नेपाल कम्युनिष्ट पार्टीको सचिवालयमा कसलाई के जिम्मेवारी ?

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ पार्टी सञ्चालनका लागि नौ सदस्यीय सचिवालय बनेको छ । यसअघि दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिका आठ जना र एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर नौ सदस्यीय सचिवालय गठन गर्ने निर्णय बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले गरेको हो ।

यो सचिवालयमा एकता संयोजन समितिका आठ जनासहित एमाले नेता पौडेल पनि परेका छन् । सचिवालयमा दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । त्यस्तै एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि रहेका छन् । अन्य सदस्यहरुमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल छन् ।

सचिवालयमा महासचिवको जिम्मेवारी एमालेका उपमहासचिव विष्णु पौडेललाई दिने कुरामा दुई अध्यक्ष सहमत भएका छन् । त्यसैगरी प्रवक्ताको जिम्मेवारी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई दिइने भएको छ ।
एकता संयोजन समितिले दुवै पार्टीबाट एकताका लागि भएका निर्णयलाई पनि अनुमोदन गर्ने निर्णय गरेको छ । अहिले दुवै पार्टीको केन्द्रीय कमिटिको बैठक बसिरहेको छ । त्यसपछि दुवै पार्टीको संयुक्त बैठक बस्ने कार्यक्रम छ ।

नयाँ पार्टीमा नयाँ शैली:एकता घोषणाअघि नै नेताहरुलाई शपथ, के छ शपथपत्रमा ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको औपचारिक घोषणा हुनुअघि नै नेताहरुलाई सपथ खुवाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा जारी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुत्तः बैठकमा केन्द्रीय सदस्यदेखि सचिवालय सदस्यसम्मलाई पद तथा गोपनीयताको सपथ खुवाइएको हो ।

एमाले-माओवादीले नेपाल कम्युनिष्ट पार्टीमा ४२१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरिसकेका छन् । त्यसैगरी ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालय पनि बनाइसकिएको छ ।

जसमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहअध्यक्ष, झलनाथ खनाल र माधवकुमार नेपाल वरिष्ठ नेता, विष्णु पौडेल महासचिव र नारायणकाजी श्रेष्ठ प्रवक्ता तोकिइसकेका छन् ।

शपथमा के लेखिएको छ ?

म……. नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी लिइरहेको यस महत्वपूवर्ण घडीमा सहिदको रगतद्वारा रञ्जित पार्टी झण्डा सामु उभिएर प्रतिज्ञा गर्दछु:

म पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुशरण गर्दै पार्टी विधानलाई इमान्दारिताका साथ पालना गर्नेछु । पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवम् नैतिक आचरणयुक्त जीवन बिताउने छु र सबैखाले प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारका विरुद्ध दृढतापूर्वक जुझिरहनेछु ।

–नेपाली क्रान्ति जिन्दावाद !
– मार्कसवाद–लेलिनवाद जिन्दावाद !
–अमर सहिदहरु लालसालम !
–नेपाल कम्युनिष्ट पार्टी–जिन्दावाद ! जिन्दावाद ! !

जिआइजेड मार्फत निर्माण गरेको वडा कार्यालय भवन हस्तान्तरण

सिक्रे । जर्मन सहयोग नियोग (जिआइजेड)को ‘रिकभरी प्रोगाम नेपाल’ कार्यक्रम मार्फत यहाँको शिवपुरी गाँउपालिका वडा नं. ४ को नवनिर्मित वडा कार्यालयको भवन मंगलबार हस्तान्तरण भयो ।
पाँच कोठे पक्कि भवनको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख शन्तमान तामाङ र जर्मन विकास सहयोग तथा आर्थिक मामिला दक्षिण प्रशान्तीय उपप्रमुख एनेटे फ्रिकले सयुक्त रुपमा वडाध्यक्ष झमकराज गुरुङलाई भवन निर्माण प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
राज्य पुर्नसंरचना अन्तरगत साविक सिक्रे गाविस समावेश गरी निर्माण गरेको वडा नं. ४ को वडा कार्यालय भौतिक संरचना अभावमा अस्थायी कक्ष मार्फत सञ्चालन गर्नुपर्ने बाध्यता पक्कि भवन निर्माणले जनताले गुणस्तरीय सेवा पाउने विश्वास लिएको जिसस प्रमुख तामाङले बताउनुभयो ।
वडा कार्यालयको नयाँ भवन हस्तान्तरण कार्यक्रममा जर्मन विकास सहयोग तथा आर्थिक मामिला दक्षिण प्रशान्तीय उपप्रमुख एनेटे फ्रिकले नेपालमा भूकम्पले पु¥याएको क्षति पश्चातको पुर्ननिर्माणमा सहयोग अन्तरगत वढा भवन निर्माण गरेको जानकारी दिनुभयो । उहाँले जर्मन सरकार विपद् र पुर्ननिर्माणमा जसरी यहाँको शिक्षा र स्वास्थ्य सुधार तथा अब जिविकोपार्जनमा काम गर्न स्थानीय विकास मन्त्रालयसंग छलफल भइरहेको जानकारी दिनुभयो ।
वडा कार्यालय पाँच कोठे पक्की भवन निर्माणमा रु ४६ लाख ७९ हजार खर्च भएको जिआइजेडको रिकभरी प्रोगाम नेपालका जिल्ला संयोजक सिद्धार्थ शर्माले जानकारी दिनुभयो । विसं २०७४ कार्तिक देखि निर्माण सुरु भएको भवन छ महिनामा पूरा गरिएको हो । नुवाकोटमा रहेका ८८ वडाहरु मध्ये व्यबस्थित तथा सुविधासम्पन्न कार्यालय यो पहिलो हो ।
भवन निर्माण कार्यक्रममा शिवपुरी गाँउपालिका अध्यक्ष रामकृष्ण थापा, वडा नंं. ३ का वडाध्यक्ष रामहरी थापा, वडा नं. ४ का वडाध्यक्ष झमकराज गुरुङ, शिक्षक रामबहादुर थापा लगायतले भूकम्प पश्चात सहयोग पु¥याउन आएका सँस्थाहरुमा जिआइजेड मार्फत सञ्चालित कार्यक्रम लाभबद्र्धक एवम् प्रभावकारी भएको बताउनुभयो ।
जिआइजेडले हाल दुप्चेश्वर गाँउपालिकामा दुप्चेश्वर गाँउपालिकामा माध्यामिक विद्यालयको लागी आवश्यक कक्षाकोठाको निर्माण, स्वास्थ्य सम्बन्धि एकीकृत तथ्याङ्क संकलन, कृषिमा आधारित जिविकोपार्जन लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

भेडिगोठालाले देखेका थिए दुर्घटनाग्रस्त विमान

हुम्ला । खार्पुनाथमा मकालु एयरको विमान बुधबार बिहान दुर्घटना भएको छ । बिहानैदेखि सम्पर्कविहीन भएको विमान खोजीका लागि हेलिकोप्टर परिचालन गरिए पनि विमान दुर्घटनाको खबर सुरुमा भेडिगोठालाहरुले थाहा पाएका थिए ।

विमान दुर्घटना भएको खार्पुनाथको एक्लाभुजाचौरमा रहेका लामा रावलले आफूहरुले विमान खसेको देखेपछि सिडियो कार्यालयमा खबर गरेको जानकारी दिनुभयो । खबर आएपछि हेलिकोप्टरबाट प्रहरी र उद्धारकर्मीलाई घटनास्थलमा पुर्‍याइएको थियो ।

विमानमा रहेका दुवै चालकको ज्यान गएको छ । विमान तीन टुक्रा भएको रावलले जानकारी दिनुभएको छ । विमान पहाडमा ठोकिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि विस्तृत विवरण आउन बाँकी छ ।

सुरु भयो मलमास,के हो त मलमास ? के-के गर्न हुन्छ ? के-के गर्न हुँदैन ?

काठमाडौं । मलमास सुरु भएको छ । बुधवार सुरु भई जेठको ३० गतेसम्म रहनेछ। चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ ।

एउटा महिनामा दुईवटा औँसी पर्दा त्यो महिना मलमास हुने पुराणवाचक पं। बालमुकुन्द देवकोटा बताउँछन् । ‘एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो’, भन्छन्, चन्द्रमाको घडी पला हुँदै जम्मा हुने महिना नै अधिकमास हुन्छ ।’

यसबेला नारायणको आराधना गरिने भएकाले पुरुषोत्तममास पनि भनिन्छ। १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना भनिएको प्रसंग पुराणमा आउँछ ।

मलमासको समयमा मांगलिक शुभ कार्यहरू गर्न नहुने बताइन्छ। विशेष पूजाआजा, यज्ञ–अनुष्ठान गर्नु हुँदैन। गर्भाधान, व्रतबन्ध, विवाहजस्ता संस्कारहरू गर्नु हुँदैन ।

त्यस्तै शिलान्यास, नवगृहप्रवेश सप्ताह, नवाह आदि कार्य पनि अधिकमासका वेला गरिँदैनन् । तर दैनिक रूपमा गरिने स्नान, सन्ध्योपासन, नित्यपूजा आदिका साथै नामकरण, अन्नप्राशन र अन्त्येष्टिजस्ता संस्कार नरोकिने प‌ं। देककोटा बताउँछन् ।

यो समयमा भगवान् पुरुषोत्तम ९नारायण० को आराधना गर्नुपर्ने पौराणिक मान्यता छ। यसैले पनि अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ। यो महिनाभरि पुरुषोत्तम माहात्म्य पाठ गर्ने परम्परा छ ।

मलमासमा भगवान् नारायणको पूजा, पुरुषोत्तम माहत्म्य सुन्ने र दान गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा उल्लेख छ पुरुषोत्तम महिनामा गरेको पूजा अरु महिनाको भन्दा अधिक फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।

पुरुषोत्तम भगवानको ३३ नामले पूजा–अर्चना गर्ने, नारायणको मन्दिरमा दर्शन गर्ने र महिनाको अन्त्यमा काँसको थालमा मालपुवा दान गर्ने परम्परा छ । काठमाडौंको मच्छेगाउँस्थित मत्स्यनारायणको मन्दिरमा महिनाभर मेला लाग्छ ।

आखिर के हो त अधिकमास ? कुनै कुनै वर्षहरूमा अधिकमास किन पर्छ ? यो कसरी पर्छ ? कति–कति वर्षमा पर्छ ? अनि यो कहिले–कहिले पर्छ ? यस्ता प्रश्नले सामान्यदेखि शिक्षित जनसमुदायका मस्तिष्कमा समेत उत्कण्ठा पैदा गरिदिएको छ ।

अधिकमास भनेको बढी भएको महिना हो । एक वर्षमा बाह्र (१२) महिना हुन्छन् । गतेका आधारमा हुने वैशाख, जेठ आदि सूर्यको गतिचक्रका आधारमा मानिने सौरमहिना हुन् भने तिथिका आधारमा गनिने चान्द्रमहिना पनि हुन्छन् । यी तिथिहरू चन्द्रमाको कलाको क्षयवृद्धिका आधारमा गणना गरिन्छन् । गतेका आधारमा हुने सौरमहिना सामान्यतया तीस (३०) दिनको भएजस्तै तिथिका आधारमा हुने चान्द्रमहिना पनि तीस (३०) तिथिकै हुन्छ ।

एक चान्द्रमहिनामा तीस (३०) तिथि र शुक्ल र कृष्ण गरी दुई पक्षहरू हुन्छन् । त्यसैले तिथिका आधारमा विचार गर्दा एक वर्षमा सामान्यतया बाह्र (१२) चान्द्रमहिना र चौबीस पक्षहरू हुन्छन् । तर अधिकमास परेको वर्षमा तिथिका हिसाबले हुने चान्द्रमहिनाको संख्या तेह्र (१३) र पक्षको संख्या पनि छब्बीस (२६) हुन्छन् । त्यसैले हरेक सामान्य वर्षभन्दा अधिकमास परेको वर्षमा तिथिका हिसाबले एक महिना बढी हुन्छ । यही बढी भएको महिनालाई नै अधिकमास भन्ने गरिन्छ ।

अधिकमासलाई मलमास वा पुरुषोत्तममास पनि भनिन्छ । विकारका रूपमा वा मलका रूपमा आउने भएकाले यसलाई मलमास भनिन्छ भने यस महिनाको अधिपति पुरुषोत्तम भगवान् भएकाले यसलाई पुरुषोत्तम महिना वा पुरुषोत्तममास पनि भनिन्छ ।
उपप्रा. पुरुषोत्तम भट्टराई

पुरुषोत्तम महिनामा विशेष पूजा–आजा, यज्ञ–अनुष्ठान जस्ता धार्मिक कृत्यहरू गर्नुहुँदैन । चूडा, उपनयन (व्रतबन्ध) विवाहजस्ता संस्कारहरू गर्नुहुँदैन । त्यस्तै एकाह, सप्ताह, नवाहका रूपमा गरिने पारमार्थिक कार्यहरू पनि अधिकमासमा गर्नुहुँदैन । तर शरीर एवं चित्तशुद्धिका लागि हरेक दिन गरिने स्नान, सन्ध्योपासन, पाञ्चायन देवताको पूजा, स्वाध्याय, अतिथिसत्कारजस्ता नित्य कर्महरू, नामकरण (न्वारन), अन्नप्राशन (पास्नी) जस्ता निश्चित समयमा सम्पादन गर्नुपर्ने संस्कारहरू गर्न हुन्छ । त्यस्तै कोही व्यक्तिको मृत्यु भएमा हाम्रो आ–आफ्नो परम्पराअनुसार गर्नुपर्ने अन्त्येष्टि संस्कार अन्तर्गतका क्रियाकर्महरू गर्न हुन्छ र गर्नुपर्छ ।

पुराणवर्णित पुरुषोत्तम भगवानको पूजा–आराधना, व्रत–उपवास र अपूपदानादि कर्महरू (काँसको भाँडामा रोखेर गरिने मालपुवा दानजस्ता कर्महरू) भने अधिकमासमा कर्तव्यका रूपमा उल्लेख गरिएका छन् र त्यस्ता कर्मको महत्त्व पनि धेरै बताइएकोले गर्न हुन्छ र हामी सनातन धर्मावलम्बीहरूले गर्नुपर्छ पनि ।

सामान्यतया सौरमहिना र चान्द्रमहिना सँगसँगै हुन्छन् । दिनका हिसाबले एक चान्द्रमहिनामा लगभग साढे उनन्तीस (२९.५) दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ भने दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन जान्छ । तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या बाह्र (१२) भए पनि चान्द्रमासको संख्या तेह्र (१३) हुनजान्छ । त्यो बढी भएको तेह्रौं महिना नै अधिकमास हो । यसरी हरेक तीन वर्षभित्र एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ ।

महिनालाई मास पनि भनिन्छ । अधिकमास पर्दा एक चान्द्रमास (शुक्लप्रतिपदादेखि औंसीसम्म)मा एउटा पनि सूर्यसङ्क्रान्ति पर्दैन । धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित महिनालाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिएको हो । त्यस्तै कहिलेकाहीँ एउटै चान्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति पनि पर्न सक्छ । त्यस्तो दुईवटा सूर्यसङ्क्रान्ति परेको मासलाई भने क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईवटा अधिकमास पनि पर्दछन् ।

सौरमास र चान्द्रमासका बीच अन्तर बढ्दै जाँदा हरेक तीन वर्षभित्र एक महिना पुग्छ र अधिकमासको स्थिति देखापर्छ । सामान्यतया दुई (२) वर्ष, आठ (८) महिना, सोह्र (१६) दिन र चार (४) घडी पुगेपछि अधिकमास पर्ने सम्भावना हुन्छ । सूर्य र चन्द्रको गतिस्थितिका आधारमा यो निर्धारित हुन्छ । सूर्यको गति कम भई दिनहरू लामा हुने र महिनामा तीस (३०) दिनभन्दा बढी हुने सौरमासहरूमा अधिक चान्द्रमासको सम्भावना रहन्छ ।

तसर्थ प्रायः वैशाखदेखि असोजसम्ममा अधिकमास पर्दछ । तर क्षयमास परेको समयमा फागुन, चैतमा पनि अधिकमास पर्ने सम्भावना हुन्छ । त्यसैले सामान्यतया हरेक तीन वर्षभित्र फागुनदेखि असोजसम्मका मासहरूमा अधिकमास पर्दछ । जस्तो — वि. सं. २०७२ को असार महिनामा अधिकमास थियो र त्यसपछि आएर अहिले वि. सं. २०७५ को जेठ महिनामा अधिकमास परेको छ ।

अधिकमास भनेको एक प्रकारको विकार नै हो । त्यसैले ज्योतिषका फलित ग्रन्थहरूमा विशेष गरी संहिता ग्रन्थहरूमा अधिकमासको प्रायः अशुभ फलहरू नै बताइएको पाइन्छ तर अधिकमासको शुभाशुभ फलहरू अधिकमास परेको मासका आधारमा निर्धारित हुन्छन् ।

यस वर्ष जेठमा अधिकमास परेको छ । जेठमा अधिकमास पर्दा राष्ट्रमा शस्त्रकलहको स्थिति, राज्यपक्षबाट जनतालाई भय, चोरी–डकैतीको डर, घिउ, तेलजस्ता स्नेहजन्य पदार्थ र धान्यादि वस्तुहरूको मूल्यवृद्धिजस्ता फलहरू प्राप्त हुने कुरा ज्योतिषका संहिता ग्रन्थहरूमा बताइएको पाइन्छ ।

ओली र प्रचण्डबीच पुनः शीतयुद्ध : एकता गर्ने कि नगर्ने भन्ने दोधारमा प्रचण्ड

काठमाडौं । पार्टी एकताको अन्तिम सहमति गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच पुनः शीतयुद्ध सुरु भएको छ ।
प्रधानमन्त्री ओलीसँग वार्ताका लागि बालुवाटारपुग्दा सहयोगीहरूले कुनै जानकारी नै नदिई सहनै नसक्ने खालको अपमान गरेको जानकारी दाहालले आफू निकटलाई गराएपछि एकता नै भाँडिने बिन्दुमा पुगेको तथ्य खुलेको हो ।

‘राजनीतिक बैचारिक बिषयमा कुनै समस्या छैन, सवै बिषय मिलिसकेको छ, तर केही ब्यवहारजन्य समस्याका कारण प्रचण्ड आफै एकता गर्ने कि नगर्ने भन्ने दोधारमा पुग्नुभएको छ,’ दाहाल निकट केन्द्रीय कार्यालयका एक सदस्यले भने । दाहालले आफू निकट नेतालाई जानकारी गराएअनुसार गत साता वार्ताका लागि बालुवाटार पुग्दा सहयोगीबाट ठूलै अपमान बेहोर्नुपर्यो ।

‘एक घण्टासम्म कोठामा एक्लै बसेँ, त्यहाँ रहेका प्रधानमन्त्रीका सहयोगी र सल्लाहकार कसैले पनि एक कप चियासमेत सोधेनन्,’ दाहालको भनाइ उधृत गर्दै ती नेताले भने, ‘न प्रधानमन्त्रीलाई म आएको जानकारी गराए, न मलाई नै कुनै जानकारी दिए, यति धेरै अपमान सहेर कसरी एकताको निर्णयमा हस्ताक्षर गर्नु ?’

दाहालले निकट नेतासँग प्रधानमन्त्री ओलीलाई एकताबाट टाढा पुर्याउन एमालेभित्रकै केही नेताले उक्साएको र सहयोगीहरू समेत आफूलाई अपमान गरे एकताबाट टाढा भागोस् भन्ने चाहेको निष्कर्षसमेत सुनाएका थिए ।

‘ओली नै एकताबाट भाग्न चाहेको कुरामा त मलाई विश्वास छैन, तर उहाँको सहयोगी टिम पूरै एकताको विपक्षमा छ, जे गर्दा भड्किन्छ, त्यही काम भइरहेको छ,’ दाहालको भनाइ थियो । यता प्रधानमन्त्री ओलीलाई भने दाहालले एक घण्टा कुर्नुपरेको विषयमा अहिलेसम्म जानकारी छैन । एक घण्टा कुरेका दाहालले समेत भेटमा प्रधानमन्त्रीलाई कुनै जानकारी गराएका थिएनन् ।

‘मलाई झोक त चलेको थियो, फेरि काममा ब्यस्थ हुनुहुन्छ, तलकाले बदमासी गरे भनेर कसरी उहाँ ९ओली० लाई दोषी ठान्ने भनेर केही पनि भनिनँ, तर त्यो दिनको अपमान सहन सकिने खालको थिएन,’ दाहालको भनाइ उधृत गर्दै स्रोतले भन्यो । दाहालको सो ब्रिफिङसँगै माओवादी नेता तथा वाइसिएलका अध्यक्षले निरन्तर प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालमा विषवमन अघि बढाएका थिए ।

केही सीमित नेतालाई दिएको जानकारी तल्लो तहसम्म पुगेपछि माओवादीभित्रको एकताविरोधी सहुमले राम्रैसँग लबिङ अघि बढाएको छ । ‘एकता हुनै लाग्दा सिएमकै त्यति ठूलो अपमान भने भोलि एकतापछि हाम्रो खैरियत छैन, अब एकता हुन दिनुहुन्न,’ ओलीविरुद्ध अभियान चलाउनुअघि एकताविरोधीको निष्कर्ष थियो । स्रोतका अनुसार एकतामा कालो बादल मडारिएको बेला आफूहरूले बल गरे भाँडिने निश्चित रहेको भन्दै अभियान थालिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि प्रधानमन्त्री ओली र दाहालबीच छुट्टै छलफल हुन नसकेको, बालुवाटारमा एक घण्टा कुराएर अपमान गरेको, अरुण–३ जलविद्युत् आयोजनाको शिल्यान्यासमा ऊर्जामन्त्री वर्षमान पुनलाई नराखेको, वन मन्त्रालयसम्बन्धी विषय रहे पनि वनमन्त्री शक्ति बस्नेतलाई नै बाइपास गरेको र मोदी भ्रमणमा माओवादी मन्त्रीहरूलाई भूमिकाविहीन बनाएको आरोपसमेत लगाएर एकताविरोधी अभियान चलाइएको छ ।

बालुवाटार स्रोतले भने प्रधानमन्त्री कार्यालयबाट दाहालले अपमान महसुस गर्ने कुनै काम नभएको जनाएको छ । ‘प्रधानमन्त्रीज्यू नै सबैभन्दा बढी चासो प्रचण्डको विषयमा राख्नुहुन्छ, उहाँ आउनु भएन भन्दै पर्खनुभएको थियो, कसरी कुराउने काम हुन्छ, हामीले जानेर होइन, अञ्जानमा पनि त्यस्तो व्यवहार गरेको छैन,’ दाहालले अपमान महसुस गरेको दिन बालुवाटारमा रहेका एक सहयोगीले भने । दाहालले बालुवाटारमा अपमान भएको भन्ने सूचना पाएपछि प्रधानमन्त्री ओलीले यस विषयमा आफै बुझ्ने काम गरेका थिए ।

दाहालले समेत आफूसँग यस्तो कुरा नगरेको र बालुवाटारमा सबैभन्दा बढी चासो र सोधीखोजी नेतामाथि नै यस्तो व्यवहार गरेको पाइएमा सहयोगीलाई नै बिदा दिने निष्कर्षका साथ प्रधानमन्त्रीले छानबिन अघि बढाएको स्रोतको भनाइ छ । तर, अहिलेसम्म यस विषयमा प्रधानमन्त्रीले अपमान भएको फेला पार्न नसकेको स्रोतको भनाइ छ ।

यद्यपि यस विषयमा प्रधानमन्त्री ओली आफैले पहलकदमी लिएकोले सहमतिअनुसार नै ६ जेठसम्ममा एकता हुनसक्ने स्रोतको दाबी छ । ‘प्रचण्डको मुड ठीक भएमा एकता हुन्छ, उहाँको द्विविधा कायम रहे संभव छैन,’ खुमलटार स्रोतले भन्यो ।

एकतामा सशंकित बनेकै कारण दाहालले मंगलबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । पार्टी एकता सुरु भएपछि खुमलटारमै भेटन पुगेका वरिष्ठ नेता नेपाललाई अध्यक्ष ओलीका दूतका रूपमा व्यवहार गरेका दाहाल मंगलबार आपैmँ एमाले वैदेशिक मामिला विभागको कार्यालय पुगेर भेटवार्ता गरेका हुन् । सौर्यदैनिकमा समाचार छ ।

अमेरिकाको डिभी नतिजा सार्वजनिक,यसरी हेर्नुहोस् नजिता

काठमाडौं  । अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) २०१९ को नतिजा सार्वजनिक भएको छ । गत वर्ष भरिएको डीभीको नतिजा सार्वजनिक भएको हो ।
गत वर्षको अक्टोबर ३, २०१७ (२०७४ असोज १७) देखि   नोभेम्बर 7, २०१७ (२०७४ कार्तिक २१) सम्म डीभीको लागि आवेदन खुल्ला भएको थियो । नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिन्छ । डिभीको नतिजा राती १२ बजेपछि हेर्न सकिनेछ ।

नतिजा हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर आवश्यकता पर्दछ । डिभी परेरनपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ।

डिभी नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

कि न्याय देऊ, कि मृत्यु देऊः गंगामाया

काठमाडौं
। एउटी आमा १७ वर्षीय निर्दोष छोराको हत्यारालाई कारवाही होस् भन्ने माग
राखी पाँचवर्ष देखि सत्याग्रहमा छिन् । गोरखा फुजेलका दम्पति नन्दप्रसाद
अधिकारी र गंगामायाका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन
माओवादीले २०६१ जेठ २४ गते चितवनमा गोली हानी हत्या गरेका थिए । आफ्नो
छोराको हत्यारालाई सजायको माग गरी शुरुमा अधिकारी दम्पति दुबै आमरण अनसनमा
बसे ।

अनसनसहितको सत्याग्रहमा बसेको अवस्थाबाटै गिरफ्तार गरी
अधिकारी दम्पतिलाई विभिन्न अभियोग लगाएर कहिले केन्द्रीय जेल त कहिले अन्य
जेल गरी पटकपटक जेलमा राखे । जेठा छोरा नुरप्रसाद अधिकारीलाई पनि कहिले
गोरखामा कहिले काठमाडौंमा जेल हाले । कहिले दुःख दिने, कहिले मानसिक रोगी
बनाउने, कहिले लोभप्रलोभन जस्ता विभिन्न खालको चलखेल भए । अन्य स्वार्थमा
नभएर आफ्नो छोराको हत्या भएकोमा दोषीउपर कारवाही होस् र यसरी आउँदा दिनमा
कसैका पनि छोराहरूमर्न नपरोस् भन्ने आफ्नो माग भएकोले कुनै सर्त नमानेको
गंगामाया बताउँछिन् ।

अनसनसहतिको सत्याग्रहको ३३४ औं दिन २०७१
असोज ६ गते वीर अस्पतालमा नन्दप्रसादको मृत्यु भयो । नन्दप्रसादको लास
अहिले पनि शिक्षण अस्पतालमा रहेको छ । भाइको हत्यारालाई सजाय नभएसम्म
अधिकारीका जेठा छोराले आफ्नो बाबुको लास नबुझ्ने अडान लिएको बताइन्छ ।
श्रीमान्को मृत्युपछि पनि गंगामायाले आफ्नो न्यायिक मागलाई यथावत राख्दै
सत्याग्रहलाई निरन्तरता दिँदै आएकी छन् । उनलाई राज्यप्रशासनले उठाएर वीर
हस्पिटलको क्याविन ७ मा राखेको छ ।

तपाईको खास माग के हो ? उनको
बारेमा बुझ्न पुगेको सञ्चारकर्मीसँग गंगामायाले भनिन् ‘मेरो माग भनेको त
छोराको हत्यारालाई सजाय भई देशमा न्यायिक राज्य छ भन्ने कुराको सबै
नागरिकलाई प्रत्याभूति होस् भन्ने हो । तर यो अपराधि राजनीतिक क्षेत्रले
अदालतले गरेको फैसलालाई पनि कार्यान्वयन हुन दिएन, अब मलाई कि न्याय देऊ कि
मृत्यु देऊ भन्ने हो’ । पहिला न्याय नपाए गोरखा जानु भनिन्थ्यो तर यतिबेला
गोरखाकै गंगामायाले न्याय नपाएर वीर अस्पतालको क्याबिनमा मृत्यु कुर्न
बाध्य भइरहेकी छन् ।

मानव अधिकारको कुरा गर्नेहरू पनि असली रूपमा
मानव अधिकारवादी नभएर मानुवादी हैछन्, मानवअधिकार क्षेत्रप्रति गंगामायाले
असन्तुष्टि पोखिन् । अपराधी तथा दोषीलाई कार्वाहीको कठघरामा उभ्याउन
राज्यसत्तालाई पर्याप्त दबाब दिन नसक्ने, अप्रत्यक्ष रूपमा विभिन्न मिसन
तथा विस्तारवादीको एजेण्डा बोकेर हिँड्ने र प्रत्यक्ष रूपमा मानव अधिकारको
वकालत गर्नेहरूबाट आफ्नो छोराको हत्या र श्रीमान्को लासमाथि भइरहेको
राजनीति तथा चलखेलप्रति उनको असन्तुष्टि देखिन्छ ।

अधिकारी
दम्पतिका छोरा कृष्ण गोरखाबाट बकुलनहर बकुल्ला टाँडी चितवनमा रहेका आफ्ना
हजुरबुबा हजुरआमालाई भेट्न गएको बेलामा माओवादीका छविलाल पौडेल र जानुका
पौडेलको आदेशमा परशुराम पौडेल र भीष्मराज पौडेलले अपहरण गरी रुद्र आचार्य,
मदन पौडेल र ऋषिराम लामिछानेले गोली हानी अत्यन्तै क्रुरतापूर्वक हत्या
गरेको अदालति कारवाहीको क्रममा प्रमाणित भइसकेको गंगामाया बताउँछिन् ।

अदालतबाट
हत्याको मुख्य योजनाकार छविलाल पौडेललगायतलाई दोषी ठहर्याई कार्वाहिको
लागि सिफारिस गरेको भएपनि उनीहरुलाई सत्ताको दुरूपयोग गर्दै डा. बाबुराम
भट्टराई लगायतका माओवादी नेताहरुले संरक्षण गर्दै सजाय हुनबाट रोकिरहेका
छन् । दोषी ठहर्याएका मदन पौडेल र ऋषिराम लामिछानेको मृत्यु भइसकेको भनिएको
छ । रुद्र आचार्य फरार छ, विदेशमा लुकि बसेको छ भन्ने सुनिन्छ, सरकारले
विदेशबाट झिकाउन पहल गरेको छैन, गंगामायाले बताइन ।

दोषीहरू अहिले
पनि समाजमा छाति खुला गरी सानसँग हिँडीरहेका छन् । गंगामाया अस्पतालको
बेडमा छट्पटाइरहेकी छन् । लाचार राज्य संयन्त्र मुक दर्शक भएर हेरिहेको छ ।
गंगामायाले यो केशलाई लिएर अन्तर्राष्ट्रिय अदालत गुहारिन भने नेपालको
कानूनी पद्धति कस्तो रैछ भन्ने सन्देश विश्वव्यापि रूपमा जान्छ ? राज्य,
सम्बद्ध व्यक्ति तथा निकायले सोँच्नुपर्छ कि पर्दैन ? प्रश्न खडा भएको छ ।

सन्तानको
मृत्यु कसलाई प्रिय हुन्छ ? त्यो पनि कालगतिले नभई हत्याबाट । के देशको
राज्यसँग अदालतले दोषी ठहर्याएको अपराधीलाई कारवाही गर्ने क्षमता छैन ?
दोषीले सजाय पाउँदैनन् भने त्यो कसरी राज्य हुनसक्छ ? सन्तानको हत्याको
पीडाले टड्पिएकी एउटी आमाले श्राप दिइन भने त्यो यससँग सम्बन्धित स्थानमा
रहेका सबैलाई लाग्नेछ । सतिले सरापेको भनेर भनिने यो मुलकलाई के अब
गंगामायाले पनि श्राप दिन बाध्य पार्ने हो ? सबैले आआफ्नो स्थानबाट सोँच्नु
पर्ने देखिन्छ ।

३३ किलो सुन तस्करी र हत्या प्रकरण : खड्काले एकाएक बयान फेरे

विराटनगर- ३३ किलो सुन तस्करीका अभियुक्त एवं मुख्य साक्षी प्रहरी जवान विष्णुबहादुर खडकाले बयान फेरेका छन् । उनी तस्करीका अर्का अभियुक्त श्यामबहादुर खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ प्रहरी अधिकृत (एसएसपी) रहँदा उनको चालकका रूपमा कार्यरत थिए । खत्री हालसम्म फरार छन् ।

खडकाले आफू निजामती कर्मचारी भएकाले हाकिमको आदेशअनुरूपका ठाउँमा गाडी लैजाने गरेको तर त्यसभित्र के थियो भन्ने आफूलाई जानकारी नभएको बयान दिएको उनको पक्षका अधिवक्ता खगेन्द्रबहादुर श्रेष्ठले बताए ।

सरकारले दिएको तलब सुविधाबाहेक प्रलोभनमा परेर कुनै बाहिरिया व्यक्तिसँग पैसा नलिएको पनि उनले बताएका छन् । यसअघि प्रहरीले दबाब दिएर आफूअनुकूल बयान लिएको भनी खडकाले अदालतसमक्ष बोलेको वकिल श्रेष्ठले जानकारी दिए ।  यसअघि प्रहरीमा दिएको बयानभन्दा यो अलिक फरक छ । मुद्दाको मियो खडकाको बयानमा निर्भर रहेको हुनाले उनको सुरक्षा बन्दोबस्तीमा ध्यान दिन प्रहरीलाई भनिएको अदालतले जनाएको छ । आजको कान्तिपुरमा खबर छापिएको छ ।

काठमाडौं महानगरको खाल्डाखुल्डी पुर्नलाई २५ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले असारभित्र आफ्नो कार्याक्षेत्रभित्र पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्ने भएको छ । त्यसका लागि कामपाले २५ करोड रुपैयाँ छुट्टयाएको छ । बर्षातमा धुलो र हिलो रोक्न कामपाले सबै खाल्डाखुल्डी पुर्न लागेको हो ।

हाल राजधानीभित्र करिब १ हजार ४ सय ५० किमि सडक छ । तीमध्ये कामपाको स्वामित्वमा ९ सय ५० किमि सडक रहेका छन् । नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

किरण पौडेलको शब्दमा पहिलो रास्ट्रीय तथा प्रदेश गान सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।

गीतकार किरण पौडेलको शब्द र वरिष्ठ सङ्गीतकार गैरे सुरेशको संगित रहेको शुभकामना प्रदेश बाशी लाई बोलको गीत सार्वजनिक भएको छ । यस गितलाई भावना म्यूजिकले वजारमा ल्याएको हो ।

पहिलो नेपाल तारा दिपक लिम्वु र दोश्रो नेपाल तारा सन्तोष लामाले पहिलो पटक एउटै गीतमा स्वर दिएका छन । साथै लिम्बु र लामा लाई निशा देशार, निरा रानाभाट तथा शोभा पाण्डेले पनि स्वरमा साथ दिएका छन ।

ए वान म्यूजिसियन स्टुडियोमा रेकडिङ्ग भएको यस गितका एरेन्जर आमोश तामाङ्ग र रेकडिस्ट राजेश श्रेष्ठ रहेका छन् । गीतकार पौडेल र सङ्गीतकार गैरे शशस्त्र प्रहरी बल ९ ब्एँ ० का प्रतिभावान प्रहरी अधिकृत हुन ।

देश संघियतामा गईसकेको अवस्थामा प्रदेशवासीलाई शुभकामना दिएर निकालिएको यो पहिलो गीत हो ।

यो गीतले शहर देखि गाँउ सम्मको सडक खानेपानी लगायतका विषयवस्तुहरुलाई उजागर गर्न खोजेको देखिन्छ भने विदेशिएका दाजुभाईहरुलाई समेत आफ्नै देशमा गरिखाने माहोल वनाई फिर्ता वोलाउनु पर्ने सन्देश दिन खोजेको छ ।

राष्ट्रिय भावनाले ओतप्रोत युक्त शब्द रहेको यो गित नेपाली साङ्गितिक आकाशमा रास्ट्रीय गीतको रुपमा चिनिने बिस्वास गर्न सकिन्छ ।

देउवाले २६ महिनापछि गरेको पदाधिकारी नियुक्ति विवादमा,को–को चिढिए ?

काठमाडौं ।  नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले महाधिवेशन सम्पन्न भएको २६ महिनापछि गरेको पदाधिकारी नियुक्ति विवादमा परेको छ । विधान बमोजिम पदाधिकारीको नाम सभापति शेरबहदुर देउवाले महाधिवेशन भएको २ महिनाभित्र गरिसक्नु पर्ने थियो । तर उनले दुई बर्षपछि अर्थात विधान विपरित गत प्रतिनिधिसभाको निर्वाचनमा सर्मनाक हार व्यहोरेका डा. प्रकाशशरण महतलाई सह–महामन्त्री नियुक्त गरेपछि सर्वत्र विरोध र असन्तुष्टी बढेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

२०४६ सालको जनआन्दोलनको क्रममा अमेरिका रहेका डा. महत २०५३ सालमा नेपाल आएका थिए । महतलाई सहमहामन्त्री नियुक्त गरेपछि देउवाका विश्वास पात्र भनेर चिनिएका नेपाल बिद्यार्थी संघका पूर्वअध्यक्षत्रय ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड र एनपी साउद देउवासँग चिढिएका छन् । कांग्रेसको राजनीतिमा सम्भावना बोकेका यिवाहेक गुटको राजनीतिमा काविल मानिएका रमेश लेखक, मानबहादुर विश्वकर्मा र फरमुल्ला मन्सुर देउवासँग असन्तुष्ट भएका छन् ।

उपसभपातिमा नियुक्त गरिएका गान्धिवादी नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिलाई उपसभापतिमा नियुक्त गरेकोमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र गत असोज ३० गते नेपाली कांग्रेसमा पार्टी विलय गरेका विजयकुमार गच्छदार देउवासँग रिसाएका छन् । देउवाले गच्छदारलाई विधान परिवर्तन नभएको उपसभपाति बनाउन नसकिएको वाध्यता जनाएका थिए ।

गच्छदारले केन्द्रीय कार्य समिति बैठकबाटै विधानको बाधा अड्काउ फुकाउको दफा प्रयोग गरी आफूसँग भएको सहमति अनुसार उपसभापतिसहित आफ्नो पार्टीबाट कांग्रेसमा आएका १५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्न दबाब दिएका थिए । देउवाले पहिले गरिएका भद्र र मौखिक सहमति कार्यान्वयन गर्ने आश्वासन दिए पनि कार्यान्वनय नभए पछि गच्छदार देउवालाई छोडेर रामचन्द्र पौडेलको गुटमा लाग्ने कि भन्ने सम्मको तयारीमा लागेका छन् ।

गच्छेदारलाई महासमिति बैठकबाट विधान परिवर्तन गरी गच्छदालाई उपसभपाति बनाउने आश्वासन देउवाले दिए पनि आफूलाई भने भाउ नदिएको भन्दै अर्का बृद्ध नेता गोपालमान श्रेष्ठ भने देउवासँग गुनासो गर्न थालेका छन् । देउवालाई हरेक संकट पर्दा सहयोग गर्दै नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यावाहक सभापति समेत भएको इतिहास जहाँतहीँ सुनाउँदै हिँड्ने श्रेष्ठले आफूलाई उपसभापति बनाउन देउवापत्नी डा. आरजुको शरणमा समेत गएको चर्चा छ ।

देउवाले निधिलाई उपसभापति बनाए पनि गच्छदारलाई पछि उपसभापति बनाएर निधिको कदलाई साइजमा ल्याउने विश्वास गच्छदारलाई दिइसकेका छन् । देउवा प्यानलकै बालकृष्ण खाँडले आफूलाई महामन्त्री बनाउन दबाब दिँदै आएका थिए । तर आफूलाई संसदीय दलको प्रमुख सचेतकमा खुम्च्याएको भन्दै खाँड पनि देउवालाई छोडेर प्रकाशमान सिंहमार्फत रामचन्द्र पौडेल गुटसँग वार्ता गर्न थालेका छन् ।

खाँड नेविसंघको सभापतिहुँदा कृष्णप्रसाद भट्टराईको विश्वास पात्र थिए भने २०५७ सालमा गिरिजाप्रसाद कोइरालाले नेपाल तरूण दल गठन गर्दा कोइराला गुटमा प्रवेस गरेका थिए । पछि देउवा प्रधानमन्त्री भएपछि उनकै गुटमा प्रवेसश गरेका खाँड अवसर नपाए पौडेल गुटमा जान सक्ने आंकलन गर्न थालिएको छ ।

खाँडले आफूलाई डा. आरजु राणाले राजनीतिमा अघि बढ्न नदिएको गुनासो गर्न थालेका छन् । उनले महामन्त्री नपाए पनि सहमहामन्त्री बन्ने विश्वास व्यक्त गर्दै आएका थिए । खाँडले डा. महतलाई आफूभन्दा धेरै जुनियर भएको बताउँदै आएका छन् ।

अर्का केन्द्रीय सदस्य एनपी साउदले पनि आफूलाई देउवापत्नी आरजुले देख्न नसकेको र सहमहामन्त्री पनि नदिएको गुनासो गर्न थालेका छन् । साउद पनि कांग्रेसको महामन्त्रीका दाबेदार थिए ।

तर एनपीलाई उनकै गृह जिल्लाका नेता रमेश लेखकले रोकेको चर्चा बुढानिलकण्ठ निवासमा सुनिन थालेको छ । सहमहामन्त्रीको रेसमा दौडिएका लेखकलाई पछि राम्रो अवसर दिने भन्दै डा. आरजुले लेखकलाई थुम्थुम्याएर आफ्नो किचनका अन्धोभक्त डा. महतलाई सहमहामन्त्री बनाएकी छिन् ।

महामन्त्रीमा नियुक्त भएका पूर्णबहादुर खड्काको भने कसैले पनि आलोचना गरेका छैनन् स्वच्छ र निश्कलंक क्षवि वोकेका खड्कालाई महामन्त्री बनाएर देउवाले आफूमााथि लागेका सबै आक्षेप र आरोपलाई पखाल्न खोजेको आंकलन गरिन्छ ।

सहमहामन्त्री नपाए पछि दुई बर्षअघि मात्र देउवा गुटमा कोइराला गुटबाट आएका मानबहादुर विश्वकर्माले सुजाता कोइराला मार्फत देउवा गुट छोड्ने बिषयमा सल्लाह गरेका छन् । उनले देउवाले आफूलाई धोका दिएको भन्दै गुनासो गरेका छन् ।

देउवालाई स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनदेखि नै देउवा गुट छोडेका अर्जुननरसिंक केसी यतिवेला पोडेल गुटमा टाँसिइसकेका छन् भने चन्द्र भण्डारीले पनि देउवालाई छोडेर यूवा केन्द्रीय सदस्यहरूको बेग्लै गुट खडा गरिसकेका छन् । १३ औं महाधिवेशनमा देउवालाई सहयोग गरेका कृष्णप्रसाद सिटौला र उनको गुटले समेत देउवालाई पूर्णरूपमा असहयोग गर्ने जनाइ सकेको छ ।

देउवाका हरेक निर्णयलाई असयोग गर्दै आएको नेता रामचन्द्र पौडेल पक्षधर केन्द्रीय सदस्यहरूले भने केन्द्रीय कार्य समिति बैठकमा देउवाले पेलेको महसुस गरेका छन् । उनीहरूले चुनावी समिक्षाको बेला दिएको सुझावलाई ग्रहण नगरेको र पदाधिकारीको नाम प्रस्ताव गर्ने बित्तिकै छलफल नै गर्न नदिएर पास गरेको भन्दै गुनासो पोखेका छन् । उनीहरूले आगामी जेठ मसान्तभित्र हुने जिल्ला सभापतिहरूको भेलामा देउवाको उछितो काड्ने योजना बनाएका छन् ।

पौडेलको असन्तुष्ट धारको गुटमा रहेका महामन्त्री डा. शशांका कोइराला भने अहिले पौडेलको लाईनबाट अलग भएका छन् । उनले देउवा र पौडेल कसैलाई पनि सहयोग गरेका छैनन् । देउवाले आगामी महाधिवेशनमा उपसभापतिमा मनोनित गरेर कार्याबाहक सभापति बनाउँछु भन्ने आश्वासन पाएर मक्ख भएर बसेको कोइराला यतिवेला सहमति, एकताको मात्र कुरा गरेर देउवालाई समर्थन गर्दै आएका छन् ।

उनले देउवाले केही दिनमा गठन गर्ने विभागमा आफ्ना मान्छेलाई हाल्ने बिषयमा सम्झौता र सौदाबाजी गरिरहेका छन् । कोइरालालाई यतिवेला डा. नारायण खड्का, डा. मीनेन्द्रप्रसाद रिजाल, सुजाता कोइराला र दीपक गिरीले साथ दिइरहेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web