अष्टलक्ष्मी पराजित,डोरमणिलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ला
काठमाडौं । अष्टलक्ष्मी शाक्य एमाले संसदीय दलको नेतामा पराजित भएकी छिन् । शुक्रबार बिहान भएको निर्वाचनमा डोरमणि पौडेलले प्रतिद्वन्द्वी शाक्यलाई हराउँदै प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खोलेका हुन्। संसदीय दलको नेता चुन्न भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् ।
दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले प्रदेश ३ को सरकारको नेतृत्व पौडेलले गर्नेछन्। पौडेल एमालेभित्र संस्थापन पक्षका नेता हुन्। ओली निकट पौडेलले अन्तिम समयमा आएर दलको नेतामा उम्मेदवारी दिएका थिए। प्रदेश ३ को सभामुखको निर्वाचन भोलि हुँदैछ।
‘प्रधानमन्त्री देउवाले शनिवार राजीनामा दिने’
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार पदबाट राजीनामा दिने भएका छन् ।
कामचलाउ सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले आगामी फागुनको पहिलो साता नयाँ सरकार बन्ने दाबी समेत गरेका छन् ।
मन्त्री थापाले फागुण ७ गतेको प्रजातन्त्र दिवस मनाएर देउवा सरकार बिदा हुन लागेको भन्दै त्यही दिन नयाँ सरकार गठन हुने बताए ।
वाम गठबन्धन खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार बन्ने बताउँदै बिहीबार एक कार्यक्रममा मन्त्री थापाले भने-निर्वाचन सम्पन्न भयो, मैले त धेरै पहिले बोलेको थिएँ, कि नयाँ सरकार फागुनाको ७ गते नै बन्छ भनेर, त्यतिवेला धेरै टिकाटिप्पणी भएको थियो, तर मैले हिसाबकिताब गरेर नै त्यो खुलासा गरेको थिएँ, अबको १० वा १२ दिनभित्रै त्यो कुरा प्रमाणित हुन्छ।
उनले सरकारले मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिसका सम्बन्धमा छलफल गर्ने बताए ।
उनले भने,‘अब बस्ने क्याबिनेट बैठकमा यो बारेमा हामी छलफल गर्ने भन्दै प्रधानमन्त्री देउवाले दुई दिनभित्र पदबाट राजिनामा दिने समेत जानकारी दिए ।
दक्षिण कोरियामा मानव तस्करी गरेको आरोपमा कलाकार राजेन्द्र खड्गी पक्राउ
काठमाडौं ।
सांगितिक कार्यक्रमको लागि कलाकारको रुपमा केही व्यक्तिलाई दक्षिण कोरिया लगेर उतै छाडेर आएको आरोपमा मानवतस्करीको अभियोगसहित प्रहरीले कलाकार एवम्ं द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खड्गीलाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले खड्गीलाई मानव बेचबिखनको मुद्दामा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको जानकारी दिए ।
उनका अनुसार खड्गीले अन्य मुलुकमा पनि मानिसहरु लगेर छाडेको विषयमा समेत अनुसन्धान अगाडी बढेको छ ।
डीआईजी कार्कीले अन्य केही कलाकारको नाम समेत मानव तस्करीमा जोडिएको विषयमा सीआईबीले अनुसन्धान गर्ने बताए ।
नेपालको बिजयी सुरुवात, नामिबिया एक विकेटले पराजित
नेपालको बिजयी सुरुवात । नामिबिया एक विकेटले पराजित
काठमाडौं ।
विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत उद्घाटनको पहिलो खेलमा नेपालले बिजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पुरा गर्दै एक विकेटको सघर्षपूर्ण जित दर्ता गरेको छ ।
अन्तिम ओभरको चार बल बाँकी हुँदा नेपाले एक विकेटको जित दर्ता गरेको हो ।
पहिलो ब्याटिङ गरेको नामिबियालाई नेपालले ३४.२ ओभरमा अलआउट गरेको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सोमपाल कामी तीन, बसन्त रेग्मी, पारस खड्का र शरद भेषावकर एकएक विकेट लिएका थिए ।
सामान्य लक्ष्य भए पनि नेपाली ब्याट्स्म्यानले राम्रो ब्याटिङ गर्न नसक्दा नेपालले मात्र ५६ रन जोड्न ६ विकेट गुमाइसकेको थियो ।
४३ ओभरमा ८ विकेट गुमाएर नेपालले १ सय ११ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । पानी लगातार परेर खेल हुन नसकेको भए डक वर्थ लुइस नियममा नेपाल १३ रनले पछि थियो ।
नेपाललाई जिताउन शरद भेषावकले सर्वाधिक २९ रन बनाए । ६७ बल खेलेका शरदले ३ चौका सहित २९ रन बनाए । कप्तान पारस खड्का १९, रोहितकुमार पौडेलले १७, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ६ र करण केसी ३ रन बनाए । आरिफ शेख र दिलिप नाथले भने रनको खातै खोल्न सकेनन् । दोश्रो ओभरमै दिलिप नाथ आउट भएपछि नेपाली टोली दबाबमा परेको थियो ।
त्यसपछि कप्तान पारस र उपकप्तान ज्ञानेन्द्रले दोश्रो विकेटका लागि ३२ रनको योगदान गरे । दोश्रो विकेटका रुपमा पारस १९ रनमा आउट भए । अर्को ओभरमा अलराउण्डर आरिफ शेख आउट भए ।  त्यस्तै चौथो ओभरमा नेपालको स्कोर ३७ रन हुँदा ज्ञानेन्द्र पनि आउट भएपछि नेपाली टोली झनै संकटमा परेको थियो । २० औ ओभरमा नेपालले ५० रन पुरा गर्नासाथ दिपेन्द्रसिंह ऐरी पनि आउट भए । २४ औ ओभरमा करण ब्यक्तिगत ६ रनमा पबेलियन फर्किदा नेपालको स्कोर ५६ रन थियो । त्यसपछि शरद र रोहितले सातौ विकेटका लागि ३७ रनको साझेदारी गरे ।
सातौ विकेटका रुपमा शरद आउट हुँदा नेपालको स्कोर ९३ रन पुगेको थियो । आठौ विकेटका रुपमा रोहित १७ रन बनाउँदै आउट भए । रोहितले सिनियर टोलीमा आज डेब्यु गरेका हुन् । त्यसपछि क्रिजमा सोमपाल कामी र बशन्त रेग्मीले
यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले नामिविया ३४ ओभर २ बलमा १ सय ३८ रनमा अलआउट गरेको थियो थियो । नामिवियालाई १ सय ३८ रनमा समेट्न नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए । यस्तै सोमपाल कामीले ३ तथा कप्तान पारस खड्का, शरद भेषावकर र बसन्त रेग्मीले १/१ विकेट लिए ।
नेपालले दोस्रो खेल भोलि ओमानसँग खेल्नेछ । आइपिएल क्रिकेटमा छनोट भएपछिको पहिलो खेल खेलेका सन्दिपले ८ ओभर २ बल बलिङ गर्दै मात्र १८ रन दिएर ४ विकेट लिए । उनले २ मेडन ओभर फालेका थिए । पारसले ४ ओभर बलिङ गर्दै १६ रन दिएर १ विकेट लिए । उनले पनि २ मेडन ओभर बलिङ गरे ।
नेपालले भोली ओमनसँग खेल्नेछ ।
प्रतियोगितामा आज युएइ र क्यानडा विजयी भएका छन् । नेपाल, नामिविया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टु को शिर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन् ।
त्यो डच केटी ! -ध्रुब शर्मा
क्रिशमसको बिदाईसगै नया सालको आगमनले माहोल रमाइलो थियो । छ फुटे त्यो डच (नेदरल्याण्डको) केटी हातमा गिलास समाउदै मतिर नै लम्केको देखे, उ सारै सुन्दर देखिन्थी पहिरनमा ।हातमा गिलास,गिलासलाई सेतो न्याप्किनले बेरेको । सायद गिलासमा बियर हुदो हो, पछि भेउ पाए ।
म कुनामा ओस्लोको एक नाइट क्लवको रात्रीकालिन जीवन हेर्दै थिए। पश्चिमेली जीवन अनि समाजको धोरथेर मेसोपाउन यस्ता नाइटक्लव राम्रै हुन्छ । विश्वविद्यालयको अध्ययन सकिएको, मनमा पढाईको बोझ थिएन, भारि मन हल्का थियो र परफुल्ल ।
यता नेपालमा बिहानको पाँच बज्न लागेको हुदो हो, श्रीमतीसँग गफ गरीकन बिदा भैसकेको थिए । म क्लवमा आको कुरा गर्दैगर्दा उनीठट्टा गरेर धेरै नपिउनुहै तिम्रो शरीरले सहदैन भनेको सम्झे । हातमा थियो सोडा पानीको गिलास ।
यो डच केटीसँग मेरो अनौठो मित्रता या भनौ खटपट भो नर्वेमा अध्यनको क्रममा । सन् २०१५ को अन्त्यतिरको कुरा हो ।
यूरोपमा आप्रबासीहरुको मुद्दाले यहाँको राजनीतिमा ठुलो तरंग पैदा गर्यो । विश्वविद्यालयको १० क्रेडिटको कोर्श आप्रबासीहरुको बारेमा गर्नुपर्नेभो । देशको आप्रबासी ग्रहण गर्नसक्ने क्षमतालाइ मोटामोटी हेरेर नीतिगत सुझाब दिनुपर्ने । यो हाम्रो टिम प्रोजेक्ट।
टिममा विश्वविद्यालयमा अध्यनरत नेपालबाट म, केन्याबाट एक मन्त्रालय स्तरिय सरकारी अधिकारी, नेदरल्याण्डबाट यहि केटी र इरानबाट एक गरि चार जना थियौ । प्रोफेसरले हामीले गर्नुपर्ने काम दिए, कामको बाडफाड भो, हामीसँग दुई महिनाको समय थियो, काम गर्ने प्लान तयार गरियो ।
प्लान अनुसार काम सुरु भो । उसको कामको गति असाध्यै चाडो थियो । म बिदेशी विश्वविद्यालयको पढाइको अनुभब पहिले चोटी लिदैथिए । अरुको पनि गति मेरो जस्तै जस्तै नै हो।हाम्रो र बिदेशी विश्वविद्यालयमा सिकाई र गराईमा मैले ठुलै भेद पाउदै थिए, मेरो लागि राम्रो सिकाई थियो ।
उसको र हाम्रो प्रगति समानान्तर हुन सकेन ।
उसँग हामी सहयोग तलिन धेरै कोसिस गरियो तर सारै कठिन ।
मसँग समय छैन भन्दै पन्छिन्थी यात अरुसँग सोध भन्थी ।
हाम्रो समूहभित्रको खटनपटन प्रोफेसरसम्मै पुग्यो ।
हाम्रो प्रगति बैठकमा मैले कुरा गर्ने निधो त गंरे तर उ कुरा सुन्दिन्थी । उसको अग्रेजी यती छिटो छ कि हामी तीन जना धेरै चोटी अकमक्क परेकाछौ । यूरोपमा डचहरु धेरै राम्रो अंग्रेजी बोल्नेमा चिनिन्छन।अझै मलाई याद छ, मेरो कलासमा एक जना अमेरिकन प्रोफेसरले चार डच साथीलाई भनेको ।
तिमीहरु छिटो छिटो अंग्रेजी बोल्छौ अरु साथीहरुलाई बुझ्न गारो हुन्छ होला अलि बिस्तारै बोल ।
एक जना इरानको साथी र त्यो केटीको बीचमा धेरै कुरा मिलेन । केटीले कम्प्लेन गरिकन हामीलाई बैठकमा डाकियो ।
मैले हाम्रो पढाइको गति एकै नभएको र यसले गर्दा टिममा काम गर्न अलि असजिलो भएको कुरा गरे। कुरा सल्टियो एक पालाको लागी ।
कार्यक्रम प्रमुख र प्रोफेसरले समुहमा समन्वयको बारेमा लामो भासण गरे । जुन म नेपाल छदा अरु कसैलाई दिन्थे, अहिले आफु नै सामेल भाकोसमुह समस्यामापर्यो । समुह समन्वयमा पनि स्कोर थियो त्यो कोर्षमा, हामीले त्यो स्कोर गुमाउछौ कि भन्ने ठुलो पिर भो अरु हामी तीन जनालाई।केन्याको साथीले समुहमा नबस्ने कुरा मसँग गरिसकेको थियो । जेनतेन सकाउनुपर्छ भन्ने जोडबलले प्रोजेक्ट सकियो।तथापीहामी चार जना राम्रो ग्रेडमानै पास भयौ।
त्यो केटी अब मेरो मानसपटलमा एक डच असहयोगी केटीमा चित्रित भइ।मेरो भोगाईले भन्यो डच केटी घमण्डी र समुहमा काम गर्न अपठ्यारो हुन्छन ।
त्यो कोर्श सकियो, भेट हुदा औपचारीक हेलो हाइ मात्रामा मित्रता सिमित भयो एक सेमेस्टरभरी।
अर्को सेमेस्टरमा उ इटाली गइ पढाईको सिलसिलामा ।
दुई बर्सको एकेडेमिक कार्यक्रम मैले ३ महिना ढिलो गरि सकाए । हामी फेसबुकमा साथी थियौ, कुरा त हुन्थेन। ग्रुपमा मेसेज बाहेक, अहिले धेरै भो मैले मेरो फेसबुकको वालमा उसको कुनै पोस्ट देख्दीन।
आज अचानक क्लवमा उसले मतिर लम्केर मेरो नाम बोलाइ, म झल्याँस्स भए।
उसले अंग्रेजी लवजमा कुरा सुरु गरि।
मैले मेरो नाम सम्झेकोमा धन्यवाद दिए।
अहिले नर्वेको एक प्रठिस्थित संस्थामा काम गर्दिरहिछे । उसलाई जानकरी रहेछमेरो थेसिसको बारेमा।
मलाई बधाई दिई।
फेरी धन्यवाद फर्काए ।
मेरो प्रोफेसरबाट थाहा पाए।तिमीले नेपाली लेबर माइग्रेसनमा काम गरेछौ,खुशी लाग्यो।
बिगततिर कुरा लगी।हाम्रो प्रोजेक्टमा अलिअलि के के नमिलेको जस्तो भो है ।
मैले सुनिरहे ।
मैले तिमीहरुलाई सहयोग गर्न सकिन। म धेरै तनाबमा थिए त्यो २ महिना, मेरो केटा साथीसँग  झन्डै ब्रेकअप हुनै लागेको।तर जे भो हाम्रो ग्रेड त राम्रो आयो नि।त्यो घटनालाई सजिलोसँग लेउ यात भुल्देउ।
बरु नेपालमा केहि काम गर्ने मेरो मन छ के गर्ने होला ?
इयुसँगको साझेदारीमा । तिमि के भन्छौ ?
मैले इयुले नेपालमा गरेको धेरै जसो कामको बारेमा असहमति राखे, उसले ध्यानले सुनेको जस्तो गरी।नेपालमा गरिएको सोसल इन्जिनियरिंगसग मेरो असहमति थियो ।
अहिले स्पेनको क्याटलोनिया राज्य विवादको बारेमा इयुको मौनता बारेमा कुरा गरे । केहि बोलिन उ । केहि महिना अगाडी क्याटलोनिया राज्यमा भएको जनमत संग्रहमा बहुमत क्याटलोनियबासीले स्पेनबाट स्वत्तन्त्र हुने माग गरेकाथिए ।
मैले फेरी थपे,हो हाम्रोमा आन्तरिक समस्या छन् तर त्यो नेपालले नै समाधान गर्छ । मेरो देशको आन्तरिक समस्या उसलाई थाहा छ या छैनमैले केहि भनिन तर कुरा सुनिरही ।
उसको गिलास रित्तिएको थियो । अगाडी बारको नजिकै लाइव गीतको धुन सुनिन्थ्यो । उतैबाट एक जना लम्बु बिदेशी केटा आयो।केटीको गिलासमा बियर भर्न बारतिर नै गयो ।
उसले भनी, उही हो मेरो केटासाथी । उ गिलास भरेर आयो, चिनापरिचय भो, इमेल आदानप्रदान पनि । केटा रमाइलो रहेछ । पोखरा घुमेको । नेपाली भनेपछि चाख दिने ।
मैले मनमनै गुने हाम्रो प्रोजेक्ट झन्डै धरापमा पर्नुमा तिम्रो धेरै हात रहेछ ।
मेरो मेसेनजरमा नेपालबाट बिजुली मेसेज आयो श्रीमतीको, मेरो कलेजको अन्तिम २ पिरियड भएन । कुरा गर्न मन लाग्यो । कता छौ ?
ती दुई डच केटाकेटीसँग बिदा हुदै मैले मेसेज फर्काए ।
नुवाकोट समाज दक्षिण कोरिया र एमआरआरबाट छात्रबृत्ति प्रदान
नुवाकोट । नुवाकोट समाज दक्षिण कोरिया तथा एमआरआर नुवाकोटको सयुक्त सहयोगका यहाँका दुई विद्यालयमा विद्यालय पोषाक र शैक्षिक सामाग्रि प्रदान गरिएको छ ।
सूर्गगढी गाँउपालिका वडा नं. ४ दार्मेमा रहेको कुण्डला निमाविमा अध्ययनरत १३५ जना विद्यार्थी र सूर्यगढी गाँउपालिका वडा नंं ५ गणेशस्थानको ढाडेमा रहेको जनजागृत प्राविमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामाग्रि, पुस्तक बोक्ने झोला, खेलकुद लगातयका सामाग्रि वितरण गरिएको हो ।
जनजागृत प्राविमा यही माघ १४ गते र कुण्डला माविमा यही माघ १५ गते विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई नुवाकोट समाज दक्षिण कोरिया तथा एमआरआर नुवाकोटका प्रतिनिधिले विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेका हुन् ।
छात्रबृद्धि वितरणको लागी नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सोम तामाङ, एमआरआर नुवाकोटका प्रतिनिधि रोजन भुषाल सहितको सहयोगीदाताहरुको उपस्थिती रहेको थियो । एमआरआर नुवाकोटका प्रतिनिधि प्रज्वल सापकोटाको अनुसार ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययन विद्यार्थीलाई पढाई प्रति प्रोत्साहन जगाउदै उनीहरुमा शैक्षिकस्तर सुधार गर्नको लागी दुई विद्यालयमा छात्रबृत्ति प्रदान गरिएको हो ।
जनजागृत प्राविका प्रध्यानध्यापक रमेश गिरीले भूकम्पले क्षति पुगेर अस्थायी टहरामा राखेर अध्यायन गराउदै आएको विद्यार्थीलाई सहयोगी सस्था मार्फत प्राप्त भएको छात्रबृत्तिले उत्साहित बनाएकाले आगामी दिनमा पनि सयोगलाई निरन्तरता दिन आग्रह गनुभयो ।
छात्रबृत्ति संकलनको लागी दक्षिण कोरियामा यदुकुमार गिरी सहित सन्तोषकुमार राई, रञ्जनराज कुंवर, रमेश अधिकारी, सोम तामाङ, जितेन्द्र तामाङ, हरिशरण न्यौपाने, रमित रेग्मी, बिनोदकुमार थापा, जनक पण्डित, सुन्दरप्रसाद अधिकारी, चन्द्र तामाङ, नरेशरत्न रुम्बा, अर्जुन नेपाल लगायतले भूमिका निर्वाह गर्नुभएको थियो ।
संगठनको अध्यक्षमा मैनाली चयन
२० माघ, नुवाकोट । नेपाल राष्ट्रिय शिक्षक संगठनको तादी गाँउपालिकास्तरीय नयाँ कार्यसमिति चयन भएको छ । रालुकामा भएको भेलाले माधवप्रसाद मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
संगठनको उपाध्यक्षमा सानुबाबु पुडासैनी र मेरिना श्रेष्ठ, सचिवमा गोर्कणप्रसाद न्यौपाने र कोषाध्यक्षमा रत्नबहादुर थापा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
यसैगरी, भेला मार्फत सदस्यहरुमा भोजकुमार श्रेष्ठ, नबिना खनाल, सरोजकुमार पाठक, सुरेन्द्र थापाल लगायत रहेका छन् ।
भेलामा बेलकोटगढी नगरपालिकास्तरीय शिक्षक संगठनको अध्यक्ष कृष्णप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।
रिया श्रेष्ठ फेरी विबादमा
(ज्याक खड्का )
रिया श्रेष्ठ फेरी विबादमा
(ज्याक खड्का )
गायक तथा मोडल नकुल गौतम को शब्द सङ्गीत र उषा गजुरेल को सुमधुर स्वरमा रहेको गित लुकीलुकी नहेर भन्ने बोलको गितले सार्वजानीक भएको १ दिनमै चर्चा कमाउन सफल भएको छ।
अहिले बिबाद र चर्चामा आएकी हट मोडल रिया श्रेष्ठ ,सन्जीब ठकुरी र हाँस्य कलाकार भिमसेन अधिकारी (भोगटेडन ) को शसक्त अभिनय रहेको छ। DLfilms को प्रस्तुतीमा रामसार मिडियामार्फत युटुबमा सार्वजानीक गरिएको छ ।
भिडीयोको लिङ्क तलदिइएको छ।
मादक पदार्थ सेवन गरि होहल्ला गर्नेमाथी कडाई गर्ने
पप्पु गुरुङ्ग,दोधारा ।
माहाकालीमा समुहगतरुपमा मादक पदार्थ सेवन गरेर हिड्ने युवाहरु माथी कडाई गर्ने भएको छ ।
माहाकाली नगरपालिका कार्यालयको बैठकले नगर बिभिन्न क्षेत्रमा १५ देखि २० वर्षका समुहका युवाहरुले रातीको समयमा मादक पदार्थ सेवन गरि हो–हल्ला गर्ने, शान्ती सुरक्षा खल्बल्याउने, सामुहिकरुपमा चौराह तथा बिद्यालय कम्पाउण्डमा बसी गाँजा, चरेस, लागु पदार्थका साथै सिरिन्ज लगाएत लागु औषध प्रयोग गरेको देखिएको भन्दै गलत क्रियाकलाप गर्नेहरुलाई नियन्त्रण गर्ने भएको छ् ।
माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले बिगतका दिनहरु देखि युवाहरु रातीको समयमा बाटो, घाटो तथा सार्वजनिक स्थानहरुमा मादक पदार्थ सेवन गर्नेहरुको युवाहरुको संख्यामा बृद्धि भएको देखिएको कारण समाजमा शान्ती सुरक्षा सबल बनाउन माहाकाली नगरपालिका कार्यालयले यस्तो निर्णय गरेको बताएका छन् ।
समुहगतरुपमा मादक पदार्थ सेवन गरेर हिड्ने युवाहरुलाई नियन्त्रण कार्यान्वनको लागी ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई पत्राचार गरेको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ् ।
माहाकालीमा फष्टाउदै झुप्रे मदिरा पसल
पप्पु गुरुङ्ग-दोधारा । माहाकालीको भारत संग सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरा सेवन गर्न भारतीयको ओइरो लाग्न गरेको छ् । भारतको उत्तर प्रदेश तथा उत्तराखण्डको माहाकाली नगरपालिकाको सिमा नेपाली बस्तीमा मदिरा प्रयोग र बिक्री रोक्न कार्यान्वयनमा सहयोग गर्न नेपाली पक्षलाई आग्रह गरेपनी नेपाली स्थानिय प्रशासनबाट खासै प्रभावकारी कदम नचालेको स्थानियहरु बताउछन् ।
माहाकाली नगरपालिकाको कुतियाकवर, १८ नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडवाल टोलमा दैनिक दजैनौ संख्यामा भारतिय नागरिक दैनिक मदिरा पिउन सीमा क्षेत्रको नेपाली भट्टीमा आउने गरेका छन् । सिमा क्षेत्रमा नेपाली प्रशासनको खासै उपस्थिती नहुने हुदा बिहानै देखि भारतिय नागरिक नेपाली भट्टीमा लर्को लाग्ने गरेको स्थानियहरुको भनाई रहेको छ् ।
सीमा क्षेत्रका मदिरा पसल ब्यापारिहरु दर्ता बिना नै धमाधम सन्चालनमा ल्याएका छन् । सरकारको नीति अनुसार कुनै पनि पसल सन्चालन गर्दा अनुपति पत्र लिनु पर्ने भएता पनि सीमाका ब्यापारिहरु मनपरी पसल सञ्चालन गरिरहेका छन् । सीमा क्षेत्र भन्दा ३ किलोमिटिर भित्र पसल सञ्चालन गर्न सरकारको नीति छ तर सीमा क्षेत्रको दशगजा क्षेत्रमा समेत यस्ता धैरै अवैध पसल सञ्चालनमा आउदा पनि प्रशासन मौन रहेको छ् ।
सीमा क्षेत्रमा मादक पदार्थ सेवन गरेर अपराधिक गतिबिधी बढ्ने सम्भावना बढ्ने तिब्र सम्भावना भएपनि राजनितिक दल तथा प्रहरी प्रशाशन मुकदर्शक बन्दै आएको छ् । समय समयमा अनुगमन गरी तत्काल सीमा क्षेत्रबाट अवैध मदिरा पसल हटाउनु पर्नेे स्थानीयहरुको मा“ग रहेको छ । अवैध रुपमा पसल सञ्चालन हुदा दुई देशको सम्बन्ध समेत बिग्रिरहेको स्थानीयबासीले बताएका छन् । यस्ता अवैध पसल खास गरी माहाकाली नगरपालिकाको कुतियाकवर, १८ नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडवाल टोल लगाएत नेपाल–भारत सिमा बस्तीमा सञ्चालनमा रहेका छन् ।
मिस एण्ड मिसेस जापानको अन्तिम प्रतिस्पर्धी छनौट, फेब्रुवरी १८ मा ग्राण्ड फिनाले
ज्याक खड्का -टोकियो ।
मोडलिगं र फेसनमा रुची राख्नेहरुका लागि लक्षित गरेर जापानमा पहिलो पटक आयोजीत मिस एण्ड मिसेस जापानको ग्राण्ड फिनाले फेब्रुवरी १८ तारिखमा हुने भएको छ ।
प्रतिस्पर्धामा सहभागी मध्ये फाइनल प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गर्दै आयोजकले ग्राण्ड फिनालेको मिति र स्थान घोषणा गरेको हो ।
पल ईन्टरटेनमेन्ट र शिन्जोउ कर्पोरेशनको संयुक्त आयोजनामा भएको प्रतिस्पर्धाको व्यवस्थापन डेश्टिनी क्रियसनले गरेको छ । टपनेपालन्युजडटकम कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेको छ ।
जापानी सहित नेपाली ६ जनाको  निर्णायक टोलीबाट अन्तिम प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरिएको आयोजक संस्था शिन्जोउ कर्पोरेशनका निर्देशक उत्तम श्रेष्ठले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।
अन्तिम प्रतिस्पर्धामा दुवै विधाबाट कुल ३७ जना छनौट भएका छन् । जसमा मिसेस जापानको लागि ७जना अन्तिम प्रतिस्पर्धाको लागि छनौट भएका छन् । मिस जापान २०१८ को लागि भने ३० जनाको नाम सार्वजनिक गरिएको छ ।
नेपालबाट समेत मोडलिंग र कोरियोग्राफीको क्षेत्रमा परिचित प्रिया रानी लामा अन्तिम निर्णायक मण्डलको रुपमा सहभागी हुन लागेको आयोजकले जानकारी दिएको छ ।
जापानमा हाल प्रशिक्षण र निर्णायक टोलीमा रहेकाहरुको नाम भने आयोजकले प्रतिस्पर्धालाई स्वस्च्छ र धाँधली रहित बनाउन भन्दै सार्वजनिक गरेको छैन ।
कार्यक्रमको फिनाले एक भव्य सांगितिक कार्यक्रम सहित यहि फेब्रुवरी १८ तारिख आईतबार टोकियो ईताबासी ओयामा ग्रिन हलमा साँझ ६ बजे हुने आयोजकले जानकारी दिएको छ ।
आयोजकले दुवै विधामा प्रथम हुनेले ताज सहित नगद पुरस्कार पाउने बताएपनि पुरस्कारको विस्तृत विवरण यही फेब्रुवरी ५ तारिखमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउने भएको छ ।
प्रतिस्पर्धामा सहभागीमध्ये टपनेपालन्युजडटकमलाई प्राप्त केही तस्विरहरु
कृपयाँ सहभागीहरुले आफ्नो विवरण सहित तस्विर र आफ्नो कलाको भिडियो भएमा उल्लेखित ईमेलमा पठाउनुभएमा प्रकाशित गर्नेछौं ।
topnepalnews@gmail.com
japansamachar@gmail.com
&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web