जापानद्धारा उदयपुरमा सहकारी भवन बनाउन १ करोडको सहयोग

बैशाख २०, २०७३ मा प्रकाशित | 913 views

२४ चैत, गाईघाट ।
जापान सरकारले उदयपुर रामपुर ठोक्सिलामा महिला साना किसान कृषि सहकारी संस्थाको भवन निर्माणमा सहयोग गर्ने भएको छ ।

नेपालमा लागि जापानी राजदूत मासासी ओगावाले रु एक करोड रुपैयाँ भवन निर्माणको लागि जापान सरकारले सहयोग गर्ने जानकारी दिएका हुन् ।

सोमबार उदयपुरको रामपुरमा महिला साना किसान कृषि सहकारी संस्थाद्वारा आयोजित कार्यक्रममा बोल्दै जापानी राजदूतले महिला कृषि सहकारी संस्थाले निर्माण गर्न लागेको आफ्नो कार्यालय भवनको लागि आफ्नोतर्फ र जापानी सरकारको तर्फबाट केही महिनाभित्र नै भवन निर्माणको लागि रु एक करोड आर्थिक सहयोग गर्ने बताएका हुन् ।

जापानी राजदूतसँगै सो कार्यक्रममा विशेष अतिथिको रुपमा उदयपुरका काँग्रेस नेता पूर्व सहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्का समेतको उपस्थिति रहेको थियो ।

रामपुर ठोक्सिलामा हाल महिला साना किसान कृषि सहरी संस्थाको अगुवाइमा स्थानीय महिलालाई बाख्रापालन, भैँसीपालन, मुढा बुन्ने, गाईवस्तु सम्बन्धित बिमा गर्ने सेवा प्रदान गर्दै आइरहेको संस्थाकी अध्यक्ष निर्मला बस्नेतले सो अवसरमा बताएकी थिइन् ।

संस्थामा हाल ७ सय महिला सदस्य आबद्ध रहेको बताएको छ ।

सो अवसरमा उदयपुर सिमेन्ट उद्योग बन्द रहेको अवस्थाको बारेमा यसको सुधारको बारेमा जापानी राजदूतलाई जानकारी गराउँदै सहयोगको लागि अनुरोध गर्ने उदयपुर सिमेन्ट उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web