काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७५–७६ को झण्डै १६ खर्बको बजेट ल्याउँदै छ । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्ष १५ जेठमा राजस्व र व्यय अनुमान प्रस्तुत गर्ने प्रावधान छ । यस वर्ष सरकारले सार्वजनिक गर्ने बजेट पूर्ण संघीय बजेट हो ।

१५ जेठ ०७४ मा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा स्थानीय तहको निर्वाचन सम्पन्न भइसके पनि प्रदेश र संघको निर्वाचन भइसकेको थिएन ।सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा नयाँ कार्यक्रम थप गरेको छ । यसै वर्षदेखि घोषणा गरिएको मदन भण्डारी राजमार्ग, जलविद्युत्, पर्यटन, रेल, जल यातायात र पूर्वाधार विकासका कार्यक्रम उच्च प्राथमिकतामा पर्ने भएका छन् ।

स्रोतका अनुसार बजेटमा ठूला र राष्ट्रिय महत्वका कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ । साना, कम महत्वका र बिनाअध्ययन प्रस्ताव गरिएका कार्यक्रम यसपटकको बजेटमा परेका छैनन् । बजेटमा तत्कालीन वाम गठबन्धनको घोषणापत्रमा समावेश भएका केही नयाँ कार्यक्रम परेका छन्, राजधानी दैनिकमा खबर छापिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावअनुसार जल यातायातको सम्भाव्यता अध्ययन, रेल मार्गको विस्तार, मदन भण्डारी राजमार्ग निर्माण, ऊर्जा तथा पर्यटक क्षेत्रको विकासका कार्यक्रम राखिएका छन् । यसका साथसाथै यसअघि राष्ट्रिय प्राथमिकताको सूचीमा परेका केही कार्यक्रमलाई यसपटक पनि प्राथमिकताको सूचीमा राखिएको छ । त्यस्ता कार्यक्रममा पोखरा क्षेत्रीय विमानस्थल निर्माण, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, काठमाडौं तराई फास्टट्रयाक, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, त्रिभुवन विमानस्थलको स्तरोन्नतिलगायतका कार्यक्रम छन् ।

यसबाहेक बजेटले तराई क्षेत्रमा सघन सहरी विकास कार्यक्रमलाई पनि जोड दिने बताइएको छ ।

बनेपा । दर्ताबिना सञ्चालन भएको जिल्लाका बिभिन्न ठाँउमा संञ्चालित क्रसर र खानी उद्योग माथि प्रहरीले निगरानी बढाएको छ । गत साता मात्र सरुवा भएर गएका एसपी रवि खड्काले यस्ता क्रसर र खानीको रेकर्ड खोज्दै धावा बोल्न थालेपछि काभ्रेमा अवैध क्रसर र खानी संञ्चालन गर्नेको भागदैड मच्चिएको छ ।

स्रोतका अनुसार जिल्लाका आधा दर्जन क्रसर र खानी मापदण्ड भित्र परेपनी अन्य दुई दर्जन भन्दा बढी अवैध रुपमा प्रशासनलाई आर्थीक लाभ दिएकै भरमा सञ्चालनमा छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

जिल्लामा अधिकांश क्रसर उद्योग विगत दश बर्षदेखि विपरीत चल्दै आएका छन् । तर जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रमुख एसपी खड्काको सरुवासँगै काभ्रे प्रहरीले अवैध क्रसर र खानीमा धावा बोल्न थालेको छ । एसपी खड्काले गत साता अबैध उत्खनन्मा प्रयोग भएको स्काईभेटरलाई नियन्त्रणमा लिएपछि काभ्रेमा हलचल मच्चिएको छ ।

स्रोतका अनुसार काभ्रे प्रहरीले जिल्ला भरका क्रसर र खानीमा अनुगमनको तयारी गरेको छ । अनुगमन पछि काभ्रे प्रहरीले अबैध रुपमा सञ्चालन भएका ढुंगा खानी र क्रसर बन्द गर्ने तयारीमा रहेको जिल्ला प्रहरीका एक अधिकृतले बताए ।

जिल्लाको मंगलटार र पनौती क्षेत्रमा अधिकांश मापदण्ड विपरितका क्रसर उद्योग र ढुंगाखानी सञ्चालनमा छन् । चार बर्ष अगाडी तत्कालिन एसपी अरुण बिसीले बन्द गराएका अबैध खानी र क्रसर बिसिको सरुवा पछि एसपी पुजा सिंहले रकम लिएरसञ्चाल गर्न दिएको आरोप लाग्ने गरेको छ ।

स्रोतका अनुसार जिल्लामा क्रसर माफियाको नामले चिनिने राजभक्त श्रेष्ठले एसपी सिंहलाई खुशी पार्न जिल्ला प्रहरी कार्यालयको प्रहरी बस्ने व्यारेकसमेत बनाई दिएका थिए ।

एसपी सिंहलाई प्रत्येक क्रसर ढुंगा खानीबाट मासिक रकमको कुरा मिलेपछि एसपी बिसिले बन्द गराएका अबैध क्रसर र ढुंगा खानी सुचारु भएका थियो । श्रेष्ठको मापदण्ड विपरितका एक दर्जन क्रसर उद्योग संचालनमा छन् ।

उता काभ्रे प्रहरीले जिल्लाका विभिन्न स्थानमा गुण्डागर्दीको सूची तयार पारेर स्वप अप्रेशनको तयारी गरेको छ । काभ्रेमा गुण्डागर्दीमा संलग्न हुने तथा काठमाडौंमा गुण्डागर्दी गरी काभ्रेलाई सेल्टर बनाउनेको सूची तयार गरेर काभ्रेका एसपी खड्काले स्वप अप्रेशन चलाउने तयारी गरेका छन् ।

काठमाडौं । राजनीतिमा हरेक असम्भव खेलहरूको सम्भावना हुन्छ भन्ने कम्युनिस्ट पार्टीको एकीकरणले पुष्टि गरेको छ । यस्तै खेल पूर्वराजा सहित राजावादीहरूले सुरु गरेका छन् । केपी शर्मा ओलीको अघिल्लो सरकारमा उपप्रधानमन्त्री भई ओलीलाई अहिलेसम्मकै गतिलो प्रधानमन्त्री भनेका राप्रपा अध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘राजतन्त्र’ मुद्दाको दोस्रो राजनीतिक इनिङमा प्रवेश गरेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । थापाले धोका दिएका कारण अलमलमा रहेका ज्ञानेन्द्रले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा थापालाई नै विश्वास गरेका छन् । नहुनु मामा भन्दा कानो मामा निको भनेजस्तो राजतन्त्रकै बारेमा वकालत गर्ने राजनीतिक दल नभएको बेला कमल थापा शरणमा आएपछि उनले यो यात्रालाई पुन सुरु गर्ने तयारी गरेका हुन् ।

अघिल्लो बर्ष देश दौडाहाका क्रममा झापामा तीन वटै राप्रपाका नेताहरूसँगको भेटलगत्तै काठमाडौं फर्केर पूर्वराजाले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित राप्रपाका तीनवटै घटकका नेताहरूलाई भेटेको बताइएको छ । तर झापामा त्यस्तो खास राजनीतिक संवाद भएको थिएन । त्यसो त रौतहटमा पूर्वराजासँग निगुरमुन्टी भएर अभिभावदन गरेका कमल थापाको राजनीतिक हैसियत गुमनाम हुने अवस्थामा छ । उनले राजनीतिक उदयका लागि पनि यो इनिङमा राजतन्त्रको मुद्दालाई बलियो बनाउने देखिन्छ ।

त्यसो त राप्रपाको वीरगञ्ज बैठकमा थापाले राजालाई भेटेको चर्चा गरेका थिए । त्यतिमात्र होइन उनले पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्दसहित आफुले भेटेको दाबी पनि गरेका थिए । कार्यकर्तालाई आश्वस्त पार्न गरिएको यो दाबी साँचो भएको उनले रौतहटमा देखाए ।

ज्ञानेन्द्र झापाबाट फर्केपछि लोकेन्द्रबहादुर चन्द सहित राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा र एकिकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी बैशाख पहिलो साता निर्मल निवास पुगेर पूर्वराजालाई भेटेका थिए ।

त्यसमध्ये थापा र पूर्व प्रधानमन्त्री चन्दले ६ वैशाखमा, राणा र लोहनीले ७ वैशाखमा पूर्वराजालाई भेटेका थिए । पूर्वराजाको सबैभन्दा लामो कुराकानी राप्रपा अध्यक्ष पशुपति शमशेर राणासँग भएको थियो । पूर्वराजाले राष्ट्रवादीको विभाजनका कारण गणतन्त्रकारी शक्ति एकजुट हुन सकेको भन्दै राजावादी आन्दोलन चर्काउनका लागि भनेका थिए ।

राजनीतिमा राप्रपा, संगठनमा शिव सेना

राजनीतिक शक्तिमा राप्रपाको एकीकरण देख्न चाहेका ज्ञानेन्द्रले युवक संगठनमा भने शिव सेना नेपाललाई परिचालनको तयारी गरेका छन् । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबा अहिले राजतन्त्रका लागि विभिन्न कार्यक्रमहरूमा सक्रिय रहने गरेका छन् ।

ज्ञानेन्द्रसँग छोरा तथा पूर्वयुवराज पारस शाहको सम्बन्ध बलियो हुँदै गएपछि युवक संगठनको फन्डिङ, सहयोग र ठूला समुह निर्माणको जिम्मा पनि पारसले पाएका छन् ।

विखण्डित परिवार मिलाउँदै राजतन्त्रको आन्दोलनलाई धार्मिक अनुष्ठान, पूजा, पुराण, मन्दिरहरूमा व्यापक बनाए मात्र इतिहासलाई जोगाउन सकिने धारणा ज्ञानेन्द्रले राखेका छन् । राजतन्त्रको आधारभुत आवाज हिन्दु धर्म प्रचारका कारणले मात्र सम्भव हुने भएकाले त्यसमा जोड दिनुपर्ने ज्ञानेन्द्रको सुझाव थियो ।

त्यसो त भारतीय संस्थापनले पनि हिन्दु धर्म र राजतन्त्रका लागि सहयोग गर्ने अपेक्षा ज्ञानेन्द्रले गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राजावादी कित्ताका पत्रका अस्मिता भण्डारीलगायतको सहभागीता गराउन ज्ञानेन्द्र सफल भए ।

भण्डारी विश्व हिन्दू महासंघकी महासचिव पनि हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सक्रियताका कारण राजा ज्ञानेन्द्रको कित्ता मोदीसँग जोडिएको छ । मोदीले हिन्दु धर्मको प्रचारसँगै सहयोगको घोषणा गरेपछि नेपालमा हिन्दु धर्म कायम गराउँदै राजालाई फर्काउने भित्रि खेल जारी छ ।

काठमाडौं । डेढ बर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा उम्किएकाहरुले नै त्यहि धन्दालाई निरन्तरता दिएको खुलेको छ । अलिहेको सुन तस्करी काण्डका मुख्य आरोपित गोरे भनिने चुडामणि उप्रेतिसहितका व्यक्ति नै अघिल्लो प्रकरणका समेत आरोपित थिए, तर विभिन्न कारण देखाउँदै उनीहरुविरुद्ध मुद्धा चलाईएन ।

मुद्धाका प्रतिवादी सुचीबाट उम्किएपछि उनीहरु फेरि तस्करीमा सक्रिय भएको पछिल्लो प्रकरणको अनुसन्धानमा खुलेपछि उनीहरुमाथि गत बर्षकै मुद्धामा समेत जिल्ला अदालत काठमाडौं अरोपपत्र पेस गर्ने तयारी भएको छ ।
२०७३ फागुन २२ मा जिल्ला अदालत, काठमाडौंमा दायर आरोपपत्रमा सीताराम खरेलका नाममा गोरेले दुबईमा बसेर सुन ओसार पसार गरिरहको उल्लेख छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंग्याएका छन् । प्रधानमन्त्री ओलीको सरकारीनिवास बालुवाटारमा शनिबार भएको छलफलले चार पदमा तत्कालीन दुई पार्टीका तर्फबाट दुई–दुईजना पर्ने गरी जिम्मेवारी टुंग्याइएको हो ।

नेम्वाङ प्रतिनिधिसभामा उपनेता, शर्मा राष्ट्रिय सभाका नेता
ओली र दाहालले प्रतिनिधिसभा संसदीय दलको उपनेता सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा बनाउने सहमति गरेका छन् । नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली चयन भइसकेका छन् ।

नेम्वाङ तत्कालीन एमालेबाट प्रतिनिधिसभा दलको उपनेता तथा शर्मा राष्ट्रिय सभामा माओवादीबाट दलको नेता थिए । संसदीय दलको कामलाई प्रभावकारी बनाउन दुवै नेतालाई निरन्तरता दिने सहमति भएको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दुई अध्यक्षबीच राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भए पनि सहमतिबारे अनभिज्ञता प्रकट गरे । ‘एउटै पार्टीका अध्यक्षबीच नियमित छलफल–संवाद हुने कुरा नौलो भएन, राजनीतिक विषयमा कुराकानी भएको हो, तर सहमतिबारे जानकारी छैन,’ अधिकारीले भने ।

गुरुङ प्रमुख सचेतक, चौधरी सचेतक
त्यस्तै, प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरी हुनेछिन् । गुरुङ तत्कालीन माओवादी दलका प्रमुख सचेतक थिए भने चौधरी एमालेबाट सचेतक थिइन् । तत्कालीन एमालेबाट खगराज अधिकारी प्रमुख सचेतक थिए ।

त्यस्तै, राष्ट्रिय सभाको प्रमुख सचेतक र सचेतकबारे आइतबार बिहानसम्म दुई अध्यक्षले टुंगो लगाउने एक केन्द्रीय सचिवालय सदस्यले बताए । यसअघि राष्ट्रिय सभामा तत्कालीन एमालेका तर्फबाट संसदीय दलको नेता बनाउने भनिएका सांसद पर्शु मेघी गुरुङ तथा प्रमुख सचेतक बनाउने तयारी गरिएका सांसद खिमलाल भट्टराईलाई संसदीय समितिको सभापति बनाइने स्रोतले जनायो ।

संसदीय दलको विधान बन्दै
नेकपाले पार्टी संसदीय दलको नयाँ विधान बनाइरहेको छ । पार्टी एकीकरणपछि तत्कालीन एमाले र माओवादी केन्द्रको पुरानो विधान मिलाएर छुट्टै नयाँ विधान बनाउने तयारी अघि बढेको हो । ८ जेठमा बसेको नेकपाको संसदीय दलको बैठकले भीमबहादुर रावल संयोजक रहेको ६ सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलमा देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रेखा शर्मा र रामनारायण बिडारी सदस्य छन् । ‘विधानको प्रारूप तयार भएको छ, दुई–तीन दिनभित्रै कार्यदलले अन्तिम रूप दिनेछ,’ समितिका सदस्य कृष्णभक्त पोखरेलले बताए । पोखरेल र बिडारीले विधानको प्रारूप तयार पारेका हुन् ।

नियमावली बन्दै
नेकपाले पार्टी सञ्चालनसम्बन्धी नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको छ । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको हो । मस्यौदा समितमा पौडेलसहित देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य छन् । ‘नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको छ, कार्यदलमा छलफल गरेर छिटै अन्तिम रूप दिन्छौँ,’ नेता भुसालले भने । कार्यदलको बैठकले भुसाल र देवकोटालाई प्रारम्भिक मस्यौदा गर्ने जिम्मेवारी दिएको थियो । भुसालले प्रारम्भिक मस्यौदा अध्ययनका लागि सबै सदस्यलाई बाँडिएको बताए ।

प्रदेश र जिल्लामा सम्मानजनक भूमिका खोज्दै पूर्वमाओवादी
पूर्वमाओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरूले प्रदेश, जिल्ला र जनवर्गीय संगठनमा पनि सम्मानजनक भूमिकाको दाबी गरेका छन् । केन्द्रीय कमटीमा नपरेपछि तत्कालीन माओवादी पोलिटब्युरो सदस्यहरूले अध्यक्ष प्रचण्डसमक्ष हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएरै माग राखेका हुन् । ९ जेठमा पूर्वमाओवादीका ८७ पोलिटब्युरो सदस्यहरूले हस्ताक्षर संकलन गरी १० जेठमा प्रचण्डलाई भेटेरै माग राखेको नेता रमेश मल्लले बताए ।

केन्द्रीय कमिटीमा नपरेका नेताहरूले एकतामा विधि–प्रक्रिया नअपनाइएको गुनासो गरेको मल्ले बताए । ‘नयाँ केन्द्रीय कमिटीमा सदस्यहरू मनोमानी रूपमा मनोनीत गरिएका छन् । पूर्वमाओवादीबाट १३ जिल्लामा प्रतिनिधित्व नहुनुले पनि विधि–प्रक्रिया नअपनाएको देखिएको छ,’ पूर्वमाओवादी पोलिटब्युरो सदस्य उमेश यादवले गुनासो गरे । उनले यस्तो प्रवृत्ति सच्याउन पनि माग गरे ।

कार्यविभाजनमा सन्तुलन
प्रतिनिधिसभामा दलको उपनेता र सचेतक तत्कालीन एमाले र प्रमुख सचेतक तत्कालीन माओवादीको भागमा परेको छ । प्रतिनिधिसभाको सभामुख तत्कालीन माओवादी नेता कृष्णबहादुर महरा रहेकाले दलको नेता प्रधानमन्त्री केपी ओली बनेका छन् भने उपसभामुख तत्कालीन एमालेकी डा। शिवमाया तुम्बाहम्फे छिन् । त्यस्तै, राष्ट्रिय सभाको अध्यक्ष तत्कालीन एमालेबाट गणेश तिमल्सिना बनाइएकाले दलको नेता माओवादी केन्द्रबाट दीननाथ शर्मालाई बनाइएको छ ।नयाँ पत्रिकाबाट

काठमाडौं ।

च्याम्पियन्स लिग फुटबलको उपाधिमा ह्याट्रिक गर्दै रियल मड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो ।

युक्रेनको राजधानी किएभमा भएको खेलमा रियल मड्रिड च्याम्पियन्स लिगको इतिहासमा लगातार तेस्रो सिजन उपाधि जित्ने पहिलो क्लब बनेको छ ।

लिभरपुलका मुख्य हतियार मोहम्मद सलाह चोटका कारण खेलको आधा घण्टामा नै मैदानबाट बाहिरिनु लिभरपुलका लागि दूर्भाग्य बन्न पुग्यो । पहिलो हाफमा सर्जियो रामोससँग जुधेपछि काँधमा चोट बोक्दै ३० औं मिनेटमा उनले मैदान छाडेका थिए ।

विश्वकप नजिकिँदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहले बाहिरिने क्रममा आँसु झारेका थिए । ४२ औं मिनेटमा बेन्जेमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिंदा लिभरपुरलाई घाटा लाग्न गयो । रोनाल्डोको हेडरलाई लिभरपुलका गोलकिपर क्यारिसले रोकेपछि रिबाउन्डमा बेन्जेमाको प्रहार अफसाइड भयो । खेलको ३६ औं मिनेटमा रियलका फुल ब्याक ड्यानी कार्बाहाल पनि चोट बोक्दै बाहिरीन पुगे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा चार गोल भए । जसमा लिभरपुलका गोलकिपरले दुई पटक ठूलो गल्ती गर्दा रियल च्याम्पियन बन्यो ।

क्यारियसले हातले पास दिने क्रममा बेन्जेमाले उनको पासलाई ब्लक गर्दै ५० औँ मिनेटमा उत्कृष्ट गोल गरे । जसका कारण रियलले एक गोलको अग्रता बनायो । ५५ औँ मिनेटमा लिभरपुलले गरेको गोलमा खेल एक–एक को बराबरीमा पुग्यो । लोभ्रेनको हेडपासमा मानेले गोल गर्दै खेल बराबरीमा लगेका थिए ।

दोस्रो हाफमा इस्कोको स्थानमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए । लिभरपुलका लागि मानेले ७० औं मिनेटमा गोल गर्ने प्रयास गरे पनि उनको प्रहार फार पोस्टमा लाग्दै बाहिरियो ।

लिभरपुलले फेरि क्यारियासको गल्तीमा ८३ औं मिनेटमा अर्को गोलको सामना गर्यो । बेलले करिब ३५ मिनेटमा गरेको प्रहारलाई क्यारियसले हातबाट फुत्काएपछि रियलको जित निश्चित भयो । रियलले उपाधि जित्दा उसका प्रशिक्षक जिनेदिन जिदानलाई विश्वका उत्कृष्ट प्रशिक्षकको सूचिमा राखेको छ ।

उनले लिभरपुलका बोब पेइस्ले र रियालका पूर्व म्यानेजर कार्लो एन्सेलोटिसँग बराबरी पनि गरेका छन् । च्याम्पियन्स लिगको उपाधि लगातार तीन पटक जितेपछि उनीमाथि लगाईंदै आएका आरोप फिक्का बन्न पुगेका छन् भने जिदानको प्रशिक्षणलाई विश्वका उत्कृष्ठ प्रशिक्षकहरुको रुपमा ब्याख्या गर्न थालिएको छ ।

काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता र प्रतिपक्षी दलका सांसदबीच जुहारी चलेको छ । प्रतिनिधिसभामा बुधबारदेखि सुरु भएको छलफल शुक्रबार सकिँदै छ भने राष्ट्रिय सभामा बिहीबारदेखि सुरु भएको छलफल शुक्रबार नै सकिने कार्यसूची छ । राजधानी दैनिकले समाचार छापेको छ ।

संसद्का दुवै सदनमा सत्ता पक्षका सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने प्रतिपक्षले नीति तथा कार्यक्रम पञ्चवर्षीय योजनाजस्तो भएको आरोप लगाए ।

बिहीबारको संसद् बैठकमा सत्ता पक्षका सांसद एवं बाग्लुङ–१ प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद पाठकले नीति तथा कार्यक्रमको आलोचना गर्ने सांसदलाई १५ जेठमा झोला बोकेर आउन सुझाव दिए । उनले यस्तो सुझाव दिएलगत्तै प्रतिपक्ष दल कांग्रेसका मानबहादुर विश्वकर्माले

‘झोला बोकेर आउनु’ भन्नुको अर्थ खोजे । उनले सरकारले दिनुपर्ने जवाफ सत्ता पक्षका सांसदहरूले दिनुले छलफलभन्दा पनि विभाजनको बाटो भएको बताए ।

पाठकले भने, ‘यहाँ केही साथीहरू नगदमा हिसाब खोजिरहनुभएको छ, १५ जेठमा दह्रै झोला बोकेर आउनुहोला, अर्थमन्त्रीले केही नगद हालेर पठाइदिनुहुन्छ, त्यही नगद लिएर जनताको बीचमा जानुहोला, तपाईंको पनि शिर उच्च हुनेछ ।’ पाठकले २०४८ सालमा विश्वेश्वरप्रसाद कोइरालाको समाजवादी नीतिलाई डस्टबिनमा फाल्नेहरूले अहिले समाजवादको कुरा गरिरहेको भन्दै आलोचना गरे । उनले थपे, ‘मैले होइन बीपीका अनुयायीहरूले प्रश्न सोधिरहेका छन्, बीपीको समाजवादी नीतिलाई डस्टबिनमा किन फालियो रु जवाफ कसले दिने हो रु’

उनले बीपीको सपनालाई डस्टबिनबाट उठाएर समाजवादी नीतिलाई प्राथमिकता दिएकोमा सरकारलाई धन्यवाद दिन आग्रहसमेत गरे ।
कांग्रेस सांसद विकले अर्थमन्त्रीले श्वेतपत्रमार्फत सदनमा झुट बोलेको आरोप लगाए । उनले संसद्मा नीति तथा कार्यक्रममाथि बोल्दै श्वेतपत्रमार्फत आएको तथ्यांक र राष्ट्र बैंकको तथ्यांक फरक परेकोमा अर्थमन्त्री युवराज खतिवडाको आलोचना गरे ।

उनले प्रश्न गरे, ‘अर्थमन्त्रीले श्वेतपत्रमार्फत देशको आर्थिक अवस्था टाट पल्टिएको छ भन्नुभएको छ, अर्कोतर्फ राष्ट्र बैंकले राष्ट्र बैंकमा ३ खर्ब रुपैयाँ भएको र त्यसले तरलता उब्जाएको भनिएरहेको छ, यी दुईमध्येमा कुन झुटो हो रु राष्ट्र बैंक एउटा संस्था हो, ऊ झुट बोल्न सक्दैन तर अर्थमन्त्रीलाई झुट बोल्न किन प¥यो रु सदनलाई किन गुमराहमा राखियो रु’

सांसद अग्निप्रसाद सापकोटाले भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएको बताउँदै नाका खोल्नेतर्फ सरकारको ध्यानकर्षण गराए । उनले अझै राहत पाउन नसकेका भूकम्पपीडितलाई सहुलियत ऋण दिने विषयमा समेत कुनै प्रगति हुन नसकेको बताए । भूकम्पपीडितलाई सहुलियत दरको ऋण उपलब्ध गराउन बैंकहरूबाट समस्या आएको भए त्यसलाई समाधान गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताउँदै उनले मुलुकको समृद्धिको पाटोमा नीति तथा कार्यक्रम सम्बोधन गर्न सफल भए पनि बजेटमा सबै विषय समेट्नुपर्ने बताए ।
राजपाका सांसद लक्ष्मणलाल कर्णले नीति तथा कार्यक्रमले सपना मात्रै बाँडेको बताए । उनले सरकारले नीति तथा कार्यक्रमले समेटेका कुरा सपनामा रेल चढेर वीरगन्जदेखि काठमाडौंसम्म आइपुगेजस्तो भएको व्यंग्य गरे । उनले संविधानलाई सर्वस्वीकार्य बनाउनेगरी विषय उठान हुनुपर्नेमा कुनै विषय नसमेटिँदा दुःख लागेको बताए । उनले संविधानमा भएको त्रुटिहरूलाई सम्बोधन गर्ने विषयमा कुनै काम नहुनु तर जनतालाई यो काम गर्छु र त्यो काम गर्छु भनेर सपना बाँड्ने काम मात्रै भएको बताए ।

मुलुकको समृद्धिका लागि सबै जनताले स्वीकार गर्नेगरी सबै स्थानीय तह र प्रदेश सरकारसँगको दूरी बढाउने नभई समन्वयकारी भूमिका निर्वाह गर्न सरकार लाग्नुपर्ने उनको सुझाव थियो ।

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नीति तथा कार्यक्रमले अप्रासंगिक कुरा उठाएको बताए । संघीयता बिर्सिएको नीति तथा कार्यक्रम भन्दै थपे, ‘संघीयतालाई बलियो बनाउने विषयमा कुनै कुरा नसमेटिनुले यसले संघीयताविपरीत बोलेको छ ।’

नीति कार्यक्रमले राजनीतिक परिवर्तनलाई पनि भुलेको बडुको आरोप थियो । उनले भने, ‘चीनबाट पनि काठमाडौंमा रेल ल्याउने र भारतबाट पनि काठमाडौंमा नै रेल जोड्ने कुराले स्पष्ट पारेको छ कि यो नीति तथा कार्यक्रम केन्द्रीकृत छ, कर्णाली र प्रदेश ७ मा कस्तो कार्यक्रम गर्ने भन्ने विषयमा कुनै कुरा स्पष्ट पार्न सकेको छैन ।’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा पार्टी नीति, निर्णय र संगठनसम्बन्धी सबै काम गर्न पाउने भएका छन् । तर, ती सबै काममा अनिवार्य अध्यक्षद्वयसँग परामर्श गर्नैपर्ने बाध्यकारी व्यवस्था नेकपाको विधान, २०७५ को दफा १८ मा गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उक्त दफामा अध्यक्षको परामर्शमा गर्ने चार र कमिटीले तोकेका एकसहित महासचिवका पाँच अधिकार व्यवस्था गरिएको छ । महासचिव पौडेलले भने पार्टी एकता संयोजन समितिले वरिष्ठ नेता, प्रवक्ता र महासचिवको व्यवस्था गरेकाले परिभाषित जिम्मेवारी अध्यक्षद्वयको परामर्शअनुसार अन्तरिम विधानबाहिर आएपछि प्रस्ट हुने बताए । ‘अध्यक्षद्वयसँगको परामर्श र निर्देशनअनुसारको कार्यसम्पादन गर्ने हो, विधान बाहिर आएपछि मात्र सबै कुरा प्रस्ट हुन्छ,’ पौडेलले भने ।

वरिष्ठ नेताको अधिकारमा विधान मौन, प्रवक्ताका दुई अधिकार

नेकपाको विधानमा दुईजना वरिष्ठ नेता रहने व्यवस्था गरिएको छ । पार्टी एकता संयोजन समितिले त्यसैमा टेकेर पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताको हैसियतमा क्रमशः तेस्रो र चौथो वरीयताको मर्यादाक्रम तोकेको थियो । त्यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी समिति बैठकका निर्णय तथा पार्टीका आधिकारिक निर्णय र धारणा सार्वजनिक गर्ने अधिकार विधानले प्रत्यायोजन गरेको छ । प्रवक्ताको अधिकार व्यवस्था गरिए पनि वरिष्ठ नेताहरूका अधिकारबारे विधान मौन रहेको एक नेताले जानकारी दिए ।

महासचिवले बैठक सञ्चालन गर्न नपाउने ?

तत्कालीन एमाले र माओवादी केन्द्रको विधानमा पार्टी महासचिवलाई बैठक सञ्चालन गर्ने अधिकारको व्यवस्था भएको थियो । तर, नेकपाको विधान भने यसबारे मौन छ । यसअघि महाधिवेशनको नीति, निर्णय कार्यान्वयन, बैठकको निर्णय कार्यान्वयन गर्ने, बैठक सञ्चालन गर्ने महासचिवलाई अधिकार रहे पनि नेकपाको विधानमा भने फरक व्यवस्था छ । ‘एकता महाधिवेशन सम्पन्न नभएसम्म अन्तरिम काल भएकाले महाधिवेशनको नीति–निर्णय कार्यान्वयन गर्ने कुरा भएन, त्यसैले अध्यक्षसँगको परामर्शमा महासचिवले काम गर्ने व्यवस्था गरिएको हो,’ केन्द्रीय सचिवालयका एक सदस्यले भने ।

कार्यालयको जिम्मा अध्यक्षद्वयलाई
नेकपाको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडा हुन सक्ने तत्कालीन माओवादी केन्द्रीय कार्यालय सचिव प्रह्लाद बुढाथोकीले बताए । ‘एमालेको स्थायी पार्टी कार्यालय बल्खुमा भूकम्पले भत्किएपछि धुम्बाराहीमा भाडामा राखिएको छ,’ उनले भने, ‘तत्कालीन माओवादी पार्टी कार्यालय आफ्नै जग्गामा भएकाले पेरिसडाँडा नै हुने सम्भावना छ ।’ तर, स्थायी पार्टी कार्यालय कहाँ बनाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई जिम्मेवारी दिएको बुढाथोकीले बताए ।

महासचिवका पाँच अधिकार

१. अध्यक्षको परामर्शमा पार्टीको नीति, निर्णय कार्यान्वयनका लागि योजना तयार गरी बैठकमा पेस गर्ने ।

२. अध्यक्षको परामर्शमा स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय परिषद् बोलाउने, कार्यसूची तयार पार्ने ।

३. स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने ।

४. अध्यक्षको परामर्शमा बैठकका निर्णय कार्यान्वयन गर्ने–गराउने ।

५. स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीले तोकेको अन्य काम गर्ने ।

प्रवक्ता श्रेष्ठका दुई अधिकार

१. केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी समितिका निर्णय सार्वजनिक गर्ने ।
२. पार्टीका आधिकारिक निर्णयहरू सार्वजनिक गर्ने ।

काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्या आरोपका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसँग बयान जारी छ । मोरङ जिल्ला अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार बुधबारदेखि सुरु भएको गोरेसँगको बयान बिहीबार पनि सकिएन । शुक्रबार बयान सकिएमा आइतबार अदालतले थुनछेक बहस गराउने सम्भावना छ । दुई दिनसम्म गोरेले १६ पृष्ठ लामो बयान दिइसकेको अदालतले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सोधेको प्रश्नको आशयभन्दा बढी बोलेर उत्तर दिने भएकाले गोरेको बयान अझै लम्बिने कानुन व्यवसायी बताउँछन् । सुन तस्करीमा हालसम्म अभियोग लागेकामध्ये मुख्य नाइके गोरे देखिएको र अन्य व्यक्तिलाई पनि उनले चिन्छु भनेकाले बयान लम्बिएको छ । ‘अभियोगपत्र नै एक सय ५३ पृष्ठको छ र अभियुक्तहरू पनि धेरै भएकाले सबैबारे सोधपुछ गर्नुपर्ने हुन्छ, जसले गर्दा बयान लम्बिनु स्वाभाविक हो,’ एक कानुन व्यवसायीले भने । अदालतले बन्द इजलासमा गोरेको बयान लिइरहेको छ । आफू असुरक्षित रहेको भन्दै उनले अदालतमा निवेदन दिएपछि प्रहरीले उनको सुरक्षा कडा बनाएको हो ।

गोरेको पक्षमा एकजना मात्र कानुन व्यवसायी

गोरेको पक्षमा बहस गर्न एकजना मात्र वकिल अघि सरेका छन् । अदालतका ६ नम्बर इजलासको स्रेस्ता राख्ने फाँटअनुसार उनको पक्षमा बहस गर्न अधिवक्ता यमबहादुर थापामगरले मात्र वकालतनामा दर्ता गराएका छन् । बन्द इजलासमा गोरेसँगको बयानमा कानुन व्यवसायी थापामगर मात्र सहभागी भइरहेका छन् । सुन तस्करी र सनम हत्या प्रकरणमा अभियोग लागेर पक्राउ परेका अन्य ३० जना अभियुक्तको पक्षमा बहस गर्ने मोरङ र काठमाडौंका क्रियाशील कानुन व्यवसायीलाई नैतिकताको संकट परेपछि उनीहरू गोरेको पक्षमा बहस गर्न हच्किएका छन् ।

गोरेको मुख्य प्राथमिकता ज्यान सुरक्षा

गोरेले मुख्य प्राथमिकता आफ्नो सुरक्षालाई बनाएका छन् । आफू असुरक्षित रहेको भन्दै उनले बुधबारै मोरङ जिल्ला अदालतमा मानव अधिकारकर्मीहरूको समेत निगरानीमा सुरक्षा प्रदान गर्न माग गर्दै अदालतमा निवेदन दिएर आदेश पाइसकेका छन् । कानुन व्यवसायीका अनुसार गोरे चौतर्फी सुरक्षा थ्रेटमा छन् । उनलाई संगठित अपराधका बोस (मुख्य नाइके) आरोपी भएर जेल गएका गिरोहका सदस्यहरू, मतियार बनेका पूर्व र निलम्बित प्रहरीहरू अनि प्रहरीसमेतबाट त्रास पैदा भएको छ । यसैले दुई महिनासम्म फरार भए पनि उनले असुरक्षित महसुुस गरी योजनासहित प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

अदालतका कर्मचारीहरूका अनुसार गोरेले परस्परमा बाझिने उत्तरहरू दिइरहेका छन् । उनलाई अदालतका कर्मचारीले सही र सत्यतथ्य उत्तर दिन आग्रह गर्दै बयान लिइरहँदा उनले उत्तरमा भन्ने गरेका छन्, ‘म आफू दियोजस्तै बलेर अरूलाई बचाउँछु । फेरि भन्ने गरेका छन्, मेरो कुनै कसुर नै छैन, मलाई फसाइएको हो, यसैले म कसैलाई बाँकी राख्दिनँ ।’ गोरेले अदालतमा अभियोग लागेका ६३ जना सबै अभियुक्तलाई आफूले चिनेको स्वीकार गरिसकेका छन् । ‘गोरे अब आफैँ न्यायाधीशझैँ भएका छन्, उनले के भन्छन्, त्यसले न्यायमा धेरै अर्थ राख्छ,’ कानुन व्यवसायी उद्धवचन्द्र घिमिरेले भने ।

गोरेका बाबु भन्छन्–मैले भनेको नमान्दा यस्तो हबिगत व्यहोर्नुप-यो

गोरेलाई अदालतमा हाजिर गराइएपछि उनका बाबु नेत्र उप्रेती मोरङ आएका छन् । उनले आफूले छोरालाई पहिलेदेखि नै अवैध काममा नलाग्न र बानी सुधार्न आग्रह गर्दै आएको जानकारी दिँदै नमान्दा यस्तो हबिगत भएको पत्रकार र कानुन व्यवसायीसँग बताएका छन् । पहिले मोरङको इटहार झुनाबारी हुँदै उर्लाबारी नगरपालिका– ७ मा बसोवास गर्दै आएका नेत्र सपरिवार पाँच वर्षदेखि काठमाडौं गौरीधारा बस्न थालेका थिए । उर्लाबारी– ७ पशुपति मार्गमा रहेको पुरानो घर उनले भाडामा लगाएका छन् । काठमाडाैँको घर आफू प्रहरी सेवाबाट अवकाश भएपछि पाएको पैसा र पहिले गोरे विदेशमा गएर कमाएको पैसाले बनाएको, तर कुनै अवैध कमाइ लगानी नभएको उनको भनाइ छ । ‘काठमाडौंको घर गोरेको अवैध कमाइले होइन, वैध कमाइको हो,’ नेत्रले भने ।

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिनुभएको छ । नवगठित नेकपाका केन्द्रीय सदस्यको बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब सामाजिक न्यायसहितको समृद्धिका लागि तोकिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार मुलुकका सबै तहमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र भ्रष्टाचार भएको पाइएमा कारवाहीका लागि सिफारिश गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तय गर्न समृद्धिको यात्रामा लाग्नाको विकल्प नभएको बताउनुभयो । उहाँले एकताप्रति विश्वमा सकारात्मक सन्देश प्रवाह भएकाले अब जनताको विकासका लागि काम गरेर देखाउने समय आएको बताउनुभयो ।

बैठकमा दल दर्ता प्रयोजनका लागि केन्द्रीय सदस्यका हस्ताक्षर र नागरिकताको प्रतिलिपि संकलन गरिएको थियो । दुई दलबीच यही जेठ ३ गते एकता भएको थियो ।
त्यस्तै नेकपाको विधान तत्काल सार्वजनिक नहुने भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणका लागि विधानलाई अझ प्रस्ट बनाउन नियमावलीसमेत बनिसकेपछि मात्र विधान सार्वजनिक गरिने केन्द्रीय सचिवालयका एक नेताले जनाएका छन् ।

काठमाडौं । राजधानीमा नै बर्डफ्लुको संक्रमण देखिएपछि सन्त्रास फैलिएको छ । राजधानीको उत्तर पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फार्ममा पालिएको हाँसमा बर्ड फ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ वटा पोल्ट्री फार्ममा पालिएको हाँसमा बर्ड फ्लु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए ।
बर्ड फ्लु देखिएपछि राजधानीमा सतर्कता अपनाइएको छ ।

राजधानीबाहिरबाट काठमाडौं भित्रिने र राजधानीका वरिपरि पालिएका फार्मबाट हाँस नउठाउन पनि सरकारले निर्देशन दिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

काठमाडौं । चलचित्र निर्माता संघले नक्कली नेपाली रुपैयाँ सहित पक्राउ परेका फिल्म निर्माता एवम् वितरण माधवराज वाग्लेलाई बचाउन चलखेल सुरु गरेको छ । विशेष गरेर निर्माता संघका महासचिव सरोज थापा उर्फ रोज राणा वाग्लेलाई बचाउन सक्रिय भएका हुन् । रोजले अदालतमा सेटिङ मिलाई वाग्लेलाई जोगाउन लागि परेको थाहा पाएपछि प्रहरीले रोजमाथि पनि निगरानी बढाएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

विभिन्न आपराधिक काण्डमा नाम जोडिएका कारण बेला–बेलामा पक्राउ पर्ने गरेका रोजले वाग्लेलाई जोगाउन शक्ति केन्द्र धाउन थालेको स्रोतले जनाएको छ । रोजले तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरूलाई भेटेर प्रहरीमा सेटिङ मिलाउन दवाव दिने गरेका छन् ।

आफै प्रहरी प्रशासनको निशानामा रहेका राणाको क्रियाकलापले प्रहरी समेत हैरान बनेको छ । रोजले विज्ञप्ति जारी गरेर रङ्गेहात पक्राउ परेका वाग्ले निर्दोष रहेको दाबी गरिसकेका छन् ।

वाग्ले सहित ६ जनालाई प्रहरीले २ करोड ६० लाख नक्कली नेपाली नोटसहित पक्राउ गरेको थियो । उनीहरू प्रहरीको हिरासत छन् । प्रहरीले वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, विकेश नापितलाई पक्राउ गरेको थियो ।

उनीहरूलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबुबाट पक्राउ गरिएको थियो । काठमाडौं महानगरपालिका १ चारढुङ्गेस्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक वाग्लेको कोठाबाट मात्र १ हजार दरका २ करोड ५२ लाख नक्कली नेपाली रूपैयाँ बरामद भएको हो ।

होटल रेष्टुरेन्टमा पैसा तिर्न, यौनकर्मीलाई प्रयोग गर्न, जुवा खेल्न, लागूऔषध कारोबार गर्न तथा सक्कलीमा मिसाएर उनीहरूले बजार पु-याउने गरेको काठमाडौं प्रहरीका प्रमुख विश्वराज पोखरेलले बताएका थिए ।

कुनै समय प्रहरी इन्काउण्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’का सहयोगी जोदा लामाले सिक्किमबाट सुपारी दिएर रोजमाथि आक्रमण गरेका थिए । त्यसको कारण थियो, चरीसँग लिएको झण्डै ३० लाख रकम रोजले फिर्ता नगर्नु । जोदा चरीका सहयोगी थिए । गुण्डाहरुलाई अदालतमा सेटिङ मिलाउने नाममा रकम असुल्ने रोजले चरी पछि रमेश बाहुनसँग पनि पैसा असुलेको प्रहरी रेकर्डमा उल्लेख छ ।

कुनै समय गुण्डागर्दीमा समेत संलग्न रोज पछिल्लो समय नेपाली कांगे्रसको राजनीतिमा लागेका छन् । डान्स रेष्टुरेन्ट सञ्चालकबाट चलचित्र निर्माता हुँदै नेपाली फिल्मका नायक बनेका रोज राजधानीमा गुण्डाको एजेन्टका नामले चिनिन्छन ।

रोजले प्रहरीको सूचना गुण्डालाई र गुण्डाका सूचना प्रहरीलाई दिंदै आएका छन् । डान्स रेष्टुरेन्ट सञ्चालन गर्दा युबतीलाई नाङगो नृत्य जर्वजस्ती गर्न लगाएपछि रमेश खरेल काठमाडौं प्रहरी प्रमुख छँदा रोजलाई चेलीबेटी बेचविखनमा मुद्दा चलाएका थिए । त्यतिखेर रोज ८ महिना जेल बसेका थिए ।