चिसोको सकस: किरिया बसेका पनि बचेनन्, शीतलहरले १९ को मृत्यु

माघ १, २०७४ मा प्रकाशित | 3784 views

रौतहट  । शीतलहरका कारण रौतहटमा १९ जनाले ज्यान गुमाएका छन्। शीतलहरले १९ जनाको मृत्यु भएको प्रहरीले बताए पनि जिल्ला अस्पताल गौरले भने शीतलहरको कारण ज्यान गुमाउनेको तथ्यांक आफूसँग नभएको जनाएको छ। पोस्टमार्टमका आधारमा अहिलेसम्म चिसैका कारण ज्यान गएको भन्न नमिल्ने जिल्ला अस्पताल गौरका प्रमुख कृष्णा साहले बताए। तर प्रहरीले गरेको मुचुल्काका आधारमा सो संख्यामा मृत्यु भएको प्रमुख साहले बताए।

आइतबार मात्रै दुई जनाको चिसोका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आइतबार गढीमाई नगरपालिका–३ गम्हरिया मुसहरटोल बस्ने ७२ वर्षीय असर्फी बैठा र दुर्गाभगवती गाउँपालिका–३ मत्सरीटोल बस्ने ७० वर्षीय गुगली राउत मेस्तरको अत्यधिक चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, शनिबार गढीमाई नगरपालिका–२ समनपुर बस्ने स्थानीय समनपुर बजारमा मागेर गुजारा चलाउँदै आएका ६० वर्षीय विश्वनाथ पासवान र कटहरिया नगरपालिका–६ दुधिहवा भारटोलमा बस्दै आएकी माधवनारायण नगरपालिका–७ लौकाहाकी ६५ वर्षीया धुपलीदेवी साहको घरमै सुतिरहेको अवस्थामा चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामबहादुर दानीले जानकारी दिए।

यस्तै, कटहरिया नगरपालिका–५ कटहरियाटोल बस्ने ६५ वर्षीय शेख इन्द्रिसको घरमा सुतिरहेको अवस्थामा चिसोका कारण शुक्रबार मृत्यु भएको थियो। हालसम्म परोहा नगरपालिका र गढीमाई नगरपालिकामा चार–चार जना, माधवनारायण नगरपालिकामा तीन जना र दुर्गा भगवती गाउँपालिकामा दुई जनाको शीतलहरका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी गौर, बौधीमाई, कटहरिया, राजदेवी र गुजरा नगरपालिकामा एक–एक जनाको मृत्यु भएको छ भने यमुना गाउँपालिकामा पनि एक जना गरी १९ जनाको चिसोले मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार यमुनामाई गाउँपालिका–१ जेठरैयास्थित पाकिजा इँट्टा उद्योगमा काम गर्ने सर्लाही घर भएका ५५ वर्षीय नेक महमद, परोहा–९ रामपुरखाप बस्ने ६५ वर्षीया मरठियादेवी राउतको अत्यधिक चिसोका कारण मृत्यु भएको छ।

प्रहरीका अनुसार चिसोले ज्यान गुमाउनेमा परोहा नगरपालिका–९ रामपुरखाप बस्ने ७० वर्षीय नसुरुल्ला खातुन, परोहा नगरपालिका–२ बस्ने ४५ वर्षीय शेख समिम, गुजरा नगरपालिका–७ बस्ने ४३ वर्षीय फूलकुमारी पासवान छन्। त्यसैगरी, राजदेवी नगरपालिका–९ बस्ने ७० वर्षीय अलकप्रसाद सिंह, दुर्गा भगवती गाउँपालिका–५ बस्ने ६० वर्षीया सकलीदेवी पासवानको चिसोका कारण मृत्यु भएको छ। यसैगरी, परोहा नगरपालिका–९ बस्ने ६० वर्षीय रामलगनप्रसाद पटेल, गढीमाई नगरपालिका–७ बस्ने ६५ वर्षीय भिक्षु ठाकुर हजाम, गौर नगरपालिका–५ बस्ने ६० वर्षीया सियादेवी ठाकुर, माधवनारायण नगरपालिका–४ बस्ने १ वर्षीया बालिका रेखाकुमारी यादव, गढीमाई नगरपालिका–६ बस्ने ७४ वर्षीय रामवृष साह र बौधीमाई नगरपालिका–१ बस्ने ५६ वर्षीय रामचन्द्रप्रसाद साहको शीतलहरका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बाक्लो हुस्सुसँगै चलिरहेको शीतलहरका कारण रौतहटको जनजीवन झन कष्टकर बन्दै गएको छ। सवारी आवागमनमा समेत समस्या देखिएको छ। कलाकार सीताराम कट्टेल धुमुर्स, रिक्सा चालक केदार तिमलसिना, रेडक्रस, सेनालगायतले शीतलहरपीडित परिवारलाई न्यानो कपडा वितरण गर्दै आएका छन्।

२५ सयभन्दा बढी कम्बल वितरण

रौतहटको चन्द्रपुरस्थ्ति सन्तपुरमा नमुना बस्ती निर्माणको क्रममा रहेको हास्य कलाकार धुर्मुस तराई मधेसका शीतलहरपीडितलाइ न्यानो कपडा बाँड्न व्यस्त छन्। धुर्मसले चन्द्रपुर नपाको डुमरियामा रहेका सय परिवारलाई कम्बल वितरण गरेका छन्। केही दिनअघि गरुडामा रहेको वंशीराम अनाथालयमा उनले १५ थान कम्बल सहयोग गरेका थिए। एक साता अघिदेखि पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका दलित बस्तीहरूमा २ हजार ५ सयभन्दा बढी कम्बल वितरण गरेको उनले जानकारी दिए। राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web