संगठनको अध्यक्षमा मैनाली चयन

माघ २०, २०७४ मा प्रकाशित | 2088 views

२० माघ, नुवाकोट । नेपाल राष्ट्रिय शिक्षक संगठनको तादी गाँउपालिकास्तरीय नयाँ कार्यसमिति चयन भएको छ । रालुकामा भएको भेलाले माधवप्रसाद मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

संगठनको उपाध्यक्षमा सानुबाबु पुडासैनी र मेरिना श्रेष्ठ, सचिवमा गोर्कणप्रसाद न्यौपाने र कोषाध्यक्षमा रत्नबहादुर थापा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

यसैगरी, भेला मार्फत सदस्यहरुमा भोजकुमार श्रेष्ठ, नबिना खनाल, सरोजकुमार पाठक, सुरेन्द्र थापाल लगायत रहेका छन् ।

भेलामा बेलकोटगढी नगरपालिकास्तरीय शिक्षक संगठनको अध्यक्ष कृष्णप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web