जापान १० तारिख -अपरान्ह शान्ति पदयात्रा, साँझ लामो पर्खाइपछिको ‘ड्रिम्स’

बैशाख २०, २०७३ मा प्रकाशित
Published at 2016-05-02

959 views

मदन पाठक-२३ चैत, टोकियो ।
बुद्ध भारतमा जन्मीएको भनेर गलत प्रचार गरिरहेको भारतीय झुट चिर्ने महत्वपूर्ण पहल शान्ति पदयात्रा हुने यहि अप्रिल १० तारिख जापानबासी नेपालीको लागि सुपरहिट चलचित्र ड्रिम्स हेर्ने संयोग मिलेको छ ।

भगवान गौतम बुद्धको जन्म स्थलबारे जापानी नागरिकमा रहेको भ्रम र नेपाल चिनाउन तिन बर्षअघि देखी जापानमा सुरु अभियान अन्र्तगत यस बर्ष पनि अप्रिल १० तारिखका दिन जापानको राजधानी टोक्योमा बृहत शान्ति र्याली आयोजना हुँदैछ ।

आयोजक संस्था नेपाल जापान युथ क्लवका अध्यक्ष टासि लामाका अनुसार बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा सहभागी हुन २ दर्जन बढी संघ संस्था सहित हजारौं व्यक्तिले प्रतिवद्धता जनाइसकेका छन् ।

नेपाल जापान युथ क्लव र विइ फर अल संस्थाको संयुक्त आयोजनामा हुने यस पदयात्रामा आयोजकले सबै जापानबासी नेपालीलाई नेपाली पहिरन र साथमा नेपालको राष्टिय झण्डा सहित शान्तिका सन्देश र नेपाल चिनाउने व्यानर बोकेर उपस्थित हुन अनुरोध गरेको छ ।

अप्रिल १० तारिखकै दिन नेपाल चिनउाने शान्ति पदयात्रा सँगै नेपालमा सुपरहिट बनेको चलचित्र ड्रिम्स प्रदर्शन हुँदैछ ।

नयाँ बर्ष २०७३ सालको शुभकामना सहित जापानमा बहुप्रतिक्षित बनेको चलचित्र ड्रिम्सको अधिकाशं टिकट विक्रि भइसकेको बताइएको छ ।

जापानमा चलचित्र ड्रिम्स प्रदर्शनको अधिकार पाउनुभएका सफल व्यवसायी तथा समाजसेवी प्रल्हादसिंह महतका अनुसार चलचित्र राजधानी टोक्योमा रहेको नाकानो जेरो हलमा साँझ ५ बजे प्रदर्शन हुने छ ।


अधिकाशं टिकट विक्रि भइसकेको अवस्थामा चलचित्र प्रदर्शन हुने दिन नजिकिंदै गर्दा टिकट बुकिंगको चाप बढेकाले चलचित्र प्रदर्शन पक्षले समयमै टिकट लिन आग्रह गरेको छ ।

मात्र ५ सय सिट क्षमताको हलमा प्रदर्शन हुन लागेको चलचित्र ड्रिम्सको करिव ४ सय टिकट विक्रि भइसकेकाले एक शो मात्र प्रदर्शन हुने भएको चलचित्रको लागि समयमै टिकट बुकिंग गर्न जापानबासी नेपालीसँग अनुरोध गरिएको छ ।

टोकियोमा नेपाल चिनाउने बृहत शान्ति र्याली अप्रिल १० मा

जापानमा ड्रिम्स प्रदर्शनको महिना दिन अघि नै बुक !

नेपालमा ड्रिम्स चम्कंदा जापानमा पर्खाइ बढ्यो

 

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.