नयाँ पार्टीमा नयाँ शैली:एकता घोषणाअघि नै नेताहरुलाई शपथ, के छ शपथपत्रमा ?

जेष्ठ ३, २०७५ मा प्रकाशित | 1936 views

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको औपचारिक घोषणा हुनुअघि नै नेताहरुलाई सपथ खुवाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा जारी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुत्तः बैठकमा केन्द्रीय सदस्यदेखि सचिवालय सदस्यसम्मलाई पद तथा गोपनीयताको सपथ खुवाइएको हो ।

एमाले-माओवादीले नेपाल कम्युनिष्ट पार्टीमा ४२१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरिसकेका छन् । त्यसैगरी ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालय पनि बनाइसकिएको छ ।

जसमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहअध्यक्ष, झलनाथ खनाल र माधवकुमार नेपाल वरिष्ठ नेता, विष्णु पौडेल महासचिव र नारायणकाजी श्रेष्ठ प्रवक्ता तोकिइसकेका छन् ।

शपथमा के लेखिएको छ ?

म……. नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी लिइरहेको यस महत्वपूवर्ण घडीमा सहिदको रगतद्वारा रञ्जित पार्टी झण्डा सामु उभिएर प्रतिज्ञा गर्दछु:

म पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुशरण गर्दै पार्टी विधानलाई इमान्दारिताका साथ पालना गर्नेछु । पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवम् नैतिक आचरणयुक्त जीवन बिताउने छु र सबैखाले प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारका विरुद्ध दृढतापूर्वक जुझिरहनेछु ।

–नेपाली क्रान्ति जिन्दावाद !
– मार्कसवाद–लेलिनवाद जिन्दावाद !
–अमर सहिदहरु लालसालम !
–नेपाल कम्युनिष्ट पार्टी–जिन्दावाद ! जिन्दावाद ! !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web