नयाँ बर्षलाई स्वागत गर्दै जर्मनीमा झुमे नेपाली

पुस १९, २०७४ मा प्रकाशित | 2589 views

जनवरी २,

ब्रेमेन, जर्मनी ।

जर्मनी निवासी नेपाली समुदायले ब्रेमेन सहरमा अग्रेंजी नयाँ बर्ष सन् २०१८ लाई भव्य रुपमा स्वागत गरेका छन । सन् २०१७ लाई बिदाई गर्दै २०१८ को विश्वभर स्वागत भैरहँदा नेपाली समुदाय पनी नयाँ बर्षको कार्यक्रममा झुम्यो ।पछिल्लो समय नेपालमा समेत विदेशी संस्कृति अंगाल्ने क्रममा केही बर्ष यता अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ बर्षको रौनक निकै बढ्दै जाँदा विदेशमा रहेका नेपालीका लागि झनै रौनक नथपिने कुरै भएन । नेपाल परिवार नामक संस्थाको प्रायोजन तथा अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखा र इजी ब्याण्डको संयुक्त आयोजनामा भएको कार्यक्रममा एक सय भन्दा बढि नेपालीहरु सहभागि भएका थिए । डिसेम्बर ३१ तारिख साँझबाट सुरु भएको कार्यक्रम भोलिपल्ट बिहानसम्म चलेको थियो ।

नेपाली खानाको परिकारसँगै सुरु कार्यक्रममा इजी ब्याण्ड, स्थानीय कलाकार र ब्रेमेनस्थित याकोव विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको भव्य प्रस्तुती रह्यो। पुकार भट्टराई, अनन्त भट्टराई लगायतको विद्यार्थीको समुहले लार्इभ म्युजिक सहितको प्रस्तुती दिएर सुरुमा भिडलाई तताएको थियो । त्यसलगत्तै सोही विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी समिता श्रेष्ठले महिला हिंसा विरुद्धको विषयमा अंग्रेजी कविता वाचन गरेकी थिइन् ।

इजी ब्याण्डका तर्फबाट ध्रुब शाक्य, रबी श्रेष्ठ लण्डनदेखि आएका खगेन लिम्बु, कलाकार लक्ष्मण जोशी, दिनेश केसी, मिलन राई लगायतले विभिन्न सांगितिक प्रस्तुती दिएका थिए । नेदरल्याण्डबाट आएकी गायिका विमला श्रेष्ठ, ब्रेमेन निवासी पार्वती गुरुगं लगायत स्थानीय कलाकारको कर्णप्रीय स्वरमा सांगितिक कोशेली प्रस्तुत गरेसँगै भिड संगितमय भएको थियो । अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखाकी सदस्य एबं कलाकार सगुन हुमागाईंले नृत्य गरेसँगै उपस्थित भिड सँगै नृत्यमा झुम्न पुग्यो ।

रातको १२ बजेसँगै आतिसबाजी गरेर नयाँ बर्षलाई स्वागत गरिएको थियो । त्यसलगत्तै डिजे सुन्दर गुरुङले भिडलाई विभिन्न म्यूजीकमा नचाएका थिए । भावनी मगरले संचालन गरेकी उक्त मनोरञ्जनात्मक भेटघाट कार्यक्रममा एनआरएनए जर्मनीका उपाध्यक्ष मिलन पन्त, कृष्ण देवकोटा, नेपाल परिवारकी कोषाध्यक्ष शर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । जर्मनीमा बस्दैआएका नेपालीहरुबीच आपसी सद्भाव र सामिप्यता बढाउन यस्ता प्रकारका भेटघाट कार्यक्रमले सहयोग पुग्ने आयोजक तथा अन्तराष्ट्रिय कलाकार मंच जर्मनीका अध्यक्ष बेल गुरुङको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web