नख्खु कारागार ‘डन’को कब्जामा, जेलर र बस्नेतबीच यसरी हुन्छ सेटिङ

काठमाडौं । नख्खु कारागारमा कर्तव्य ज्यान र जवर्जस्ती करणी मुद्दामा सजाय भुक्तान पूरा गरी छुट्न लागेका बर्दियाका भक्तबहादुर सुनारको रहस्यमय हत्यासँगै कारागार नै अपराधीहरुको कब्जामा पुगेको छ । सुनारको बैशाख २१ गते राति कारागारभित्रै हत्या भएको थियो ।

तर, कारागार प्रशासनले भने अचानक विरामी भई वीर अस्पतालमा पु-याइएका सुनारलाई आईसीयुमा भर्ना गरी उपचार गर्नु पर्नेमा त्यहाँ आईसीयु बेडको अभावका कारण लगनखेलस्थित पाटन अस्पताल पु-याई उपचार गरिरहेका बखत २२ गते मृत्यु भएको जनाएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

कारागार प्रशासनले उनको मृत्युको कारण विरामी भएको जनाएपनि त्यहाँ भित्रका कर्मचारी र जेलरको मिलेमतोमा सुनारको कुटपिटबाट मृत्यु भएको थियो । उनको शवसँगै तीन पृष्ठको हस्तलिखित सुसाइट नोट भेटिएको थियो । सुनारको शंकास्पद मृत्युको बारेमा गृह मन्त्रालयले छानविन गरिरहेको छ । राज्यले दिएको सुबिधामा छुट्न पाउन कारागारका चौकीदार बुद्ध गुरुङ, जेलर र केही गुण्डा नाइकेले १५ लाख मागेको र नदिएपछि सुनुवारको कुटपिटबाट मृत्यु भएको सुनारले मृत्यु अघि लेखेको ‘सुसाइट नोट’ उल्लेख थियो ।

कारागरमा चौकिदार गुरुङ, जेलर र डन समिरमान बस्नेतको हालीमुहाली चल्दै आएको छ । कारागारभित्र राज्यले दिएको सेवा सुबिधा लिन समेत यो समूहलाई मोटो रकम बुझाउनु पर्ने बाध्यता रहेको छ । प्रशासन र चौकिदारलाई रिझाउन नसकेकै कारण सुनुवारको हत्या भएकोे अनुसन्धान स्रोतले बतायो ।

स्रोतका अनुसार निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्या काण्डका नाइके समिरमान बस्नेतले जेल प्रशासनसँगको मिलेमतोमा नाइके, भाइ नाइके खडा गर्दै आएका छन् । बस्नेतको समूहले भाइ नाइके मार्फत अन्य कैदीहरुसँग पैसा असुल्ने गरेको र पैसा नदिनेलाई शौचालयमा सुत्न पठाउने गरेको स्रोत बताउँछ ।

कारागारमा लाखौ लगानी गरी जिम क्लवलाई मर्मत गरेपछि बस्नेतल कारागारमा सुरक्षा दिंदै आएको सशस्त्र प्रहरीको सेटिङमा चमेना गृह नै कब्जा गरेको स्रोत बताउँछ । नख्खुमा नेपाल प्रहरीबाट सईको कमाण्डमा आठ जना प्रहरी रहँदै आएका छन् भने काठमाडौंमा रहेका डिल्लीबजार र केन्द्रीय कारागार सुन्धारामा नेपाल प्रहरीले सुरक्षा दिंदै आएको छ । केन्द्रीय कारागार सुन्धारामा डिएसपीको कमाण्ड रहेको छ भने डिल्लीबजारमा इन्सपेक्टरको कमाण्डमा नेपाल प्रहरी खटिएका छन् ।

नख्खुमा नेपाल प्रहरीको काम नै कैदीहरुलाई अस्पताल र अदालत लैजाने मात्र हो । सुरक्षा भने सशस्त्र प्रहरीले गर्दै आएको छ । नख्खु कारागारको सुरक्षाको जिम्मा नेपाल प्रहरीले नपाउने हो भने त्यहाँ कुनै पनि समयमा ठूलो घटना घट्न सक्ने स्रोत बताउँछ । बस्नेतले केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनसँग पनि मिलेमतो गरी अझै पनि ठेकेदारहरुलाई धम्क्याएर रकम असुल्दै आएका छन् ।

कुनै समय दुस्मन रहेका बाहुन र बस्नेतबीच अहिले भने राम्रो कनेक्सन रहेको प्रमाण पनि फेला परेको छ । बस्नेत र बाहुनलाई प्रहरीको एउटा उच्च समूहले मिलापत्र गराई संरक्षण दिंदै आएको स्रोतले बतायो । कारागार स्रोतका अनुसार मृतक सुनार र अर्का गुण्डा नाइके अभिषेक गिरीबीच कनेक्सन रहेको प्रमाण पनि फेला परेको छ ।

केही समय अघि गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को विशेष निर्देशनमा मोरङ कारागारमा रहेका गुण्डा नाइके गिरीलाई नख्खु कारागार सरुवा गरिएको थियो । मन्त्री थापाले जेलमा मर्सिडिज गाडी चढ्ने कैदीहरु रहेको बताएका थिए । मोरङ कारागार भित्रको सम्पूर्ण कारोबार गिरीले नै गर्दै आएका थिए । गृहमन्त्री वादलले गिरीको नाम नलिएपनि मर्सिडिज चढ्ने कैदी भनेको गिरी नै हुन् ।

नियम मिचेर बालकृष्ण ढुंगेललाई रिहा गरिदै

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो । ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ ।उनीसँगै आठ सय बढी कैदीको कैद मिनाहाको सफाारिस भएको छ । ढुंगेलको कैद मिनाहाका लागि गृहले जिल्ला प्रशासन कार्यालय काठमाडाैमार्फत सिफारिस मागेको थियो। नागरिक दैनिकबाट ।

गोरे हिरासतमै असुरक्षित ! ज्यान जोगाउन अदालतमा निवेदन

काठमाडौं ।   सुन तस्करी र मोरङका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ९गोरे०ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् ।

बुधवार जिल्ला अदालत मोरङमा भएको बयानपछि अभियुक्त गोरले ज्यानको खतरा भएको भन्दै मानव अधिकारीवादी संस्थाको रोहबरमा हिरासतमा बस्ने व्यवस्था मिलाउनका लागि आदेश जारी गर्न भन्दै गोरेले बुधवार अदालतमा निवेदन चढाएका हुन् ।

मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेलाई बयानका लागि आज जिल्ला अदालतमा उपस्थित गराइएको हो। गोरेलाई वडा प्रहरी कार्यालय पोखरियामा राखिएको छ।

गोरेले सुन तस्करीका मुख्य नाइकेहरुले सानु बमको त्रिभुवन विमानस्थल र प्रेमलाल चौधरीको महानगरीय प्रहरी बृत्त सिहंदरबारभित्र नै रहस्यमय मृत्यु भएको प्रसंग निकाल्दै मानवअधिकार्मीको रोबहरमा आफूलाई राख्न माग गरेका हुन्।

नेपालको एकदिवसिय डेब्यु नेदरल्याण्ड्ससँग,कहिले हुँदैछ खेल ?

काठमाडौं । विश्वकप क्रिकेटको क्वालिफायरबाट एकदिवसिय मान्यता प्राप्त गर्न सफल नेपालले पहिलो एकदिवसिय खेल तथा सिरिज नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । नेपालले साउन महिनाको १६ र १८ गते नेदरल्याण्ड्समै खेल्ने कुरा बुधबार जानकारी आएको छ । १३ साउनमा लर्डस् क्रिकेट ग्राउन्डमा नेदरल्याण्ड्स, नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बिच एकै दिन ३ खेल खेल्ने तालिका छ ।

सो प्रतियोगितामा सहभागि भएर नेपाली क्रिकेट टिम सिधै नेदरल्याण्ड्स जाने कार्यक्रम रहेको नेपाली क्रिकेट टिम व्यवस्थापनले दिएको छ । नेपालले २ वर्ष अघि विश्व क्रिकेट लिग खेल्ने क्रममा नेदरल्याण्ड्समा खेलेको थियो । जसमा नेपालले एक खेल जितेको थियो भने एकमा हार व्योहोर्नु परेको थियो ।

नेपालको पहिलो एकदिवसिय खेल आयोजना गर्न पाएकोमा खुशी हुँदै नेदरल्याण्ड्सको कोच रायन क्याम्पबेल भन्छन्, ‘नेपालको पहिलो एकदिवसिय खेलको लागि नेदरल्याण्ड्समा स्वागत गर्न पाउँदा हामी एकदम खुशी छौं । लर्डस्मा खेल्ने सौभाग्य पाए पश्चात नेदरल्याण्ड्सको जनताको लागि अब हामी क्रिकेटमा के गर्न सक्छौं भन्ने देखाउन चाहन्छौं ।’

उनि थप्छन्, ‘नेपाल एउटा रोचक टोली हो, सन्दीप लामिछाने विश्व स्तरीय भएको कुरा हामीले आईपिएलमा देख्यौं, यस्तो टोलीलाई स्वागत गर्न पाउनु हाम्रो लागि ठुलो अवसर हो । नेपालले हाम्रै देशमा पनि ठुलो संख्यामा दर्शक आकर्षित गर्ने गरेका छन्, म विस्वस्त छु, यो एउटा ठुलो अवसर हुनेछ ।’

कर्मचारी प्रोत्साहन भत्ता कटौती, वार्षिक करिब ५ अर्ब व्ययभार कम

काठमाडौं । सरकारले निजामती कर्मचारीहरुलाई विभिन्न नाममा दिने प्रोत्साहन भत्ता कटौती गरेको छ । यसले वार्षिक ५ अर्ब रुपैयाँ व्ययभार कम हुने देखिएको छ ।

मन्त्रिपरिषदले वैशाख अन्तिम साता पास गरेको ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन’ अनुसार यो साउनबाट निजामती कर्मचारीहरुले महँगी, स्थानीय, पोसाकभन्दा बाहेकका अन्य भत्ता पाउने छैनन् ।

हाल निजामती कर्मचारीले तलब, स्थानीय भत्ता, महँगी, फिल्ड, बैठक र कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता पाउँदै आएका छन् । –कान्तिपुर दैनिकबाट

सुन तस्करीमा कुन-कुन नेताको संलग्नता ? ‘गोरे’ले लिए‘सेटिङ’मा उपल्लो तहकै नेता !

काठमाडौं । त्रिभुवन विमानस्थलबाट भित्रिएको भनिएको ३८ क्विन्टल सुन तस्करका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीले ‘सेटिङ’मा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानविन समितिसमक्ष गोरेले तस्करीमा विमानस्थलका कर्मचारी, प्रहरी र सत्ताको पहुँच र प्रभाव भएका नेताहरुको संरक्षणमै सुन ओसारपसार हुने गरेको रहस्य खोलेका हुन् । तर तस्करीमा कुनकुन नेताको संलग्नता छ भन्नेबारे समितिले कुनै तथ्य बाहिर ल्याएको छैन ।

गत माघ ७ गते भित्रिएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके गोरे नेतृत्वको समूहले उनकै सहयोगी सनम शाक्यलाई गत फागुन १८ गते मोरङको उर्लाबारीमा हत्या र त्रिभुवन विमानस्थलका कर्मचारी सानु बनको शंकास्पद मृत्युपछि सुरु भएको अनुसन्धानको पाटो राजनीतिक नेता÷कार्यकर्तासम्म पुगेको थियो । –कारोबार दैनिकबाट

‘गोरे’ले खोले थप प्रहरी र व्यापारीको नाम,दुबईमा ‘गोरे’को आफ्नै कम्पनी

काठमाडौं ।सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ ले सुन तस्करी काण्डकाबारे नयाँ रहस्य ओकलेका छन् । मंगलबार सिआइबी टोलीले पक्राउ गरी सार्वजनिक गर्ने क्रममा उनले सुन तस्करीको थप रहस्य खोलेपछि सुन तस्करी काण्ड नयाँ मोडमा पुगेको छ । उनले आफूले सुन तस्करी गर्ने गरेको स्वीकारेका छन् । छानबिन समितिसँगको बयानमा गोरेले आफूले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने गरेको स्वीकारेका हुन् ।

गोरे’ ले प्रारम्भीक बयानमा वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पोलेका छन् । सुन तस्करीबाट अनुसन्धान गरिरहेको छानविन समितिले मंगलबार विहान काठमाडौं(८ गौरीघाटबाट गोरेलाई पक्राउ गरेको हो । उनलाई मंगलबार नै सार्वजनिक गरिएको छ । लगतै जिल्ला अदालत मोरङमा हाजिर गराइएको छ ।

सार्वजनिक गर्नुअघि समितिले गोरेसँग बयान लिएको थियो । त्यसक्रममा उनले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने बताएका छन् ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटक पटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् । मुख्य तस्कर चुडामणि उप्रेती ‘गोरे’ले दुबईमा आफ्नै नाममा कम्पनी स्थापना गरी संगठित रूपमा कारोबार गर्दै आएको खुलेको छ
दुबईमा आफ्नै कम्पनी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ महिनामा ३ हजार ७ सय ६६ केजी सुन भित्र्याउने मुख्य तस्कर चुडामणि उप्रेती ‘गोरे’ले दुबईमा आफ्नै नाममा कम्पनी स्थापना गरी संगठित रूपमा कारोबार गर्दै आएको खुलेको छ।

सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धानका लागि गठित समितिले सोमबार रातीदेखि मंगलबार बिहानसम्म काठमाडौंको अज्ञातस्थलमा गोरेसँग लिएको बयानमा उनले एक करोडभन्दा बढी नेपाली रुपैयाँ खर्चेर संयुक्त अरब इमिरेटसमा नजमल जनरल ट्रेडिङ नामक कम्पनी संचालन गरेको बयान दिएका हुन्।

गोरेको खुलासा: ‘ म निर्दोष छु,सबैले दोष मलाई नै दिए,यसरी भयो सनमको हत्या’ (भिडियो )

काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्याकाण्ड मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे आफु निर्दोष भएको दाबी गरेका छन् । मंगलबार पक्राउ पर्नु आघि नै सार्वजनिक भएको भिडियो टेपमा उनले आफु भएको निर्दोष बताएका हुन् उनले भनेका छन् । सबैले गोरे गोरे भनेर दोष जति आफ्नो टाउकोमा थुपारेको दाबी गरेका छन् ।  ३३ किलो सुन प्रकरणमा मलाइ मात्र दोषी देखाई विभिन्न पक्ष तथा ब्यक्तीहरुले मेरै ज्यान लिनेसम्मको घटना घटाई र दोष जति सबै मेरो थाप्लामा हाल्ने देखिएयो ।

यस्तो थियो घटना

माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र प्रहरीसँगको सेटिङमा साढे ३३ किलो सुन भित्रिएर पनि हराएको थियो। ३३ किलो सुन विमानस्थलबाट बाहिर ल्याएका थिए थाई एयरवेजमा वरिष्ठ प्राविधिक सानु वनले। वनले ल्याएको सुन एयरपोर्टबाट निस्किएपछि सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो। २२ माघमा सुन गायब भएपछि सुनका मालिन गोरेलगायतको समूहको टर्चर सहन नसकेर उनले गुड्दै गरेको ट्याङ्करमा ठोक्किएर आत्महत्या गरेका थिए।

वनपछि उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो। उनी गारेको नजिकको सहयोगी समेत थिए। हराएको सुनको सूचना फुत्काउने कोसिसका क्रममा करेन्ट लगाएर टर्चर दिँदा शाक्यको मृत्यु भएको थियो। शाक्यको शव अपराध महाशाखाको प्रहरी टोलीले इटहरीबाट बरामद गरेको थियो।

घटनाको अनुसन्धान गर्न गठित गृह मन्त्रालयको सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना र सञ्‍चालन गरी सुनको अवैध कारोबार गरेको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।

को हुन् गोरे ?
प्रहरीका उच्च अधिकारीदेखि हाइप्रोफाइल व्यापारीहरूसँगको साँठगाँठमा चार वर्षमा सुन तस्करीको साम्राज्य चलाइरहेका व्यक्ति चुँडामणि उप्रेती ‘गोरे’ हुन् । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी छानबिन गर्न सरकारले सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा गठन गरेको समितिले पक्राउ परेका व्यक्तिहरूबाट बरामद प्रमाण एवम् फरार रहेका अभियुक्तहरूबीचको आर्थिक कारोबारका आधारमा गोरे तथा उनका सहयोगीहरूले बितेको पाँच वर्षमा ४ सय २१ पटक गरी ३ हजार ७ सय ९९ किलो ५९ ग्राम सुन भित्र्याएको रहस्य खुलिसकेको छ ।

जसको नेपाली बजार मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँ हुन आउँछ । सरकारले गोरेसहित विभिन्न ६३ प्रतिवादीविरुद्ध १७ अर्ब १ करोड ८० लाख रकम बिगो दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिसकेको छ । उनीहरूविरुद्ध अपराधिक समूह स्थापना, सुन चोरी निकासीको अवैध करोबार, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएको छ ।

पाँच वर्षको अवधिमा ३७ क्विन्टलभन्दा बढी तस्करीको सुन भित्र्याउने योजनाका मुख्य नाइके भनिएका गोरेविरुद्ध नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा ‘डिफ्युजन नोटिस’ जारी गरेर अन्तर्राष्ट्रिय प्रहरीको खोजीको सूचीमा राखेको थियो । ‘गोरे’ अवकाशप्राप्त नेपाल प्रहरीका पूर्व असई नेत्र उप्रेतीका जेठा छोरा हुन् । उनी ‘रुपेश’ नामले समेत परिचित छन् । मोरङको साविक इटहरा (हाल रतुवामाई नगरपालिका) बाट २०५० सालतिर उर्लाबारी बसाई सरेका नेत्रले आफ्ना दुई छोरा गोरे र रमेशलाई स्थानीय सरस्वती माविमा भर्ना गरेका थिए ।

गोरेले बीचैमा पढाइ छोडेर भारतीय सेनामा चार वर्ष जागिर खाए । त्यसपछि ३६ वर्षीय गोरे वैदेशिक रोजगारीका लागि दुबई पुगे । त्यतिबेलासम्म उर्लाबारी– ७ स्थित पशुपति मार्गमा उनको २ तले घर मात्र थियो । सामान्य आर्थिक हैसियतका गोरे विदेश गएर फर्किएपछि काठमाडांैको गौरीघाटमा बस्न थाले । नजिकबाट चिन्नेहरू भन्छन्—त्यसपछि उनको हैसियत एकाएक बदलियो, गोरे नव–धनाढ्यका रूपमा उदाए ।

वैदेशिक रोजगारीबाट कुस्त पैसा कमाएकाले आर्थिक हैसियत फेरिएको भनिएका गोरेको आर्थिक समृद्धिको रहस्य अहिले आएर उदाङ्गो भएको छ । दुबई गए लगत्तै उनको भेटघाट सुन तस्करहरूसँग भयो । गोरे सुन तस्करीको भरियाका रूपमा उनले तस्करीको क्षेत्रमा प्रवेश गरेका हुन् । ‘चतुर’ गोरे भरियाको काम गर्दागर्दै आफैं सुनको अवैध कारोबारमा संलग्न भए । उनी भाइ रमेश उप्रेतीलाई दुबईमा राखेर आफू नेपाल बसी कारोबार विस्तार गर्न सक्रिय भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उनले आफ्नो कारोबारलाई संगठित रूपमा अघि बढाउँदै गएका थिए । उनले प्रहरीसँग ‘मामा’को साइनो लगाई सेटिङ मिलाउने गरेका थिए । निज (गोरे) ले उसको सम्पर्कमा रहेका प्रहरी कर्मचारीहरूलाई मामा भनी सम्बोधन गर्ने र मलाई समेत निजले मामा भनी सम्बोधन गर्ने गरेको थियो–सुन तस्करीकाण्डमा मुछिएका नेपाल प्रहरीका सई बालकृष्ण सन्जेलले आफ्नो बयानमा उल्लेख गरेका छन् ।

गोरेका बारेमा जानकारी राख्ने एक युवाका अनुसार पाँच वर्ष दुबई बसेर उनी त्यहींबाट सुन पठाउने र हुन्डीको कारोबार गर्ने धन्दामा संलग्न हुन थालेका थिए । त्यसपछि उनी नेपाल फर्किएर दुबई, सिंगापुर, थाइल्याण्ड आदि मुलुकबाट पठाइएको सुन नेपालका विभिन्न ठाउँदेखि भारतसम्म सप्लाई गर्ने धन्दामा सक्रिय रहेको अर्का एक प्रहरी अधिकारी बताउँछन् ।

पहिले दुबईमै बसेर सुन पठाउने काम गरेको पाइयो, घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने—पछि उ, आफैं नेपाल फर्किएर कारोबारीका रूपमा सुन तस्करी गर्न थालेको पत्ता लागेको छ । ‘सुन तस्करीका कारण गोरेका लागि नेपाल र दुबई उनको पानी पँधेरो जस्तै देखियो, अनुसन्धानमा संलग्न एक अधिकारीले भने–उनी एक साता नेपाल बसे भने दुई साताभन्दा बढी दुबई बस्थे ।

कुस्त सम्पत्ति कमाएपछि गोरेले आफना बुबा नेत्र तथा आमा बिनादेवीलाई काठमाडौं सिफ्ट गराएका थिए । करिब सात–आठ वर्षदेखि गोरेका आमा–बुबा र गोरे बेला–बेला उर्लाबारी आएर बस्ने गरेका थिए । पहिले बस्दै आएको उर्लाबारीको दुईतले सानो पक्की घर उनीहरूले भाडामा लगाएका छन् । गोरेले काठमाडौंमा चार तले घर बनाएको चर्चा उर्लाबारीमा चलिसकेको थियो ।

विराटनगरमा किन बसेको थियो भारतीय फिल्ड अफिस ?

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले विराटनगरमा रहेको भारतीय दूतावासअन्तर्गतको ‘फिल्ड अफिस’ हट्ने बताएपछि यसबारे फेरि चर्चा र चासो सुरु भएको छ । शनिबार काठमाडौंमा पार्टीको संसदीय दल बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भारत सन् १९५० को सन्धि फेर्न सहमत भइसकेको भन्दै विराटनगरमा रहेको उक्त फिल्ड अफिस हट्ने बताएका हुन् ।

कोसीको बाढीपछि पूर्वपश्चिम राजमार्ग क्षतिग्रस्त हुँदा भारत हुँदै यातायात साधन चलाउन अनुमति दिने कामका लागि राखिएको भारतीय फिल्ड अफिस यसअघि नै हटाउन खोजिएको थियो । ६ वर्षअघि परराष्ट्र मन्त्रालयले ‘अनावश्यक हैसियत’ मा उक्त कार्यालय कायमै रहेको भन्दै प्रश्न उठाएको थियो । त्यसबेला तत्कालीन माओवादीका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री थिए ।

‘भारतीय झन्डा फहराएर झन्डै कूटनीतिक अड्डाका रूपमा बसिरहेको छ, यसलाई तुरुन्त हटाउनु भनेर भारतीय दूतावासमा पत्राचार गरिसकिएको छ,’ परराष्ट्रका तत्कालीन एक अधिकारीले बताएका थिए । सुरक्षा चासो र कूटनीतिक संवेदनशीलताका आधारमा पनि यो कार्यालयको गतिविधि विचाराधीन हुन सक्छ भन्दै परराष्ट्रको भारत शाखाले भारतीय दूतावासलाई त्यसैबेला पत्रसमेत पठाएको थियो ।०६५ भदौमा कोसीमा बाढी आएका बेलाको असहज स्थितिमा नेपाल–भारत यातायात तथा पारवहन सुविधामा भारतीय दूतावासअन्तर्गत ‘अस्थायी कार्यालय’ राखिएको थियो । कोसीको पूर्वी तटबन्ध भत्केर क्षतिग्रस्त बनेको राजमार्ग मर्मत भइसकेर यातायात सञ्चालन भए पनि उक्त कार्यालय यथावत् राखिएको थियो ।

सुरुमा सुनसरीमा र पछि विराटनगरका विभिन्न स्थान सार्दै राखिएको उक्त कार्यालय हाल कोसी राजमार्गको मलाया रोडस्थित एक घरमा सञ्चालित छ । विराटनगर सार्दा सुरुमा उद्योगी व्यवसायीको संस्था उद्योग संगठन मोरङको कार्यालय परिसरमा राखिएको कार्यालय पछि बरगाछीमा सारिएको थियो । त्यसपछि मलाया रोडस्थित घरमा राखिएको हो ।

राजमार्गसँगै जोडिएको कार्यालयको आँगनमा भारतीय झन्डा फहराइएको छ । यो स्थान भारतीय सीमा बजार जोगबनीबाट नजिक पर्छ । उक्त कार्यालयले कुनै प्रशासनिक वा अन्य काम नगर्ने, स्थानीय तहमा जनसम्पर्क विस्तार गर्न पार्टी आयोजना गर्ने, सूचना आदानप्रदान गर्ने वा भेलाहरू आयोजना गर्ने काम मात्रै गरिरहेको भन्दै आलोचना भएको थियो । आजको कान्तिपुरमा खबर छापिएको छ |

ज्योती गुमाएका ८४ जनाको पुनः फर्काउन सफल

विदुर, नुवाकोट । मोतियाबिन्दु भएर आँखाको ज्योती गुमाएका याहाँका ८४ जनाको पुनः ज्योती फर्काइएको छ ।

मोतियाबिन्दु लागेका बिरामीको लागी जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको आयोजनामा शुक्रबार सम्पन्न दुईदिने निःशुल्क शिविरमा उनीहरुको गुमेको ज्योती फर्काइएको हो ।

दृष्टि गुमाएकाहरुको तथ्याङ्क संकलन गरी प्रदान गरेको सेवा मार्फत उनीहरुले अब स्पष्टसंग आँखा देख्नसक्ने भएको सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारीले जानकारी दिनुभयो ।

तिलगंगा अाँखा प्रतिष्ठान काठमाडौं र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासंगको सहकार्यमा विशेषज्ञ चिकित्सक मार्फत केन्द्रको कार्यालय विदुरमा शल्यक्रिया गरी ज्योती फर्काउन सफल भएकाले उनीहरुले आगामी दिनमा सरसफाईमा ख्याल गर्दै समय–समयमा जाँच गराएमा नियमित रुपमा दृष्टि पाउने अधिकारीले बताउनुभयो ।

जिल्लाको विभिन्न स्थानमा गरिएको निःशुल्क आखा शिविर र केन्द्रमा जाँच गर्न आएका बिरामीको तथ्याङ्क संकलन गरी आयोजना गरिएको निःशुल्क शल्यक्रियामा सम्पर्कमा आएका सबैलाई दुई दिनमा समेटिएको केन्द्रले जनाएको छ ।

सर्वाङ्गिण विकास समाजको समीक्षा बैठक सम्पन्न

विदुर, नुवाकोट । नेपाल सर्वाङ्गिण विकास समाजद्धारा सञ्चालित सामुदायिक आवास कार्यक्रमको शुक्रबार समिक्षा बैठक सम्पन्न भएको छ ।

सन् २०१५ देखि सन् २०१९ सम्ममा ४३ परिवारका लागि भुकम्पिय जोखिम रहित घर निर्माण गर्न साहयता गर्ने उदेश्यले सुरु गरिएको यस कार्यक्रम अन्तरगत हाल सम्म ३७ परिवारका लागि घर निर्माण कार्य सम्पन्न गरि सकेको छ ।

जस्का लागि प्रति परिवार तीन देखि पाँच लाख सम्मको घुम्तिकोष रकम उपलब्ध गराउने क्रममा रु. १ करोड ६४ लाख ९५ हजार रकम परिचालन गरेको छ । २०७२ सालको भुकम्प पश्चात कार्यक्षेत्र बिस्तार गर्ने क्रममा साविक कल्याणपुर र तुप्चे गाविसमा समेत कार्यक्षेत्र बिस्तार गरि सन् २०१७ देखि २०१९ सम्ममा ३२ परिवारका लागि घर निर्माण गर्ने उद्देश्यले काम सुरु गरेकोमा हाल सम्म ३८ परिवारको लागि घर निर्माण कार्यमा साहयता गरेको छ ।

जस अन्तरगत प्रति परिवार रु. १ लाख ५० हजार देखि ३ लाख सम्म घुम्तिकोष रकम उपलब्ध गराउने क्रममा ९३ लाख रकम परिचालन गरेको छ ।
समिक्षा कार्यक्रममा उपस्थित विदुर नगरपालिका वडा नं १३ का कार्यबहाक वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले भुकम्प पश्चात आवास विहिन स्थानीयहरुको आवास निर्माण कार्य प्रशंसनीय रहेको बताउदै आवास निर्माण सँगै परिचालित रकम स्थानीय स्तरमा निरन्तर परिचालन गरिनु प्रभावकारी भएको बताउनु भयो ।

समुदायका आफ्नै घडेरी भएर पनि आवास गृह नभएका लक्षित वर्गका मानिसहरुका लागि न्युनतम् लागतमा भुकम्पिय जोखिमबाट सुरक्षित, व्यवस्थित र सुलभ प्रविधिबाट आवास निर्माण गर्न यस क्षेत्रका बिज्ञहरुद्धारा सुरु गरिएको यस कार्यक्रम एक विशेष किसिमको आवसीय अभियान रहेको बताउदै यस कार्यक्रम अन्तरगत पाएको घुम्तिकोष रकम १० वर्षे किस्ता मार्फत संकलन गरि अन्य परिवारका लागि आवास निर्माण गर्दै जाने भएकोले समुदायमा यो कार्यक्रम संस्था नरहेको अवस्थामा पनि अभियानले निरन्तरता पाउने संस्थाका जिल्ला परियोजना प्रवन्धक हिराजित सुनुवारले बताउनु भयो ।

यदि परिचालित घुम्तिकोष रकमलाई वास्तव मै अभियान कै रुपमा निरन्तर परिचालन गर्ने हो भने निर्धारित परियोजनाको अन्त सम्ममा करिब साँढे ३ करोड रुपैयाँ परिचालिन भएको हुनेछ, त्यसको व्यवस्थित परिचालन र अभियानको निरन्तरता कतिको प्रभावकारी हुनेछ त्यो चाहि हेर्न बाँकी छ ।

दुई पार्टीको सम्पत्ति ३ अर्ब, रात्रिभोज खर्च कसले व्यहोर्ने ?

काठमाडौं । एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् ।
माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन् । त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ । धेरै जिल्लामा आफ्नै जग्गा र भवन पनि छ ।

दुवै पार्टीको स्वामित्वमा रहेको चलअचल सम्पत्ति अब नेपाल कम्युनिस्ट पार्टीको स्वामित्वमा आउने नेताहरूले बताएका छन् ।

रात्रिभोज खर्च दुई पार्टीले व्यहोर्ने

पार्टी एकीकरण भएको खुसियालीमा बिहीबार राति प्रधानमन्त्रीनिवास बालुवाटारमा दीपावलीसहित रात्रिभोज दिइएको छ । दुई पार्टीका नेता–कार्यकर्तासहित करिब दुई सयजना भोजमा सहभागी भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोजको खर्च सरकारी रकमबाट तिरिनेछैन । दुई पार्टीले स्वामित्व लिनेछन् । ‘खर्चको विवरण अहिले भन्न सकिन्न, तर यो खर्च सरकारी ढुकुटीबाट तिरिन्न । दुवै पार्टीले स्वामित्व लिन्छन्,’ उनले भने ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web