बैंकहरुको बेइमानी कि इमानदारी ? निक्षेपको ब्याज नबढाउन आपसी ‘भद्र सहमति’

पुस १७, २०७४ मा प्रकाशित | 1728 views

<p>काठमाडौं । बचतको ब्याजदर नबढाउन बैंकहरुले ‘भद्र सहमति’ गरेका छन् । तरलता अभाव भएको भन्दै केही दिनयता तीव्र रुपले निक्षेपको ब्याजदर बढाइरहेका बेला बैंकहरुले १२ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका हुन् । मंगलबार बसेको बैंकर्स संघको बैठकमा यस्तो सहभागी भएको एक बैंकरले बताए । बैंकहरुबीचको उक्त सहमति नयाँ भने होइन । बैंकहरुले विगतमा पनि पटक पटक यस्ता सहमति गर्दै तोड्दै आएका छन् ।</p><p>केही दिनयता बैंकहरुले अस्वस्थ रुपमा ब्याजदर बढाउन थालेकाले त्यसो नगर्ने विषयमा आइतबार छलफल भएको संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । करिब २ साताअघि साढे ९ प्रतिशतसम्म रहेको मुद्दती निक्षेप आइतबारसम्म १३ प्रतिशत माथि पुगिसकेको छ ।&nbsp; यही प्रबृत्तिमा ब्याजदर बढ्दै गएमा ऋणको ब्याजदर झनै महँगो हुने भएकाले लगानी निरुत्साहित हुने विज्ञहरु बताउँछन् । कानितपुर दैनिकमा समाचार छ ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web