सौल,कोरिया,रञ्जन कुँवर- विगत ५ वर्ष देखि जापानवाट नेपाल रेमिट सेवा प्रदान गरि रहेको स्क्योर कम्पनी तथा संसार रेमिट सेवा सहकार्यमा सञ्चालित रुपिसेन्ट रेमिटान्स कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको छ । विगत महिनादेखि कोरियामा पनि नेपाल पैसा पठाउने कार्य गरिरहेको कम्पनीको औपचारिक उद्घाटन फेव्रवरी ९ का दिन मौल दित्देमुन स्थित रेमिट कार्यलय वाट कारोवार सुरु गरेको हो ।

उक्त समारोहमा डेपुटी गर्भनर चिन्तामणी देवकोटा नेपाल राष्ट्र बैङका विदेशी विनिमय व्यवस्थापक विभागका कामु निर्देशक मिना अधिकारी,नेपाल दुतावासका श्रमसहचारी डिल्लीराम बास्तोता, एनआरएन कोरियाको अध्यक्ष लक्ष्मी गुरुङ,संसार रेमिटान्सका निर्देशकहरु केशर गिरी,देविलाल भण्डारी तथा अन्य कोरियाकमा रहनु भएका विशिष्ट नेपालीवाट संयुक्त रुपमा रिबन काटेर रेमिटान्स सेवाको औपचारिक उद्घाटन गरिएको थियो ।

हाल सम्म ३ हजार भन्दा बढि नेपालीहरुले खाता खोलिसेका र २ हजार भन्दा बढिले उक्त सेवा लिई नेपाल पैसा पठाई सकेका छन् । उद्घाटन पश्चात श्रम सहचारी बास्तोलाले नेपाल पैसा पठाएर पहिले रेमिटान्स सेवा लिनु भएको थियो ।

सो अवसरमा नेपाल नेपाल राष्ट्रबैङका डेपुटी गर्भनर सिवाकोटीले कार्यलयको अवलोकन गरि रेमिटान्स प्रक्रियाको बारेमा जानकारी लिनु भएको थियो । ग्रन्ड एम्बेस्टर होटलमा आयोजित रात्री भोजमा संसार रेमिट कोरिया निर्देशक गुरुङको सञ्चालनमा भएको औपचारी कार्यक्रममा संसार रेमिटका डारेक्टर गिरीले स्वागत मन्तव्य दिनु भएको थियो ।

त्यस्तै डेपुटी गर्भनर सापकोटाले रेमिटान्सको महत्व, निती नियमको बारेका प्रकाश पार्नु भएको थियो । सेक्योर कम्पनी प्रमुख जिफले सबैलाई धन्यवाद ज्ञापन गर्दै कम्पनीले आउने दिनहरुमा सहज विश्वाशिलो र भरपर्दो सेवा प्रदान गर्ने प्रतिवद्धता प्रदान गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा समावेश हुनु भएका सबै विशिष्ट तथा आमन्त्रित व्यक्तित्वहरुलाई रात्रीभोजमा सहभागि हुन आग्रह गर्नुको थियो । सोक्योर कम्पनी तथा संसार रेमिटको सहकार्यमा सञ्चालित यस रेमिटेन्स कम्पनीले अनलाई सिस्टमवाट पनि रेमिटान्स गरि नेपालमा बैक तथा वितियसंस्था हरुको विभिन्न ८ हजार भन्दा बढि शाखाबाट सहज रुपमा भुत्तानी दिन सकिने जनाएको छ ।

साथै यस कम्पनीले हप्ताको सात दिन तथा बिदाको दिनहरुमा पनि अफिस सञ्चालन गरि सेवा दिई सरल र स’रक्षित रेमिटेन्स् सेवाको उपभोग गर्न सकिने जानाकारी दिएको छ । साथै औपचारीक उद्घाटनको अवसरमा ग्राहक महानुभावहरुलाई रेमिट शुल्कमा सन् २०१८ २ ९ देखि १६ सम्मको लागि २० प्रतिशत छुट सहित विभिन्न उपहारको व्यवस्था गरिएको जनाएको छ ।

19.12¡ÆC