ओली-दाहालले लिए ऐतिहासिक निर्णय,हट्योएकतामा देखिएको अवरोध

फाल्गुन ७, २०७४ मा प्रकाशित | 1249 views

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा देखिएको अवरोध हटेको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको गोप्य वार्ता सकिएसँगै  उक्त अवरोध हटेको हो । वान टु वान वार्तामा मार्गदर्शक सिद्धान्तको विषयमा देखिएको विवाद समाधान भएको हो । ओली र दाहालबीच भएको यो सहमतिसँगै अब एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद र माओवाद दुवै उल्लेख नगरी मार्गदर्शक सिद्धान्तको नामंकन गरिने भएको छ । दुई नेताले माक्र्सवाद–लेनिनवाद वा अरू कुनै नामांकन गरी अन्तरिम मार्गदर्शक सिद्धान्त टुंग्याउने सहमति गरेका हुन् ।

पार्टी एकताका लागि यसअघि पार्टी एकता संयोजन समितिमा एकीकृत पार्टीको मुल सिद्धान्त, सांगठनिक संरचना र नेतृत्वका विषयमा विवाद भएपछि दुवै पार्टीका अध्यक्ष लगातार एकल वार्तामा रहेका थिए। दुई नेताबीच पार्टी एकता, पद बाँडफाँड र सरकारमा सहभागितालगायतका विषयमा भइरहेको छलफल मिल्नेतर्फ अगाडि बढेको एमाले नेता सुवास नेम्वाङले बताए।

माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बनिसके पनि २ पार्टीबीच एक भएपछि कुन नेतालाई कुन पद दिने र कुन सिद्धान्त अवलम्बन गर्ने तथा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका पदमा कुरा नमिलेपछि माओवादी सरकारमा सहभागी भएको थिएन।  पार्टी एकताका विषयमा २ पार्टीका अध्यक्षबीच छलफल चलिरहँदा माओवादी केन्द्रले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरिसकेको छ। नेताहरूको व्यवस्थापन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्षलगायत मुख्य पदको भागबन्डा टुंगिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web