नेपाल जापान बिद्यार्थी समाजद्वारा वक्तृत्वकलामा सहभागी विधार्थी सम्मानीत

२२ चैत, टोकियो ।
गत साता नेपाकेन जापानले आयोजना गरेको जापानी भाषाको वक्तृत्वकला प्रतियोगितामा सहभागी विधार्थीहरुलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।


नेपाल जापान विधार्थी सामाजले सहभागी विधार्थीहरुलाई सम्मान पत्र सहित सम्मान गरेको हो । सहभागी विधार्थीलाई नेपाल जापान विधार्थी समाजका सल्लाहाकर तथा कार्यक्रम संयोजक दिपक बाबु नेपाल तथा नेपाल जापान विधार्थी समाजका अध्यक्ष सन्तोष चोखालले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।


विधार्थीले अरु विधार्थीलाई पनि हौसला प्रदान गरिएको जनाइएको छ । कार्यक्रममा सम्मानित हुनु हुनेहरु  प्रदीप कार्कि, अन्जना राजवंशी, आकाश अर्याल, सुजित मानन्धर, तिलक कुमारी मगर, विश्व कर्माचार्य, सुनिता लामा, पुनम थापा मगर, बानु फातिमा, दुर्गा बहादुर खत्री, विनुका खड्का, साजन श्रेष्ठ  हुनुहुन्छ ।


कार्यक्रम सस्थाका महासचिव चेतन पौडेलले संचालन गर्नु भएको थियो भने उपाध्यक्ष ईश्वर भट्टराईले कार्यक्रमबारे प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा उपस्थित विधार्थीले यो कार्यक्रमले अरु विधार्थीलाई हौसला प्रदान गर्ने बताए ।






नेपाल विद्यार्थी समाज जापानमा निर्वाचन हुँदै, यस्तो छ तालिका

२९ चैत, टोकियो ।
नेपाल विद्यार्थी समाज जापान ९नेसाज० को ओशाका कमितिको निर्वाचन हुने भएको छ । यसको लागि नेसाजले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

नेपालबाट अध्ययनका लागि आएका नेपालीहरुको संस्था नेसाजको निर्वाचन कार्यतालिकाअनुसार यही अप्रिल २३ तारिखमा निर्वाचन हुनेछ ।

निर्वाचन समितिका अनुसार अप्रिल १६ देखि १८ तारिखसम्म उम्मेदवारी दर्ता, १९ अप्रिलमा उम्मेदवारहरुको सूची प्रकाशन, २० तारिख बेलुका ५ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र २१ गते साँझ अन्तिम नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारहरुले १६ तारिखमा नेसाजको वेबसाईटमा राखिने फारम भरेर उम्मेदवारी दर्ता गराउन सक्नेछन् ।

नेसाजको परिमार्जित विधान अनुसार विभिन्न शहरहरुमा सिटी कमिटी गठन गर्ने प्रक्रियाको सुरुवात गरिएको हो ।

अप्रिल २३ का दिन ओशाकामा हुने जापानिज भाषा वक्तित्वकला तथा सांस्कृतिक कार्यक्रमकै दिनमा सिटी कमिटिको गठन हुने नेसाजले जनाएको छ ।

समितिमा एक जना संयोजक, एक जना उपसंयोजक एक जना कोषाध्यक्ष र बढीमा ८ जना सदस्य रहने भएका छन् ।

जापान माइ नम्वर प्रणालीमा समस्या, के तपाईलाई माई नम्वर बारे थाहा छ ?

गोकर्ण अधिकारी-२४ चैत, टोकियो ।
जापानमा रहेका बिदेशी नागरिक र जापानी बिचनै अझैसम्म नयाँ व्यवस्थाको रुपमा हेरिएको माई नम्वर प्रणाली कार्यान्वयनमा सुरुवातमै जापान सरकारलाई झड्का लागेको छ ।

समाचार अनुसार कम्प्युटरमा आएको खरावीका कारण जापान सरकारको महत्वकांक्षी योजना सहितको माईनम्वरका डाटाहरु नष्ट हुनपुगेको छ ।

आईसी चिप्स, डाटा स्टोर गर्ने प्रविधि भरपर्दौ नभएपछि समस्या उत्पन्न भएको बताईएको छ ।

सुरुवातमै डाटा डिलिट भएको बताइएपछि यसको प्रभावकारीता र कार्यान्वयमा शंका उब्जिएको छ ।

जापानी टेलिभिजनहरुले उल्लेख गरे अनुसार आइसी चिप्स स्वचालित हुन नपाउँदै त्यसका डाडाहरु स्वतः  मेटीने गरेका छन् ।

प्रविधिमा खराबी आएको कारणले यस्ता समस्या उत्पन्न भएपछि यसको प्रभावकारीतामा आशंका गरिएको हो ।

यद्यपी जापान एजेन्सीका कम्प्युटर प्रणलीमा माईनम्बर कार्डका व्यक्तिगत विवरण प्रयोग गर्दा आइसीको खरावीका कारण डाटा अवैध प्रयोग भएको ठानी डाटाहरु स्वत मेटिने गरेको हुन् ।

माई नम्वंर कार्ड जारी गर्न ढीलाइ भएको बेलामा कार्डमा पुन जानकारी विवरण संक्लन गनुपर्ने अवस्था सृजना भएपछि यसको कार्यान्वयन केही ढिलो हुने देखिएको छ ।

सन् २०१७ बाट लागु हुने भनिएको माई नम्वर प्रणालीको डाटा १६ क्षेत्रमा सबैभन्दा धेरै समस्या देखिएको र अन्य जिल्लामा पनि सिस्टममा समस्या देखिने गरेको छ ।

माई नम्वंर सिस्टमको अपरेटरले यस विषयमा देखिएको समस्याको सहि पहिचान र कतिवटा आइसी चिप्समा खरवी आएको हो यकिन साथ पत्ता लगाउन नसकेको बताइएके छ ।

मार्च २३ तारिख सम्म जम्मा १.८५ मिलियन कार्ड अथवा जम्मा ९.३४ मिलियन काडको आवेदनमा २० प्रतिशत कार्ड मात्र जारी गरिएको बताइएको छ ।

आवेदकहरुले यदि कार्डको डाटा नस्ट भयो भने आवेदन पुन जारी गनु पर्ने हुन्छ ।

मार्चको अन्तिम सम्ममा ३६,००० कार्डको आवेदन पुन जारी गरिएको थियो भने ति मध्ये २६,००० आवेदनहरुको अस्वीकृति भएको बताइएको छ ।

१०,००० आवेदनहरु अपुष्ट ठहरीए पनि ति कार्डहरु आइसी चिप्सको खरावीसंगै नष्ट भएको हुन सक्ने अनुमान गरिएको छ ।
यसको समस्या समाधानको लागि जापान सरकार लागि परिरहेको बताइएको छ ।

जापानवासी नेपाली समुदायमा माइ नम्बर कार्डको बारेमा चर्चा र चासो बढेको बेलामा यसको प्रयोग केही ढिलो हुने देखिएपछि यसै वर्षको अक्टोवर महिना देखि लागू गर्ने जापान सरकारको योजना सर्ने ठानिएको छ ।

MY NUMBER -CARDके हो माइनम्बर कार्ड भनेको ?
जापानमा आवसिय कार्ड हुने स्वदेशी तथा विदेशी नागरिक सबैलाई वितरण गर्न लागिएको १२ डिजिट को नम्बर अंकीत कार्ड नै माई नम्बर कार्ड हो ।विदेशि नागरिककोहरुले पनि जापान बस्ने अवधी भरी सँधै प्रयोग हुने हुँदा सँधै गोप्य र सुरक्षित राखिनु पर्ने हुन्छ ।

यो कार्ड कहिले जारी हुने रु कहिले देखि प्रयोगमा आउछ रुआफूकोमा कसरी पुग्छ रु पुगे पछि के गर्ने ?
यो कार्ड अक्टोबर महिना देखि जारी गरेर आगामी २०१६को जनवरी देखि ब्यवहारतस्लागु गरिने छ । माइनम्बर अंकित इन्फर्मेसन कार्ड आफु बसेको ठाँउमा सम्बन्धित नगरपालिका वा वार्ड अफिसबाट पोस्टबाट प्राप्त हुन्छ ।

“माइनम्बर कार्ड “प्राप्त गरिसकेपछी “पर्सनल नम्बर कार्ड “को लागी आफ्नो फोटो सहित नगरपालिका वा वार्ड कार्यलयमा निवेदन दिनु पर्छ त्यसपछी अर्को बर्षको जनवरिमा माइनम्बर अंकित पर्सनअल नम्बर कार्ड प्राप्त हुन्छ। यसलाई परिचय पत्रको रुपको रुपमा पनि प्रयोग गर्न सकिने छ ।

माइनम्बर कार्ड कुन-कुन क्षेत्रमा प्रयोग हुन्छ ?
सामाजिक सुरक्षा क्षेत्र अन्तर्गत, पेन्सन र रोजगार बीमा,चिकित्सा बीमा, कोदोमो तेआते आदी सुबिधा प्रदायक कार्यलयमा प्रयोग हुने छ । त्यस्तै कर सँग सम्बन्धित सबै प्रयोजनको लागी तथा प्राकृतिक विपत्तिको बेला ब्यक्तिगत पहिचान लगायत अन्य सुविधा प्राप्तिको लागि पनि प्रयोग हुने छ ।

माई नम्वर प्रणाली र जापानमा रहेका नेपाली
जापानमा बिद्याथी तथा डिपेन्डेन्ट भिषामा प्रवेश गरेकाहरुले नियमानुसार सातामा बढीमा २८ घण्टा मात्र काम गर्न पाईन्छ।यो नियम पहिला पनि थियो,अहिले पनि छ र माई नम्बर कार्ड प्रणाली लागु भए पछि पनि त्यहि नै हो ।

माइनम्बर कार्ड सिस्टम आए पछी तलब विवरण प्राप्तीको लागि तथा ट्याक्सको लागी काम गर्ने ठाँउमा अनिवार्य पेश गर्नु पर्ने भएकोले कुनै ब्यक्तिले कुन काम, कुन कम्पनीमा कति घण्टा गरियो भन्ने सुचना पहिलाको भन्दा छिटो प्रवाह हुने  हुँदा काम गर्दा विचार पुर्‍याउने पर्ने देखिन्छ ।

 

बुद्ध नेपालमा जन्मिएको भन्दै भोली १ बजे टोक्यो, सिवुया मियासिता पार्कमा शान्ति र्याली हुँदै

२७ चैत, टोकियो ।
भारतले भगवान गौतम बुद्ध जन्मस्थलबारे गलत प्रचार गरेपछि बुद्ध जन्मस्थल नेपाल हो भन्ने चिनाउन आयोजित शान्ति र्यालीको तयारी पुरा भएको छ ।

केही जापानी नागरिकमा अझैपनि बुद्ध जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग र नेपालको परिचय चिनाउन शान्ति र्यालीको आयोजना गरिएको आयोजक संस्था नेपाल जापान युथ क्लवका अध्यक्ष तथा एनआरएन जापानका उपाध्याक्ष टासि लामाले जानकारी दिनुभयो ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उदेश्य सहित भोली अर्थात् अप्रिल १० तारिख अपरान्ह १ बजे राजधानी टोक्योमा बृहत शान्ति र्याली निकालिंदै छ । शान्ति र्यालीमा दुई दर्जन बढी संघ संस्था सहित जापानमा रहेका हजारौं नेपाली र सयौं जापानीहरुले सहभागीता जनाउने भएका छन् ।

बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा सबैलाई सहभागी हुन आग्रह गर्छु । लामाले भन्नुभयो जापानमा रहनुभएका सबैमा संभव भएसम्म नेपाली झण्डा, मौलिक पहिरन सहित उपस्थित भइदिनुहुन अनुरोध गर्दछु ।

आयोजक मध्येको अर्को संस्था विइ फर अलका अध्यक्ष सरोज कुमार खत्रीका अनुसार टोकियो सिवुया स्थित मियासिता पार्कबाट भोली आइतबार अपरान्ह १ बजे शान्ति र्याली सुरुहुनेछ । त्यसपछि सिवुया शहर परिक्रमा पछि सोही पार्कमा आएर कोणसभाका परिणत भइ शान्ति र्याली समापन हुने छ ।

विगत तीन बर्षदेखी गरिंदै आएको शान्ति र्याली मार्फत भारतले भगवान गौतमबुद्ध भारतमा जन्मिएको भनेर गर्दै आएको कुप्रचार र भारतमा बनिरहेको नक्कली लुम्बिनि तथा गौतमबुद्ध संग्रहालय जस्ता झुटको जापानीमाझ पर्दाफास हुने ठानिएको छ ।

सहभागीहरुले स्वस्फुर्त रुपमा नेपालबारे सकारात्मक सन्देश दिने प्लेकार्ड, व्यानर वा नेपाल जापान सम्वन्ध झल्काउने तथा भगवान गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्ने खालका कलाका प्लेकार्ड पनि ल्याउन सक्ने आयोजकले जनाएको छ ।

टोकियोमा नेपाल चिनाउने बृहत शान्ति र्याली अप्रिल १० मा

म्याग्देली सञ्जाल जापान अध्यक्षमा बानिया

२४ चैत, टोकियो ।
म्याग्देली सञ्जाल जापानको नयाँ अध्यक्षमा महेन्द्र बानिया 'बेनी' चयन भएका छन् ।

बेनीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । आइतवार सम्पन्न पाँचौ अधिवेशनले संजाल अब म्याग्देली प्रवासी नेपाली संघ 'मोना' जापानका नामले चिनिने भएको छ ।

नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा दिपक केसी 'घतान', महासचिव खेम मल्ल 'देबिस्थान', सचिव नरेन्द्र सापकोटा 'बरङ्जा', कोषाध्यक्ष दिपककुमार खड्का 'सिंगा', सहसचिव लिल केसी 'मराङ' चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा ज्ञानेन्द्र केसी 'बेनी', देबेन्द्र भण्डारी 'मुना', प्रेम पुन 'दग्नाम', राम खड्का 'घार', सरास्वती पुन 'शिख', ताराबहादुर कार्की 'राखु', रेशम भण्डारी 'मुना', हेमकुमार जुग्जाली 'बिम' र खम्मर पुन 'मराङ' रहेका छन् ।

समितिमा जिल्लाका सबै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी दुई जना उपाध्यक्ष र ४ जना सदस्यहरु आगामी पहिलो बैठकले मनोनित गरिने भएको छ ।

अधिवेशनले संस्थाको कार्यप्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन सामान्य संशोधन सहित पारित गर्नुका साथै ५ बूँदे घोषणापत्र जारी गरेको छ । जसमा म्याग्दीलाई फ्रि वाइफाइ जिल्ला बनाउने बिश्वब्यापी अभियानलाई जापानबाट सक्दो टेवा पुर्‍याउन निबर्तमान अध्यक्ष महेन्द्र खड्काको संयोजकत्वमा एक कार्यदल गठन गर्नुका साथै म्याग्देलीहरुको अन्तर्राष्ट्रिय सञ्जाल मोनासंग एकरुपता गर्ने, आगामी दुई वर्षे कार्यकालका लागि स्पष्ट भावी कार्ययोजनासहित संस्थालाई नयाँ ढंगले थप गति प्रदान गर्ने लगायतका निर्णय गरेका छन् ।

सञ्जालका निवर्तमान अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा भएको पाँचौ अधिवेशन समारोहको प्रमुख अतिथि म्याग्देलीहरुको अन्तर्राष्ट्रिय सञ्जाल मोनाका केन्द्रिय अध्यक्ष योगेन्द्रबहादुर क्षेत्री र वरिष्ठ उपाध्यक्ष बिनोद कुंवरले पानसमा दिप प्रज्वलन गरी सामुहिकरुपमा उद्घाटन गरेका थिए ।

बिशेष अतिथि मोनाका वरिष्ठ उपाध्यक्ष बिनोद कुँवरले नेपालकै पहिलो निःशुल्क वाईफाई जिल्ला बनाउने अभियानमा बिश्वभर रहेका म्याग्देलीहरु जुर्मुराईरहेको बताउनुभयो । एनआरएनए आइसीसीका सदस्य समेत रहनुभएका कुँवर पनि अधिवेशनका लागि दक्षिण कोरियाबाट आउनुभएको हो ।

अधिवेशन समारोहमा गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, सञ्जालका सल्लाहकार गमप्रसाद जुग्जाली लगायतका अतिथिहरुको शुभकामना मन्तब्य रहेको थियो । सञ्जालका वरिष्ठ उपाध्यक्ष महेन्द्र बानियाको स्वागत मन्तब्य रहेको अधिवेशन समारोहको महासचिव खेम मल्लको सञ्चालन रहेको थियो । अधिवेशन समारोहमा सञ्जालका सल्लाहकार समेत रहनुभएका निर्वाचन समितिका संयोजक तिलक मल्लले सर्बसम्मत गठित नयाँ कार्यसमितिको घोषणा गर्नुका साथै पाँचबुँदे घोषणापत्र जारी गर्नुभएको थियो ।

कार्यक्रममा सञ्जय गुरुङ, शान्तिश्री परियार, देवराज आले मगर, शिला गुरुङ, सोना केसी, सलिना नेपाली, बम पुन, हिराबहादुर श्रीष लगायतका रोधी क्लवका कलाकारहरुको साँगीतिक प्रस्तुती देखाएका थिए ।

जापान १० तारिख -अपरान्ह शान्ति पदयात्रा, साँझ लामो पर्खाइपछिको ‘ड्रिम्स’

मदन पाठक-२३ चैत, टोकियो ।
बुद्ध भारतमा जन्मीएको भनेर गलत प्रचार गरिरहेको भारतीय झुट चिर्ने महत्वपूर्ण पहल शान्ति पदयात्रा हुने यहि अप्रिल १० तारिख जापानबासी नेपालीको लागि सुपरहिट चलचित्र ड्रिम्स हेर्ने संयोग मिलेको छ ।

भगवान गौतम बुद्धको जन्म स्थलबारे जापानी नागरिकमा रहेको भ्रम र नेपाल चिनाउन तिन बर्षअघि देखी जापानमा सुरु अभियान अन्र्तगत यस बर्ष पनि अप्रिल १० तारिखका दिन जापानको राजधानी टोक्योमा बृहत शान्ति र्याली आयोजना हुँदैछ ।

आयोजक संस्था नेपाल जापान युथ क्लवका अध्यक्ष टासि लामाका अनुसार बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा सहभागी हुन २ दर्जन बढी संघ संस्था सहित हजारौं व्यक्तिले प्रतिवद्धता जनाइसकेका छन् ।

नेपाल जापान युथ क्लव र विइ फर अल संस्थाको संयुक्त आयोजनामा हुने यस पदयात्रामा आयोजकले सबै जापानबासी नेपालीलाई नेपाली पहिरन र साथमा नेपालको राष्टिय झण्डा सहित शान्तिका सन्देश र नेपाल चिनाउने व्यानर बोकेर उपस्थित हुन अनुरोध गरेको छ ।

अप्रिल १० तारिखकै दिन नेपाल चिनउाने शान्ति पदयात्रा सँगै नेपालमा सुपरहिट बनेको चलचित्र ड्रिम्स प्रदर्शन हुँदैछ ।

नयाँ बर्ष २०७३ सालको शुभकामना सहित जापानमा बहुप्रतिक्षित बनेको चलचित्र ड्रिम्सको अधिकाशं टिकट विक्रि भइसकेको बताइएको छ ।

जापानमा चलचित्र ड्रिम्स प्रदर्शनको अधिकार पाउनुभएका सफल व्यवसायी तथा समाजसेवी प्रल्हादसिंह महतका अनुसार चलचित्र राजधानी टोक्योमा रहेको नाकानो जेरो हलमा साँझ ५ बजे प्रदर्शन हुने छ ।


अधिकाशं टिकट विक्रि भइसकेको अवस्थामा चलचित्र प्रदर्शन हुने दिन नजिकिंदै गर्दा टिकट बुकिंगको चाप बढेकाले चलचित्र प्रदर्शन पक्षले समयमै टिकट लिन आग्रह गरेको छ ।

मात्र ५ सय सिट क्षमताको हलमा प्रदर्शन हुन लागेको चलचित्र ड्रिम्सको करिव ४ सय टिकट विक्रि भइसकेकाले एक शो मात्र प्रदर्शन हुने भएको चलचित्रको लागि समयमै टिकट बुकिंग गर्न जापानबासी नेपालीसँग अनुरोध गरिएको छ ।

टोकियोमा नेपाल चिनाउने बृहत शान्ति र्याली अप्रिल १० मा

जापानमा ड्रिम्स प्रदर्शनको महिना दिन अघि नै बुक !

नेपालमा ड्रिम्स चम्कंदा जापानमा पर्खाइ बढ्यो

 

टोकियोमा ड्रिम्सको तहल्का, आधा दर्जन ठाउँमा प्रदर्शनको तयारी

२८ चैत, टोकियो ।
चलचित्र ड्रिम्सको जापान टोकियो शो भव्य रुपमा सफल भएको छ । टोकियो नाकानो जेरो हलमा प्रदर्शन भएको चलचित्र हेर्न सयौं नेपाली र जापानीहरुको उत्हासजनक उपस्थिति सँगै जापानका अन्य ठाउँमा पनि चलचित्र प्रदर्शन हुने भएको छ ।

पहिलो पटक जापानमा राष्ट्रिय गान सहित प्रदर्शन गरिएको चलचित्र हेर्न उपस्थित करिव पाँच सयको संख्यामा उपस्थित दर्शकहरुले चलचित्र एकदमै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

चलचित्रको सिनेम्याट्रोग्राफि, कथा र अभिनय सबैभन्दा राम्रो लागेको बताएका जापानवासी नेपालीहरुले ड्रिम्सलाई हेर्नैपर्ने पारिवारिक खालको आधुनिक चलचित्रको संज्ञा दिएका छन् ।

चलचित्र ड्रिम्स हेर्न एनआरएन आइसिसिका केन्द्रिय उपाध्यक्ष भवन भट्टको उपस्थिति रहेको थियो ।

लामो समयपछि नेपाली चलचित्र हलमा नै हेरेको भन्दै जापानमा सफल उद्यमीको रुपमा समेत विशिष्ट परिचय बनाउनुभएका भट्टले चलचित्र ड्रिम्स राम्रो बनेको प्रतिक्रिया दिनुभयो । एनआरएन केन्द्रिय उपाध्यक्ष रहनुभएका भट्ट हाल नेपाल पूर्वाधार विकास कम्पनीका प्रमुख समेत हुनुहुन्छ ।

चलचित्र ड्रिम्स हेरिसकेपछि एनआरएन जापानका अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासि लामा, युवा व्यवसायी तथा समाजसेवी दिलु खत्री लगायतले आधुनिक कथा समेटिएपनि पारिवारिक सदस्य सहित बसेर हेर्न मिल्ने मनछुने कथालाई उत्कृष्ठ रुपमा चलचित्रमा प्रस्तुत गरिएको बताउनुभयो ।




चलचित्र ड्रिम्सको जापान टोकियो प्रदर्शनको भिडियो केही बेरमा युट्युवमा टपनेपालन्युजडटकम च्यानमा हेर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस् ।

ड्रिम्स टोकियो नाकानो जेरो हलमा आज साँझ ५ बजे प्रदर्शन हुँदै

जापान ड्रिम्स पर्खाइ सकियो, टोकियो नाकानो जेरो हलमा १० तारिखमा पदर्शन

जापान १० तारिख -अपरान्ह शान्ति पदयात्रा, साँझ लामो पर्खाइपछिको 'ड्रिम्स'

टोकियोमा नेपाल चिनाउने बृहत शान्ति र्याली अप्रिल १० मा

जापानमा ड्रिम्स प्रदर्शनको महिना दिन अघि नै बुक !

नेपालमा ड्रिम्स चम्कंदा जापानमा पर्खाइ बढ्यो

घुम्टे नौमती बाजा समुह भूकम्प पीडितलाई सहयोग जुटाउन सांस्कृतिक साँझ गर्दै

मदन पाठक-२५ चैत, टोकियो ।
बैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्र रहेको गोरखा बारपाकका भूकम्प पिडितलाई सहयोग जुटाउन भन्दै घुम्टे नौमती बाजा समूहले जापानमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

लाईभ सांगीतिक रमझम साँझ नाम दिइएको कार्यक्रम नेपाली नयाँ बर्षको अवसर पारेर यही अप्रिल २४ तारिखमा गर्ने भएको हो ।

नेपाली कलाकारहरु कालीका रोका, सबिना गुरुङ, मदन थापा सहित जापानका नेपाली कलाकार र घुम्टे नौमती बाजा समुहको विशेष सांगीतिक प्रस्तुती रहने कार्यक्रमबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने बताइएपनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

आयोजकले कार्यक्रममा उपस्थित भई नेपाली लोक संस्कृतिको रक्षा तथा नेपाली नयाँ बर्ष शूभकामना तथा मनोरन्जन सहित भूकम्प पीडितलाई सहयोग गर्न आग्रह गरेको छ ।

यस्तो छ कार्यक्रमको कार्यतालिका
मिति :२०१६ अप्रिल २४, आईतवार
समय : बेलुका ५ बजेदेखि ९:३० बजे सम्म
स्थान : टोसिमा कुमिन सेन्टर हल (Toshima kumin center hall)
ठेगाना : टोकियो, टोसिमा- कु हिगासी (Tokyo-to,Toshima-Ku Higasi Ikebukuro 1-20-10)
समपर्क नम्बर : 080-4674-3670, 090 5015 4384

काठमाडौंमा भिषण हावाहुरी,त्रिभुवन विमानस्थल बन्द

१५ चैत, काठमाडौं। 
काठमाडौंमा ठूलो हावाहुरी आएको छ। पश्चिमीक्षेत्रबाट आएको हावाहुरीका कारण उपत्यकाका ३ वटै जिल्ला प्रभावित भएका छन् । काठमाडौंस्थित त्रिभुवन विमानस्थल बन्द भएको छ । भिजिबिलिटी कम भएपछि तथा हावाहुरी चलेकाले विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य सबै उडान ठप्प भएका त्रिभुवन विमानस्थल प्रशासनले जानकारी दिएको छ । 
अचानक आएको भिषण हावाहुरीका कारण बजार र सार्वजनिक स्थलमा रहेका हजारौं सर्वसाधारण प्रभावित भएका छन्। 

७ रेक्टरको नयाँ शक्तिशाली भूकम्पले पुरै नेपाल हल्लायो, कहाँ के भयो ?

<p>१ बैशाख, काठमाडौं ।<br />
७.६ रेक्टर स्केलको विनाशकारी भूकम्प भएको बर्षदिन पुग्नै लाग्दा नेपालको अधिकाशं भाग नयाँ बर्षको पहिलो दिननै त्यस्तै शक्तिशालि भूकम्पले हल्लाएको छ ।</p>

<p>तर नेपालको लागि खुशीको कुरा यसको केन्द्र भने नेपाल नभई म्यान्मार र भारतको सीमानजिक परेको छ । जुन भूकम्प ७ रेक्टर स्केलको शक्तिशालि रहेको थियो ।<br />
आज साँझ गएको शक्तिशाली भूकम्पको धक्का म्यानमार, भारत, पाकिस्तान, भूटान लगायत देशमा महशुस गरिएको छ ।</p>

<p>भूकम्पको धक्का म्यानमार र भारतीय सिमामा साँझ ७ बजेर ४० मिनेटमा भएको भूकम्प हो ।</p>

<p>७ रक्टर स्केलको उक्त भूकम्पको धक्का नेपालमा पनि महसुश गरिएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।</p>

<p>नेपालको पूर्वाञ्चल क्षेत्रमा भूकम्पको धक्का राजधानीको तुलनामा बढी महसुश गरिएको थियो ।<br />
धक्का महसुश भएपछि विराटनगरमा मानिसहरु घरबाट बाहिर निस्केका थिए ।</p>

<p>भूकम्पको झट्काबाट भएको क्षतिको जानकारी अहिलेसम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय मोरङ्ले जनाएको छ ।</p>

सिंघानिया हत्याका मुख्य योजनाकार साह नै रहेको प्रहरीको दाबी,परिवार भन्छन-‘साह निर्दोश हुन’

जनकपुरधाम, चैत २४  ।प्रहरीले संचार उद्यमी अरुण सिंघानियाको हत्याको मुख्य योजनाकार धनुषा क्षेत्र नं। ४ का  निलम्बित सांसद संजय साह रहेको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलन गरेर जनकपुर बम काण्डको अभियोगमा थुनामा रहेका निलम्बित सांसद संजय साहले नै सिंघानियाको हत्या गरेको दावी गरेको हो ।   

जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको २०६६ साल फागुन १७ गते होली पर्वको दिन जनकपुरको शिवचोकमा गोली हानी हत्या भएको थियो ।

हत्यामा संलग्न रहेर फरार भएको भन्दै तराईमा सशस्त्र गतिविधि गर्दै आएका जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप यादवलाई गएको चैत १७ गते  पक्राउ परेपछि सिंघानिया हत्याकाण्डको अनुसन्धानलाई प्रहरीले तिव्रता दिएको छ ।

जनकपुर टुडे पत्रिकामा आफूलाई बद्नाम गराउने समाचार प्रकाशन गरेको भन्दै साहले पत्रिकाका प्रकाशक सञ्चार उद्यमी सिंघानियाको हत्या गराएको प्रहरी उपरीक्षक रामदत जोशीले दावी गर्नुभयो ।

साहले सिंघानियाको हत्या गर्न गोली हान्ने मान्छे मिलाउनका लागि चन्द्रदीप यादवलाई  र रुपैयाँ तथा हतियार व्यवस्थापन गर्न रामविनय यादवलाई जिम्मा दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

६ वर्ष अघि गोली हानी हत्या गरिएका सञ्चार उद्यमी सिंघानिया हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चन्द्रदीप यादव, एकलाल भन्ने योगेन्द्र सहनी र अन्ती राईनलाई पक्राउ गरिसकेको छ । रामविनय यादव भने फरार छन् । पक्राउ परेकाहरुसँगको बयानको आधारमा प्रहरीले निलम्बित सांसद साहलाई प्रहरीले मुख्य अभियुक्त बनाएको छ । काठमाडौंको जेलमा रहेका साहलाई सोमबार राती जनकपुर ल्याइएको छ ।  

त्यतिबेला सिंघनिया हत्याको जिम्मा लिने तराई जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष मुकेश चौधरीलाई पनि प्रहरीले यसअघि नै पक्रेको थियो । साहले नै भनेपछि आफूले सिंघानियाको हत्याको जिम्मेवारी लिएको तर हत्या नगरेको बताएका छन् । साहसँग राम्रो तालमेल भएपनि चौधरीको हत्यामा संलग्नता नदेखिएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।
साह निर्दोश रहेको परिवारको दावी

हत्याका आरोपी साहका परिवारजनले बुधबार नै पत्रकार सम्मेलन गरेर साह निर्दोश रहेको दावी गरेका छन् । साहकी श्रीमती रंगिलादेवी साहले राजनीतिक आडमा आफ्ना श्रीमानलाई सिंघानिया हत्यामा मुछ्न खोजेको आरोप लगाउनुभयो ।

सिंघानिया हत्यामा संलग्न मुख्य अभियुक्तलाई उन्मुक्ति दिन आफ्ना श्रीमानलाई फसाइएको उहाँले बताउनुभयो । उहाँले  मानव अधिकारकर्मी तथा समाजसेवीको रोहवरमा साहले झुटो बोलेको हो होइन पत्ता लगाउने पोलिगन टेष्ट गर्न पनि मान गर्नुभयो ।
unn.com.np

खोटाङमा बस दुर्घटना, १५ जनाको जनाको मृत्यु

खोटाङ,चैत ३० । खोटाङमा भएको बस दुर्घटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । खोटाङको महादेवस्थान–१ काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा उनिहरुको ज्यान गएको हो ।  दिक्तेलबाट काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस मंगलबार विहान महादेवस्थान–१ काभ्रेमा सडकबाट बस झण्डै २ सय मिटर तल खसेको बताईएको छ।  

अहिलेसम्म १५ जनाको शव बसबाट निकालिएको छ भने १० जना घाइतेहरुको उद्धार गरिएको छ।  मृतकको पहिचान भने हुन नसकेको हलेसी महादेवमा रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनास्थल सदरमुकार दिक्तलबाट ३५ किलो मिटर पश्चिमा पर्दछ । दुर्घटनाकाे कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web