अभिव्यक्ति विभिन्न सञ्चारमाध्यममार्फत दिइसकेका छन् ।

तर, कार्यकारी चलाइसकेको नेता सेरेमोनियल राष्ट्रपतिमा जाँदा भविष्यका लागि गलत नजिर स्थापित हुने तर्क एमाले नेताहरूले उठाएका छन् । ‘झलनाथजीको तीव्र चाहना राष्ट्रपतितिर देखिन्छ,’ माओवादी नेता पौडेलले भने, ‘त्यसका लागि पार्टी एमाले र माओवादीले अलिक बढी जोड दिए हुन्थ्यो भन्ने उहाँमा देखिन्छ ।’

खनालले गठबन्धनभित्रका युवा नेतासँगको भेटमा त्यस्तो वातावरण निर्माणको भूमिकाका लागि अपिल गरेका पनि छन् । तर, एमालेको एउटा पक्षले खनाललाई भन्दा पनि राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने चाहना देखाएको छ । कतिपय छलफलमा ओली स्वयंले भण्डारीलाई नै राष्टपतिका रूपमा दोहोर्याउनुपर्ने धारणा राखिरहेको माओवादी नेताहरू बताउँछन् ।

राष्ट्रपति भण्डारी स्वयंले पनि आफू छोटो समय मात्रै राष्ट्रपति भएकाले पुनः दोहोर्याइदिन गठबन्धनका नेतासँग लबिङ थालेकी छन् । भण्डारी नै राष्ट्रपति दोहोरिए माओवादीलाई पनि उपराष्ट्रपति दोहोर्याउन दबाब पर्नेछ ।

त्यसो हुँदा उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिनेछन् । ‘भण्डारीलाई नै राष्ट्रपति दोहोर्याउन परेमा हामीबाट फेरि पासाङजी नै उपराष्ट्रपतिमा दोहोरिनुहुन्छ,’ माओवादी नेता चक्रपाणि खनालले भने ।

तर, राष्ट्रप्रमुख सेरेमोनियल पद भएकाले त्यसलाई कार्यकारी प्रमुखझैं दोहोर्याउनु उचित नहुने भन्दै एमालेवृत्तभित्र असन्तुष्टि बढेको छ । एमालेका एक नेताले भने, ‘यस्तो प्रस्ताव नै असहज हो, गणतन्त्र भर्खरै स्थापित भएकाले यस्तो बेला हामीले अरू देशका गणतन्त्रको अनुभवलाई पाठका रूपमा लिनुपर्छ । सेरेमोनियल पद दोहोरिने कुरा अन्यत्रको अनुभवमा उचित देखिन्न ।’

पूर्वप्रधानमन्त्री नेपालको चाहना भने अहिले नै राष्ट्रपति बन्नेतिर नरहेको उनीनिकट स्रोत बताउँछ । उनले अझै पनि राजनीतिमै क्रियाशील हुन चाहेका छन् ।

उता, संविधानसभाबाट संविधान निर्माणको संयोजन गरेको हुनाले अब राष्ट्रपतिमा एमाले नेता सुवास नेम्बाङलाई लैजानुपर्ने एमाले दोस्रो तहका नेताहरूले व्यक्त गरेका छन् ।

तीन पटक सभामुखको जिम्मेवारी निर्वाह गरिसकेका नेम्बाङ आफैंले मुख खोलिनसके पनि ‘पार्टी नेतृत्वले मूल्यांकन गर्नुपर्ने’ परोक्ष टिप्पणी गर्ने गरेको स्रोतले बतायो ।

एमाले पक्षले संघीय संसद्को प्रतिनिधिसभा नेम्बाङलाई दिँदा राष्ट्रियसभा र प्रादेशिक संसद् सञ्चालनमा सहजता आउने भन्दै नेतृत्वलाई आग्रह गरिरहेको जानकारी दियो । माओवादीले भने राष्ट्रपति र सभामुखको विषय बाँडफाँट गर्नुपर्ने प्रस्ताव गरेको छ ।

‘राष्ट्रपति उहाँहरूले लिन चाहेमा सभामुखमा हाम्रो अडान हुन्छ,’ माओवादी नेता पौडेलले भने । माओवादी स्रोतका अनुसार माओवादीको भागमा परेमा पूर्वसभामुख ओनसरी घर्ती वा कृष्णबहादुर महरा मध्येबाट आउन सक्नेछन् ।

वामदेव-नारायणकाजीमा यस्तो हुँदै छ छलफल

एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको व्यवस्थापन पनि गठबन्धनभित्र पेचिलो छ । एकता घोषणा पूर्व नै यी दुई नेताको व्यवस्थापन गर्नुपर्ने बाध्यता एमाले(माओवादी दुवैलाई परेको छ ।

प्रतिनिधिसभा निर्वाचन जितेर आएका भए कुनै न कुनै रूपमा गौतम( श्रेष्ठको व्यवस्थापन सहज हुने थियो । तर, निर्वाचनमा दुवै नेता पराजित भएपछि उनीहरूको व्यवस्थापन ओली(दाहाललाई चुनौती बनेर आएको छ ।

एकताअघि नै दुवै नेताको व्यवस्थापनका विषयमा छलफल चलेको स्रोत बताउँछ । तर, यी दुई नेताको व्यवस्थापनमा फरक-फरक मोडालिटीमा छलफल चलेको छ ।

स्रोतका अनुसार जनताले मतबाट पराजित गरिसकेपछि आगामी ५ वर्ष पार्टी कामको जिम्मेवारी लिएर सरकार, सदनलगायत जिम्मेवारीबाहिर गौतम-श्रेष्ठ दुवै नेता बस्नुपर्ने एकथरी धारणा दुवै पार्टीभित्र उठेको छ ।

त्यस्तै, अर्को धारणा राष्ट्रपति या उपराष्ट्रपतिमा समेटिने या उक्त पदमा चुनाव लड्न जाने गठबन्धनभित्रका नेताको स्थानमा पदपूर्ति गर्ने गरी उपचुनावमा निर्वाचन लडाउने भन्नेमा गठबन्धनभित्रै चर्चा चलेको छ।

एमाले नेता गौतमले आफू आर्थिक विकासका कुनै संरचनामा सहभागी भई राष्ट्रलाई योगदान दिन चाहेको सार्वजनिक रूपमा बताएका छन् । ‘आर्थिक विकास र कुनै संरचनामा सहभागी भएर राष्ट्र निर्माणमा योगदान दिने मेरो इच्छा हो,’ चुनावमा पराजित भएपछिको आफ्नो भूमिकाको खोजीमा गौतमले शनिबार एक कार्यक्रममा त्यस्तो आकांक्षा व्यक्त गरेका हुन् ।

बाबुराम–उपेन्द्रको चाहना पनि गठबन्धनतिरै –

नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि वाम गठबन्धनतिरै लहसिने खालको छ । त्यसैका लागि दुवै नेताले गठबन्धनका शीर्ष नेतृत्वसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

उपेन्द्रको ओलीसँग र बाबुरामको ओली–दाहालसँगको भेटको मूल मक्सद पनि त्यसैभित्र निहित छ । एमाले–माओवादी दुवै दलले कांग्रेस र राजपालाई छाडेर उपेन्द्र र बाबुरामलाई भने आफूतिरै तान्ने प्रयास जारी राखेका बेला उनीहरूले पनि गठबन्धनतिरै ढल्किने संकेत गरेका छन् ।

तर, एमाले माओवादीले पार्टी एकता गर्दा कम्युनिस्ट पार्टीको नाम नराखी समाजवादी नाम राखेमा आफूहरूलाई पनि एकतामा आउन सहज हुने उनीहरूको तर्क छ । आइतबार माओवादी अध्यक्ष दाहालसँग नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई दम्पतीको भेटको अन्तर्य पनि त्यसैभित्र निहित रहेको माओवादी स्रोत बताउँछ ।

आफ्नै नयाँ निवास खुमलटारमा भेट गर्न आइपुगेका भट्टराईलाई दाहालले मूलधारमै आउन आग्रह गरेका थिए । ‘बाबुरामजी पनि कांग्रेसतिर जानुहुन्न, उहाँको एउटै कुरा कम्युनिस्ट भन्ने शब्द नराखी समाजवादी पार्टी राखिदिए हुन्थ्यो भन्ने देखिन्छ,’ माओवादी नेता पौडेलले भने, ‘उहाँहरूलाई यतै ल्याउने पहल जारी छ ।’ (अन्नपूर्ण पोष्ट दैनिक)

पप्पु गुरुङ्ग । माहाकालीको सिमा क्षेत्रमा फेरी एक नेपाली कुटिएका छन् । माहाकाली नगरपालिका वडा नं. ३ खत्री टोलका छबिलाल बुढालाई नयाँ वर्ष मनाउने भन्दै आज उनका भारतिय साथी श्रवण रानाले भोज खुवाउन बोलाएका थिए । बुढा आज दिउसै माहाकाली नगरपालिकाको सिमा क्षेत्र नजिक रहेको भारतको उत्तराखण्ड, उधम सिंह नगर, नगरा ग्राम पञ्चायतबाट भोज खाएर फर्किने क्रममा उनि माथी भारतिय नागरिक श्रवण राना लगाएत ३ जनाले मर्णासन्न गरि कुटपिट गरि नालामा बेहोस अवस्थामा फालेर गएको एक स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।

उनलाई माहाकाली नगरपालिका वडा नं. ३ खत्री टोलको सिमा क्षेत्रमा रहेको नेपाली भुमीमा कुटेको घाईते छबिलाल बुढाले बताएका छन् । भोज खुवाएपछि बाटोमा भारतियहरुले बुढालाई एकान्तमा लिएर निर्घात कुटपिट गरि माहाकाली नगरपालिकाको एक नालामा बेहोस बनाएर फालेको माहाकाली नगरपालिका वडा नं. ३ का वडा सदस्य पप्पु थापाले जानकारी दिएका छन् । भोज खुवाएपछि भारतिय नागरिकहरुले बाटो ढुकेर बसेका थिए ।

कुटपिटको कारण बुढाको कान तथा टाउकोबाट रगत बगिरहेको छ् भने उनको मुख भरी रगतै रगत तथा सुजन भएको छ् । उनी भारतिय नागरिकले का“चो लठ्ठी, मुक्का तथा लात्ती प्रहारले अचेत भएका थिए । भोज खाएर घर फर्केको छबिलाल बुढालाई उनकै भारतिय साथी श्रवण राना लगाएत ३ जनाले मर्णासन्न गरि कुटेर नालामा फालेको स्थानियहरु बताउछन् । कुटपिटमा संलग्न श्रवण राना बाहेक अरु दुईको नाउ भने खुल्न सकेको छैन् ।

‘नयाँ वर्षका भोज खुवाउन बोलाए, बाटोमा कुटे’ घाईते छबिलाल बुढाले भने । बुढालाई तिन जना भारतियहरुले लछारपछार गर्दै कुटेको बताईएको छ् । कुटपिटमा उनको शरिरै भरि निल डाम आएको छ् । ‘अचानक कुटपिट गर्न थालेपछि ज्यान जोगाउनै धौं धौं प¥यो’ घाईते छबिलाल बुढाले बताए । बुढालाई कुटपिट गरेपछि भारतिय नागरिक मोटरसाईकलमा चढेर फरार भएको बताईएको छ् । कुटपिट गरेको देखेपछि स्थानियहरुले हल्ला गर्न थालेपछि कुटपिट गर्ने भारतिय नागरिक जंगलको बाटो हुदै फरार भएका थिए ।

सिमा क्षेत्रमा एसएसबी तथा भारतिय नागरिक माहाकाली नगरपालिकाका सथानियहरुले बिगत लामो समय देखि ज्यादती खेप्दै आएका छन् । सिमा क्षेत्रमा दैनिक उपभोग्य सामग्री समेत खरिद गर्न समेत भारतियहरुको ज्यादती खेप्दै आएको स्थानिय तथा माहाकाली नगरपालिका वडा नं. ३ का वडा प्रतिनिधी पप्पु थापाले बताएका छन् । कुटपिटको खबर पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली घट्नास्थल पुगेको थियो । घाईतेलाई अबेर साँझ उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा पुगाईएको छ्् ।

माहाकालीको सिमा क्षेत्रमा मदिराको बेचबिखन तथा ओसार पसारको कारण यस्ता घट्ना घट्दै आएको स्थानियहरुको ठहर छ् । घाईते परिजनले ईलाका प्रहरी कार्यालय दोधारा चा“दनी र भारतिय प्रहरीमा समेत उजुरी गर्ने बताएका छन् । माहाकालीको सिमा क्षेत्रमा नेपाली काग्रेंसको नेता बेल बहादुर रानालाई ३ महिना अघि भारतियहरुले कुटेका थिए ।

विराटनगर ।

मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ ।

एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो ।

स्थानीय राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दोस्रो बिहे गरेर गाउँ–समाजको थिति खलल पारेको आरोपमा एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट गरिएको हो। दिनेश ठाकुर एमाले रंगेली नगर कमिटीका अध्यक्ष हुन्। यो खबर गणेश लम्सालले आजको नयाँ पत्रिकामा लेखेका छन्।

विवाहित जोडीलाई चरम अमानवीय यातना दिएको अरोपमा प्रहरीले रंगेली–५ आँपगाछीका कुलानन्द, गोवद्र्धन, जयप्रकाश, रञ्जितकुमार, सतिश र मायानन्द ठाकुरलाई शुक्रबारै पक्राउ गरेको छ ।

कुटपिटको अगुवाइ गर्ने एमाले नेता ठाकुर भने फरार भएका छन्। ठाकुरदम्पतीलाई गाउँ निकाला गरेको सूचना पाउनासाथ ६ जनालाई पक्राउ गरेको, तर नेता ठाकुर भने फरार रहेको इप्रका रंगेलीका इन्स्पेक्टर सन्दीपबाबु खड्काले बताए। पक्राउ परेका सबैलाई कुटपिट र सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिने उनको भनाइ छ ।

कुटपिटबाट गम्भीर घाइते भएका राजकुमारलाई आफन्तले उपचारका लागि भारत लगेका छन्। विवाहित महिला भने स्थानीय अस्पतालमा उपचारपछि प्रहरीको सुरक्षामा माइतमै बसेकी छिन्।

यसरी भएको थियो घटना

रंगेली नगरपालिका–५ आँपगाछीस्थित ठाकुर टोलका गुलावचन्द सरदारकी ३० वर्षीया पत्नी र सोही ठाउँका विवाहित ३२ वर्षीय राजकुमार ठाकुरबीच प्रेम थियो। सरदार वैदेशिक रोजगारका क्रममा विदेशमा छन्। चार महिनादेखि ठाकुर र सरदारपत्नी प्रेमविवाह गरेर वीरगन्जमा बस्दै आएका थिए ।

केही दिनअघि मात्रै राजकुमारकी दोस्री पत्नी माइतमा आएर बस्न थालेकी थिइन्। गाउँ–समाजले भने समस्या सुल्झाउन भन्दै वीरगन्जमा सैलुन सञ्चालन गरेर बसेका राजकुमारलाई गाउँमै बोलायो ।

शुक्रबार ठाकुरदम्पतीलाई बोलाएर एमाले नेता दिनेश ठाकुरको रोहबरमा छलफल सुरु भयो। छलफलमा सबैले अर्काकी श्रीमतीसँग प्रेमविवाह गरेर राजकुमारले गाउँको थिति बिगारेको निष्कर्ष निकालियो।

त्यसपछि नेता ठाकुरकै अगुवाइमा दुवैलाई मोसो दलेर जुत्ताको माला लगाएर लखेट्दै गाउँ निकालिएको थियो। विवाहित जोडीलाई मोसो दलेर एक किलोमिटरजति लखेटेर गाउँ निकाला गरेको देखेपछि अन्य गाउँलेले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले तुरुन्त घटनास्थलमा पुगेर पीडितको उद्धार गरेको थियो।

काठमाडौं ।

चीनले तातोपानी नाका पन्छाउँदै केरुङ-रसुवागढीलाई अन्तर्राष्ट्रिय मान्यता दिए पनि नेपाली पक्षले आफ्नो ध्यान पुरानै नाकातिर केन्द्रित गरेको छ ।

सिन्धुपाल्चोकको उत्तरी सीमा तातोपानीमा स्थापित चीन जोड्ने यो साढे पाँच दशक पुरानो नाका ०७२ को महाभूकम्पयता ठप्प थियो ।

यसअघि चीनले रसुवागढी(केरुङ नाकालाई प्राथमिकता दिँदै तातोपानी नाका स्थायी रूपमा बन्द गर्ने प्रस्ताव नेपाल सरकारसमक्ष राखेको थियो ।

चीनको सीमा सुरक्षा हेर्ने वरिष्ठ अधिकारी वाङ जिङले नेपाली पक्षसँग नाका खुलाउनुअघि ‘ज्वाइन्ट कमान्ड मेकानिज्म एग्रिमेन्ट’ गर्नुपर्ने प्रस्ताव गरे । वाङले प्रस्ताव गरेको उक्त एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाली पक्ष तयार भए सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मी तैनाथ रहनेगरी संयुक्त सीमा सुरक्षाफौज गठन हुनेछ ।

गृह मन्त्रालय स्रोतका अनुसार उक्त सहमतिको मस्यौदा सिन्धुपाल्चोकका प्रजिअ आशमान तामाङमार्फत सरकारलाई प्राप्त भइसकेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एग्रिमेन्टमा दुवैतर्फका सुरक्षाफौजका लागि औपचारिक कार्यालय राख्ने, सीमा क्षेत्रमा निगरानी बढाउने, सीमा क्षेत्रमा भएका गतिविधिबारे एकअर्कालाई उच्च अधिकारीमार्फत जानकारी दिलाउने आदि उल्लेख छन् ।

‘यो मेकानिज्मका लागि चिनियाँ पक्षबाट लिखित प्रस्ताव आउनु नै तातोपानी नाका खुलाउने संकेत हो, जो यसअघि भएको थिएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सरकारले छिट्टै निर्णय गर्ने गरी गृहकार्य भइरहेको छ ।’

काठमाडौं ।
राजनीतिक दलहरुले प्रदेशसभा समानुपातिकतर्फ सांसद हुने व्यक्तिहरुको नाम क्रम सख्या मिचेर निर्वाचन आयोगमा बुझाएका छन् ।
प्रदेशसभामा समानुपातिक निर्वाचनतर्फ पाएको सिट संख्या आधारमा दलहरुले बन्दसुचिभित्रबाट अन्तिम नाम छान्दा क्रम मितेका हुन् ।
आफन्त नातागोता र नजिकका व्यक्तिलाई प्राथमिकता दिँदा ठुला दललेसमेत क्रम संख्या मिचेर नाम सिफारिस गरेको पाईएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
काठमाडौं ।
संसद् भवन नहुँदा बैठकका लागि भाडाबापत एक अर्ब ६८ करोड खर्च हुने भएको छ ।
सरकारले संघीइ संसद्का लागि अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ ।
यसअघि संविधानसभा बैठक पनि भाडामा लिएर सोही भवनमा सञ्चालन भएको थियो भने संविधान जारी भएपछि संसद् बैठक पनि त्यहीं बसेको थियो ।
संसद् सचिवालयले अन्तर्राष्ट्रि सम्मेलन केन्द्र विकास समितिलार्य वार्षिक १५ करोड भाडा बुझाउने सम्झौता भएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

नयाँदिल्ली ।

‘आरुषी–हेमराज काण्ड’ का रुपमा भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारहरुलाई ‘हत्याको भागिदार’ का रुपमा लान्छना लगाइएको छ ।

उत्तर प्रदेश, नोयडाको सेक्टर–२५, जयलायु बिहार अपार्टमेन्टमा सन् २००८ को मे १५ मा १४ वर्षीया आरुषी तलवारको शव भेटिएयता प्रहरी अनुसन्धान र अदालती निर्णयमा बाझिंदै फैसला आउने क्रमसँगै गत अक्टोबर दोस्रो सातामा इलाहावाद उच्च न्यायालयले यसअघि ‘क्लिन–चिट’ पाइसकेका कामदारलाई दोषी देखाइएको छ ।

नोयडाका प्रतिष्ठित चिकित्सक राजेश–नुपुर तलवारकी एकमात्र छोरी आरुषीको शंकास्पद हत्यामा तत्काल आशंका गरिएका घरेलु कामदार हेमराज बञ्जाडेको पनि त्यही अपार्टमेन्टमा आरुषी मृत भेटिएको दुई दिनपछि शव भेटिएको थियो ।

भारतको केन्द्रिय अनुसन्धान ईकाइ, सीबीआईले विभिन्न तह र चरणमा गरेको हत्या अनुसन्धानपछि चार वर्षअघि आरुषीका पितामाता स्वयं हत्यारा रहेको फैसलासहित अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो ।

तर, सीबीआई अनुसन्धानको पछिल्लो चरणमा एउटै घटना र प्रकृतिको फैसलामा विगतमा ‘निर्दोष’ सावित भइसकेका पात्रलाई दोष देखाएर थुनामा रहेका तलवार दम्पतीलाई सजायमुक्त गरिएपछि पीडित पक्षका तर्फबाट मृतक हेमराजकी श्रीमती खुमकला बन्जाडेले दिल्ली पुगेर सर्वोच्च अदालतमा उजुरी हालेकी आजको कान्तिपुरमा खबर छ ।

काठमाडौं ।

सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र राजधानी तोक्ने निर्णय यही साता गर्ने तयारी थालेको छ ।

प्रमुख र केन्द्रको टुंगो नलागेसम्म राष्ट्रिय सभा निर्वाचन नै प्रभावित हुने देखिएकाले यसलाई टुंग्याउने काम अघि बढाएको हो ।

कानुन् न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश प्रमुख र स्थायी केन्द्र तोक्ने तयारी भईरहेको  आजको कान्तिपुरमा यो खबर छ ।

प्रदेश प्रमुखलाई बाहिर सडकमा राख्ने कुरा भएन, त्यसैले प्रदेश केन्द्रको घोषणा र प्रदेश प्रमुखको नियुक्ति संगै गर्ने तयारी भईरहेको छ, मन्त्री थापाले भने ।

काठमाडौं ।

बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थु्) सम्पन्न भएको छ ।

सो खण्डको ८ दशमलव ३ किमी सुरुङको अन्तिम बिन्दुमा दुई वटा विस्फोट गराइ (ब्रेक थु्र) सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने काम पनि सँगसँगै भइरहेको पन्तले बताउनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७ दशमलव ५ किमी सुरुङ मध्य अब ग्यालथुमदेखि सिन्धु खण्डको ४ सय ५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ ।

Youth leaders of the Nepali Congress have underscored the need of reconciliation in the party for reviving its base and the organization.
During a programme organized by Nepal Students Union’s Province No 3 Chapter on the occasion of the 42nd National Reconciliation Day today, the youth leaders said the work style of the party leadership was the cause behind party’s poor show in the recent elections to the House of Representatives and provincial parliament.
Central member of the party Chandra Bhandari said the existing thoughts and style of leadership won't yield anything but loss. Similarly,
another central member and House of Representatives member Gagan Kumar Thapa, said as the communists have gradually embraced the democratic values propounded by the late BP Koirala, NC’s role is increasing to boost the democracy.
Pradip Poudel argued the row over appointment of Inspector General of Nepal Police, impeachment to Chief Justice eroded public trust on NC party.
Tamu Lhosar is being observed today by the Gurung community by bidding adieu to the year gone by. In Gurung language, ‘Lho’ means class and ‘Sar’ means change.
Members of the Gurung community mark the festival by organising feasts and cultural programmes. Tamu Lhosar is also associated with the rays of the sun.
The festival is marked on the 15th of the Nepali month of Poush as sunrays reach early in the geography of Gurung settlements including Lamjung, Gorkha, Tanahun, Syangja, Manang, Kaski and Parbat. The festival is marked by Tamang and Sherpa community in the Nepali month of Magh and Falgun, respectively.
Members of the Gurung community organised a special programme at Tundikhel, Kathmandu, today.
Biratanar Warriors has clinched the Everest Premier League (EPL) Twenty20 cricket tournament title by defeating Bhairahawa Galidators with a slim margin of one run.
Batting first after winning the toss, Biratnagar led by Nepali national cricket team captain Paras Khadka posted a challenging total of 149 runs at the loss of 7 wickets in the stipulated 20 overs.
In reply, Bhairahawa led by Sharad Bheshwakar completed its full quota of 20 overs with 148 runs only, thereby losing out by just one run.