गोरेको बयान सक्किएसँगै धेरैको बढ्यो ढुकढुकी,यी हुन् गोरेका हिम्मतिला अधिवक्ता

जेष्ठ ११, २०७५ मा प्रकाशित | 17379 views

काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्या आरोपका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसँग बयान जारी छ । मोरङ जिल्ला अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार बुधबारदेखि सुरु भएको गोरेसँगको बयान बिहीबार पनि सकिएन । शुक्रबार बयान सकिएमा आइतबार अदालतले थुनछेक बहस गराउने सम्भावना छ । दुई दिनसम्म गोरेले १६ पृष्ठ लामो बयान दिइसकेको अदालतले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सोधेको प्रश्नको आशयभन्दा बढी बोलेर उत्तर दिने भएकाले गोरेको बयान अझै लम्बिने कानुन व्यवसायी बताउँछन् । सुन तस्करीमा हालसम्म अभियोग लागेकामध्ये मुख्य नाइके गोरे देखिएको र अन्य व्यक्तिलाई पनि उनले चिन्छु भनेकाले बयान लम्बिएको छ । ‘अभियोगपत्र नै एक सय ५३ पृष्ठको छ र अभियुक्तहरू पनि धेरै भएकाले सबैबारे सोधपुछ गर्नुपर्ने हुन्छ, जसले गर्दा बयान लम्बिनु स्वाभाविक हो,’ एक कानुन व्यवसायीले भने । अदालतले बन्द इजलासमा गोरेको बयान लिइरहेको छ । आफू असुरक्षित रहेको भन्दै उनले अदालतमा निवेदन दिएपछि प्रहरीले उनको सुरक्षा कडा बनाएको हो ।

गोरेको पक्षमा एकजना मात्र कानुन व्यवसायी

गोरेको पक्षमा बहस गर्न एकजना मात्र वकिल अघि सरेका छन् । अदालतका ६ नम्बर इजलासको स्रेस्ता राख्ने फाँटअनुसार उनको पक्षमा बहस गर्न अधिवक्ता यमबहादुर थापामगरले मात्र वकालतनामा दर्ता गराएका छन् । बन्द इजलासमा गोरेसँगको बयानमा कानुन व्यवसायी थापामगर मात्र सहभागी भइरहेका छन् । सुन तस्करी र सनम हत्या प्रकरणमा अभियोग लागेर पक्राउ परेका अन्य ३० जना अभियुक्तको पक्षमा बहस गर्ने मोरङ र काठमाडौंका क्रियाशील कानुन व्यवसायीलाई नैतिकताको संकट परेपछि उनीहरू गोरेको पक्षमा बहस गर्न हच्किएका छन् ।

गोरेको मुख्य प्राथमिकता ज्यान सुरक्षा

गोरेले मुख्य प्राथमिकता आफ्नो सुरक्षालाई बनाएका छन् । आफू असुरक्षित रहेको भन्दै उनले बुधबारै मोरङ जिल्ला अदालतमा मानव अधिकारकर्मीहरूको समेत निगरानीमा सुरक्षा प्रदान गर्न माग गर्दै अदालतमा निवेदन दिएर आदेश पाइसकेका छन् । कानुन व्यवसायीका अनुसार गोरे चौतर्फी सुरक्षा थ्रेटमा छन् । उनलाई संगठित अपराधका बोस (मुख्य नाइके) आरोपी भएर जेल गएका गिरोहका सदस्यहरू, मतियार बनेका पूर्व र निलम्बित प्रहरीहरू अनि प्रहरीसमेतबाट त्रास पैदा भएको छ । यसैले दुई महिनासम्म फरार भए पनि उनले असुरक्षित महसुुस गरी योजनासहित प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

अदालतका कर्मचारीहरूका अनुसार गोरेले परस्परमा बाझिने उत्तरहरू दिइरहेका छन् । उनलाई अदालतका कर्मचारीले सही र सत्यतथ्य उत्तर दिन आग्रह गर्दै बयान लिइरहँदा उनले उत्तरमा भन्ने गरेका छन्, ‘म आफू दियोजस्तै बलेर अरूलाई बचाउँछु । फेरि भन्ने गरेका छन्, मेरो कुनै कसुर नै छैन, मलाई फसाइएको हो, यसैले म कसैलाई बाँकी राख्दिनँ ।’ गोरेले अदालतमा अभियोग लागेका ६३ जना सबै अभियुक्तलाई आफूले चिनेको स्वीकार गरिसकेका छन् । ‘गोरे अब आफैँ न्यायाधीशझैँ भएका छन्, उनले के भन्छन्, त्यसले न्यायमा धेरै अर्थ राख्छ,’ कानुन व्यवसायी उद्धवचन्द्र घिमिरेले भने ।

गोरेका बाबु भन्छन्–मैले भनेको नमान्दा यस्तो हबिगत व्यहोर्नुप-यो

गोरेलाई अदालतमा हाजिर गराइएपछि उनका बाबु नेत्र उप्रेती मोरङ आएका छन् । उनले आफूले छोरालाई पहिलेदेखि नै अवैध काममा नलाग्न र बानी सुधार्न आग्रह गर्दै आएको जानकारी दिँदै नमान्दा यस्तो हबिगत भएको पत्रकार र कानुन व्यवसायीसँग बताएका छन् । पहिले मोरङको इटहार झुनाबारी हुँदै उर्लाबारी नगरपालिका– ७ मा बसोवास गर्दै आएका नेत्र सपरिवार पाँच वर्षदेखि काठमाडौं गौरीधारा बस्न थालेका थिए । उर्लाबारी– ७ पशुपति मार्गमा रहेको पुरानो घर उनले भाडामा लगाएका छन् । काठमाडाैँको घर आफू प्रहरी सेवाबाट अवकाश भएपछि पाएको पैसा र पहिले गोरे विदेशमा गएर कमाएको पैसाले बनाएको, तर कुनै अवैध कमाइ लगानी नभएको उनको भनाइ छ । ‘काठमाडौंको घर गोरेको अवैध कमाइले होइन, वैध कमाइको हो,’ नेत्रले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web