नुवाकोट । नुवाकोट समाज दक्षिण कोरिया तथा एमआरआर नुवाकोटको सयुक्त सहयोगका यहाँका दुई विद्यालयमा विद्यालय पोषाक र शैक्षिक सामाग्रि प्रदान गरिएको छ ।

सूर्गगढी गाँउपालिका वडा नं. ४ दार्मेमा रहेको कुण्डला निमाविमा अध्ययनरत १३५ जना विद्यार्थी र सूर्यगढी गाँउपालिका वडा नंं ५ गणेशस्थानको ढाडेमा रहेको जनजागृत प्राविमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामाग्रि, पुस्तक बोक्ने झोला, खेलकुद लगातयका सामाग्रि वितरण गरिएको हो ।

जनजागृत प्राविमा यही माघ १४ गते र कुण्डला माविमा यही माघ १५ गते विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई नुवाकोट समाज दक्षिण कोरिया तथा एमआरआर नुवाकोटका प्रतिनिधिले विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेका हुन् ।

छात्रबृद्धि वितरणको लागी नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सोम तामाङ, एमआरआर नुवाकोटका प्रतिनिधि रोजन भुषाल सहितको सहयोगीदाताहरुको उपस्थिती रहेको थियो । एमआरआर नुवाकोटका प्रतिनिधि प्रज्वल सापकोटाको अनुसार ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययन विद्यार्थीलाई पढाई प्रति प्रोत्साहन जगाउदै उनीहरुमा शैक्षिकस्तर सुधार गर्नको लागी दुई विद्यालयमा छात्रबृत्ति प्रदान गरिएको हो ।

जनजागृत प्राविका प्रध्यानध्यापक रमेश गिरीले भूकम्पले क्षति पुगेर अस्थायी टहरामा राखेर अध्यायन गराउदै आएको विद्यार्थीलाई सहयोगी सस्था मार्फत प्राप्त भएको छात्रबृत्तिले उत्साहित बनाएकाले आगामी दिनमा पनि सयोगलाई निरन्तरता दिन आग्रह गनुभयो ।

छात्रबृत्ति संकलनको लागी दक्षिण कोरियामा यदुकुमार गिरी सहित सन्तोषकुमार राई, रञ्जनराज कुंवर, रमेश अधिकारी, सोम तामाङ, जितेन्द्र तामाङ, हरिशरण न्यौपाने, रमित रेग्मी, बिनोदकुमार थापा, जनक पण्डित, सुन्दरप्रसाद अधिकारी, चन्द्र तामाङ, नरेशरत्न रुम्बा, अर्जुन नेपाल लगायतले भूमिका निर्वाह गर्नुभएको थियो ।

18.12¡ÆC