नियम मिचेर बालकृष्ण ढुंगेललाई रिहा गरिदै

जेष्ठ १०, २०७५ मा प्रकाशित | 1637 views

<p>काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो । ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ ।उनीसँगै आठ सय बढी कैदीको कैद मिनाहाको सफाारिस भएको छ । ढुंगेलको कैद मिनाहाका लागि गृहले जिल्ला प्रशासन कार्यालय काठमाडाैमार्फत सिफारिस मागेको थियो। नागरिक दैनिकबाट ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web