चितवन ।

शेरबहादुर देउवा सरकारले हचुवाका भरमा प्रदेश नं ३ को राजधानी हेटौंडा घोषणा गरेपछि वर्तमान सरकारले प्रदेश राजधानी परिवर्तनको तयारी गरेको छ ।

प्रदेश ३ नम्वरका भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको खुलासा समेत गरेका छन् । मन्त्री स्थापितले प्रदेश राजधानी परिवर्तन तयारी गरेको खुलासा गरेपनि ठाउँबारे बताएका छैनन् । श्रोतका अनुसार हेटौंडाबाट परिवर्तन गरेर नयाँ राजधानीको रुपमा बनेपालाई तोक्ने तयारी भएको छ ।

मन्त्री स्थापितका अनुसार सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको उनले बताए । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यो ठाउँको बारेमा सार्वजनिक गर्न भने नहुने बताए ।

उनले भने, “अहिले नै सार्वजनिक गर्यो भने समस्या हुन्छ ।” प्रदेशको केन्द्र पर्नेगरी राजधानी सार्ने तयारी गरिएको ठाउँमा सात लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र तीन लाख रोपनी वन रहेको पनि उनले बताए । ५० हजार रोपनी खोलाले खाएको जग्गा पनि रहेको भन्दै उनले भने, “त्यहाँ १४र१५ करोड लिटर पानी भण्डारण गर्न मिल्छ जसबाट १० लाख जनतालाई खानेपानी पुग्छ ।”

तीसवटा महत्वपूर्ण पूर्वाधार बनाउने बताउँदै उनले प्रदेशको जुन ठाउँबाट पनि चार घण्टाभित्र राजधानी पुगिने बताए । जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै उनले आउँदो चार महिनाभित्र राजधानी सर्ने बताए ।

उनले भने, “निर्णय भएपछि तत्काल सार्छौँ । पूर्वाधार मन्त्री म आफैं भएकाले मैले तयारी गरिरहेको छु । आन्तरिक काम भइरहेको छ ।” मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सांसद भवन कहाँ राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि उनले बताए । राजधानी सरेसँगै प्रदेशको नामाकरण गरिने पनि मन्त्री स्थापितले बताए । आउँदो पाँच वर्षमा पूर्वाधारका क्षेत्रमा जनताले महशुस गर्न सक्ने गरी आमूल परिवर्तन हुने पनि उनले बताए ।

21.12¡ÆC