‘देशद्रोही’राउतको अन्तरवार्ता लिने एबीसी टेलिभिजनलाई कारवाही गर्ने तयारी

काठमाडौं,चैत १८ ।

देश विखण्डनको एजेन्डा बोकेर हिँडिरहेका सिके राउतको अन्तरवार्ता प्रशारण गरेको भन्दै  एबीसी टेलिभिजन कारवाहीमा पर्ने भएको छ ।

सञ्चार माध्यमहरुको नियमन गर्ने सरकारी निकाय प्रेस काउन्सिलले सो टेलिभिजनमाथि कारवाहीको तयारी गरेको हो ।

अन्तरवार्तापछि उपराष्ट्रपतिका छोरा दिपेश पुनले टेलिभिजनमाथि कारवाही हुनुपर्ने माग गरेका थिए ।

टेलिभिजनमाथि कस्तो कारवाही गर्ने भन्नेबारे छलफल गर्न काउन्सिलको आकस्मिक बैठक बोलाइएको छ  ।

यसैबीच सिके राउतलाई रिपोर्टस क्लवमा ऋषि धमलाले पत्रकार सम्मेलन गराउन लागेको थाहा पाएपछि त्यसलाई रोकेको छ ।

प्रेस काउन्सिलले मौखिकरुपमा सचेत गराएपछि धमलाले पत्रकार सम्मेलन स्थगित गरेका हुन्  ।
 

संसदीय दलमा उम्मेदवारी दिने पौडेल पक्षको निर्णय,आफूनिकटको गोप्य भेला

काठमाडौं,चैत २१ । कांग्रेस नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताका लागि पनि उम्मेदवारी दिने भएका छन् ।  आइतबार बिहान पौडेल पक्षको गोप्य वैठकपछी संसदीय दलमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकमा महामन्त्री शशांक कोइराला, केन्द्रिय सदस्य प्रकाशमान सिंह, शेखर कोइराला, दिलेन्द्र बडूलगायतको सहभागिता रहेको aथियो । 

कांग्रेसमा हाल २ सय ७ जना सांसद् रहेका छन् । पौडेलल संसदीय दलको नेतामा उठ्न लागेको यो तेस्रो पटक हो । यसअघि उनी पहिलो संविधानसभाको निर्वाचनपछि भएको मतदानमा शेरबहादुर देउवालाई हराउँदै संसदीय दलको नेता बनेका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनपछि भने उनी तत्कालीन सभापति सुशील कोइरालासँगको प्रतिस्पर्धामा पराजित भएका थिए । पक्षको दाबीका कारण देउवा र पौडेलबीच फेरि संसदीय दलको नेतको लागि भीडन्त हुने देखिएको छ । निर्वाचन आगामी चैत २४ गते गर्ने तय गरिएको छ ।

 

बा, तादी र नयाँवर्ष -एलिशा पौड्याल

बचपनदेखि
बा र तादीको
भिषण युद्द चल्दै आएको छ
बा
तादीखोला पौडिएरै तर्छन्
तादी अझै गहिरो भइदिन्छे
मानौं
ऊ चाहन्छे
बालाई आफ्नो छातीमा कैद गर्न
तर
बा निर्धक्क पौडिन्छन्
हातखुट्टा फट्याएर
चाल्दै चाल्दै
पन्छाउँदै पानीका छालहरु
बा पुग्छन् तादीको किनारमा
हिजोदेखी आजसम्म
बा'को यो कर्म
जारी छ, जारी छ, जारी छ
न बा थाक्छन्
न तादी बालाई थकाउने प्रयास छाड्छे
बस्
छाड्छन् त छाड्छन्
बाको बचपनले बालाई
बाको वैंसले बालाई
सायद
बाको वृद्दावस्थाले पनि बालाई
त्यस्तै
तादीको किनारले किनारलाई
तादीको ढुङ्गा र बालुवाले तादीलाई
सायद
तादीको अस्तित्वले तादीलाई
तर
कुनै बदलाव छैन
बा र तादीको लगावमा
भलै
सालहरु फेरिउन् बर्सेनि
दिन र रातको संसर्गबाट
फेरी
एउटा नयाँ साल जन्मियोस्

बा सोध्छन्
हरेक वैशाख एक गते
त्यही
चिप्लेटी ढुङ्गोमा बसेर
बा'की प्रथम प्रेमिका
हैन हैन
बा'कि अन्तिम प्रेमिका
तादिसँग
हरवर्ष एउटै प्रश्न
प्रिया,
के पायौ गत वर्षमा??
मौनता मै जवाफ दिन्छे तादि
अफसोच
बा मौनताको भाषा बुझ्दैनन्

थाल्छन् गहिरिन
तादी सुसाउँछे
बा सुसाउँछन् सँगसँगै
दुवै रुन्छन्
अनकन्टार जिन्दगीको अन्धकारमा
एउटा रुवाइ
धित नमरुन्जेल

तादी
हर वर्ष
बदलिरहन्छे आफ्नो स्थान
कहिले
कुनाबाट बग्छे
कहिले
छेऊबाट बग्छे
अहँ छोड्दै छोड्दैनन् बा
तादीलाई पछ्याउन
तादिले किनार फेरेजस्तै
हर वर्ष
बा फेरिरहन्छन्
भित्ताको पात्रो
किनिरहन्छन्
अनिश्चित भविष्य नियाल्न
एउटा नयाँ राशिफल
हरेक नयाँ वर्षमा

जेनेटिक ल्याब आगामी वैशाखबाट सुरु हुने

२१ चैत, काठमाडौं ।
सबै किसिमका वंशाणुगत रोगको सूक्ष्म परीक्षण गर्न अत्याधुनिक वंशाणु प्रयोगशाला अर्थात जेनेटिक ल्याब नेपालमा आगामी वैशाखबाट सुरु हुने भएको छ ।

वीर अस्पतालले करिब सवा दुई करोड रुपैयाँको लगानीमा सुरु गर्न लागेको जेनेटिक ल्याबका सम्पूर्ण आवश्यक मेसिनरी सामग्री आइपुगेको र सामग्री जडानलगायतको आन्तरिक काम सुरु भइरहेको जनाएको छ ।  

विद्यार्थी श्रम शोषण बढेपछि विश्वविद्यालयले बिताब निकाल्यो

२४ चैत, टोकियो ।
आफ्ना विद्यार्थीमाथि श्रम शोषण बढेको भन्दै जापानको एक विश्व विद्यालयले छुट्टै पुस्तक प्रकाशित गरेको छ ।

टोकियोमा रहेको वासेडा विश्व विद्यालयले आफ्ना नयाँ विद्ययार्थीका लागी भनेर यस्तो गाईडबुक प्रकाशन गरेको हो ।

विश्वविद्यालयले आफ्ना नयाँ र पुराना समेत विद्यार्थीहरुलाई काममा लगाउँदा विभिन्न कम्पनीहरुले ठग्ने गरेको तथा श्रम शोषण हुने गरेको भन्दै यसबारेमा जानकारी दिन पुस्तक प्रकाशित गरेको बताएको छ ।

आंशिक समय काम गरेर गुजारा चलाउने विद्यार्थीहरु माथी कम्पनीका मालिकले गर्ने गरेको श्रम शोषणबाट मुक्त गराउने उद्देश्यका साथ ९५०० गाईड बुक प्रकाशन गरेको विश्वविद्यालयले जनाएको छ ।

वासेडा थुनिभर्सिटीका प्राध्यापक, कर्मचारी र कानुनका विद्ययार्थीहरुबाट तयार किताबमा श्रम शोषणमा परेका १७ जना विद्ययार्थीको घटनाक्रम समेतलाई समावेश गरिएको छ ।

किताबले विद्यार्थीलाई श्रम शोषणमा पर्नबाट सचेत गराउने भन्दै विश्व विद्यालयले कानुनी उपायका बारेमा समेत विद्यार्थीहरुलाई पुस्तकले जानकारी दिने बताएको छ ।

एसएलसी परिक्षा आउन एक दिन बाँकी रहँदा परिक्षा केन्द्र किन्ने चलखेल तिब्र

काठमाडौं,चैत १६ ।  एस.एल.सी.परिक्षा आउन एक दिन मात्र बाँकी रहँदा शिक्षा मन्त्रालय,शिक्षा विभाग,जिल्ला शिक्षा कार्यालय र निजीविद्यालयको मिलेमतोमा परिक्षा केन्द्र किन्ने होड तिब्र बनेको छ । निजीविद्यालयहरुले शुल्क क्लियर नगर्ने विद्यार्थीहरुलाई यातना दिन थालेका छन् ।
च्याउझैं उम्रिएका निजी विद्यालहरुले विद्यार्थी लुटि रहँदा शिक्षा मन्त्रालय,शिक्षाविभाग,जिल्ला शिक्षा कार्यालय र निजीविद्यालयका सञ्चालक,प्रिन्सिपलको मिलेमतोमा कलिला विद्यार्थीहरुलाई शुल्क नतिरेको बहानामा घण्टौं सम्म लाइनमा उभ्याएर समकक्षी विद्यार्थीको अगाडी मानसिक यातना दिने गरेका छन्। विद्यालय निरीक्षकहरुले निजीतथा आवासीय विद्यालय सँग मिलेर घुष असुली रहँदा राज्य बेखबर जस्तै देखिएको छ ।
राज्यको सबै भन्दा बढी बजेट शिक्षामा नै खर्चिने गरे पनि भ्रष्ट कर्मचारीकाकारण शिक्षाको गुणस्तर वर्षै पिच्छे खस्किदै गएको छ । निजीविद्यालयहरुले शिक्षाकाकर्मचारी बाहेक राजनीतिकदलसँग आवद्ध विद्यार्थी संगठनका पदाधिकारी,अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीलाई लाखौं घुष ठेलेर अनियमिततागर्ने गरेको श्रोतले जानकारी दिएको छ ।

श्रोतले दिएको जानकारी अनुसार विद्यालयनिरीक्षक (विनी) विद्यार्थी संगठनका सभापतिहरु,अभिभावक संघका अध्यक्षसुप्रभात भणडरीले निजीविद्यालयसँग रकमअसुलेर कालो सिसा लगाएका गाडी चढ्ने गरेका छन भने कलिलानानीबाबुहरुले स्कूल परिसरभित्रै शारिरीकएवं मानसिकयातनापाउने गरेका छन् । शिक्षाको मन्दिर भित्र कैदीजीवनविताउनबाध्यकलिलो मानसिकताभोलिको अपराधीमानसिकतामाबदलिसकेको छ ।
यतिवेला निजीविद्यालयहरुमा २०७२ सालको वार्षिक परिक्षा शुरु भैरहेको छ भने चैत्र १८ गतेबाट यस वर्षको एस।एल।सी।परिक्षा शुरु हुँदैछ । निजीविद्यालयहरुले यो परिक्षालाई शुल्क उठाउने मौकाका रुपमालिएका छन् । राजधानीका धनाढ्यहरुका छोराछोरीले अध्ययनगर्ने निजीविद्यालयहरुमा सबै भन्दा बढी शारिरीकएवं मानसिकयातनादिने गरेको तथ्यखुलेको छ । 

अभिभावकले जतिभन्यो त्यति नै शुल्कतिर्न तयार हुने अधिकांसले आफ्ना छोराछोरीलाई विद्यालयले कसरी यातनादिइरहेको छ भन्ने कुनै सुइको पाउँदैनन् । नपाउनु पनि स्वभाविक नै हो, किनभने यातनादिएको कुरा अभिभावकलाई जानकारी गरेको खण्डमा झनै ठूला यातना सहनबाध्यहुनु नपर्ने निजीविद्यालयका सञ्चालक र प्रिन्सिपलको आदेश विपरित विद्यार्थीहरुले आँफुले पाएको यातनाआफ्ना सहकर्मी बाहेक अरु कसैलाई भन्ने आँट गर्दैनन् । 

अभिभावकले यातना थाहा पाउन आफ्ना छोराछोरीको टाउको फुट्नु पर्छ,आँखा फुट्नु पर्छ,ढाड भाँचीनु पर्छ,औंला काटिनु पर्छ,कपालका रौं पातलोभएको हुनु पर्छ या त बैरो हुनुपर्छ । यो तितो याथार्थलाई शिक्षाकाकर्मचारी,विद्यालयनिरीक्षक,विद्यार्थी नेताहरु र अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले कमाउधन्दाको रुपमाप्रयोग गर्दै आएका छन् ।

एस वर्षदेखि एस.एल.सी.परिक्षालाई ग्रेडिङ पद्दतीमा लैजाने सरकारी निर्णयसँगै परिक्षा केन्द्र किन्ने होड कमहोलाभन्ने अभिभावको चाहानातुहिएको छ । निजीविद्यालयहरुले परिक्षाको मुखैमाआएर शुल्कक्लियर नगर्ने विद्यार्थीहरुलाई परिक्षाप्रवेश पत्रदिनमानेका छैनन् । यसमाशिक्षाकाकर्मचारी,विद्यार्थी नेता र अभिभावक संघका अध्यक्षको समेत मिलेमतो रहेको श्रोतले जानकारी दिएको छ । नर्सरीदेखि कक्षा ९ सम्मको वार्षिक परिक्षाचलिरहेको छ,अधिकांस विद्यार्थीको हातमा परिक्षाप्रवेश पत्र छैन,यसको मुख्यकारण भनेको उनीहरुका अभिभावकले अनावश्यक शिर्षक राखेर लगाइएको शुल्कतिर्न नसकेर हो । अभिभावकको कमजोरीलाई निजीविद्यालयहरुले कलिलो वालमस्तिषकलाई अपराधीबनाएर दण्डित गर्दैछन् ।

भोलिको समाजका बहुसंख्यककर्णधार बालमस्तिषकलाई निजीविद्यालयहरुले अपराधिकमानसिकतामाबदल्दै छन् । समाजमा घट्ने हरेक घटनाका जिम्मेवार निजी र सरकारी विद्यालयहरु नै हुन् । भोलिको अपराध रोक्नप्रशासनले सक्ने छैन,कानुनले छेक्ने छैन र अभिभावकले थेग्ने छैनन् ।
 

शिक्षा मन्त्रालयको बजेट खर्च र कार्यक्रमवारे जानकारी माग

१८ चैत, काठमाडौं ।
व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिले शिक्षा मन्त्रालयको भावी कार्यक्रम र योजनावारेमा शिक्षा मन्त्री तथा मन्त्रालयका अधिकारीहरुसंग जानकारी लिएको छ ।

समितिले मन्त्रालय अन्तर्गतका घोषित कार्यक्रम प्रभावकारी हुन नसक्नुको कारण, बजेट खर्च हुन नसक्नुको कारण सामुदायिक विद्यालयलाई थप प्रभावकारी बनाउने भावी लक्ष्य के भनी शिक्षा मन्त्री लगायत अधिकारीहरुसंग जानकारी लिएको हो ।

बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले  शिक्षामा छुट्याइएको कुल बजेटको तीस प्रतिशत मात्र वार्षिक खर्च हुंदै आएकोवारेमा जानकारी दिनु भयो ।

बैठकमा उहांले यसपालीदेखि एसएलसी परिक्षाको नतिजा अक्षराङन पद्धतीमा गरिने, समयमै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुग्ने गरी छपाइ कार्यलाई तिव्रता दिएको, शिक्षा आयोग गठनको तयारी तथा शिक्षामा हुने विकृतिको अन्त्य गर्न छिट्टै शिक्षा ऐन संशोधन आउने जानकारी दिनु भयो ।

साथै उहांले शिक्षा मन्त्रालयलाई आवश्यक बजेटको अभावमा प्रभावकारी कार्यक्रम अगाडि बढाउन नसकिएको भन्दै कुल वार्षिक बजेट बढाउन आवश्यक देखिएको बताउनु भयो ।

शिक्षा मन्त्रीको जवाफमा सांसदहरुले विनियोजित बजेट नै पुरा खर्च हुन नसकेको अवस्थामा बजेट बढाउन गरिएको मागको औचित्य नदेखिएको बताउनु भयो ।

साथै उहांहरुले, भुकम्प प्रभावित क्षेत्रका विद्यालय पुननिर्माणमा तिव्रता दिन, सामुदायिक विद्यालयको स्तर माथि उकास्न कक्षा एक देखि नै अंग्रेजी विषय अध्ययन गराउन, दक्ष शिक्षको नियुक्ति गरी पुराना अदक्षलाई अवकास दिन, तथा प्राविधिक विषयको अध्ययनलाई  सबै निर्वाचन क्षेत्रको विद्यालयमा विस्तार गर्न सुझाव दिनु भयो ।

बैठकमा समितिका सभापति रन्जुकुमारी झाले सामुदायिक विद्यालयको गुणस्तरलाई ध्यान दिन र यस  अघि समितिको निर्देशन कार्यान्वन गर्ने तर्फ शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।

तातो हावाले तराइको जनजीवन कष्टकर

१ बैशाख, विराटनगर ।
तराई मधेशका विभिन्न जिल्लामा विगत डेढ सातादेखि चलेको तातो हावाले जनजीवन कष्टकर बनेको छ ।

तातो हावा, हुरी र धुलोसँगसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावाहुरीकै कारण मौसमी फल आँप र तरकारी खेती प्रभावित भएको छ ।

कामदारको दैनिकी कष्टकर बनेको छ । तातो हावाहुरीले धनुषालगायत आसपासका जिल्लामा गर्मी बढ्नाका साथै जनजीवन प्रभावित भएको छ ।

लूकै कारण दिउँसो बाहिर हिँड्डुल गर्न गाह्रो भएको छ । एक्कासि मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका बिरामी हुन थालेका छन् ।

हावाहुरीले उडाएको धुलाका कारण आँखा दुख्ने समस्या बढेको छ । बजार सुनसान देखिने गरेको छ ।

हाम्रै नेपालमा । बुहारीलाई भलिबल अनिवार्य

१९ चैत, पर्वत ।
नयाँ बुहारी राम्री, जाँगरिली र परिपार ढपक्कै ढाक्ने हुन भन्ने चाहना सबैको हुन्छ ।
 
तर, यहाँको क्याङमा आउने बुहारीको क्षमता त्यत्तिले मात्र पुग्दैन र उनी भलिबल खेल्न सक्नेसमेत हुनुपर्छ ।
 
९५ प्रतिशत मगर समुदाय रहेको यो गाउँमा बुहारी भलिबलमा जति दख्खल ठहरिन्छन  उति नै असल पनि ।
 
त्यसो भए मात्रै उनी गाउँलेको हाइहाइ हुन्छिन ।
 
नभए दिनहुँ अभ्यास गराएर भएपनि सिक्न लगाइन्छ । कान्तिपुर दैनिकमा समाचार छ ।

एकै पटकमा पाँच वटा बच्चा

२१ चैत, एजेन्सी ।
एक महिलाले एकै पटकमा पाँच वटा बच्चा जन्माएकी छिन् ।

समाचार अनुसार भारत छत्तीसगढकी एक महिलाले पाँच वटा बच्चा जन्माएकी हुन् ।

२३ वर्षकी मनिका राजवाडे नाम गरेकी महिलाले पाँच वटा छोरी जन्माएकी हुन् ।

अस्पतालमा ती महिलाले पाँच वटा बच्चालाई जन्म दिएकी र सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

स्थानिय अस्पतालका चिकित्सकका अनुसार बच्चा जन्मनु समय भन्दा केही पहिले बच्चा जन्मिएकोले बच्चाको तौल भने कम रहेको बताए।

डाक्टरका अनुसार सामान्यतया गर्भ रहेको ९ महिना जन्मीएकोले  तौल २.५  केजी हुने  गर्छ तर उनले ७  महिनामै बच्चालाई जन्म दिएकी ले बच्चाको तौल १.५ केजी रहेको बताए ।

बेहुली भर्जिन नभएको भन्दै सुहागरातमै हत्या

एजेन्सी । आफुले बिहे गरेकी किशोरी भर्जिन नभएको भन्दै एक युवाले आफ्नै नवविवाहिता श्रीमतीको हत्या गरेका छन् । बिहे गरेर बेहुली भित्राएको रात नयाँ दुलहीसँग सुहागरात खुसीसाथ मनाउनुको साटो पाकिस्तानका एक युवकले दुलहीले बिहेअघि नै अरुसँग सेक्स गरेर कुमारित्व तोडिसकेको आरोप लगाएर श्रीमतीको हत्या गरेका हुन् ।

पाकिस्तानको सिन्धस्थित जाकोबाबादमा यो घटना भएको हो । २८ वर्षका क्वालान्दर बकस खोखरले आफ्नै भतिजी पर्ने १९ वर्षकी खान्जानी लशारीलाई बिहे गरेर सुहागरातमै हत्या गरेको बताइएको छ । विचरी ती किशोरीले भर्जिनिटी नभएको अभियोगमा बिहेकै रात बेहुली पहिरनमै आफ्नै लोग्नेबाट ज्यान गुमाउनु परेको छ ।

धुमधामसँग बिहे गरेर छोरी अन्माएका खान्जानीका बुवाले अर्को दिन छोरीलाई लिएर ज्वाइँ ससुराल आउँछन् भन्ने आशामा बसेका थिए । तर छोरी ज्वाइँ नआएर शंका लागेपछि उनी छोरीको घरमा पुगे ।

त्यहाँ कसैलाई पनि नदेखेपछि उनले प्रहरीलाई खबर गरे । प्रहरीले घरकेा ढोका तोडेर भित्र छिरी हेर्दा खान्जानीको शव पलंगमै लडिरहेको देखे । क्वालान्दर भने फरार भैसकेको थियो ।

खन्जादीका दाजुले हत्यारो ज्वाइँ क्वालान्दर र उसका ४ दाजुभाइ विरुद्ध आफ्नो बहिनीको हत्या गरेको अभियोगमा उजुरी दर्ता गरे । प्रहरीले बेपत्ता भएको क्वालान्दरलाई अन्ततः फेला पार्न सफल भयो । उसले प्रहरीबाट बच्नका लागि आफ्नै तिघ्रामा गोली हानेको थियो ।

प्रहरी समक्ष उसले श्रीमतीको हत्या गरेको स्विकार गरेको छ । आफुलाई बेहुली भर्जिन नरहेको शंका लागेपछि सुरुवालको तुनाले घाँटी थिचेर मारेको अनि भागेको उसको भनाई छ ।
-www.onlinekhabar.com

‘बालिका वधू’की प्रत्यूषा बनर्जीद्धारा आत्महत्या

२० चैत, एजेन्सी ।
सत्य समाचारलाई पनि झुट जस्तो पार्नेगरि भारतीय चर्चीत टेलिश्रृंखला बालिका बधूकी अभिनेत्री प्रत्यूषा बेनर्जीले आत्महत्या गरेकी छिन् ।

अप्रिल फूल अर्थात् पश्चिमाले मुर्ख दिवस मनाइरहेको बेलामा यसैको हावा लाग्नेगरि सत्य समाचार पनि झुट जस्तो गरि झुक्याउने पारेर भएको मृत्युपछि मुम्बई प्रहरीका अनुसार प्रत्युषाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् ।

हिन्दुस्तान टाइम्सका अनुसार उनको प्रेमीका राहुल राज सिंहसँग भएको खटपट पछि उनले आवेशमा आएर आत्महत्या गरेकी हुन् ।

गम्भिर अवस्थामा अस्पताल पुर्याइएपनि डाक्टरले प्रत्युषालाई मृत घोषणा गरेका थिए ।

केही समयपछि बिवाह गर्ने पक्का पक्की जस्तै अवस्थामा प्रेमीले धोका दिएको आरोप लगाइरहेको समयमा उनको आत्महत्या भएको र आत्महत्या अघि उनले कुनै पनि सुसाईड नोट लेखेको नभेटिएको प्रहरीले बताएको छ ।

प्रत्यूषा अंधेरी वेस्ट मुम्बईमा साथीसँग बस्दै आएकी थिइन् भने उनको परिवार मुम्बई बाहिर बस्दै आएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web