विराटनगर- ३३ किलो सुन तस्करीका अभियुक्त एवं मुख्य साक्षी प्रहरी जवान विष्णुबहादुर खडकाले बयान फेरेका छन् । उनी तस्करीका अर्का अभियुक्त श्यामबहादुर खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ प्रहरी अधिकृत (एसएसपी) रहँदा उनको चालकका रूपमा कार्यरत थिए । खत्री हालसम्म फरार छन् ।

खडकाले आफू निजामती कर्मचारी भएकाले हाकिमको आदेशअनुरूपका ठाउँमा गाडी लैजाने गरेको तर त्यसभित्र के थियो भन्ने आफूलाई जानकारी नभएको बयान दिएको उनको पक्षका अधिवक्ता खगेन्द्रबहादुर श्रेष्ठले बताए ।

सरकारले दिएको तलब सुविधाबाहेक प्रलोभनमा परेर कुनै बाहिरिया व्यक्तिसँग पैसा नलिएको पनि उनले बताएका छन् । यसअघि प्रहरीले दबाब दिएर आफूअनुकूल बयान लिएको भनी खडकाले अदालतसमक्ष बोलेको वकिल श्रेष्ठले जानकारी दिए । यसअघि प्रहरीमा दिएको बयानभन्दा यो अलिक फरक छ । मुद्दाको मियो खडकाको बयानमा निर्भर रहेको हुनाले उनको सुरक्षा बन्दोबस्तीमा ध्यान दिन प्रहरीलाई भनिएको अदालतले जनाएको छ । आजको कान्तिपुरमा खबर छापिएको छ ।

20.12¡ÆC