संघिय संसदको पहिलो बैठक फागुन २१ गते आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते सोमवार संघिय संसदको अधिवेशन आव्हान गर्नुभएको छ । सरकारको सिफारिसमा उहाले दुई सातापछि बस्ने गरी पहिलो पटक संघिय संसदको अधिवेशन आव्हान गर्नुभएको हो । विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र नया बानेश्वरमा अपरान्ह ४ बजेका लागी बैठक बोलाइएको राष्ट्रपति कार्यलयद्धारा जारी विज्ञप्तीमा भनिएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि संसदको पहिलो अधिवेशन बस्न लागेको हो ।

नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन गर्ने कार्यतालिका छ । त्यसैले त्यसको चार दिनअघि नै संसद अधिवेशन आह्वान भएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा संघीय संसद भन्ने गरिन्छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ । हिजो सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउने निर्णय गरेको थियो ।

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये ५६ जना निर्वाचित भइसकेका छन् । तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

ओली-दाहालले लिए ऐतिहासिक निर्णय,हट्योएकतामा देखिएको अवरोध

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा देखिएको अवरोध हटेको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको गोप्य वार्ता सकिएसँगै  उक्त अवरोध हटेको हो । वान टु वान वार्तामा मार्गदर्शक सिद्धान्तको विषयमा देखिएको विवाद समाधान भएको हो । ओली र दाहालबीच भएको यो सहमतिसँगै अब एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद र माओवाद दुवै उल्लेख नगरी मार्गदर्शक सिद्धान्तको नामंकन गरिने भएको छ । दुई नेताले माक्र्सवाद–लेनिनवाद वा अरू कुनै नामांकन गरी अन्तरिम मार्गदर्शक सिद्धान्त टुंग्याउने सहमति गरेका हुन् ।

पार्टी एकताका लागि यसअघि पार्टी एकता संयोजन समितिमा एकीकृत पार्टीको मुल सिद्धान्त, सांगठनिक संरचना र नेतृत्वका विषयमा विवाद भएपछि दुवै पार्टीका अध्यक्ष लगातार एकल वार्तामा रहेका थिए। दुई नेताबीच पार्टी एकता, पद बाँडफाँड र सरकारमा सहभागितालगायतका विषयमा भइरहेको छलफल मिल्नेतर्फ अगाडि बढेको एमाले नेता सुवास नेम्वाङले बताए।

माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बनिसके पनि २ पार्टीबीच एक भएपछि कुन नेतालाई कुन पद दिने र कुन सिद्धान्त अवलम्बन गर्ने तथा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका पदमा कुरा नमिलेपछि माओवादी सरकारमा सहभागी भएको थिएन।  पार्टी एकताका विषयमा २ पार्टीका अध्यक्षबीच छलफल चलिरहँदा माओवादी केन्द्रले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरिसकेको छ। नेताहरूको व्यवस्थापन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्षलगायत मुख्य पदको भागबन्डा टुंगिएको छैन।

ओलीद्वारा सपथ ग्रहण,लालबाबु र थममाया मन्त्री नियुक्त

काठमाडौं  । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथ लिएका हुन् । ओलीले जनताको नाममा सपथ लिएका थिए । समारोहमा पुर्व प्रधानमन्त्री, पुर्व मन्त्री लगायत विशिष्ट अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री केपी ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषद गठन गरेका छन् । माओवादीबाट सरकारमा जाने सदस्यको नाम टुङगो नलागेपछि प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्री ओलीले लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका हुन् । पण्डितलाई जनसंख्या तथा बातावरण र थापालाई महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी दिइएको हो । उनीहरुलाई आजै राष्ट्रपतिले पद तथा गोपनियताको सपथ गराएकी छिन् ।

सिलवालको ट्वीट-‘अधिनायकतावादी पात्रबाट देशले उन्मुक्ति पायो’

काठमाडौं । एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवालले शेरबहादुर देउवाको राजीनामापछि खुसी व्यक्त गर्दै ट्वीट गरेका छन्। नेपाल प्रहरीले कीर्ते गरेको आरोपमा खोजिरहेका सिलवाललाई प्रहरीले भेट्टाउन नसकिरहेको बेला बिहीबार दिसँसो ४:३८ बजे उनले ट्वीट गर्दै  देउवाको राजीनामापछि खुसी व्यक्त गरेका छन् । लेखेका छन्,‘कानुनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ।’

आइजिपी नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कीर्ते कागज पेश गरेको आरोप उनीमाथि लागेको छ। उनी ललितपुर-२ बाट निर्विचत एमाले सांसद हुन्। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै नवराज सिलवालको विषयमा छुट्टै न्यायिक छानविन गर्ने बताइसकेका छन्।

नेपाल विश्वकप छनोटमा, यसरी उल्ट्याए करणले खेल

काठमाडौं । नेपालले नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गरेको छ । बुधबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई १ विकेटले पराजित भएको हो ।

पराजयको नजिक पुगेको नेपाललाई जिताउन नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले रोमाञ्चक जित दिलाएका हुन् । उनले नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ४ छक्का, ३ चौकासहित ४२ रन बनाएका हुन् ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा क्यानडाले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । नेपालका ओपनरले आजपनि सुरुवात राम्रो गर्न सकेनन । ज्ञानेन्द्र मल्ल नौ रनमा आउट भएपछि नेपालले २२ रनमा पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले दोस्रो विकेट गुमायो ।

तेस्रो विकेटका लागि दिलिप नाथ र दिपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर ७३ रन बनाउदा नेपालले चार विकेट गुमाउन पुग्यो । नेपालका लागि दिलिप नाथले ४१ रन बनाउँदा शरद भेषवाकर मात्र एक रनमा आउट भए । त्यसपछि दिपेन्द्रसिंह ऐरी पनि १८ रनमा आउट भएपछि नेपालले ८१ रनमा पाच विकेट गुमायो । नेपालका लागि रोहित पौडेले २७ तथा आरिफ शेखले २६ रन बनाए ।

विन्डहकमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउदै एक सय ९४ रन बनायो । क्यानडाको स्कोर ४६ रनमा बसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाए । क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए । त्यसपछि ५७ रन हुँदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए । कप्तान नितिश कुमार ५ रनमा आउट भए । ६७ रन हुँदा पुनः सन्दिपले नेपाललाई तेस्रो विकेट लिन सफल भए ।

क्यानडाका लागि हम्जा तारीक २४ र ओपनर श्रीमन्थले शतकीय पारी खेले । उनले अविजीत एक सय तीन रन बनाए । बलिङ तर्फ नेपालका बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले दुई विकेट लिए । योसंगै नेपाल डिभिजन टु को फाइनलमा पुगेको छ । यस्तै नेपालले मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।

पूरै नेपाली खेल उल्टाएका केसीले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाएर नटआउट रहे। सँगै नटआउट रहेका सन्दीप लामिछानेले १८ बलमा पाँच रन मात्र बनाए पनि केसीलाई पुरा साथ दिए। नेपालको जितका लागि करणको प्रदर्शन सनसनीपूर्ण रह्यो।

लगभग खेल नेपालको विपक्षमा गइसकेको थियो। ४३औं ओभरमा नेपालको नवौ विकेट गुम्यो। ४२ बलमा नेपाललाई ५१ रन आवश्यक थियो क्रिजमा थिए। करन केसी र सन्दिप लामिछाने।

पहिलो ओभरमा १० रन प्रहार गरेका करनले दोस्रो ओभरमा कुनै रन लिन सकेनन्। तेस्रो ओभरमा नेपालालई जितका लागि ३० बलमा ३८ रन आवश्यक थियो। हातमा थियो अन्तिम विकेट। ४६औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै आवश्यक रनरेट घटाए।

यसरी उल्ट्याए करणले खेल

२४ बलमा नेपाललाई ३२ रन आवश्यक थियो। केसीले ४७औं ओभरमा एक रन लिए। १८ बलमा नेपाललाई जितका लागि ३० रन आवश्यक थियो। केसीले छक्कासहित ८ रन बनाए। १२ बलमा अब नेपाललाई २१ रन आवश्यक थियो। ४९ औं ओभरमा केसीले १ छक्का र १ चौकासहित १२ रन बनाए।

अब अन्तिम ओभरमा नेपालालई जितका लागि ८ रन आवश्यक थियो। पहिलो, दोस्रो, तेस्रो र चौथो बलसम्म करनले केही खेल्न सकेनन्। अब २ बलमा नेपाललाई ८ रन आवश्यक भयो। पाँचौ बलमा करनले छक्का हान्दै खेल उल्ट्याए। अब अन्तिम बलमा २ रन आवश्यक थियो। क्रिजमा थिए करन। तर क्यानाडेली बलर परवेजले वाइड फाले। अब नेपाललाई अन्तिम बलमा १ रन आवश्यक भयो। अन्तिम बलमा करनले १ रन लिँदै नेपालालाई फाइनलमा मात्र पुर्‍याएनन् डिभिजन एक तथा विश्वकप छनोट खेल नजिक नेपाललाई पुर्‍याए।

यस्तो पो प्रेम ! जसले प्रेम पाउन जमिनदारी त्यागे

काठमाडौं । जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’सत्यनारायण दास यादवले प्रेम गरे। र, प्रेम गरेको ‘अपराध’ मा जीवनभर ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहे। धनाढ्य जमिनदारको छोरा सत्यनारायण एक मुस्लिम युवती रसुलियाको प्रेममा परे। ०३१–३२ सालतिर नेपालमा उनको प्रेम दुस्साहस थियो। तर हैसियत, जात, धर्म सबै पर्खाल नाघेर उनको प्रेमले विद्रोह गर्‍यो।

जमिनदारी प्रथाबारे सिरहातिर आज पनि अनेक कहावत छन्। जमिनदारहरू हजारौं बिघा जमिनका मालिक थिए। हात्ती पाल्थे। घरमा सयौं नोकरचाकर हुन्थे। यस्तो पनि भनिन्थ्यो कि गाउँमा नयाँ बुहारी भित्र्याउँदा पहिलो रात जमिनदारलाई सुम्पनुपर्थ्यो। सात खुन माफ थियो जमिनदारका लागि। कानुन उनीहरूकै मुठीमा थियो। सत्यनारायण दास यादवको परिवार पनि जमिनदार थियो। उनले आफ्नै घरमा काम गर्न आउने एकजना गरिब मुस्लिम युवतीलाई प्रेम गरे। र, त्यसैको सजायबापत महिनौं जन्जिरमा बाँधिए। घरबाट निकालिए। फुटपाथमा पुगे। जिन्दगीभर अभाव झेले। त्यो दुःखको सिलसिलाले आज ६३ वर्षको उमेरसम्म उनलाई पछ्याइरहेको छ।

माघ अन्तिम साता काठमाडौं, बानेश्वरको अँध्यारो डेरामा भेट्दा उनी एक्लै धुम्धुम्ती बसिरहेका थिए। भर्खरै नबाज पढेर सकाएका थिए। गोजीमा राखेका थिए सेतो टोपी। खरानी रङको खास्टो गम्लङ्ङ ओडेका थिए। सेतै फुलेको थियो कपाल। माघको मधुरो घाम मुस्किलले छिर्दै थियो कोठामा।

पटक पटक ताकेता गरियो तर सुरुमा उनले आफ्नो प्रेम इतिहास खोल्न चाहेनन्। आफ्नै छोराको अघि प्रेममय दिनहरूको खुला बयान गर्न धक थियो। सायद छोराले कुरा बुझे, बाहिरिए।

४०–४२ वर्षअघि एउटा प्रेमकथा यसरी अंकुराएको थियो

त्यो दिन असारको झरीले देहाती माटो लछप्पै भिजेको थियो। खेतमा नारिएका थिए दर्जनौं हल गोरु। कोही ब्याडमा धानका बीउ उखेलिरहेका रहे, कोही छुपुछुपु धान रोपिरहेका थिए। एउटा उत्सव चलिरहेको थियो खेतमा। त्यही उत्सवकै बीच एक जना सुकिलो अल्लारे युवा खेतको आलीमा उभिन आइपुगे। हिलाम्मे खेतमा धान रोपिरहेका रोपाहारहरूलाई एकतमासले हेरिरहेका थिए। एक जना सुन्दरीको हँसिलो मुहारमा पुगेर टक्क रोकिए उनका आँखा। ती युवा थिए, जमिनदार हृदयनारायणका कान्छा छोरा सत्यनारायण। उनलाई परिवारमा मायाले ‘भृगु’ भनेर बोलाउँथे।

विहारमा म्याट्रिक पढ्न बसेका उनी बिदामा गाउँ आउँदा टहलिन खेततिर निस्किएका थिए। सत्यनारायणले ती युवतीलाई धेरैबेर एकोहोरो हेरिरहे। उनी थिइन्, १६ वर्षीया रसुलिया खातुन। सत्यनारायणलाई अहिले पनि उनको रूप र बान्कीको ताजा स्मृति छ। भन्छन्, ‘उनी गोरी थिइन्। हँसिलो चेहरा, मिलेको जिउडाल। भुतुक्कै पार्ने मुस्कान। रसुलिया परीजस्तै थिइन्।’

प्रेमिकाका लागि धर्म बदलेर अल्लाउद्दिन बनेका सत्यनारायण भन्छन्, ‘रसुलिया के साथ सादी करके जिन्दगी गुजरदिया।’

रसुलिया गरिब मुस्लिम परिवारकी एक्ली छोरी। उनको दुई पुस्ताले सत्यनारायणको खेतमा काम गरिसकेको थियो। उनी पनि आमासँगै धान रोप्न आएकी थिइन्। उनी औरही गाउँकै सुन्दर मुस्लिम युवती थिइन्। उनको सुन्दरताबारे गाउँदेखि परपरसम्म चर्चा हुन्थ्यो। सत्यनारायण पनि हेरेको हेर्‍यै भए।

सिरहा, औरहीका सत्यनारायणका बाजे तिलकदास यादव कहलिएका जमिनदार। उनीसँग सयौँ बिघा खेत थियो। सात भाइ छोरा थिए उनका। जसमध्ये काइँला छोरा हृदयनारायण उनका बुबा थिए।

रसुलियालाई देखेपछि उनको जिन्दगी सदाका लागि बदलियो। रसुलिया खेतमा काम गर्न आएको बेला उनी खेतमै पुग्थे। नआएको दिन रसुलियाकै घर छेउछाउ जान्थे। उनलाई भेट्ने अनेक बहाना खोज्थे। बिनाकाम रसुलियाको घरको चक्कर काट्थे। ‘म त उसको दिवाना भइसकेको थिएँ,’ उनी सम्झन्छन्।

रसुलियाले सत्यनारायणको भाव बुझ्न थालिन्। गरिब परिवारमा जन्मिएकी रसुलियासँग जमिनदारको छोरालाई मनमा राख्ने हैसियत थिएन। सत्यनारायण भने उनको मायामा डुबिसकेका थिए। तर, डर थियो परिवारको र समाजको। एउटा कट्टर हिन्दू परिवार, अर्को कट्टर मुस्लिम परिवार। एउटा फुसको झुपडीबाट तारा गन्ने परिवार। अर्को भव्य बंगलाबाट जूनताराको स्वाद लिने परिवार १

स्कुल बिदामा आएका सत्यनारायण फर्केर पढ्न गएनन्। रसुलियाको मायामा डुब्न थाले। परीक्षा नै दिएनन्। ‘पढ्नै गइनँ, फेल भएँ नि,’ उनी विगत सम्झन्छन्।’ हरेक दिन लुकीलुकी रसुलियालाई भेट्नु, मनको भावना साटासाट गर्नु अब उनको दैनिकी हुन थाल्यो। भेट्न नपाएको दिन उनी पागलजस्तै हुन्थे।

उनीहरूको प्रेमबारे गाउँमा गाइँगुइँ हल्ला चल्न थाल्यो। कान्छो छोरा पढ्न नजानु, आफ्नै खेतमा काम गर्न आउने गरिब मुसलमानको छोरीसँग नाम जोडेर गाउँलेले कुरा काट्नु, बुबा हृदयनारायणको मनमा चिसो पस्न थाल्यो। सत्यनारायणसँग स्पष्टीकरण लिए, सम्झाए, फकाए। तर, भोलिपल्ट सत्यनारायण रसुलियाको घर पुगिहाल्थे। हैरान भएपछि उनका दाजु र बुबाले उनलाई पिट्न थाले। जन्जिरले बाँधेर राख्न थाले। ‘म रसुलियाका खातिर जतिसुकै यातना पनि भोग्न तयार थिएँ,’ उनी अतीतमा फर्किन्छन्, ‘उनीबिना बाँच्नै नसक्ने भइसकेको थिएँ। मैले बुबा र दाजुलाई सबथोक त्याग्न तयार छु तर रसुलियालाई छाड्न सक्दिनँ भनेँ।’

रसुलियाले सत्यनारायणको प्रेम स्वीकार गरिसकेकी थिइन्। लुकीलुकी, भागीभागी भेट्न थाले उनीहरू। परालको कुन्युपछाडि, लहरी घारी, खेतको ढिस्को उनीहरूका ‘डेटिङ स्पट’ थिए। मानिसहरूले झनै कुरा काट्न थाले। हृदयनारायणको घरमा तनावका तलाहरू थपिए। लोकलाजले पिरोल्न थाल्यो हृदयनारायणलाई। छोरालाई पटकपटक सम्झाउँथे। तर, प्रेमी सत्यनारायणको एउटै रटान थियो, एउटै धुन थियो ‘म रसुलियालाई माया गर्छु। उसैसँग जीवन बिताउँछु।’

सत्यनारायणकी आमालाई भने यो सम्बन्धमा कुनै आपत्ति थिएन। छोराका लागि उनी समाजसँग जुध्न तयार थिइन् तर श्रीमान्का अघि निरीह। कुनै पनि हालतमा मुसलमान र गरिब रसुलियालाई बुहारी बनाउन राजी भएनन् हृदयनारायण। अन्तिममा उनले जुक्ति निकाले र छोरालाई भने, ‘त्यो केटीबिना तँ बाँच्नै सक्दैनस् भने, उसलाई ‘रखैल’ बनाएर राख्। तर, बिहेचाहिँ हामीले भनेको जात मिल्ने केटीसँग गर्।’

सत्यनारायणले बाको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए। ‘आफ्नी मनकी रानीलाई म कसरी ‘रखैल’ बनाएर राख्न सक्थेँ ? ’ उनी भन्छन्, ‘त्यसपछि फेरि मलाई यातना दिन थालियो। तर, म गल्नेवाला थिइनँ।’

सत्यनारायणको परिवारले अन्तिम अस्त्र प्रहार गर्ने योजना बनायो। खान्दानका सबै सदस्यलाई भेला गरेर उनलाई प्रश्न गरियो  ‘ल भन् भृगु ! जमिनदारको जीवन, दौलत, बुबाआमा, दाजुभाइ, सानको जिन्दगी रोज्ने कि त्यो मुसलमान गरिब र अनपढ केटी ? ’

सत्यनारायण जुरुक्क उठे। अन्तिमपटक सबैलाई ढोगे। र, चट्टानजस्तो दृढतासहित भने, ‘म रसुलियालाई रोज्छु।’

सत्यनारायणका लागि रसुलियाको घर माटोले टालेको खरको झुपडी थिएन, प्रेमको जन्नत ९स्वर्ग० थियो। उनी सरासर त्यही जन्नत पुगे, अनि तुरुन्तै मस्जिद गए। सेतो टोपी लगाए। नवाज पढ्न थाले। गाउँभरि हल्ला फैलियो, ‘जमिनदारको छोरा रसुलियाका लागि मुसलमान बन्यो।’ अब उनलाई गाउँलेले भन्न थाले ‘हालमियाँ’ (भर्खरै मुस्लिम भएको)।

यसरी सत्यनारायणले रसुलियाको खातिर आमा त्यागे, बा त्यागे। दौलत त्यागे र धर्म त्यागे। यहाँसम्म कि आफ्नो जातै त्यागे। यसरी सत्यनारायण दास यादवबाट उनी मोहम्मद अल्लाउद्दिन बने।

अचेल भन्छन् नि, ‘लिभिङ टुगेदर’। हो, त्यसरी बस्न थाले उनीहरू। केही समयपछि मुस्लिम परम्पराअनुसार बिहे गरे। सत्यनारायणका तर्फबाट उनी एक्ला थिए। रसुलियाका आफन्तहरू जम्मा भएर निकाह (बिहे) गरिदिए। उनले जिन्दगीभर रसुलियालाई साथ दिने वचन दिए। रसुलियाले पनि भनिन्, ‘हम अहाँके जीवन भइर साथ रहब, भृगु।’ (म हमेसा तिम्रै साथमा छु, भृगु।)

अब सत्यनारायणको दैनिकी बदलियो। सयौँ जनालाई काम लगाउने जमिनदारको छोरा अब बिहानै उठी हलोजुवा बोकेर अर्काको खेतमा हलो जोत्न जान थाले।

किसान जिन्दगी सुरु भएको केही समयपछि सत्यनारायणले आफ्नो अंशको दाबी गर्न थाले। त्यसबेला उनको बुबासँग करिब ८० बिघा जमिन थियो। परिवारले अंश दिन मानेन। गाउँ समाजको दबाबपछि उनले एक कठ्ठा मात्रै पाउने भए। त्यसपछि उनी अदालत पुगे। त्यो ०३३ सालको कुरा थियो। अदालतले उनलाई अंश त दिलायो तर सवा बिघा मात्रै। किनकि, अदालतमा पुग्दा उनको बुबाले जम्मा जमिन पाँच बिघा मात्रै देखाए। उनले जमिन त पाए तर नदीले बर्सेनि दुईतिरबाट कटान गर्ने खालको। उनले त्यहाँ न घर बनाउन सके, न खेतीपाती गर्न सके। न त्यो जमिन बेच्नै सके।

अब उनका लागि ओत लाग्ने अन्तिम विकल्प बन्यो त्यही झुपडी। जुन झुपडीमा उनी दुलाहा बनेका थिए, त्यहीँ हुर्किए दुई छोरा र दुई छोरी। न घर छाड्न सके। न अर्को बनाउन। न सके जन्मभूमि छाडेर टाढा जानै। एकदिन बुबा र दाजुको मन पग्लिएर आफ्नो जिन्दगीमा खुसीको बहार आउने आशामा त्यहीँ बसिरहे।

थरथर काम्दै उनी भन्छन्, ‘त्यहाँ बस्न थालेको ४१ वर्ष पुगेछ।’

आफ्नै बुबा र दाइविरुद्ध फेरि अदालतको ढोका ढक्ढक्याउने विचार गरेनन् उनले। गाउँ समाज र भद्रभलाद्मीले आफ्नो अंश दिलाइदिने आशामा बसिरहे। अर्काको घरमा ज्यालाबनी गरेर बाँच्न थाले रसुलिया र सत्यनारायण अर्थात्, अल्लाउद्दिन।

जेठा छोरा जन्मिँदाको घटना उनको स्मृतिमा ताजा छ। रसुलिया सुत्केरी हुँदा उनले पोषिलो खानेकुरा खुवाउन सकेनन्। बनीबुतो गरेर ल्याएको खानेकुराले सुत्केरीलाई के खुराक पुगोस् । त्यसैबेला साँझपख झुपडीबाहिर एक जना छिमेकी आएर उनलाई बोलाउन थालिन्। बाहिर निस्कनेबित्तिकै ती महिलाले पोल्टामा लुकाएर ल्याएको एक पोका चामल सत्यनारायणको हातमा थमाउँदै भनिन्, ‘तपाईंको आमाले रसुलियाका लागि भनेर लुकाएर पठाउनुभएको।’

आमा कान्छो छोरालाई असाध्यै माया गर्थिन्। आमाको नाममा नौ बिघा जमिन थियो। त्यो जमिन दुवै छोरालाई बराबरी बाँड्न चाहन्थिन् उनी। तर, बाधा भइदिए बुबा र दाइ। ‘पिरैपिरले आमालाई लग्यो,’ आमा सम्झिएर सत्यनारायण भावुक हुन्छन्, ‘अन्तिम पटक मुखसमेत हेर्न पाइनँ। दाहसंस्कारमा समेत मलाई कसैले बोलाएनन्।’

दुई छोरा र दुई छोरी विस्तारै हुर्किंदै गए। त्यो जमानामा म्याट्रिक पढेका सत्यनारायणले आफ्ना छोराछोरी भने पढाउन सकेनन्। जेठा छोरालाई ५ कक्षासम्म पढाए। अन्तिममा ५५ रुपैयाँ शुल्क तिर्न नसकेर स्कुल छोडाए। अरू सबै निरक्षर छन्। ‘उता मेरा दाजु र बाउ खलकका छोराहरू कोही सीडीओ बने, कोही इन्जिनियर,’ उनी भन्छन्, ‘कोही नेता बने त कोही डाक्टर। कोही पुगे अमेरिका, कोही अस्ट्रेलिया।’ उनका छोरा भने पुगेका छन् कलकत्ता। आठ वर्षअघि एक दिन फोनमा कान्छा छोराले भनेका थिए, ‘बाबुजी म कलकत्तामा प्लम्बरको काम गर्छु। एक दिन आउँछु गाउँमा।’ तर, उनी फर्केनन्। उनी आज कहाँ छन् सत्यनारायण बेखबर छन्।

जेठा छोरा गाउँभरिको पोखरीबाट माछा मारेर हाटबजारमा बेच्न लान्छन्। डेढ÷दुई सय कमाउँछन् दिनमा। बेलुकी गम्छाको छेउमा चामल र दाल पोको पारेर घर फर्कन्छन्। छोरीहरू बिहे गरेर गइसके।

केही वर्षअघि सत्यनारायणका बुबा बिते। दाहसंस्कारमा पनि उनलाई कसैले बोलाएनन्। केही दिनपछि सारा गाउँलेलाई मृतकको नाममा भोज खुवाइयो। सारा गाउँले गाउँ नै रित्याएर जमिनदारको आँगनमा जम्मा भए। भोज खाए। तर, उनलाई कसैले बोलाएनन्। उनी अबेला पुगे। कसैबाट सोधनी भएन। ‘कसैले बस्समेत भनेनन्,’ सत्यनारायण सम्झन्छन्, ‘आफँै अन्तिम लाइनमा गएर बसेँ। कसैले खानेकुरा राखिदिए। घोसेमुन्टो लगाएर खाएँ। अनि कोहीसँग नबोली लुरुलुरु घर फर्किएँ।’

उमेर ढल्कँदै गयो। जीवनभरको आशा अब पूरा हुन्न कि लाग्न थाल्यो उनलाई। अब त उनी हजुरबासमेत भइसकेका छन्। अब उनलाई चिन्ता छ नातानातिनाको। ‘जमिनको कुरा चटक्कै बिर्सिदिऊँ, पाइन्छ कि भन्ने आस, माग्न जाऊँ, नपाएको जुग बितिसक्यो,’ उनी सुस्केरा हाल्छन्।

छोराको ढिपीले चार वर्षअघि सत्यनारायणले जिल्ला अदालतमा मुद्दा हाले। हारे। अनि, दुई वर्षअघि पुनरावेदन अदालतमा मुद्दा हाले। त्यहाँ फैसला हुन बाँकी छ। तर, हार्ने निश्चित ठाने उनले। अब कहाँ जाने ? लड्ने कसरी ? अन्तिम भरोसा देखे काठमाडौं। त्यसपछि नाइट बस चढेर हुइँकिए बाउछोरा।

रसुलिया र सत्यनारायणले अभावग्रस्त तर प्रेमले भरिपूर्ण जिन्दगी बाँचे। गरिबकी छोरी रसुलियालाई रोजेकोमा सत्यनारायणलाई कुनै पछुतो छैन। उनी हिन्दीमा भन्छन्, ‘रसुलिया के साथ सादी करके जिन्दगी गुजरदिया।’

अचेल सत्यनारायण प्रेमको जन्नतबाहिर टोलाएर बस्छन्। प्रायः बोल्दैनन्। टाढाटाढा हेरिहन्छन्। रसुलिया र सत्यनारायणले कति रात भोकै बिताए। कति रात रोएर बिताए। कति रात कचौरामा वर्षेझरी थापेर बिताए। कति रात घुर तापेर बिताए। तर, आजभोलि सत्यनारायण एक्लै घुर ताप्छन्।

आजभोलि रसुलियाको याद बोकेर बेस्सरी चल्छ चिसो सिरेटो। रसुलियाको छाया बोकेर एकलास डगरमा त्यसै घुमिरहन्छ भुमरी। किनकि, रसुलिया ९ वर्षअघि नै गइसकेकी छन्, ताराहरूको देशमा। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

युएइलाई ४ विकेटले हराउँदै नेपाल विश्व क्रिकेट लिग डिभिजन-२ को शिर्ष स्थानमा

काठमाडौं ।
नेपालले युएइलाई ४ विकेटले पराजित गर्दै विश्व क्रिकेट लिग डिभिजन-२ को फाइनल यात्रालाई सहज बनाएको छ ।

बर्षाका कारण तीनघण्टा ढिलो गरि सुरु भएको खेलमा युएइले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिंगमा उत्रेको नेपालले निर्धारित लक्ष्य ६ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितको लागि कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे ।

टस हारेर व्याटिंगमा उत्रेको नामिबियाको विन्डहक स्थित मैदानमा नेपालले ३१ ओभरमा युएइको सबै विकेट झारेको हो ।

वर्षाका कारण तीन घण्टा ढिलो सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको छ ।

युएइलाइ १ सय १५ रनमा समेटने क्रममा नेपालका सोमपाल कामीले सबैभन्दा धेरै ४ विकेट लिए, सन्दीप लामिछानेले ३, पारस खडका २ र करण केसीले १ विकेट लिएका थिए ।

पहिलो ओभरमा नै युएइका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट गरेका नेपालका सोमपाल कामीले सातौं ओभरमा युएइका गुलाम सवारलाई १६ रनमा आउट गर्दै व्यत्तिगत दोस्रो विकेट हात पारे ।

आफ्नो नामको तेस्रो तथा खेलको नवौ विकेट लिने क्रममा मोहम्मद नामिदलाई १० रनमा आउट गरेका सोमपालले १० औं विकेटका लागि अमिद राझालाई ८ रनमा आउट गराउदै आफ्नो नाममा ४ विकेट लेखाए ।

आठौं ओभरमा नेपालका करण केसीले तेस्रो विकेट लिएका थिए । उनले युएइका गुलाम सवारलाई १६ रनमा आउट गरेका हुन् । चारौं,पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेको नाममा रह्यो । युएइका रमिज साहजलाई ४ रनमा आउट गरेका सन्दीपले मोहम्मद उस्मानलाई शून्य रनमा पेभेलिएनको बाटो देखाएका हुन् ।

यसअघि खेलेका दुई खेलमा एक खेलमा जित र एक खेलमा हार ब्यहोरेका दुवै देशलाई अंक तालिकाको शीर्ष स्थानमा रहन आजको खेल जित्नै पर्ने दबाव थियो । दबाबका बिच नेपाली टोलि जित निकालेर शिर्ष स्थानमा रहन सफल भएको छ ।

रसियामा बिमान दुर्घटना हुँदा ७१ जनाको निधन

एजेन्सी ।
रुसको मस्कोस्थित एक विमानस्थलबाट युरल्सका लागि यात्रु र चालकदलका सदस्य गरी ७१ जना रहेको विमान दुर्घटना हुँदा सबैको निधन भएको छ ।

अलजजिरा समाचारमा उल्लेख भए अनुसार उक्त जहाज राडार संकेतबाट हराएलगत्तै दुर्घटना भएको थियो र बिमानमा रहेका सबै जनाको निधन भएको रुसी अधिकारीहरुले प्रारम्भिक जानकारी दिएका छन् ।

बिमानमा ६४ जना यात्रु र ६ जना चालकदलका सदस्य रहेका थिए । दुर्घटना भएको विमान सारातोफ एयरलायन्सको एएन(१४८ क्षेत्रीय विमान हो ।

मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वी क्षेत्रस्थित आर्गुनोभोमा विमान खसेको समाचारमा जनाइएको छ ।

रुपिसेन्टरेमिट्यान्स कम्पनी कारोवार सुरु,यस्तो छ सुविधै-सुविधा

सौल,कोरिया,रञ्जन कुँवर- विगत ५ वर्ष देखि जापानवाट नेपाल रेमिट सेवा प्रदान गरि रहेको स्क्योर कम्पनी तथा संसार रेमिट सेवा सहकार्यमा सञ्चालित रुपिसेन्ट रेमिटान्स कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको छ ।  विगत महिनादेखि कोरियामा पनि नेपाल पैसा पठाउने कार्य गरिरहेको कम्पनीको औपचारिक उद्घाटन फेव्रवरी ९ का दिन मौल दित्देमुन स्थित रेमिट कार्यलय वाट कारोवार सुरु गरेको हो ।

उक्त समारोहमा डेपुटी गर्भनर चिन्तामणी देवकोटा नेपाल राष्ट्र बैङका विदेशी विनिमय व्यवस्थापक विभागका कामु निर्देशक मिना अधिकारी,नेपाल दुतावासका श्रमसहचारी डिल्लीराम बास्तोता, एनआरएन कोरियाको अध्यक्ष लक्ष्मी गुरुङ,संसार रेमिटान्सका निर्देशकहरु केशर गिरी,देविलाल भण्डारी तथा अन्य कोरियाकमा रहनु भएका विशिष्ट नेपालीवाट संयुक्त रुपमा रिबन काटेर रेमिटान्स सेवाको औपचारिक उद्घाटन गरिएको थियो ।

हाल सम्म ३ हजार भन्दा बढि नेपालीहरुले खाता खोलिसेका र २ हजार भन्दा बढिले उक्त सेवा लिई नेपाल पैसा पठाई सकेका छन् । उद्घाटन पश्चात श्रम सहचारी बास्तोलाले नेपाल पैसा पठाएर पहिले रेमिटान्स सेवा लिनु भएको थियो ।

सो अवसरमा नेपाल नेपाल राष्ट्रबैङका डेपुटी गर्भनर सिवाकोटीले कार्यलयको अवलोकन गरि रेमिटान्स प्रक्रियाको बारेमा जानकारी लिनु भएको थियो । ग्रन्ड एम्बेस्टर होटलमा आयोजित रात्री भोजमा संसार रेमिट कोरिया निर्देशक गुरुङको सञ्चालनमा भएको औपचारी कार्यक्रममा संसार रेमिटका डारेक्टर गिरीले स्वागत मन्तव्य दिनु भएको थियो ।

त्यस्तै डेपुटी गर्भनर सापकोटाले रेमिटान्सको महत्व, निती नियमको बारेका प्रकाश पार्नु भएको थियो । सेक्योर कम्पनी प्रमुख जिफले सबैलाई धन्यवाद ज्ञापन गर्दै कम्पनीले आउने दिनहरुमा सहज विश्वाशिलो र भरपर्दो सेवा प्रदान गर्ने प्रतिवद्धता प्रदान गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा समावेश हुनु भएका सबै विशिष्ट तथा आमन्त्रित व्यक्तित्वहरुलाई रात्रीभोजमा सहभागि हुन आग्रह गर्नुको थियो । सोक्योर कम्पनी तथा संसार रेमिटको सहकार्यमा सञ्चालित यस रेमिटेन्स कम्पनीले अनलाई सिस्टमवाट पनि रेमिटान्स गरि नेपालमा बैक तथा वितियसंस्था हरुको विभिन्न ८ हजार भन्दा बढि शाखाबाट सहज रुपमा भुत्तानी दिन सकिने जनाएको छ ।

साथै यस कम्पनीले हप्ताको सात दिन तथा बिदाको दिनहरुमा पनि अफिस सञ्चालन गरि सेवा दिई सरल र स’रक्षित रेमिटेन्स् सेवाको उपभोग गर्न सकिने जानाकारी दिएको छ । साथै औपचारीक उद्घाटनको अवसरमा ग्राहक महानुभावहरुलाई रेमिट शुल्कमा सन् २०१८ २ ९ देखि १६ सम्मको लागि २० प्रतिशत छुट सहित विभिन्न उपहारको व्यवस्था गरिएको जनाएको छ ।

मिस एण्ड मिसेस जापान प्रतिस्पर्धी प्रेरणा प्रतियोगिताबाट बाहिरिइन

टोकियो ।

जापानमा जारी मिस एण्ड मिसेस जापानको अन्तिम प्रतिस्पर्धीमा परेपछि प्रतियोगिताको नियम विपरित गएपछि प्रतिस्पर्धी प्रेरणा केसीलाई आयोजकले प्रतिस्पर्धाबाट हटाएको छ ।

फेब्रुवरी १८ मा ग्राण्ड फिनालेको समय समेत तोकिसकिएको कार्यक्रममा सहभागी मिसेस प्रतिस्पर्धामा रहेकी केसी राईले आयोजकले गर्ने कार्यक्रम स्थान, व्यवस्थापन तथा प्रतिस्पर्धाको नियम बिपरित स्वार्थ राखेर क्रियाकलाप गरेपछि प्रतियोगिताबाट हटाउनुपरेको आयोजक पल ईन्टरटेनमेन्ट र शिन्जोउ कर्पोरेशनले टपनेपालन्युजडटकमलाई जानकारी दिएको छ ।

सकारात्मक सोच, समाज र देशको लागि केही गर्ने उदेश्यसहित गरिएको कार्यक्रममा सहभागीले त्यसबिपरित व्यवहार र आचरण गरेका कारण प्रतियोगिताबाट हटाउनुपरेको भन्दै आयोजकले अन्य सबै प्रतिस्पर्धीहरु प्रतियोगितामा प्रशिक्षणमा रहेको भन्दै तोकिएकै मितिमा फेब्रुवरी १८ तारिखमा भव्य सांगितिक कार्यक्रम सहित टोकियो ईताबासी ओयामा ग्रिन हलमा साँझ ६ बजे ग्राण्ड फिनाले हुने जानकारी दिएको छ ।

मिस एण्ड मिसेस जापानको अन्तिम प्रतिस्पर्धी छनौट, फेब्रुवरी १८ मा ग्राण्ड फिनाले

फोटो सुटिंगमा सहभागीतासँगै कमाईको अवसर

( ज्याक खड्का  )

टोकियो ।

जापानको पानासोनिक कम्पनीले नया प्रोडक्ट बजारमा ल्याउनको लागि फोटो सेसन गर्ने भएको छ ।

प्यानल टेस्ट मार्फत फेस डिटेक्सन क्यामेरामा नया प्रबिधि सँगै अनुसन्धान गर्न लागिएको फोटो सेसनमा सहभागीसबैले नगद ४ हजार येन समेत पाउने छन् ।

करिव २ सय जनामा गर्न लागिएको फोटो सेसनको उद्देश्य नया प्रविधिको अनुसन्धान र विकास गर्न मानव अनुहारको डेटा संकलन गर्नु रहेको बताइएको छ ।

हाल जापानको एयरपोर्टमा  रहेको  फेस डिटेक्सन क्यामेराको अझ सरल र छीटो तरिकाले  जापान प्रबेश लाई बिकास गर्नको लागि प्रयोग परिक्षणको लागि फोटो सेसन गर्न लागिएको आयोजकले बताएको छ ।

नेपाल सहित भारतीय, श्रीलंका, ईरानियन, इराकिस, सऊदी अरबी सहभागी हुनसक्ने फोटो सेसनमा सहभागीहरुले पासपोर्ट अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।

पासपोर्ट सहित जाइरियु कार्ड, चालकको इजाजतपत्र, स्कूलको परिचय पत्र आदि जुनसुकै परिचयपत्र लिएर पनि कार्यक्रममा सहभागी हुन सकिनेछ ।

बारकाडे गुड टाइम सीनओकुबोमा यहि फेब्रुवरी १७ तारिख शनीवार र १८ तारिक आइतबारका दिन फोटो सुटिंग हुने छ । ३ सिफ्ट मॉ निभाजन गरी सुटिंग गरीने छ।  करिव १ घण्टा लाग्ने फोटो सुटिंगमा ७ बर्ष माथिका जो सुकै व्यक्ति पनि सहभागी हुनसक्ने छन । सहभागीहरुले फोटो खिचेलगत्तै नगद ४ हजार येन पाउनेछन् ।

दुई सय जनामा मात्र गर्न लागिएको फोटोसुटको लागि समयमै उल्लेखित halesimahadev2017@gmail.com इमेलमा नाम र मोबाइ नं सहित सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पक्का, को हुन् डोरमणि ?

काठमाडौं । प्रदेश नम्बर ३ नेकपा एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । शुक्रबार ललितपुरस्थित सिद्धिलाल स्मृति प्रतिष्ठानमा भएको निर्वाचनबाट ३४ मत ल्याएर पौडेल संसदीय दलको नेता चयन भएका हुन् । निर्वाचनमा पौडेलले प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यलाई हराउँदै प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खोलेका हुन्। संसदीय दलको नेता बन्न पौडेलले ३४ मत ल्याउँदा शाक्यले २४ मत प्राप्त गरिन्।

काठमाडौंको तत्कालिन फर्पिङ गाविसमा वि.सं. २००२ साल चैत १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो । मायानाथ पौडेल र कुलकुमारी पौडलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक बी.ए. सम्मको औपचारिक अध्ययन गरेका छन् । वि.सं. २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए ।

उनले २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गराएका थिए । लामो समय अर्धभूमिगत जीवन बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए । चार पटक कैद सजाय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए । नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको २०४८ र २०५४ मा निर्वाचित मेयर हुन्।

राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर समेत काम गरिसकेका पौडेल, अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक विकास समितिको अध्यक्ष समेत हुन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web