नेपाली विद्यार्थीहरुको संस्थाले जापानमा वार्षिक उत्सव मनाउँदै

फाल्गुन १३, २०७४ मा प्रकाशित
Published at 2018-02-25

2226 views

विश्व बन्धु भण्डारी-टोकियो ।

नेपाल जापान विद्यार्थी समाजले ‘ विद्यार्थी डायरी-२ ‘ प्रकाशन गर्ने भएको छ । अघिल्लो वर्ष समाजको वार्षिकोत्सवमा ‘विद्यार्थी डायरी- १ ‘ प्रकाशन गरिएको थियो ।

यस वर्ष पनि समाजको वार्षिकोत्सवको अवसरमा पुस्तक प्रकाशन गर्न लागिएको समाजका अध्यक्ष चेतन पौडेलले जानकारी दिनु भएको छ । पुस्तकमा  जापानमा आएर सफल भएका व्यक्तिहरूको जापान भोगाइ सहित विविध रचना तथा नेपालबाट जापानमा आऊँदा विशेष ख़्याल गर्नु पर्ने सूचना लगायतलाई समेटेर पुस्तक प्रकाशन गर्न लागिएको हो ।

पुस्तकमा जापानलाई कार्यक्षेत्र बनाई सिकेको सिप ,ज्ञान ,लगानी नेपाल भित्राउन अथवा जापानकै विभिन्न क्षेत्रमा उच्च तहमा रही कार्यकुशलता देखाई रहनु भएका आदर्णीय ब्यक्तित्वको परिचय, २ जनाको अन्तरवार्ता ,जापानमा  विद्यार्थी जीवन सबल र दुर्बल पक्षहरु,नेपालमा पर्यटक भित्राउन जापानमा रहेका नेपाली युवाहरूको  भूमिका, जापानमा  रहेका नेपालीहरुले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराहरु,भाषा विद्यालय पश्चात सेनमोन तथा दाइगाकु खोज सम्बन्धमा,  बिबिध साहित्यिक लेख  रचनाहरु लगायत विषय समावेशको लागी लेख रचना सङकलन तीव्र रूपमा भैरहेको समाजका संस्थापक अध्यक्ष तथा विद्यार्थी डायरी प्रकाशन समितिका संयोजक सन्तोष चोखालले जानकारी दिनु भएको छ ।

विद्यार्थी डायरी अथवा अन्य कुनै विषयमा जानकारी लिन इच्छुक हुनुभएमा संस्थाका अध्यक्ष पौडेलसँग संपर्क गरी आफ्ना रचनाहरु nepaljss1@gmail .com मा पठाउनका लागी जापानवासी नेपालीहरुमा  अनुरोध गरिएको छ । यही आऊँदो अप्रिल २९ मा समाजको विद्यार्थी डायरी भाग २ प्रकाशन सहित विविध कार्यक्रमका साथ दोश्रो वार्षिकोत्सव समारोह गर्न लागिएको हो ।

वार्षिकोत्सव  कार्यक्रममा विद्यार्थी  डायरी भाग २ बिमोचन  सहित जापानी भाषामा पहिलो पटक निबन्ध लेखन प्रतियोगीता समेत गर्न लागिएको जनाइएको छ ।

जापानी भाषा लेखन प्रतियोगिताबाट उत्कृष्ट  ३ प्रतियोगिहरुको निबन्ध बाचन, बिबिध सास्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सहित वार्षिकोत्सव भव्य रूपमा मनाउन लागिएको आयोजकले जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.