काठमाडौं,चैत २६ । भारतको नाकाबन्दी खुलेको दुई महिना बितिसकेको छ। अहिले खपतअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धन आयात पनि भएको छ । तर बजारमा हवाई इन्धनबाहेक अन्य पेट्रोलियम पदार्थको आपूर्ति सहज छैन । तुलनात्मक रुपमा पेट्रोल र मट्टितेल आपूर्ति सहज भए पनि डिजेल र ग्यासको हाहाकार छ। निगम प्रवक्ता मुकुन्द घिमिरेले मुलुकभर मागअनुसार दैनिक पेट्रोल १२ लाख लिटर, डिजेल ३१ देखि ३२ लाख लिटर र हवाई इन्धन ६ लाख लिटर वितरण भइरहेको जानकारी दिए । ‘अहिले इन्धन आयातमा कुनै समस्या छैन,’ घिमिरेले भने, ‘तर डिजेल अभाव छ। पेट्रोल र हवाई इन्धनमा समस्या छैन ।’
इन्धन आपूर्ति सहज बनाउन गृह मन्त्रालयमा आइतबार भएको बैठकले उद्योग, होटल, रेस्टुरेन्टलगायतले बढी मौज्दात राख्दा डिजेल अभाव भएको निष्कर्ष निकालेको छ। ‘व्यावसायिक उपभोक्ताले फेरि पनि अभाव हुने आशंकामा चहिनेभन्दा धेरै डिजेल मौज्दात राखेकाले अभाव भएको हाम्रो निष्कर्ष छ,’ घिमिरेले भने।
उपत्यकामा सामान्य अवस्थामा डिजेल चार लाख ५० हजार लिटर खपत हुन्छ तर अहिले दैनिक ६ लाख लिटर वितरण भइरहेको घिमिरेको दाबी छ। इन्धन आपूर्ति कम भएर कालोबजारी बढ्नुमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का नै जिम्मेवार रहेको आरोप लागेको छ। सरकारले वैकल्पिक मार्गबाट इन्धन ल्याउन निर्देशन दिएपछि मात्र उनले ग्लोबल टेन्डर गरेका थिए।
टेन्डरबाट विराट पेट्रोलियमलाई भारतको सिक्किमबाट पेट्रोल र डिजेल ल्याउन उनले २० करोड रुपैयाँ पेस्कीदिएका थिए। मनोमानी ढंगले विराटलाई तेल ल्याउन पेस्की दिएको विषय विवादमा तानिएपछि विराटले तेल ल्याउन गरेको सम्झौता तोड्यो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
काठमाडौं,चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओली उडेको १० दिनपछि हिमालय एयरलाइन्सले प्रुभिङ फ्लाइन (प्रमाणित उडान) गराएको छ । निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडानको यो वायुसेवाले उडान प्रमाणित नै नगर ियही चैत ७ गते प्रधानमन्त्रीको टोलीलाई चीन उडाएको थियो । सोही टोली लिएर चैत १४ गते काठमाडौं फर्किएपछि हिमालयले बुधबार औपचारिक रुपमा काठमाडौं–दिल्ली–काठमाडौं रुटमा सफल प्रुभिङ फ्लाइट गरेको जानकारी दिएको छ ।
हिमालयले जारी गरेको प्रेस विज्ञप्तिमा यो वायुसेवाले व्यावसायिक उडानको तयारीको प्रदर्शन गर्न प्रुभिङ फ्लाइट गरेको जानकारी दिएको छ । नेपाल–चीनको संयुक्त लगानीमा नेपालमा सञ्चालन तयारीमा रहेको ९ एन एएलएम कल साइनको जहाजले प्रुभिङ फ्लाइट गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।
=२६ चैत, भद्रपुर ।
झापाको भद्रपुरदेखि कञ्चनपुरसम्म मधेसलाई सडक सञ्जालबाट जोड्ने हुलाकी राजमार्गको पूर्वी खण्डस्थित झापाको जलथलमा हुलाकी राजमार्गको पहिलो चरणको कालोपत्र निर्माणको थालनी गरिएको छ ।
राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले कालोपत्र गर्ने कार्यको औपचारिकरूपमा शुभारम्भ गर्नुभएको हो । हुलाकी राजमार्ग आयोजनाको भद्रपुरदेखि रतुवा खोलासम्म ५० किलोमिटर सडक झापामा पर्छ ।
त्यसमध्ये भद्रपुरको झापाचोकदेखि जलथलको बडावारीसम्मको २० किलोमिटर खण्डमा पहिलो चरणमा कालोपत्रे हुने भएको हो ।
१ बैशाख, टोकियो ।
नेपाली राजदुताबास जापानका कार्यवाहक राजदुत श्री गहेन्द्रराज राजभण्डारी सहसचिवमा बढुवा हुनुभएको छ ।
नेपाल सरकार परराष्ट्र सेवा अन्र्तगत कावा राजदूत राजभण्डारी प्रतिस्प्रर्धाबाट सहसचिवमा बढुवा हुनुभएको हो ।
जापानमा कार्यवाहक राजदूतको पद सम्हालेको तीन महिनाको समयमै लोकप्रियता हासिल गरि जापानमा रहेका नेपालीहरुका समस्या समाधान तथा जापान नेपाल सम्वन्ध विस्तारमा उल्लेखनिय सुधार गरिरहनुभएका भण्डारीको बढुवापछि जापानमा रहेका नेपालीहरुले खुशी व्यक्त गर्दै बधाई दिएका छन् ।
यसैगरि कावा राजदूत राजभण्डारीले नयाँ बर्ष २०७३ को अवसरमा सबै नेपालीमा सुशकामना व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्नुभएको छ
नयाँ वर्षको सुखद उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना !!!!! सकारात्मकता, सुख, संवृद्धितर्फ हाम्रा पाइलाहरु निरन्तर रुपमा बढिरहून– Gahendra Rajbhandari
२४ चैत, टोकियो ।
छुरा प्रहार गरेर जापानको चिवामा एक महिलाको हत्या भएको छ । जापानी प्रहरीका अनुसार ४१ वर्षीय जापानी महिलाको छुरा प्रहार गरि हत्या भएको हो ।
सोमबार राती आफ्नै कोठामा मृत भेटिएकी महिलाको नाम रिना कायानो रहेको र १० बजेतिर उनका बाबुले नै उनलाई अपार्टमेन्टमा मृत भेटेको चिवा प्रहरीले बताएको छ ।
पेट, गर्दनलगायतका स्थानमा छुरा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको थियो ।
७ वर्षका लागि सो अपार्टमेन्ट भाडामा लिएकी ति महिलाको व्यवहारमा कुनै त्यस्तो आत्महत्याको कारण नदेखिएको तथा काम गर्ने कम्पनीमा सो दिन उनले विदा वा नआउने केही नभनेको भन्दै घटनाको प्रकृति अनुसार हत्या नै भएको प्रहरीले बताएको छ ।
पैसा र मूल्यवान सामानहरु चोरी नभएको भन्दै प्रहरीले कुनै बदला भाव वा रिसइविका कारण नै उनको हत्या भएको आशंका गर्दै छानविन अघि बढाएको जानकारी दिएको छ ।
२५ चैत, टोकियो ।
पहिलो पटक गैरआवासीय नेपाली संघ एनआरएनए जापानले आफ्ना सदस्यहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ ।
केही महिना भित्र परिचयपत्र वितरण गर्नेगरि विवरण संकलन थालिएको एनआरएनए जापानका अध्यक्ष सुदन थापाको भनाई छ ।
एनआरएनए जापानको हालै बसेको पदाधिकारी वैठकले कुनैपनि परिचय पत्र नहुँदा आफुलाई चिनाउन सदस्यहरुलाई समस्या परेको बताएपछि परिचय पत्र बनाउन लागिएको बुझिएको छ ।
एनआरएनए जापानमा हाल करिव बयालिस सय सदस्य रहेका छन् ।
एनआरएनए जापाले परिचयपत्र कार्ड छापेर सहयोग गर्न तथा कार्डमा कम्पनीको कुनै लोगो राखेर प्रचार गर्न चाहनेले सम्पर्क गर्न समेत खुल्ला गरेको छ ।
जापान एनआरएनए सदस्यहरुले परिचयपत्रका आधारमा विभिन्न होटल, रेष्टुरेण्ट, सेवा तथा व्यापार लगायतमा विशेष छुट पाउनेगरि पहल समेत भइरहेको बताइएको छ ।
एनआरएनए जापानले परिचयपत्र बनाउन काम थालिसकेको भन्दै परिचय पत्र पाँच बर्षसम्म परिवर्तन गर्न नपर्नेगरि बनाउन लागिएको बताएको छ ।
एनआरएनए जापानका अध्यक्ष सुदन थापाले एनआरएनए जापानको परिचयपत्रमा विज्ञापन प्रायोजन तथा छुट दिन ईच्छुक संस्था र कम्पनीहरुलाई सम्पर्क गर्न अनुरोध गर्दै nrnjapan2015@gmail.com मा ईमेल गर्न अनुरोध गर्नुभएको छ ।
२४ चैत, गाईघाट ।
जापान सरकारले उदयपुर रामपुर ठोक्सिलामा महिला साना किसान कृषि सहकारी संस्थाको भवन निर्माणमा सहयोग गर्ने भएको छ ।
नेपालमा लागि जापानी राजदूत मासासी ओगावाले रु एक करोड रुपैयाँ भवन निर्माणको लागि जापान सरकारले सहयोग गर्ने जानकारी दिएका हुन् ।
सोमबार उदयपुरको रामपुरमा महिला साना किसान कृषि सहकारी संस्थाद्वारा आयोजित कार्यक्रममा बोल्दै जापानी राजदूतले महिला कृषि सहकारी संस्थाले निर्माण गर्न लागेको आफ्नो कार्यालय भवनको लागि आफ्नोतर्फ र जापानी सरकारको तर्फबाट केही महिनाभित्र नै भवन निर्माणको लागि रु एक करोड आर्थिक सहयोग गर्ने बताएका हुन् ।
जापानी राजदूतसँगै सो कार्यक्रममा विशेष अतिथिको रुपमा उदयपुरका काँग्रेस नेता पूर्व सहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्का समेतको उपस्थिति रहेको थियो ।
रामपुर ठोक्सिलामा हाल महिला साना किसान कृषि सहरी संस्थाको अगुवाइमा स्थानीय महिलालाई बाख्रापालन, भैँसीपालन, मुढा बुन्ने, गाईवस्तु सम्बन्धित बिमा गर्ने सेवा प्रदान गर्दै आइरहेको संस्थाकी अध्यक्ष निर्मला बस्नेतले सो अवसरमा बताएकी थिइन् ।
संस्थामा हाल ७ सय महिला सदस्य आबद्ध रहेको बताएको छ ।
सो अवसरमा उदयपुर सिमेन्ट उद्योग बन्द रहेको अवस्थाको बारेमा यसको सुधारको बारेमा जापानी राजदूतलाई जानकारी गराउँदै सहयोगको लागि अनुरोध गर्ने उदयपुर सिमेन्ट उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताए ।
मदन पाठक-१७ चैत, टोकियो ।
पाँचौ जापानी भाषा वक्तित्वकलाको उपाधि नेपालका प्रदिप कार्कीले जितेका छन् ।
हरेक बर्ष हुँदै आएको जापानी भाषा वक्तित्वकला अन्र्तगत यस बर्ष भएको प्रतियोगितामा नेपाल बागलुङ जिल्ला बेनी ५ का कार्कीले जितेका हुन् । उनले अन्तिम १७ जना प्रतिष्पर्धिलाई उछिन्दै प्रथम स्थान हासिल गरेका हुन् ।
नेपाकेन जापानको आयोजनामा भएको पाँचौ जापानी भाषा व्यक्तित्वकला प्रतियोगितामा अन्जना राजवंशी द्धितिय भइन् भने लेखनाथ बगालेले तेस्रो स्थानमा चित्त बुझाए ।
प्रथम भएका कार्कीले नगद ३० हजार सहित सम्मान पत्र र उपाधि पाए । यस्तै द्धितिय भएकी राजवंशील २० हजार र प्रमाणपत्र पाइन् ।
प्रतियोगितामा राजवंशीको प्रस्तुतीलाई यसवर्षदेखि सुरु भएको दर्शक छनौटको सर्वाधिक रुचाइएको बन्न पुगेको थियो ।
यस्तै तेस्रो भएका बगालेले १० हजार नगद तथा प्रमाणपत्र हात पारे ।
विजेताहरुलाई जापानका लागि कार्यवाहक नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा राजदुत राजभण्डारीले यस्ता प्रतियोगिताले नेपाल र जापानबीचको सम्बन्धमा नयाँ आयाम आउने बताउँदै बिजेतालाई बधाई दिनुभएको थियो ।
कार्यक्रममा एनआरएनका उपाध्यक्ष भवन भट्टले जापानमा रहेका नेपाली विद्यार्थीहरुले भाषीक ज्ञान राम्रोसँग आर्जन गर्नसके अवसर पाउन सजिलो हुने बताउनुभयो ।
एनआरएनए जापानका अध्यक्ष सुदन थापाले नेपाली विद्यार्थीहरुले यस्ता रचनात्मक क्रियाकलापमा भाग लिंदा भाषीक ज्ञान बढ्नुका साथै रचनात्मकता पनि बढ्ने बताए । कार्यक्रमको संयोजक विष्णु भण्डारीले प्रतियोगिताको महत्व र उद्देश्यका बारे धारणा राख्नुभएको थियो ।
२६ चैत, टोकियो ।
एक मात्र शो प्रदर्शन गर्न लागिएको बहुप्रतिक्षित नेपाली चलचित्र ड्रिम्स हेर्न चाहने जापानवासी नेपालीको पर्खाइ सकिएको छ ।
चलचित्र ड्रिम्स प्रदर्शन हुन दुई दिन बाँकी रहेको छ भने चलचित्रको अधिकाशं टिकट विक्रि भएको व्यवस्थापनले जानकारी दिएको छ ।
'टिकट विक्रिको लागि तोकिएका ठाउँबाट अर्धकट्टी आउनेक्रम जारी छ' जापानमा चलचित्र विक्रिको एकाअधिकार पाउनुभएका सफल व्यवसायी प्रल्हादसिंह महतले भन्नुभयो-'बाँकी भएका टिकट बुकिगंको लागि फोन भएको खवर आएको छ अब १० तारिख आइतबार साँझ ५ बजे ड्रिम्स प्रदर्शन हुन मात्र बाँकी रहेको छ ।'
राजधानी टोक्योमा रहेको नाकानो जेरो हलमा यहि अप्रिल १० तारिख अर्थात् पर्सी आइतबार साँझ ५ बजे प्रदर्शन हुने चलचित्रको टिकटको मूल्य मात्र ३ हजार राखिएको छ ।
नेपालमा सुपरहिट बनेको चलचित्र ड्रिम्स यो बर्ष नेपालमा सबैभन्दा बढी व्यापार गर्ने चलचित्र बनेको छ ।
प्रवासमा समेत अष्टेलिया लगायत देशमा भव्य प्रदर्शन भइरहेको चलचित्र ड्रिम्स हेर्न आइतबार जापानमा रहेका नेपालीहरुको भिड लाग्ने देखिएको छ ।
चलचित्र व्यवस्थापन हेरिरहनुभएका व्यवसायी प्रल्हादसिंह महतले जापानमा रहनुभएका सबै नेपालीमा नेपाली नयाँ बर्ष २०७३ को शुभकामना दिनुहुँदै चलचित्र हेर्न आउन अनुरोध सहित समयमै चलचित्र प्रदर्शन हुने भन्दै सोही अनुसार उपस्थित भइदिनुहुन अनुरोध गर्नुभएको छ ।
यो पनि पढ्नुहोस् ।
जापान १० तारिख -अपरान्ह शान्ति पदयात्रा, साँझ लामो पर्खाइपछिको 'ड्रिम्स'
२४ चैत, फुकुओका ।
नेपाली नयाँ बर्ष २०७३ को अवसरमा जापान फुकुओकामा सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
प्रवासी कलाकार संघ जापानको आयोजनामा नयाँ बर्ष विशेष सांस्कृतिक साँझ यही अप्रिल ८ तारिख शुक्रबार हुने भएको हो ।
कार्यक्रममा चर्चित गायक राजु ढकाल, गायिका साबित्री जोशी, चर्चित मोडल रश्मि तामाङले गित र नृत्य प्रस्तुत गर्नेछन् । यसको लागि कलाकारहरु फुकुओका आइपुगीसकेका छन् ।
कलाकारहरुलाई प्रवासी कलाकार संघ जापानका सचिव पुरुषोत्तम सिग्देल ,माधब सिग्देल, दिलेन्द्र जोशी,सुमन श्रेष्ठ ,सहित सफल व्यवसायी तथा समाजसेवी शुशिल पौडेल लगायतले फुकुओका विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
कार्यक्रम अप्रिल ८ तारिख शुक्रबारका दिन फुकुओकाको च्युओ सिमीन सेन्टर हलमा हुने भएको छ ।
नेपालबाट आएका कलाकार सहित सांस्कृतिक साँझमा जापानमा रहेका गायक तथा सर्जक पुरुषोत्तम सिग्देल,माधब सिग्देल,बिशाल क्षेत्री,दिलेन्द्र जोशीको बेजोड प्रस्तुती रहने र साथमा फुकु डान्स ग्रुपका कलाकारहरुले नृत्य प्रस्तुत देखाउने भएका छन् ।
सन्तोष चोखाल-२२ चैत, टोकियो ।
गोर्खा निवासी हाल जापानमा रहनु भएको विधार्थी टिका राना मगरको मुटुको भल्वको उपचारको लागी गरियको संकलन रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
नेपाल जापान विधार्थी समाज र हामिले नगरे कसले गर्ने ? अभियान जापानको संयुक्त सहकार्यमा सुरु गरियको अभियानमा ४ लाख ३७ हजार ३ सय ६६ जापानी यन संकलन भएको थियो । करीव १० दिने अभियानमा सो रकम संकलन भएको हो ।
आइतबार एक कार्यक्रमका बिच बिरामीका दिदिहरु कौशिला लिम्बु र बिनिता गौचनलाई अभियानका संयोजक तथा हामिले नगरे कसले गर्ने रु अभियान जापानका अन्तराष्ट्रीय संयोजक दिपक बाबु नेपालले हस्तान्तरण गर्नु भएको थियो ।

बुधवार सम्म १ सय २१ जना सहयोगी मनहरूबाट ४ लाख ३७ हज़ार ३ सय ६६ जापानी यन संकलन भएको छ । सो आर्थिक संकलन आज एक कार्यक्रमका बीच बिरामीका दिदीहरू कौशिला लिम्बू र विनीता गौचनलाई यस अभियानका संयोजक तथा हामीले नगरे कसले गर्ने ? अभियानका अन्तराष्ट्रीय संयोजक दिपक बाबु नेपालमार्फ़त हस्तान्तरण गरियको छ ।

अभियान बन्द गर्ने समय सम्म १ सय २१ जनाले सहयोग गर्नु भएको थियो । कार्यक्रममा बोल्दै संयोजक नेपालले अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण जापानवासी नेपालीहरुलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्नु भएको छ ।
हाल बिरामी टिका राना मगरको अप्रेसन सफल भै उपचार भैरहेको छ । यस्ता विभिन्न आपत विपतमा दिपक बाबु नेपालले एकल रुपमा धेरै अभियान सम्पन्न गरी सक्नु भएको छ ।
मदन पाठक-२२ चैत, टोकियो ।
सुदुर पश्चिम बैतडीका आर्थिक अवस्था कमजोर भएका अपांग चार बालबालिकाको उपचार र शिक्षामा सहयोग गर्न आयोजित बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार साँझ टोकियो मिनामी ओत्सुका हलमा भएको कार्यक्रमलाई यहाँ स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा चर्चित गायक राजु ढकाल, गायिका साबित्री जोसी, चर्चित मोडल रश्मि तामाङ र हाँस्य कलाकार सुलेमान शंकर इकुले उपस्थित दर्शकलाई नचाएर मनोरञ्जन दिलाएका थिए ।

जापानमा रहँदै आएका चर्चित लोक गायक सुर्य खड्का, युवराज आचार्य, राजेश क्षेत्री लगायतले गित प्रस्तुत गरेर मनोरञ्जन दिलाएको कार्यक्रम विभिन्न कलाकारको प्रस्तुति अघिनै समय अभावका कारण आयोजकले रोक्न पुगेको थियो ।
कार्यक्रम अचानक रोकिन पुग्दा उपस्थित सहभागीहरु केही खल्लो महशुस गरि फर्केका थिए ।

आयोजक संस्था हाम्रो ग्रुप जापानका अध्यक्ष विनोद भण्डारी सहितले प्राविधिक कठिनाइका कारण कार्यक्रम अचान रोक्नु परेको भन्दै सबैसँग क्षमा माग्नु भएको थियो भने कार्यक्रमबाट उठेको रकम लगायत विवरण छिट्टै सार्वजनिक गरिने बताइएको छ ।