काठमाडौं । विश्वकप क्रिकेटको क्वालिफायरबाट एकदिवसिय मान्यता प्राप्त गर्न सफल नेपालले पहिलो एकदिवसिय खेल तथा सिरिज नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । नेपालले साउन महिनाको १६ र १८ गते नेदरल्याण्ड्समै खेल्ने कुरा बुधबार जानकारी आएको छ । १३ साउनमा लर्डस् क्रिकेट ग्राउन्डमा नेदरल्याण्ड्स, नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बिच एकै दिन ३ खेल खेल्ने तालिका छ ।

सो प्रतियोगितामा सहभागि भएर नेपाली क्रिकेट टिम सिधै नेदरल्याण्ड्स जाने कार्यक्रम रहेको नेपाली क्रिकेट टिम व्यवस्थापनले दिएको छ । नेपालले २ वर्ष अघि विश्व क्रिकेट लिग खेल्ने क्रममा नेदरल्याण्ड्समा खेलेको थियो । जसमा नेपालले एक खेल जितेको थियो भने एकमा हार व्योहोर्नु परेको थियो ।

नेपालको पहिलो एकदिवसिय खेल आयोजना गर्न पाएकोमा खुशी हुँदै नेदरल्याण्ड्सको कोच रायन क्याम्पबेल भन्छन्, ‘नेपालको पहिलो एकदिवसिय खेलको लागि नेदरल्याण्ड्समा स्वागत गर्न पाउँदा हामी एकदम खुशी छौं । लर्डस्मा खेल्ने सौभाग्य पाए पश्चात नेदरल्याण्ड्सको जनताको लागि अब हामी क्रिकेटमा के गर्न सक्छौं भन्ने देखाउन चाहन्छौं ।’

उनि थप्छन्, ‘नेपाल एउटा रोचक टोली हो, सन्दीप लामिछाने विश्व स्तरीय भएको कुरा हामीले आईपिएलमा देख्यौं, यस्तो टोलीलाई स्वागत गर्न पाउनु हाम्रो लागि ठुलो अवसर हो । नेपालले हाम्रै देशमा पनि ठुलो संख्यामा दर्शक आकर्षित गर्ने गरेका छन्, म विस्वस्त छु, यो एउटा ठुलो अवसर हुनेछ ।’

21.12¡ÆC