ओली सरकारको पहिलो निर्णयमा सर्वोच्चको अवरोध, राष्ट्रियसभामा मनोनित रोक्न आदेश

काठमाडौं ।

केपी शर्मा ओली सरकारले राष्ट्रियसभा सदस्यमा मनोनित गरेका तीन सदस्य रोक्नेगरि सर्वोच्च अदालतले सपथ रोक्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आइतबार राष्ट्रियसभा सदस्यमा मनोनित डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौडेलको सपथ रोक्न भनेको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको सपथ २० गते हुँदैछ ।

सर्वोच्चले भने अन्तपरम आदेशको छलफलबाट टुंगो नलागेसम्म तीन जनाको सपथ रोक्न भनेको छ ।

देउवा सरकारले कृष्णप्रसाद पौडे, गोपाल बस्नेत र चाँदनी जोशीलाई मनोनित गर्न सिफारिस गरेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अड्काएर राखिन् ।

केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनसँगै देउवा सरकारको सिफारिस रद्द गर्दै तीन जनाको नाम पठायो, जसलाई राष्ट्रपतिले तत्काल स्वीकृत गरिन ।

तर, सर्वोच्चको आदेशमा राष्ट्रियसभा सदस्य मनोनयनमा राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर्न पाउने संवैधानिक व्यवस्तम नभएको र तत्कालीना सरकारले गरेको सिफारिस विना संवैधानिक आधार अस्वीकृत गर्न मिल्ने नदेखिएको उल्लेख छ ।

सर्वोच्चले निवेदकको माग बमोजिम किन आदेश जारी हुनु नपर्ने हो १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि भनेको छ । साथै २० गते दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।

तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट बनेपा सार्ने तयारी

चितवन ।

शेरबहादुर देउवा सरकारले हचुवाका भरमा प्रदेश नं ३ को राजधानी हेटौंडा घोषणा गरेपछि वर्तमान सरकारले प्रदेश राजधानी परिवर्तनको तयारी गरेको छ ।

प्रदेश ३ नम्वरका भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको खुलासा समेत गरेका छन् । मन्त्री स्थापितले प्रदेश राजधानी परिवर्तन तयारी गरेको खुलासा गरेपनि ठाउँबारे बताएका छैनन् । श्रोतका अनुसार हेटौंडाबाट परिवर्तन गरेर नयाँ राजधानीको रुपमा बनेपालाई तोक्ने तयारी भएको छ ।

मन्त्री स्थापितका अनुसार सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको उनले बताए । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यो ठाउँको बारेमा सार्वजनिक गर्न भने नहुने बताए ।

उनले भने, “अहिले नै सार्वजनिक गर्यो भने समस्या हुन्छ ।” प्रदेशको केन्द्र पर्नेगरी राजधानी सार्ने तयारी गरिएको ठाउँमा सात लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र तीन लाख रोपनी वन रहेको पनि उनले बताए । ५० हजार रोपनी खोलाले खाएको जग्गा पनि रहेको भन्दै उनले भने, “त्यहाँ १४र१५ करोड लिटर पानी भण्डारण गर्न मिल्छ जसबाट १० लाख जनतालाई खानेपानी पुग्छ ।”

तीसवटा महत्वपूर्ण पूर्वाधार बनाउने बताउँदै उनले प्रदेशको जुन ठाउँबाट पनि चार घण्टाभित्र राजधानी पुगिने बताए । जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै उनले आउँदो चार महिनाभित्र राजधानी सर्ने बताए ।

उनले भने, “निर्णय भएपछि तत्काल सार्छौँ । पूर्वाधार मन्त्री म आफैं भएकाले मैले तयारी गरिरहेको छु । आन्तरिक काम भइरहेको छ ।” मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सांसद भवन कहाँ राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि उनले बताए । राजधानी सरेसँगै प्रदेशको नामाकरण गरिने पनि मन्त्री स्थापितले बताए ।  आउँदो पाँच वर्षमा पूर्वाधारका क्षेत्रमा जनताले महशुस गर्न सक्ने गरी आमूल परिवर्तन हुने पनि उनले बताए ।

जापानमा यौनप्रति युवाको अनिच्छा बढ्दा जनसंख्या घट्दो

एजेन्सी ।

आधुनिकतासँगै उदारताका हिसावमा जापान पश्चिमा समाज जत्तिकै मानिन्छ । तर पछिल्लो समय यौनमा युवाको अनिच्छा बढ्दै जाँदा जापानमा जनसंख्या बृद्धिदर घट्न जाँदा जापान सरकारलाई नै चिन्तित तुल्याएको छ ।

हुनलाई जापान लभ होटलको अवधारणा आविष्कार गर्ने देश समेत हो । तर यो देशको युवामा भने नयाँ परिवर्तन आइरहेको छ ।

२६ वर्षिया कमेडियन एनो मात्सुई भन्छन् “मैले कहिले केटीहरुलाई प्रभावित पार्न सकिँन । एक पटक मैले एक केटीलाई डेटको लागि प्रस्ताव राखेको थिएँ उनले अस्वीकार गरिन् । त्यसले मलाई निक्कै चोट पु¥यायो । ”

एनो मात्सुई जापानमा बढिरहेको सम्बन्धविहीन युवाहरुको ठूलो समूहको एक प्रतिनिधी हुन् । पछिल्लो तथ्याङ्कमा १८ देखि ३४ वर्ष उमेर समूहका ६४५ जापानी युवा कहिले सम्बन्ध नपरेको पाइएको थियो । सोही तथ्याङ्कमा सो समूहका ४३५ युवाहरुले कहिले यौन सम्बन्धमा नराखेकोे पाइएको थियो ।

के तपाईंको साथीहरुको स्थीति पनि यस्तै छ कि भन्ने प्रश्नमा उनले भने “मजस्तो महिलासँग पन्छने पुरुषहरु धेरै छन् । हामीलाई अस्वीकृतीले अत्याउँछ । सम्बन्धमा रहनुभन्दा बरु एनिमेसन गरेर बस्नु मज्जा । खासमा म आफैलाई घृणा गर्छु र यसमा म केही गर्न सक्दिँन ।”

त्यसपछि हाम्रो भेट ४५ वर्षिया आर्टिस्ट रोकुदेनाशिकोसँग भयो । अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्ने उनलाई हाम्रो पहिलो प्रश्न थियो – नयाँ पुस्तामा आइरहेको परिवर्तनले के उनलाई अचम्मित तुल्याउँछ रु “हो, ठूलो परिवर्तन देखिन्छ । मेरो पुस्ताको लागि यौन जीवनको महत्वपूर्ण हिस्सा हो । सम्बन्ध निर्माण सजिलो कुरा होइन । एक केटाले केटीलाई डेटको प्रस्ताव राखेबाट यो शूरु हुन्छ । तर धेरै केटाहरु आजकल यो प्रकृयालाई झन्झट मान्न थालेको जस्तो देखिन्छ । उनीहरु बरु पोर्न हेरेर सन्तुष्टी लिन थालेका छन् । ”

पुरुषहरुको अवस्था बुझेपछि हामीले युवतीहरुको के अवस्था छ जान्न चाह्यौ । २४ वर्षिया लेखा अधिकृत अन्ना भन्छिन्, “मेरो लागि यौनभन्दा खाना र निन्द्रा महत्वपूर्ण छ । मलाई यौनको त्यति चाहना छैन ।”

गफको क्रममा उनको सम्बन्धप्रतिको घृणाको खास कारणबारे खुल्यो “विश्वविद्यालय जान थाले पछि पहिलोपटक मैले अभिभावकको नियन्त्रणबाट स्वतन्त्रताको महसुस गरंँ । पहिलोपटक म साथीहरुसँग अबेरसम्म घुम्न वा पिउन सक्ने भएँ । प्रेमीले मैले पाएको यो नयाँ स्वतन्त्रता नियन्त्रण गरिदिनेछ, म त्यो चाहन्न ।” सम्पन्न राष्ट्र मध्ये जापानमा महिला स्वतन्त्रताको अवस्था दयनीय रहेको छ ।

पोर्नोग्राफी, न्यून आत्मसम्मान वा पितृसत्तात्मक नियन्त्रणबाट मुक्तिको चाहना कारण जे सुकै होस् जापानको आधा जनसङ्ख्या सम्बन्धको कुनै अनुभवबिना ३० वर्षमा प्रवेश गर्दै छ । सम्पन्न देशमा यो अचम्म पार्ने खालको तथ्याङ्क हो ।

यसले जापानको पहिलेदेखि घटिरहेको जनसङ्ख्यालाई झन् नकारात्मक असर पार्ने देखिन्छ । युवा जनसङ्ख्यामा बच्चाको रुचि राख्ने हिस्सामा निक्कै कमी आएको छ ।

जापानको जनसङ्ख्या सन् २००८ देखि २०१५ को बीचमा रेकर्ड दश लाख घट्यो । घट्दो जन्मदर तर बढ्दो औसत आयूको कारणले यो देशमा ६५ भन्दा बर्ष उमेर माथिकाको जनसङ्ख्याको हिस्सा २५५ पुगेको छ । विज्ञले त्यो हिस्सा बढेर ४०५ सम्म पुग्न सक्ने बताउछन् । यो संसारको कुनै देशले पहिला नभोगेको अवस्था हो । यसले राज्यको अर्थतन्त्रमा कस्तो असर पार्छ भनेर अनुमान मात्र गर्न सकिने अवस्थामा छौ्र ।

अहिलेको दरमा जनसङ्ख्या घटेमा हालको १३ करोड जनसङ्ख्या घटेर सन् २१०० सम्म ४।६ करोड हुनेछ । सरकारले यो चिन्ताजनक अवस्था समाधान गर्न चासो राखेको छ । उसले युवाहरुमा विवाह प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ । तर अध्ययनले अविवाहित युवामा मात्र होइन विवाहित जोडीबीच पनि यौन सम्बन्ध हुन छाडेको देखाएको छ । अध्यययनले ५०५ विवाहित जोडिबीचमा पनि यौन सम्बन्ध हुन छाडेको जनाएको छ ।

त्यसको कारणमा २१५ पुरुषले थकानलाई कारण देखाएका छन् । २३५ महिलाले यौनलाई अनावश्यक झमेलाको रुपमा व्याख्या गरेका थिए । जापान विश्वमा सबैभन्दा लामो अफिस टाइम भएको देशमा पर्छ । लामो समयको कामले यौनमा असर पर्ने कुरा प्रमाणीत मनोवैज्ञानिक तथ्य हो । जापानमा धेरै कामले सम्बन्धमा असर पर्ने मात्र होइन ज्याननै जाने प्रसस्त घटनाहरु बाहिर आइरहन्छन् । गिर्दो श्रमशक्तिको नकारात्मक असर यो पनि हो , यहाँ विधमान श्रमशक्तिलाई लामो समय काम गराएर अभाव पुर्ति गर्न खोजिदैछ ।

बदलिदो समाजिक अवस्थाको बारेमा टोकियोमा भेटिएकी एक युवतीले भनिन्, “आजकल धेरै महिलाहरु घरबाहिरको काम गरिरहेका छन् । जुन एक हिसाबले राम्रो पनि हो किनकी यसले जापानमा खुम्चदो श्रमशक्तिलाई पुर्ति गरिरहेको छ । यही कारणले धेरै महिलाहरुले विवाहमा विलम्ब गरिरहेका छन् । त्यसले समाजिक समस्या निम्त्याइरहेको छ ।”

अर्का पुरुषले भने “शहरको जीवन एकदमै महङ्गो छ । यहाँ परिवार शुरु गर्नु वा बच्चा जन्माउनु त झन् एकदमै गा¥हो कुरा हो । ”

जापानमा खुम्चदो श्रम शक्तिको असर हेर्न सबैभन्दा राम्रो ठाउँ वृद्धाश्रम हो । त्यहाँ एकदम वृद्धको हेरचाह गर्ने काममा ६५ वर्ष माथिका मान्छेहरुनै छन् । यही वृद्धाश्रममा भेटिएकी एक वृद्धाले भनिन युवाहरु काममा यति धेरै व्यस्त हुन्छन् कि उनीहरुलाई सामाजिकरणको लागि समयनै हुदैन । यसले सम्बन्ध हुने सम्भावनै रहदैन ।”

जापानमा यो समस्याको समाधानका लागि दुई विकल्पमा बहस भइरहेको छः रोबोटको प्रयोग र लचक आप्रबासी नीति । बहस यी दुबै विकल्पमा भएपनि मुख्य ध्यान रोबर्टमा दिइएको छ । जस्तो बृद्धहरुको स्याहार सुसार गर्ने रोवर्ट निर्माणमा मात्रै लाखौं लगानी भइरहेको छ ।

आप्रवासीहरु प्रति लचिलो नीति भने जापानमा त्यति लोकप्रिय पाइँदैन । जापान विश्वमै सबैभन्दा समरुपी राज्य हो । यहाँ ९९५ जनसङ्ख्या एउटै जातिका रहेका छन् । यो कारणले आप्रबासीको सम्बन्धमा यो राष्ट्र सधैं असहज मान्ने गर्छ । बहुसङ्ख्यक जनतामा लचिलो आप्रवासी नीति अलोकप्रिय रहेको अवस्थामा सरकारले यूरोप वा अमेरीकामा जस्तो आप्रवासन नीति लिने सम्भावना छैन । टोकियोको बाटोमा भेटिएकी एक युवतीले भनिन्, “म विदेशीहरुको विरोधी त होइन तर यो जापानी समस्या हो र यसलाई हामी आफैले समाधान गर्नुपर्छ ।”

जापान मात्र तिव्र गतिमा बृद्ध भइरहेको मुलुक होइन । आगामी पाँच वर्षमा विश्वका १३ राष्ट्रहरुमा ६५ वर्षभन्दा बढी उमेरका जनसङ्ख्या २०५ हुनेछ । अमेरीकाले सन् २०३० मा सो स्थान प्राप्त गर्नेछ । त्यो बेला विश्वका ३४ राष्ट्रको त्यस्तो अवस्था हुनेछ । तर, तत्कालका लागि जापानले यसको नेतृत्व गरिरहेको छ । जापानले हाल लिने कदम भविष्यमा उस्तै समस्या भोग्दै गरेका राष्ट्रहरुका लागि उदाहरण हुनेछ ।

एजेन्सीहरुको सहयोगमा

विदेशी एयरलाइन्सलाई पोस्नेगरि स्वदेशी कम्पनीलाई अंकुश प्रयास

काठमााडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने गरि काम गरेको छ ।

प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुमति दिन नसक्ने जानकारी गराएको थियो । तर त्यसको केही सातापछि नै कुवेतको वातानीय एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिएको थियो ।

हाल उक्त एयरलाइन्सले नेपालमा उडान भर्दै आएको छ । त्यस्तै गरी भारतको गो एयर, मकाउ लगायत देशबाट पनि नयाँ एयरलाइन्सहरु नेपालमा उडान भर्नका लागि प्रक्रियामा छन् । नयाँ आउने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई उडान अनुमति एओसी रोक्ने तयारी गरिरहेका छ ।

प्राधिकरणले पूर्वाधार अभाव भएको भन्दै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएसम्म नयाँ कम्पनीलाई एओसी तत्काल नदिने तयारी गरेको हो । हाल निजी क्षेत्रबाट अल्पाइन एयर, बीबी एयरवेज र श्री एयरलाइन्स एओसी लिने तयारीमा छन् ।

प्राधिकरणले पार्किङ वे तथा अन्य पूर्वाधार खडा गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल साँघुरो भएको भन्दै एओसी रोक्ने तयारी थालेको हो ।

शुभकामना ! विश्वकप छनोट जित्ने लक्ष्य सहित नेपाली टोली जिम्बावे प्रस्थान

काठमाडौं ।

सुपर सिक्समा पर्ने लक्ष्य सहित एक दिवसीय विश्वकप क्रिकेटको छनोट खेल्न नेपाली क्रिकेट खेलाडीहरू शनिबार राति जिम्बाम्बे प्रस्थान गरेका छन् ।

दुईब हुँदै नेपाली टोली भोलि  साँझ जिम्बावे पुग्नेछ। आगामी फागुन २० गतेदेखि जिम्बावेमा सुरू हुने आइसिसी विश्वकप छनोटमा नेपालले बलिया टोलीबिरूद्ध प्रतिश्पर्धा गर्नेछ।

१० राष्ट्रको सहभागिता रहेको विश्व कप छनोटमा नेपाल समूह बीमा छ। नेपालले समूह चरणमा टेस्ट मान्यता प्राप्त राष्ट्र आयोजक जिम्बावे, अफगानिस्तानसँगै स्कटल्यान्ड र हङकङको सामना गर्नुपर्नेछ। राउन्ड रोविन लिगपछि समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। अर्को समूहमा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन् ।

हालै नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल पुगेको नेपालसँगै युईएले छनोटमा स्थान बनाएका हुन्। सुपर सिक्समा पुग्ने टोलीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ। त्यस्तै सुपर सिक्स पुग्ने टोलीले इन्टर कन्टिनेन्टल कप र आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप पनि खेल्न पाउनेछन्।

विश्वकप छनोटअघि नेपालले दुई अभ्यास खेल खेल्नेछ। युएईसँग मंगलबार प्रतिस्पर्धा गर्ने नेपालले फागुन १७ मा हङकङको सामना गर्नेछ।

यस्तो छ नेपाली टोली

कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्त गोचन, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी, दीलिपनाथ, ललित भण्डारी, अनिल कुमार शाह, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी ।

प्रशिक्षक -जगत टमाटा

व्यवस्थापक तथा टेक्निकल एनालिस्ट– रमन शिवाकोटी

फिजियोथेरापिस्ट– दिनेश भट्ट

फिजिकल ट्रेनर– सुभाष पात्रो,

ब्याटिङ्ग कन्सल्ट्यान्ट– उमेश पटवाल

भिडियो एनालिस्ट -सुरज शाक्य

एमालेलाई राष्ट्रपति प्रधानमन्त्री, माओवादीलाई उपराष्ट्रपति सभामुख ‘यस्तो छ भागवण्डा’

काठमाडौं ।

एमाले–माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता र दुवै संसदको महत्वपूर्ण पदको भागबण्डा गरेका छन् ।

दुवै पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबण्डा आपसी समझदारीमा टुंग्याएका हुन् ।

‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबण्डा भइसकेको छ’, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने, ‘राष्ट्रपति एमालेलाई दिने र सभामुख माओवादीले लिने समझदारी भएको छ।’

एमालेले राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाको अध्यक्ष र १० वटा मन्त्रालय तथा माओवादीले उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाको उपाध्यक्ष र सात वटा मन्त्रालय लिने सहमति भएको छ।

यो सहमति एमाले–माओवादीका दुई अध्यक्षदेखि वाम एकता संयोजन समितिमा जुटेका नेताहरूको भनाइ छ । यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन् ।

दुई दलबीच भएका सहमतिमा कांग्रेस सभापनि शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि पठाएका तीन जनाको सिफारिस फिर्ता लिँदै एमालेका दुई र माओवादी केन्द्रका एक जना सिफारिस गर्नेसम्म थिए ।

सोही समझदारीका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयन गरेपछि देउवा सरकारद्वारा मनोनति तीन जना अदालत गुहार्न पुगका छन् ।

एमाले र माओवादीबीच ओली सरकारलाई दुई तिहाइ सांसद्को समर्थनयुक्त बनाउन पनि प्रयास भइरहेको छ। यसका लागि संघीय फोरमलाई सरकारमा ल्याउन पदीय बाँडफाँडमा सहमतिमा ल्याउने प्रयास जारी छ।

फोरमलाई प्रतिनिधिसभाको उपसभामुख र बढीमा दुईवटा मन्त्रालय दिएर सरकारमा ल्याउने विषयमा दुई दलले छलफल गरिहेका छन् ।

एमाले

– राष्ट्रपति

– प्रधानमन्त्री

– राष्ट्रियसभा अध्यक्ष

– प्रधानमन्त्रीसहित ११ वटा मन्त्रालय

– राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये २ जना

माओवादी

– उपराष्ट्रपति

– प्रतिनिधिसभा सभामुख

– राष्ट्रियसभा उपाध्यक्ष

– ७ वटा मन्त्रालय

– राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये १ जना

संघीय समाजवादी फोरम ९सरकारमा सहभागी भए मात्र०

– प्रतिनिधिसभा उपाध्यक्ष

– २ वटासम्म मन्त्रालय

सभापती देउवाले संसदीय दलको नेता पनि आफैं बन्न खोजेपछि कांग्रेस बैठकमा बाझाबाझ

काठमाडौं ।

कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता पनि आफैं बन्न खोजेपछि बाझाबाझ भएको छ ।

देउवाको यस्तो प्रयासपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकमा संसदीय दलको नेताका अर्का आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंह र देउवाबीच चर्काचर्की नै पर्‍यो ।

देउवाले आफैं दलको नेता बन्न तयारी सुरु गरे पनि संस्थापन पक्षकै कतिपय नेता यसमा असन्तुष्ट छन् । तर उनीहरू देउवाका सामुन्ने बोल्न सकेका छैनन् । संसदीय दलमा आफ्नो पक्षमा बहुमत देखिएपछि उनी आफैं अग्रसर भएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदको संयुक्त बैठकमा पौडेलले पार्टी पराजित भएका बेला सभापतिले नै दलको नेतामा दाबी गर्न परम्परागत अभ्यास र नैतिक रूपले समेत नमिल्ने भन्दै आपत्ति जनाए ।

२०५१ र ०६४ मा गिरिजाप्रसाद कोइरालाले पार्टी पराजित भएका बेला अघि नसरेको ‘नजिर’ प्रस्तुत गर्दै उनले देउवालाई प्रतिस्पर्धा नगर्न आग्रह गरे । ‘०५१ मा पार्टी पराजित हुँदा हामी 'देउवा र पौडेल' नै गएर गिरिजाबाबुलाई पार्टी पराजय भएका बेला दलको नेता तपाईं बन्न हुन्न भनेर भनेका थियौं, अहिले पनि पार्टीले चुनाव हारिसकेपछि पार्टी सभापति नै फेरि दलको नेतामा प्रतिस्पर्धा गर्ने ?’ पौडेलले भने, ‘यो परम्परागत अभ्यास र नैतिक रूपले समेत नमिल्ने कुरा हो । पार्टी हितका लागि पनि सभापतिले प्रतिस्पर्धा गर्न हुन्न ।’

०५१ मा गिरिजाप्रसादले दलको नेता छाडेपछि देउवालाई संसदीय दलको नेता बन्ने बाटो मात्रै खुलेन, ४९ वर्षमै प्रधानमन्त्री बन्ने अवसरसमेत मिलेको थियो ।

कोइरालाकै नेतृत्वमा ०६४ को पहिलो संविधानसभा चुनावमा पनि कांग्रेस दोस्रो भएपछि पनि उनले इच्छा नदेखाएपछि पौडेल संसदीय दलको नेता बनेका थिए ।

चुनावी प्रतिस्पर्धामा पौडेलले देउवालाई पराजित गरेर संसदीय दलको नेता बने पनि प्रधानमन्त्री बन्न सकेनन् । तर देउवाले बैठकमा पौडेलको भनाइको कुनै जवाफ दिएनन् ।

संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्थाका कारण देउवाले पुनस् सोही पदमा रहने इच्छा देखाएकामा पौडेल पक्ष र नेतृत्व परिवर्तनका लागि लबिइङ गरिरहेका युवा नेता तथा सांसदले समेत असन्तुष्टि जनाउँदै आएका छन् ।

बैठकमा केही सांसदले दलको नेता सर्वसम्मत हुनुपर्नेमा जोड दिएका थिए ।

सर्वसम्मत नहुँदा पार्टीभित्र एकता नभएको सन्देश जाने भन्दै उनीहरूले निर्णय लिन शीर्षस्थ नेताहरूलाई आग्रह गरे । दलको नेतामा पौडेल पक्षबाट पूर्वमहामन्त्री सिंहले तयारी अघि बढाइसकेका छन् ।

सिंहले चुनाव हार्नुमा आफूलाई मात्रै कारण ठर्‍याएपछि देउवा केहीछिन आक्रोशित भए । सिंहले पार्टीले चुनाव हार्नुमा सभापति देउवाको कार्यशैली र भूमिका मुख्य कारण रहेको बताएका थिए । देउवाले सिंहप्रति लक्षित गर्दै पार्टीलाई कमजोर बनाउने गरी अभिव्यक्ति दिनेमाथि कारबाही गरिने चेतावनी दिए । यही विषयमा देउवा र सिंहबीच बैठकमा केहीछिन चर्काचर्की पर्‍यो ।

‘निर्वाचनको समीक्षा गर्नुपर्छ, तर पार्टी हार्नुमा मेरो मात्रै दोष हो ? हिजो सुशील कोइराला नेतृत्वमा पार्टी रहँदा पनि चुनाव हारेकै हो । त्यसबेला दोष क–कसले लिए ?’ देउवाको आक्रोश थियो, ‘पार्टीले जम्मा पचास हजार मत कम ल्याएको त हो । दुइटा वामपन्थी पार्टी मिलेर जितेका हुन् । कांग्रेसले हारेको होइन ।’

आफ्नै पार्टीको अन्तर्घातका कारण १५र२० सिट हारेको उल्लेख गर्दै देउवाले स्थानीय तहदेखि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अन्तर्घात गर्ने सबैमाथि कारबाही हुने चेतावनी दिए । चुनाव हारमा चौतर्फी आक्रमण हुन थालेपछि देउवाले पहिलो पटक भारतीय नाकाबन्दीमा कांग्रेसले नबोल्दा पार्टीको स्थिति कमजोर भएको स्वीकार गरे ।

त्यतिबेला पार्टी केन्द्रीय कार्यसमिति बैठकमा केही युवा नेताले भारतीय नाकाबन्दीको विरोध गर्नुपर्ने अडान राख्दा नेृतत्वले नाकाबन्दी भन्ने शब्द नराखी आपूर्ति व्यवस्थामा अवरोध हुन नहुने भन्ने भाषा प्रयोग गरेको थियो ।

‘भारतले नाकाबन्दी लगायो, एमालेले त्यसलाई राष्ट्रवादको नाराका रूपमा उचाल्यो,’ देउवाको भनाइ थियो, ‘हामीले नाकाबन्दीमा बोल्न सकेनौं, त्यसकै परिणाम हामी कमजोर भयौं ।’

पार्टी कोषाध्यक्ष सीतादेवी यादवले सभापति पार्टीका नेताहरूप्रति किन अनुदार भएको भन्दै प्रश्न गरेकी थिइन् । उनले अरू पार्टीका नेताहरूको माग पूरा गर्ने, तर आफ्नै पार्टीका साथीहरूले राखेको धारणाप्रति अनुदार बन्ने सभापतिको शैली ठीक नभएको बताइन् आजको कान्तिपुरमा खवर छ ।

प्रदेश ६-राजधानी बिरेन्द्रनगर नाम कर्णाली प्रदेश

सुर्खेत ।

प्रदेशको नाम टुंगो लगाउन नसकेर नम्वर दिएका दलहरुलाई प्रदेश गठन भएको हप्तादिनमै नामाकरण र राजधानी तोकेर कर्णाली प्रदेशले प्रदेश नामाकरण विवाद टुंग्याएको छ ।

प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको विरेन्द्रनगर भएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकले अध्याधिक मत सहित प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो । संविधानले प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै दिएको छ ।

बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गर्नुभयो भने विपक्षी  दल नेपाली कांग्रेसका का नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेतको विरेन्द्रनगर बनाउ प्रस्ताव राख्नुभएको थियो ।

यो प्रदेशमा ४० जना सांसद रहेकोमा एमालेका चन्द्रबहादुर शाहीले राजीनामा दिएपछि अहिले ३९ जना सांसद रहेका छन । ३९ जनामध्ये ३७ जनाले प्रदेशको नाम कर्णाली प्रदेशमा मतदान गरेका थिए भने सुर्खेतको वीरेन्द्रनगर स्थायी राजधानीमा ३६ जनाले मतदान गरेका थिए ।

सेनाका हवल्दार बालिकामाथि हातपात गरेको आरोपमा पक्राउ

इलाम ।

बहालवाल नेपाल सेनाका हवल्दार ५ वर्षीय बालिकलाई हातपात गरेको आरोपमा इलाममा पक्राउ परेका छन् ।

ड्यूटीमा रहेका बेला रक्सी खाएर बालिकामाथि हातपात गरेको आरोपमा हवल्दार सुशिल पौड्याल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यलय इलामका अनुसार इलामको बसपार्कमा चटपटे खाँदै गरेकी बालिकामाथि हवल्दारले हातपात गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

रामेछाप घर भएका पौड्यालले शनिबार काममा खटिएका नेपाल प्रहरीमाथि  समेत हातपात गरेको बताइएको छ ।

लिभरपुल वेष्टह्यामलाई ४–१ ले हराउदै दोस्रो स्थानमा

काठमाडौं ।

इंग्लिस प्रिमियर लिगमा लिभरपुल म्यान्चेष्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

वेष्टह्याम युनाइटेडलाई ४–१ को अन्तरले हराएउदै लिभरपुल म्यान्चेष्टर युनाइटेडलाई पछि पार्न सफल भएको हो ।

एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउनका लागि इम्रे क्यान, मोहम्मद सलाह, रोबर्टो फिरमिनो र साइडो मानेले १–१ गोल गरे । खेलको २९ औं मिनेटमा सलाहको पासमा इम्रे क्यानले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

५१ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले २–० को अग्रता लियो । ५७ औं मिनेटमा फिरमिनेले लिभरपुलका लागि तेस्रो गोल थपे । तर ५९औं मिनेटमा मिचाइल एन्टोनीले वेष्टह्यामका लागि गोल गर्दै लिभरपुलको अग्रता ३–१ मा छाट्याए ।

खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको लिभरपुलले ७७ औं मिनेटमा चौथो गोल गर्‍यो ।

जितसँगै लिभरपुल २८ खेलबाट ५७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यान्चेष्टर युनाइटेड ५६ अंक सहित तेस्रो स्थानमा छ ।

वेष्टह्याम विरुद्धको गोलसँगै मोहम्मद सलाहले लुइस स्वारेजले बनाएको ३१ गोलको कीर्तिमान बराबरी गरेका छन् ।सन् २०१३–१४ सिजनमा लुइस स्वारेजले ३७ खेलमा ३१ गरेका थिए ।

नर्भिकमा देब्रे घुँडा बिरामीको दाहिने अपरेशन गर्ने डाक्टर यिनै हुन्

काठमाडौं ।

लापरवाही र हेलचेक्राइको एउटा गलत नजिर बनाउँदै नर्भिक अन्तराष्ट्रिय अस्पतालका डाक्टरले देब्रे खुट्टाका बिरामीको दाहिने खुट्टा चिरिदिएका छन् ।

गल्ति गरेर समेत स्विकारर्न आनाकानी गरेका डाक्टरले अस्पतालले विषय चर्कनसक्ने भन्दै हतारमा ढाकछोप गर्न डाक्टरलाई दबाब दिएपछि उपचारका क्रममा गल्ती भएको स्विकार गर्दै उपचार खर्च तिर्ने सहमतीमा सामसुम पार्ने प्रयास गरेका छन् ।

अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको हो ।

चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर नर्भिक अस्पताल आइपुगेका थिए ।

रिपोर्ट हेरेपछि डा प्रविण नेपालले भ्वाङ रहेको भन्दै अपरेशन गर्नु पर्ने राय दिए । विन्दु बिहीबार काठमाडौं आइन् र विमानस्थलबाट सिधै अपस्ताल पुगिन् ।

उनी आफैं हिडेर अस्पताल गएकी थिइन् । तर, डा नेपालले अपरशेन गर्नु पर्ने दोहोर्‍याए । ‘अहिले त हिँडेरै आएको छ । दुख्दा पनि दुखेको छैन भनेको पछि गाह्रो हुन्छ भने’ विन्दुका श्रीमान किशोर पौडेलले सञ्चारकर्मीहरुसँग भने ।

उसो त अपरेशन गर्नुअघि परिवारका सदस्यले फेरि एमआरआई गरौं नभनेका पनि होइन । तर, डा नेपालले पटक पटक एमआरआई नगरौं आरसस्टोपी गरेर हेर्छु भने । परीक्षणपछि विरामी भर्ना भइनन्, घर नै गइन् ।

हिजो शुक्रबार विहान करिव साढे ९ बजेतिर अस्पताल भर्ना भइन् र अपरेशन सुरु भयो ।

उनलाई अपरेशन कक्षमा झण्डै चार घन्टा राखियो । अपरेशन लगतै भेट्न दिइएन, जुन स्वभाविक हो । तर, कस्तो छ भन्दा डाक्टरले राम्रो भएको सुनाए ।

जब आफन्तले भेट्न पाए, विरामीले अपरेशन गरेको खुट्टा देखाउँदा परिवारका सदस्यहरु छाँगाबाट खसे झै भए । नहुन पनि किन ? देब्रे घुँडाको लिगेमन्ट च्यातिएको भनेर अपरेशन गर्न पठाएको डाक्टरले त दाहिनेमा चिरेछन् ।

त्यसबेलासम्म असपतालले केही भनेको थिएन । पीडित परिवार डाक्टर प्रविणलाई भेट्न पुगे । उनी भेटिएनन् । लगतै उनीहरु कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह कहाँ पुगे र उपचारका क्रममा भएको गम्भीर गल्ती सुनाए ।

विरामीका आफन्तका अनुसार सुरुमा त चिकित्सकले गल्ती स्वीकार गर्न आनाकानी गरेका थिए । डा प्रविण नेपालको तर्क थियो, अपरेशन रुममा गएर हेर्दा देब्रेभन्दा दाहिनेमा धेरै समस्या देखेँ, त्यसैले त्यसकै अपरेशन गरेँ ।’

तर, विरामीका आफन्तले यो मान्ने कुरा थिएन । दाहिने खुट्टाको अपरेशन गर्नु पूर्व आफूलाई जानकारी नदिएको मात्र होइन, कुन परीक्षणका आधारमा अपरेशन गर्नुभयो भन्ने प्रश्न गरे । छलफलका क्रममा अस्पतालका कार्यकारी निर्देशक सिंहले पनि डाक्टर नेपालको तर्कसँग सहमत भएनन् ।

तर, अन्तिममा डा नेपालले देब्रे सोचेर अपरेशन गरेको दाहिने परेछ भने भन्दै गल्ती स्वीकार गरे ।

शनिबार चौधरी ग्रुपद्वारा सञ्चालित अस्पताल र पीडित पक्षबीच चारबुँदे सहमति भएको छ । सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको तथ्य’ स्वीकार गरेका छन् ।

विरामी विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ । साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति छ ।

नेपाली विद्यार्थीहरुको संस्थाले जापानमा वार्षिक उत्सव मनाउँदै

विश्व बन्धु भण्डारी-टोकियो ।

नेपाल जापान विद्यार्थी समाजले ‘ विद्यार्थी डायरी-२ ‘ प्रकाशन गर्ने भएको छ । अघिल्लो वर्ष समाजको वार्षिकोत्सवमा ‘विद्यार्थी डायरी- १ ‘ प्रकाशन गरिएको थियो ।

यस वर्ष पनि समाजको वार्षिकोत्सवको अवसरमा पुस्तक प्रकाशन गर्न लागिएको समाजका अध्यक्ष चेतन पौडेलले जानकारी दिनु भएको छ । पुस्तकमा  जापानमा आएर सफल भएका व्यक्तिहरूको जापान भोगाइ सहित विविध रचना तथा नेपालबाट जापानमा आऊँदा विशेष ख़्याल गर्नु पर्ने सूचना लगायतलाई समेटेर पुस्तक प्रकाशन गर्न लागिएको हो ।

पुस्तकमा जापानलाई कार्यक्षेत्र बनाई सिकेको सिप ,ज्ञान ,लगानी नेपाल भित्राउन अथवा जापानकै विभिन्न क्षेत्रमा उच्च तहमा रही कार्यकुशलता देखाई रहनु भएका आदर्णीय ब्यक्तित्वको परिचय, २ जनाको अन्तरवार्ता ,जापानमा  विद्यार्थी जीवन सबल र दुर्बल पक्षहरु,नेपालमा पर्यटक भित्राउन जापानमा रहेका नेपाली युवाहरूको  भूमिका, जापानमा  रहेका नेपालीहरुले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराहरु,भाषा विद्यालय पश्चात सेनमोन तथा दाइगाकु खोज सम्बन्धमा,  बिबिध साहित्यिक लेख  रचनाहरु लगायत विषय समावेशको लागी लेख रचना सङकलन तीव्र रूपमा भैरहेको समाजका संस्थापक अध्यक्ष तथा विद्यार्थी डायरी प्रकाशन समितिका संयोजक सन्तोष चोखालले जानकारी दिनु भएको छ ।

विद्यार्थी डायरी अथवा अन्य कुनै विषयमा जानकारी लिन इच्छुक हुनुभएमा संस्थाका अध्यक्ष पौडेलसँग संपर्क गरी आफ्ना रचनाहरु nepaljss1@gmail .com मा पठाउनका लागी जापानवासी नेपालीहरुमा  अनुरोध गरिएको छ । यही आऊँदो अप्रिल २९ मा समाजको विद्यार्थी डायरी भाग २ प्रकाशन सहित विविध कार्यक्रमका साथ दोश्रो वार्षिकोत्सव समारोह गर्न लागिएको हो ।

वार्षिकोत्सव  कार्यक्रममा विद्यार्थी  डायरी भाग २ बिमोचन  सहित जापानी भाषामा पहिलो पटक निबन्ध लेखन प्रतियोगीता समेत गर्न लागिएको जनाइएको छ ।

जापानी भाषा लेखन प्रतियोगिताबाट उत्कृष्ट  ३ प्रतियोगिहरुको निबन्ध बाचन, बिबिध सास्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सहित वार्षिकोत्सव भव्य रूपमा मनाउन लागिएको आयोजकले जनाएका छन ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web